एन्टानानारिभो, २९ असोज (रासस÷एएफपी) । मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् । देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक… Continue reading जेन-जी आन्दोलनपछि मडागास्करका राष्ट्रपति राजोलिना भागे, राजीनामा दिन भने अस्वीकार
Author: Vishwanews.com
उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो
स्कोप्जे, उत्तर म्यासेडोनिया, २९ असोज (रासस\एएफपी) । उत्तर म्यासेडोनियाको कोचानीस्थित एक नाइटक्लबमा गत मार्चमा भएको आगलागीमा गम्भीर घाइते भएका एक सङ्गीतकर्मीको मङ्गलबार निधन भएपछि मृतक सङ्ख्या ६३ पुगेको छ । देशको अभियोजन कार्यालयका अनुसार, ४६ वर्षीय भ्लादिमिर ब्लाजेव–पान्चो स्कोप्जेस्थित अस्पतालमा सात महिनादेखि उपचाररत थिए । यो भीषण दुर्घटना मार्च १६ मा कोचानीमा आयोजना गरिएको हिप–हप… Continue reading उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो
पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…
महेन्द्रनगर, २८ असोजः महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपीनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित… Continue reading पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस
काठमाडौँ, २९ असोजः सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् ।गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । आजदेखि रिट निवेदन दर्ता र… Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू
काठमाडौँ, २९ असोजः विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको… Continue reading विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू
राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको… Continue reading राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त
चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति
२८ असोज, काठमाडौं । यस्तै, चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । यस अवधिमा चालु खाता रु एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । यस्तै, भदौ… Continue reading चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति
मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र
काठमाडौँ, २८ असोजः गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा… Continue reading मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र
सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सार्वजनिक स्थलमा देखा परेका छन् । जेन जी आन्दोलनका दौरान देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन उनी आन्दोलनमा जलाइएको पार्टी कार्यालय पुगे । त्यहाँ उनले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताए ।… Continue reading सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)
दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो
२८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रू तीन… Continue reading दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो
सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००
काठमाडौँ, २८ असोजः स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू… Continue reading सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….
चितवन, २८ असोजः कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का… Continue reading मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….
कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर… Continue reading कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
काठमाडौँ, २८ असोजः गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा… Continue reading तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २८ असोज । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानकी तुलाधर र अन्य… Continue reading विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस
नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?
काठमाडौँ, २८ असोज स् राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिसकिएको समेत निगमले… Continue reading नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?
अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो
सिड्नी, २८ असोज (रासस\सिन्ह्वा) । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२।४ प्रतिशत… Continue reading अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो
तीन अर्थशास्त्रीलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?
स्टकहोम, २७ असोज (रासस\एपी) । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै… Continue reading तीन अर्थशास्त्रीलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?
दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु
जोहनस्बर्ग,२८ असोज (रासस÷एएफपी) । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको एक भीषण बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् । दुर्घटना आइतवार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा… Continue reading दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु
मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
मेक्सिको सिटी, २८ असोज (रासस÷एएफपी) । मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बढी क्षति पु¥याएको बताए ।मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले… Continue reading मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
अमेरिका–चीन व्यापार तनावबीच आइएमएफ बैठक सुरु
वासिङ्टन, २८ असोज (रासस\एएफपी) । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच नयाँ व्यापार चुनौतीको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरहरूको अर्धवार्षिक भेला सोमबारदेखि वासिङ्टनमा सुरु गरेको छ । गत हप्ता चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको जवाफमा बेइजिङमाथि १०० प्रतिशत नयाँ कर लगाउने बताएका… Continue reading अमेरिका–चीन व्यापार तनावबीच आइएमएफ बैठक सुरु
गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा
जेरुसेलम, २८ असोज (रासस÷एएफपी) । इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ। एक विज्ञप्तिमा भनिएको छ, “देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतङ्ककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।” “जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको… Continue reading गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?
वाशिङटन डिसी, २८ असोज । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको… Continue reading अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?
गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने
काठमाडौँ, २८ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको… Continue reading गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता
वासिङ्टन डिसी, २८ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु,… Continue reading अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
काठमाडौँ, २८ असोजः ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ१ मा आज भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो… Continue reading विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु
काठमाडौँ, २७ असोजः काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज… Continue reading काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु
खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु
राससचन्द्रपुर, २७ साउन । रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा राजदेवी नपा–८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाको १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी… Continue reading खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
काठमाडौँ, २७ असोजः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, “एयर एसियाको उडानद्वारा… Continue reading विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
इजरायलमा बन्धक रिहाईको उल्लास (तस्वीर कथा)
२७ असोज, काठमाडौं । गाजा युद्धविराम सम्झौताको कार्यान्वयनका रूपमा सोमबार बन्धक रिहा गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इजिप्टको भ्रमणका लागि अवतरण गरेका छन् । उनले आफ्ना इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीसँग मिलेर शार्म अल–शेखमा आयोजना हुने गाजा शान्ति शिखर सम्मेलनको सह–अध्यक्षता गर्दैछन् । गाजा शान्ति सम्झौताअनुसार दुवै पक्षले सन् २०२३ अक्टोबर… Continue reading इजरायलमा बन्धक रिहाईको उल्लास (तस्वीर कथा)