३१ असोज, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत… Continue reading आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट
Author: Vishwanews.com
उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता
३१ असोज, काठमाडौं । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र… Continue reading उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता
सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै
काठमाडौं, ३१ असोज २०८२ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन्… Continue reading सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै
कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त
३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण गरेका तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको निधनले सतब्ध बनाएको बताएकी छन् । उनले शेर्पाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरेका शेर्पाको ९२ वर्षको उमेर हिजो काठमाडौंको कपनस्थित निवासमा… Continue reading कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त
एमाले केन्द्रीय कमिटी बैठक आज सकिने
३१ असोज, काठमाडौं । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिँदैछ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु… Continue reading एमाले केन्द्रीय कमिटी बैठक आज सकिने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए । २९ गते बुधबार भने कांग्रेसको बैठक… Continue reading कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि
बेलायती राजकुमार माथि यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको आरोप
लन्डन, ३१ असोज (रासस÷एएफपी) । बेलायतका राजकुमार एन्ड्र्युमाथि तत्कालीन १७ वर्षीया भर्जिनिया गिफ्रेसँग यौन सम्बन्ध राख्दा उनले आफूलाई ‘जन्मसिद्ध अधिकार’ जस्तो व्यवहार गरेको आरोप गिफ्रेको मरणोपरान्त प्रकाशित संस्मरणमा उल्लेख गरिएको छ । गिफ्रेले आफ्नो पुस्तक ‘नोबडिज गर्ल : ए मेमोयर अफ सर्भाइभिङ एब्युज एन्ड फाइटिङ फर जस्टिस’ मा सन् २००१ मा लन्डनमा एन्ड्र्युसँग तीनवटा छुट्टै… Continue reading बेलायती राजकुमार माथि यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको आरोप
इयूमा १६ वर्ष मुनिका बालबालिकाकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
ब्रसेल्स, बेल्जियम, ३१ असोज (रासस÷एएफपी) । युरोपेली सांसदहरूले बिहीबार नाबालिगहरूलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र एआईको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन् । युरोपेली संसदको आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा सांसदहरूले १३ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई अभिभावकको… Continue reading इयूमा १६ वर्ष मुनिका बालबालिकाकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन
काठमाडौँ, ३१ असोजः एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ले नेपाल पराजित भएको थियो । सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल… Continue reading मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन
सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन
३१ असोज, काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम… Continue reading सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन
खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु
झापा, ३१ असोजः गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु
निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह
काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उनले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताए ।राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि… Continue reading निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह
ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान
३० असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ… Continue reading ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान
अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौँ, ३० असोजः सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।… Continue reading अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड
चितवन, ३० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । संयोजक दाहालले भने, “यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट… Continue reading समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड
२ लाख ५० हजार नाघ्यो सुनको मूल्य
काठमाडौँ, ३० असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला रु दुई… Continue reading २ लाख ५० हजार नाघ्यो सुनको मूल्य
निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?
काठमाडौँ, ३० असोजः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख… Continue reading निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर
अर्घाखाँची, ३० असोज : यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै… Continue reading मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान
राससगुल्मी, ३० असोजः गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये… Continue reading रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान
दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद
वासिङ्टन, २९ असोज (रासस\एएफपी) । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बेइजिङको दुर्लभ खनिज नियन्त्रण गर्ने चिनियाँ कदमको आलोचना गर्दै यो ‘चीन र बाँकी विश्व’ बचिको विवाद भएको बताएका छन् । वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछ। “हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट… Continue reading दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद
सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती
कमल खत्री–राससम्याग्दी, ३० असोजः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् । असोजको सुरुआतदेखि… Continue reading सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती
एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी
काठमाडौँ, ३० असोजः नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका… Continue reading एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी
एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै
काठमाडौँ, ३० असोजः ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष… Continue reading एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै
तिहारको फूलले ढकमक्क देश
३० असोज, काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार घर आगनमै आइपुगेको छ । यस चाडमा फूल र बत्तिको अधिक माग हुन्छ । पछिल्लो समय व्यवसायीहरुले नेपाललाई फूलमा आत्मनिर्भर बनाउँदै लगेका छन् । फलस्वरुप यतिबेला देशका विभिन्न स्थानमा तिहारका फूलले ढकमक्क भएको देखिन्छ ।
गोदावरी पुष्प मेलाको रौनक
पाटन, ३० असोज । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले… Continue reading गोदावरी पुष्प मेलाको रौनक
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट
वाशिङ्टन डिसी, ३० असोजः विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे,… Continue reading अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट
कंचनपुरमा विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै
कञ्चनपुर, ३० असोज । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि… Continue reading कंचनपुरमा विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै
विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी
काठमाडौँ, ३० असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक… Continue reading विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी
इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ
जेरुसलेम, ३० असोज (रासस\एएफपी) । गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो। इजरायली सार्वजनिक प्रसारक ९कान०ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन । इजरायली सरकारका एक… Continue reading इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ
भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु
नयाँ दिल्ली, २९ असोज (रासस\सिन्ह्वा) । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ । अधिकारीहरूका अनुसार ५७… Continue reading भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु