आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या

rss

काठमाडौँ, १ कात्तिकः काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले अहिले समस्या भएको… Continue reading आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या

नयाँ भाँडा किनेर मनाइयो धनतेरस

rss

काठमाडौँ, १ कात्तिकः कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ । धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् । भाण्ड… Continue reading नयाँ भाँडा किनेर मनाइयो धनतेरस

जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

काठमाडौँ, १ कात्तिकः ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म… Continue reading जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

काठमाडौँ, १ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रममा उनले… Continue reading जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

१ कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ—मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए… Continue reading नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

अशोक घिमिरे\राससकाठमाडौँ, १ कात्तिकः नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख… Continue reading पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

काठमाडौँ, १ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो । कामपालको ‘स्वच्छ खाना स् उत्कृष्ट व्यापार’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्नुस् कामपाको… Continue reading ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

सातवटा सवारीसाधन एकापसमा ठक्कर खाएको घटनामा २१ घाइते

चितवन, १ कात्तिक : भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको… Continue reading सातवटा सवारीसाधन एकापसमा ठक्कर खाएको घटनामा २१ घाइते

सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

वासिङ्टन डिसी, १ कात्तिक । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गरेका छन् । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन् । भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए । भेटमा राष्ट्रपति थरमनले दु्रत गतिको… Continue reading सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

सरकारले काठमाडौँका विभिन्न स्थानमा भेला प्रदर्शनमा लगायो रोक

File (AP Photo/Niranjan Shrestha)

१ कात्तिक, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन… Continue reading सरकारले काठमाडौँका विभिन्न स्थानमा भेला प्रदर्शनमा लगायो रोक

पाकिस्तानी हमलामा मारिए ३ अफगान क्रिकेटर

१ कात्तिक, काठमाडौं । अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा परी तीन क्लब क्रिकेटर सहित आठ जना नागरिकको मृत्यु भएको छ । यस घटनाको पुष्टि गर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले विरोधस्वरूप नोभेम्बरमा पाकिस्तानमा हुने त्रिकोणीय टी–२० शृंखलाबाट बाहिरिने निर्णय गरेको छ। एसीबीले शुक्रबार साँझ पाकिस्तानबाट भएको यस हमलाको कडा शब्दमा निन्दा गरेको छ।… Continue reading पाकिस्तानी हमलामा मारिए ३ अफगान क्रिकेटर

मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

१ कात्तिक, काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे दुर्घटना भएको हो । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख… Continue reading मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

१ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । दिपावलीको अवसरमा… Continue reading काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

१ कात्तिक, काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक… Continue reading सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

१ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७०औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो । भदौ २३÷२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पुनर्निर्माणमा एनआरएनएले सहयोग… Continue reading प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको व्रिफ्रिङ, चुनाव गराएर सत्ता हस्तान्तरण

३१ असोज, काठमाडौं । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । उनले भनिन्, “यो गैर राजनीतिक संक्रमणकालीन् सरकारको एउटै लक्ष्य आगामी फाुगन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नु रहेको छ । त्यसपछि हामी… Continue reading कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको व्रिफ्रिङ, चुनाव गराएर सत्ता हस्तान्तरण

आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

File (AP Photo/Evan Vucci)

वासिङ्टन डिसी, असोज ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवीयताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताए । हमासले बाँकी मृत… Continue reading आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

३१ असोज, काठमाडौं । मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो। तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इञ्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र… Continue reading तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

एनसेलको सिइओमा माइकल फोले नियुक्त

३१ असोज, काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त भएका छन् । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी उनी नियुक्त भएको एनसेलले जनाएको छ । नयाँ सिइओ आएसँगै कार्यवाहक सिइओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् । फोलेसँग दुई दशकभन्दा बढी समय दूरसञ्चार… Continue reading एनसेलको सिइओमा माइकल फोले नियुक्त

कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

३१ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको हो । गुरुयोजना अनुसार रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रूपियाँ लाग्ने… Continue reading कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

३१ असोज, काठमाडौं । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ। सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइयो। सेनाका उपरथी अनुपजंग थापाले जेनजी आन्दोलन विश्वव्यापी… Continue reading जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले केन्द्रीय कमिटीको बैठकले नयाँ नेतृत्वको व्यवस्थापन राष्ट्रिय ११ औं महाधिवेशनमार्फत गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,… Continue reading एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया छनोट उपाधि

३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र… Continue reading नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया छनोट उपाधि

नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

वासिङ्टन डिसी, असोज ३१ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बिहीबार विश्व बैंक समूहले यहाँ आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले उक्त धारणा राखेका हुन् । कार्यक्रममा भाग लिँदै… Continue reading नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

३१ असोज, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत… Continue reading आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

३१ असोज, काठमाडौं । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र… Continue reading उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

काठमाडौं, ३१ असोज २०८२ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन्… Continue reading सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त

kanchha sherpa

३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण गरेका तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको निधनले सतब्ध बनाएको बताएकी छन् । उनले शेर्पाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरेका शेर्पाको ९२ वर्षको उमेर हिजो काठमाडौंको कपनस्थित निवासमा… Continue reading कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त

एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

३१ असोज, काठमाडौं । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिँदैछ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु… Continue reading एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए । २९ गते बुधबार भने कांग्रेसको बैठक… Continue reading कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि