दार्चुला । शौचालयको छत भत्किदा दार्चुलामा ४ बालबालिकाको निधन भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छानामा खेलिरहेका बालबालिकोका छाना भत्किएपछि निधन भएको प्रहरी चौकी सिप्टीले पुष्टी गरेको छ । विद्यालय बन्द रहेको समयमा बालबालिका छतमा खेलिरहेको बताइएको छ । मंगलबार करीव साढे ४ बजेतिर भएको दूर्घटनामा ५ देखि ९… Continue reading शौचालयको छत भत्किदा ४ बालबालिकाको मृत्यु
Author: Vishwanews.com
पब्जी मोवाइल गेम बन्यो संसारकै सर्वाधिक कमाई गर्ने एप
ससारमा सबैभन्दा धेरै खेलिने मोवाइलको कीर्तिमान बनाएको पब्जी मोवाइलले कमाईको मामलामा पनि कीर्तिमान बनाएको छ । पब्जी र यसको नयाँ भर्सन गेम फर पीसका कारण चीनको इन्टरनेट पावरहाउस टेनसेन्टको कमाई मे महिनामा एक दिनमै ४८ लाख डलरभन्दा माथि पुगेको छ । सोही आंकडा अनुसार यो मोवाइल एप संसारमा सबैभन्दा धेरै कमाई गर्ने मोवाइल एपमा पर्न… Continue reading पब्जी मोवाइल गेम बन्यो संसारकै सर्वाधिक कमाई गर्ने एप
बाल अस्पताल खोल्दै डा. भगवान कोइराला
काठमाडौै । १८ वर्ष मुनीका बालबालिकाको सबै रोगको उपचार एकै अस्पतालमा हुने सेवासहितको बाल अस्पताल स्थापनामा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला लागेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी डा कोइरालाले आफ्नो अवधारणा सार्वजनिक गरे । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ उनको सक्रियतामा स्थापना भएको संस्था हो । यसै संस्थामार्फत गैरनाफामुलक बालअस्पताल… Continue reading बाल अस्पताल खोल्दै डा. भगवान कोइराला
नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग
काठमाडौं । मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर छेउमा अवस्थित सुरुङ बनेको १ सय वर्ष नाघेको छ । दक्षिण एशियाकै पहिलो मानव निर्मित दावी गरिएको यस सुरुङको संरक्षणमा हेटौडा उपमहानगरपालिकाले पहल थालेको छ । १ सय वर्ष पुरानो संरचना भएका कारण यो अब पुरातत्व विभागको स्वामित्वमा पुगिसकेको छ । उपमहानगरपालिकाले भने बाहिरी भागको मात्र… Continue reading नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग
कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना
काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालनको योजना सार्वजनिक गरेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना राखिएको छ । यसपाली बन्दै गरेको बजेटमा यो योजना समेटेर जाने योजना प्रदेश सरकारले बनाएको छ । प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार निजी क्षेत्रसँगको साझेदारमा… Continue reading कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना
पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी सोमबार खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेपछि तस्वीर एकाएक सामाजिक संजालमा भाइरल बन्यो । खासगरी सिण्डिकेट हटाउन नसकेको, समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न नसकेको आरोपका कारण वर्तमान मन्त्रीपरिषद्का आलोचित सदस्य हुन् महासेठ । उनको सवारी… Continue reading पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक
विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित
काठमाडौं । इंल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार राती लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो । ३५३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ६९, डेभिड… Continue reading विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित
कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र
काठमाडौं । यूवाका लागि आकर्षक रोजगारीको गन्तब्य मानिएको कोरिया जान यूवाको भीड लागेको देख्दा लाग्छ, यो देशमा पैसाकै बोट छ । किनकी नेपालमा स्नातकोत्तर पढेर राम्रै कमाई गर्ने यूवा जमात पनि अहिले कोरिया जान लालायीत छ । तथ्यांक अनुसार कोरियाली भाषा सिक्दा नेपाली यूवाले जति रकम नेपालमा खर्च गर्छन्, कोरिया पुगेका नेपालीबाट त्यो भन्दा पनि… Continue reading कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र
पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि हात पारेको छ । आइतबार राति फाइनल प्रतिस्पर्धामा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोर्चुगलले नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हरायो । गुन्जालो गुइडेसको एक मात्र गोल पोर्चुगलको जीतका लागि पर्याप्त भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बल पोजिसनमा… Continue reading पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी
सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान
काठमाडौं । नेपालका प्रितम आचार्य भारतीय चर्चित रियालीटी शो सारेगमपको तेस्रो स्थान जित्न सफल भएका छन् । जी टीभिबाट प्रसारण हुने यो कार्यक्रमको फाइनल प्रतिस्पर्धामा उनी तेस्रो भएका हुन् । अर्को नेपाली बालक आयुष केसीलाई चौथो स्थान प्राप्त भयो । यस कार्यक्रकको फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । सुनसरीको इटहरी उपमहानगरपालिका प्रितमले यस प्रतियोगिताको शुरु… Continue reading सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान
सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई
काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजागर गर्ने उद्दश्यले आयोजित तेस्रो संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ । काठमाडौंमा २३ जेठबाट शुरु भएको मार्टमा ४३ देशबाट ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवाला सहभागी भएको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका… Continue reading सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई
अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ । गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने बताइएको छ… Continue reading अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड
जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर
काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट नर्स लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार जापानले चरणवद्ध रुपमा विभिन्न १४ वटा क्षेत्रमा नेपाली कामदार लैजाने छ । त्यसमध्ये पहिलो चरणमा नर्स हुने भएको छ । नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच ११ चैत २०७५ मा हस्ताक्षर भएको थियो । तर, सरकारले समझदारीको पुरै विस्तृत… Continue reading जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर
के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?
अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रबासी शरणार्थी अमेरिका प्रवेशमा कडाई गर्न मेक्सिकोलाई दवाब दिँदै आएको छ। सोहीकारणले उसले मेक्सिकोविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिइरहेको थियो । त्यसै क्रममा सोमबारदेखि अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो। मेक्सिकोबाट हरेक बर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात… Continue reading के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?
विश्वकप क्रिकेट : इंल्याण्ड र न्यूजिल्याण्डले हराए एसियाली प्रतिस्पर्धी
कप्तान केन विलियम्सन चम्किएपछि न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण एसियाली टोली अफगानस्तानलाई ७ विकेटले हराएको छ । १ सय ७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ७ विकेटको सहज जित हात पार्यो । यस जीतसँगै न्युजिल्याण्ड जारी विश्वकपमा लगातार तेस्रो खेलमा विजयी भएको हो । कन्ट्री ग्राउण्डमा अफगानस्तानले दिएको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ दशमलब १ ओभरमा… Continue reading विश्वकप क्रिकेट : इंल्याण्ड र न्यूजिल्याण्डले हराए एसियाली प्रतिस्पर्धी
पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता
काठमाडौं । सरकारले अफ्रिकी मुलुक मरिसससँग श्रम सम्झौता गर्ने भएको छ । पहिलो पटक अफ्रिकी मुलुकसँग श्रम सम्झौता हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी युरोप भ्रमणका क्रममा उक्त मुलुकसँग श्रम सम्झौतामा हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोह… Continue reading पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता
विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए
कास्की । प्रहरीले विप्लव समूहका १८ कार्यकर्तालाई कास्कीबाट पक्राउ गरेको छ । शनिबार राति विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। कास्की, अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको स्थानबाट प्रहरीले उनीरुलाई पक्रेको हो । ४ महिलासहित पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले सुराक पाएपछि उक्त स्थानमा खटिएको थियो ।… Continue reading विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए
वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता
काठमाडौं । जेष्ठ नागरिकले विगत ८ वर्षदेखि गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ । आगामी आवमा एकैपटक १ हजार रुपैयाँ वृद्धभत्ता बढेसँगै जेष्ठ नागरिकले आन्दोलन फिर्ता लिएका हुन् । अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिक नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि निरन्तर धर्ना… Continue reading वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता
नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला
फेसबुकले अब आफ्नो मातहत चलिरहेका सामाजिक संजालका एपलाई हुवावेका स्मार्ट फोनबाट हटाउने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले उल्लेख गरेअनुसार अब नयाँ बन्ने हुवावेका स्मार्ट फोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप उपलब्ध नहुने भएका छन् । फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा प्रिइन्स्टल हुने सुविधा हटाउन लागेको उल्लेख छ । ह्वाट्सएप र इन्स्टाग्राम फेसबुकका… Continue reading नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला
आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा निस्कदै छन् । आगामी जुन १९ सम्म प्रधानमन्त्री ओली यूरोपका विभिन्न तीन मुलुकमा पुग्नेछन् । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जुन ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहने तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओलीले… Continue reading आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री
नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै
काठमाडौं । सन् २०२० का लागि रोजगारीका लागि कोरिया जाने लक्ष्यसहित शनिबार र आइतबार इपीएस भाषा परिक्षा संचालन हुँदैछ । परिक्षामा ९२ हजार ३ सय ५६ जनाले भाग लिने इपीएस कोरियाले जानकारी दिएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) परिक्षा यस वर्ष काठमाडौं बाहिर पोखरामा पनि चल्नेछ । आगामी वर्ष कोरियाले नेपालका लागि १० हजार… Continue reading नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै
भारतको यूपीमा आँधिको ताण्डव, २६ को निधन
काठमाडौं । बिहीबार साँझ आएको भिषण हावाहुरीमा परी भारतमा २६ जनाको निधन भएको छ । भारतको उत्तर प्रदेशस्थित थुप्रै जिल्लामा आँधिले जनधनको क्षति गरेको हो । उक्त घटनामा ५० भन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यूपीको मैनपुरी भन्ने स्थानमा ६ जनाको निधन भएको छ । एटा र कासगंजमा तीन तीन जनाले… Continue reading भारतको यूपीमा आँधिको ताण्डव, २६ को निधन
अधिक बालविवाह हुने मुलुकको टप टेन सूचिमा नेपाल
काठमाडौं । बालविवाह धेरै हुने देशको टप टेन सूचिमा नेपाल समेत परेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्व कै शीर्ष दश भित्र पर्छ । युनिसेफका अनुसार नेपालमा २० देखि २४ वर्षका १० पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह भएको हुन्छ । यूनिसेफले विश्वका ८२… Continue reading अधिक बालविवाह हुने मुलुकको टप टेन सूचिमा नेपाल
अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष
अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि सुधारोन्मुख रहेको बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै कोषले गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा अमेरिकाको आर्थिक वृद्धिमा सामान्य सुधार देखिएको जानकारी दिएको हो । अहिले चीन र अमेरिकाबीच व्यापार विवाद चुलिदो अवस्थामा छ । जसले गर्दा अमेरिकाको समग्र अर्थतन्त्रमा प्रभाव पर्नेछ । अर्कोतर्फ निर्माण समग्रीको अभावले पनि… Continue reading अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष
लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी
काठमाडौं । संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगद्धारा खुलाएको नयाँ भर्ना विवाद सम्बन्धका छलफल गर्न शुक्रबार बैठक डाकेको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि आमन्त्रण गरिएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित भएनन् । यसलाई संसदको अपमान गरेको ठहर समितिले गर्यो । त्यसपछि समितिले आगामी २७… Continue reading लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी
चार मुलुकका लागि नयाँ राजदूत सिफारिस
काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । बैठकले बंगलादेशका लागि वंशिधर मिश्र, कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि आङफुटी शेर्पाको नाम सिफारिस गरेको हो ।… Continue reading चार मुलुकका लागि नयाँ राजदूत सिफारिस
विश्वकपमा अस्ट्रेलियाको दोस्रो जीत, हार्यो वेस्ट इन्डिज
इंल्याण्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार राति सम्पन्न भएको खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दे अस्ट्रेलियाले लगातार दोस्रो जीत हात पारेको हो । वेस्ट इन्डिजले भने दोस्रो खेलमा पहिलो हार बेहोर्यो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८९ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ९ विकेटको… Continue reading विश्वकपमा अस्ट्रेलियाको दोस्रो जीत, हार्यो वेस्ट इन्डिज
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै
दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । जुन ८ मा माल्दिभ्स पुग्ने उनले सोही दिन माल्दिभ्सको संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । माल्दिभ्सपछि मोदी श्रीलङ्का पुग्नेछन् । श्रीलंकामा उनको एकदिवसीय भ्रमण तय भएको हो । प्रधानमन्त्री मोदी माल्दिभ्सबाट शनिबार नै… Continue reading भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै
काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक
काठमाडौं । बिहीबार साँझ र शुक्रबार बिहानै देशका विभिन्न स्थानमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानै भिषण हावाहुरी चल्यो । हावाहुरीका कारण मावनीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । उता, विहीबार साँझ कैलाली र त्यस आसपास आएको हावाहुरीका कारण २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । धेरै… Continue reading काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक
विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने
काठमाडौं नेपाल सरकारले अब विद्यूतीय स्कूटर अनिवार्य दर्ताको प्रावधान ल्याएको छ । यससँगै बिना दर्ता सडकमा कुद्ने विद्युतीय सवारी अब प्रहरीको कारवाहीमा गर्ने भएका छन् । विद्युतीय स्कूटरले यातायात व्यवस्था विभागमा दर्ता भएर सवारी नम्बर लिएपछि मात्र यस्ता सवारीले वैधानिकता पाउने भएका छन् । यातयात व्यवस्था विभागले २० जेठ मा ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेखि… Continue reading विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने