Author: Vishwanews.com

  • बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना

    बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना

    बागलुङ । गत बुधबार राती बाढी र पहिरोमा परी हराइरहेका बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका २३ जना अझै फेला पर्न सकेका छैनन्। हराइरहेका मध्ये शनिबार एक जनाको शव फेला परेको छ ।

    यससँगै यस विपत्तिमा परी ज्यान गुमाउनेको संख्या कुल १५ पुगेको छ । तर, अझै २३ जना वेपत्ता छन् । बिहीबार र शुक्रबारको खोजीमा १४ जनाको शव फेला परेको थियो । प्रहरीका अनुसार शनिबार पनि बिहानैबाट खोजी थालिएको थियो ।

    रातिको बाढी र पहिरोले बाग्लुङको ढोरपाटन नगरपालिका ९ बोबाङमा ठूलो मानवीय क्षति भएको थियो । हराइरहेका मानिसमा १५ दिने शिशुदेखि वृद्धसमेत रहेको प्रहरीले जनाएको छ । मृत्यु भएका १४ मध्ये १३ जनाको भने शव समेत सनाखत भइसकेको छ । यो प्राकृतिक विपतले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

  • नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि

    नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि

    काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ । देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिए । तर, यस अवधिमा भने १५ सय ६६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । यसले कोरोना जित्ने मानिसको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ४५ हजार ५ सय ७७ जनामा संक्रमण भएको छ । नेपालमा कोरोनालाई जित्नेको संख्या भने २७ हजार १ सय २७ पुगेको छ।

    यो अवधिमा कुल २ सय ८० मानिसको ज्यान गएको छ । २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयको तथ्यांक छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो ।

    उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ।

  • काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ३२६ , ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७ र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

    नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १५६६ कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १ सय २७ उपचारपछि निको भएका छन्।

  • अल्का अस्पतालकी कर्मचारीको जंगलमा भेटियो शव

    अल्का अस्पतालकी कर्मचारीको जंगलमा भेटियो शव

    ललितपुर । ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत एक महिला कर्मचारीको हत्या भएको छ । अस्पतालमा कार्यरत ३९ वर्षीय गीता केसीको हत्या भएको हो । प्रहरीका अनुसार उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलमा पर्ने लेलेको जंगलमा फेला परेको छ ।

    प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा केसीका भतिजा निर्मल केसी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट गीताको घाँटी थिचेर हत्या भएको अनुमान प्रहरीले गरेको छ ।

    केसीको परिवारले उनी हराएको निवेदन तीन दिन अगाडी महानगरीय प्रहरी परिसर, ललितपुरमा दिएका थिए । त्यसपछि प्रहरी खोजी थालेको थियो । उनको शव शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको हो । आज बिहान उनको शव पुष्टी भएको हो ।

  • मेसी यो सिजन बार्सिलोनाबाटै खेल्ने

    मेसी यो सिजन बार्सिलोनाबाटै खेल्ने

    काठमाडौं । करीव दुई साता लामो रस्साकस्सीपछि अन्ततः लियोनल मेसी स्पेनिस क्लव बार्सिलोना मै रहने पक्का भएको छ । विश्वका कुनै पनि क्लवले उनीमाथि रहेको ७० करोड यूरो रिजिल क्लव रकम तिर्ने अवस्था नदेखिएपछि मेसी बार्सिलोनामै रहने पक्का भएको हो । अब एक सिजन मेसीले बार्सामा बिताउने छन् ।

    त्यसपछि भने उनी फ्रि ट्रान्सफरका रुपमा कुनै पनि क्लवमा जान सक्ने छन् । ३३ वर्षिय लिजेण्ड अन्य क्लवमा जाने मनसाय बनाएपछि बार्सिलोनालाई भने तनाव बढेको थियो ।

    किनकी कप्तान लियोनल मेस्सीबीना क्लवले धेरै ठूलो आर्थिक तथा फ्यान फ्लोइंगको क्षति बेहोर्नु पर्ने थियो । सोहीकारण उनलाई मनाउन क्लवले समेत ठूलो कसरत गरेको थियो ।

    अघिल्लो साता मेस्सीले बार्सिलोना छाड्ने जानकारी अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई गराएपछि विश्वको ध्यान स्पेनतर्फ मोडिएको थियो । किनकी मेसी समकालिन खेलाडीमा सबैभन्दा लोकप्रिय मानिन्छन् ।

    बार्सिलोनाबाट सर्वाधिक गोलकर्ता मेस्सी गत सिजन उपाधिविहीन बने । सोहीकारण उनी निरास हुँदै क्लवब छाड्ने मुडमा पुगेका हुन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८ २ गोल अन्तरको लज्जास्पद हार उनले बेहोरेका छन् ।

  • पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

    पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जालो कति भयाभह बनिसकेको छ भन्ने एक उदाहरण देखिएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ यात्रा विवादका क्रममा बिहीबार दिनभर सडकमा खटिएका प्रहरीमा १८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

    पुल्चोकमा रथ तान्न पाउनु पर्छ भन्ने यूवाको ठूलो समुहलाई नियन्त्रण गर्न प्रहरी खटिएको थियो । पुल्चोकमा भएको झडप नियन्त्रण गर्न महानगरीय प्रहरी बृत्त सातदोबाटो र प्रहरी परिसर ललितपुरबाट टोली खटिएको थियो। उपत्यकाका ५६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि हुँदा भीड नियन्त्रणमा खटिएका १८ जनामा कोरोना पुष्टी भएको हो ।

    उनीहरु सातदोबाटो बृत्त र ललितपुर परिसरबाट खटिएका प्रहरी रहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीलाई ठूलो संख्यामा कोरोना देखिन थालेपछि पुल्चोकमा खटिएकासहिको स्वाब संकलन गरिएको थियो। उनीहरुलाई रिपोर्ट नआउन्जेल सेल्फ आइसोलेसनमा नराखी भीड नियन्त्रणमा खटाइएको थियो ।

  • बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    बुटवल । रूपन्देहीको बुटवलमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । बुटलवको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको हो । नवलपरासी घर भएकी एक महिला र रुपन्देही घर भएका पुरुषको ज्यान गएको हो ।

    नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    पुरुष भदौ १५ र महिला भदौ १७ मा अस्पताल भर्ना भएका थिए। दुबै जनामा दीर्घरोग रहेको सम्बन्धमा कुनै जानकारी नभएको अस्पतालले जनाएको छ । रुपन्देहीमा मात्र संक्रमणबाट १६ जनाको ज्यान गइसकेको छ ।

  • महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी

    महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी

    काठमाडौं । कोरोना भाइरसको महामारीपछि पहिलो पटक हिमाल आरोहण अनुमति जारी भएको छ । यसलाई पर्यटनसँग सम्बन्धित सरोकारवालाले सुखद शुरुवातका रुपमा समेत लिएका छन् । गत चैतयता पर्यटनका सबै अवयवहरु शुन्य व्यापारमा छन् । सोहीकारण नेपालको यूनिक प्रडक्ट पर्वतारोहण र पदयात्राले छिटो पर्यटनलाई रिभाइभ गर्न सक्ने विश्वास लिइएको छ ।

    सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि खुला गरेको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । टोलीलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले शुक्रबार आरोहण अनुमति हस्तान्तरण गरेका छन् ।

    सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहण गर्न नेपाल आउने अनुमति दिएको छ । यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन । शुक्रबार अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्नेछ ।

    पर्यटन विभागका अनुसार अब हिमाल आरोहण गर्न जान चाहने नेपाली वा विदेशी नागरिकले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी आरोहणमा जान सक्छन् । त्यसका लागि विभाग स्वयमले सहजीकरण समेत गर्नेछ ।

  • विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान

    विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान

    काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान रकम प्राप्ति सम्बन्धमा सम्झौता भएको छ ।

    विश्व बैंकका अनुसार विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि करिब एक अर्ब सत्ताइस करोड रुपैयाँ (एक करोड पचासी लाख अमेरिकी डलर) अनुदान सहायता सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपाल-माल्दिभ्स-श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले सम्झौतामा हस्ताक्षर गरे । यो सहायता नोवेल कोरोना भाइरस ९कोभिड-१९० संकटकाबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन खर्च गरिने भएको छ ।

    सहसचिव नेपालले अनुदान रकम महामारीले गर्दा प्रभावित बालबालिकाको सिकाइलाई निरन्तरता दिन र विद्यार्थी तथा शिक्षकमा परेको मनोवैज्ञानिक प्रभाव कम गर्न उपयोगी हुने बताए ।

    नेपाल सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ अन्तर्गत इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडिए) को १८ करोड ५० लाख अमेरिकी डलर कर्जा सहायता सहिता एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एडुकेसन, जापान अन्तराष्ट्रिय सहयोय एजेन्सी, नर्वे, युएसएआईडी, युनिसेफ र विश्व बैंकद्वारा प्रशासित आरईएसिएच मल्टि डोनर ट्रस्ट लगायतसँग वित्तीय सहयोग लिँदै आएको छ ।

  • नेपालमा आज रेकर्ड ब्रेक संक्रमण

    नेपालमा आज रेकर्ड ब्रेक संक्रमण

    काठमाडौं । एकै दिन हुने कोरोना भाइरसको संक्रमणमा आज रेकर्ड ब्रेक भएको छ । अर्कोतर्फ मृत्यु संख्यामा समेत आज सबैभन्दा धेरै मानवीय क्षति भएको दिन बनेको छ । कोराना भाइरसको संक्रमण निको भएर घर फर्कनेमा समेत आज सबैभन्दा बढी संख्या बन्न सफल भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाका धेरैजसो सूचकमा रेकर्ड कायम भएको छ । देशभर संक्रमण दर, भेन्टिलेटर रहनेको संख्या, काठमाडौंमा कोरोना, देशभरबाट डिस्चार्ज भएर घर फर्कनेको संख्यामा आज रेकर्ड बनेको हो ।

    आज देशभर १ हजार ३ सय १९ संक्रमित थपिए । यो सबैभन्दा उच्च संख्या हो। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जनाले कोरोनालाई जित्न सफल भएका छन् । यो पनि सबैभन्दा उच्च संख्या हो । आज काठमाडौं उपत्यकामा समेत संक्रमितको सबैभन्दा उच्च संख्या पुगेको छ । आज काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिए ।

    आज देशभर कोरोना संक्रमण भएर निधन हुनेको संख्या १४ पुगेको छ । यो पनि सबैभन्दा उच्च संख्या हो । देशभर १ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।

  • अर्थ र संचार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

    अर्थ र संचार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामासागै रिक्त रहेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रधानमन्त्रीले सम्हाल्ने गरी यी दुई मन्त्रालयको कार्यभार तोकिएको हो ।

    शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

    गत फागुनमा सांसद पद समाप्त भएका अर्थमन्त्री खतिवडा बीना सांसद पनि ६ महिना मन्त्री बन्न सक्ने संवैधानिक प्रावधानमा टेकेर पुनःअर्थमन्त्री बनेका थिए । राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल २०७६ फागुन २० गते सकिएको हो ।

    त्यसै दिन राजीनामा दिएका खतिवडा २१ फागुनमा पुनः मन्त्री नियुक्‍त भएका हुन् । उनको आजै अर्थ र संचार मन्त्रालयमा बिदाई भयो । कठिन समयमा साथ दिएको भन्दै उनलाई आजै प्रधानमन्त्रीले समेत धन्यवाद दिएका थिए । खतिवडा ८ फागुन २०७६ यता संचारमन्त्रीको समेत जिम्मेवारीमा थिए ।

  • अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

    अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

    काठमाडौं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।

    त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ ।

    उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणा गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई अहिलेसम्मको जिम्मेवारीका लागि धन्यवाद दिएका थिए।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको थियो ।

  • कोरोना संक्रमणबाट १४ जना  संक्रमितको मृत्यु

    कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु

    काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो ।

    उनका अनुसार काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला तथा सप्तरी ५५–५५ वर्षीय, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७१ पुगेको छ।

  • उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ।

  • नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज

    नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार ३३६ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १३५४ कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५ सय ६१उपचारपछि निको भएका छन्।

  • अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने

    अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने

    वासिङ्टन । कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कुल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ ।

    अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ ।

    बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनेछ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो । त्यसबखत कुल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो ।

    बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कुल घाटाभन्दा तीन गुणा बढी हो । कोरोना भाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कुल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ को भन्दा २० खर्ब डलरभन्दा बढी हो ।

    आर्थिक मन्दीका कारण राजश्वमा कमी आएको छ । व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ । कर्पोरेट राजश्व पनि ३४ प्रतिशतले घटेको छ ।

    कोरोना भाइरसका कारण गरिएको लकडाउनले समग्र अर्थतन्त्रमा व्यापक असर पारेको भन्दै संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायीलाई अनुदान, बेरोजगारी भत्ता, १,२०० डलर प्रत्येक व्यक्तिका खातामा सोझै भुक्तानी र अरु राहत योजनाले छोटो अवधिका लागि भए पनि अर्थतन्त्रलाई जोगाउन मद्दत गरेको थियो ।

    अधिकांश अर्थशास्त्रीहरु अर्थतन्त्र ठूलो संकटमा परेका बखत ठूलो मात्रामा राष्ट्रऋण उठाउनु स्वाभाविक रहेको बताएका छन् ।तर अहिले सांसदहरु र ह्वाइट हाउसबीच पाँचौं राहत प्याकेजका बारेमा गम्भीर विचारविमर्श जारी छ । डेमोक्राट पार्टीको नियन्त्रण रहेको कंग्रेसले गत मे महिनामा ३५ खर्ब डलरको राहत योजना पारित गरेको थियो ।

    यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको ९८ प्रतिशत पुग्नेछ, र यो वस्तु तथा सेवाको कुल अंक बराबर हो ।बजेट कार्यालयले सन् २०२१ मा राष्ट्रऋण कुल जिडिपीको १०० प्रतिशत पुग्ने जनाएको छ । आगामी दशकमा राष्ट्रऋण करिब १३० खर्ब डलर पुग्नेछ ।

    एजेन्सी

  • अब निजी प्रयोगशालामा पीसीआर जाँच गर्नेले कोरोना बीमा दाबी भुक्तानी नपाउने

    अब निजी प्रयोगशालामा पीसीआर जाँच गर्नेले कोरोना बीमा दाबी भुक्तानी नपाउने

    काठमाडौं । अब निजी प्रयोगशालामा कोरोना पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि कोरोना बीमा दाबी भुक्तानी नपाउने भएका छन् ।

    बीमा समितिले कारोना बीमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिनबीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

    पछिल्लो समय निजी प्रयोगशालाबाट नक्कली रिपोर्ट ल्याएर दाबी भुक्तानी गर्ने क्रम बढेको आशंका गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

    यो निर्देशनसँगै उत्साहपूर्वक कोरोनाबिमा गराउनेहरुले आफूहरु ठगिएको महसुस गरेका छन् ।

    सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको हो ।

    बीमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बीमा कम्पनीबाट दाबी भुक्तानी पाउने समितिले जनाएको छ ।

    कोरोना बीमा मापदण्डको परिच्छेद ३ मा प्रष्ट रुपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिन दिनभित्र दाबीभुक्तानी गर्नुपर्ने भनिएको छ ।

    कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको छ ।

    एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ।

    समितिले संगोलमा बसेका परिवारका सम्पूर्ण सदस्यहरुको सामुहिक बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरेको छ।

    मापदण्ड बमोजिम सामूहिक कोरोना बीमा गर्दा लाग्ने बीमशुल्कमा नेपाल सरकारले अनुदान उपलब्ध गराउनेछ । तर सरकारी कर्मचारीको सामूहिक कोरोना बिमा गर्दा चाहिँ सरकारले सतप्रतिशत बिमाशुल्क अनुदानको रुपमा उपलब्ध गराउने गर्छ ।

    यही बुँदालाई थप प्रष्ट्याउँदै बिमकहरुलाई पत्र पठाइएको बीमा समितिले जनाएको छ ।

    बीमालेख खरिद गर्नका लागि आवश्यक न्यूनतम सर्तहरु

    – नेपाली लागरिक हुनुपर्ने ।

    – कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात ।

    – सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको

    – स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात

    – एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात ।

    बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।

    त्यस्तै, कोरोना बीमा दावि भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ ।

    सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

  • बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी

    बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी

    बागलुङ । बुधबार राति आएको बाढी र पहिरोमा परी हराइरहेका बागलुङ, ढोरपाटन नगरपालिका–९ बोबाङका स्थानीयको खोजी आज पनि शुरु भएको छ । यस घटनामा १४ जनाको शव फेला परिसकेको छ । अझै २४ जना वेपत्ता छन् । त्यसमध्ये चार जनाको शव सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको सनाखत भएको छ । शव भेटिए पनि १० जनाको सनाखत हुन सकेको छैन । बाढीले बगाएको शव क्षतविक्षत अवस्थामा भेटिएका कारण पहिचानमा समस्या आएको हो ।

    उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम समेत शुक्रबार हुने भएको छ । वेपत्ता भएकाको खोजीमा सेना, प्रहरी र स्थानीय बिहानैबाट जुटेका छन् ।

    बगाएकाहरुको शव अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म पुगेको अवस्थामा फेला परेको छ । पहिरोले फलेघर र सुपुर्दुङमा एक दजर्न बढी घर बगाएको । वडा नं ८ सम्म कुल ४० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् ।

  • बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण

    बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण

    काठमाडौं । कोभिड १९ संक्रमण र यसबारे संसारभर अनेक प्रकारका अध्ययन भइरहेका छन् । जसले नयाँ नयाँ तथ्य पत्ता लाग्ने क्रम जारी छ । यसै सन्दर्भमा बालबालिकामा कोरोना भाइरसको लक्षणका सम्बनधमा नयाँ तथ्य सार्वजनिक भएको छ ।

    अब डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत त्यो कोरोना भाइरसको संक्रमणको लक्षण हुने निष्कर्ष अध्ययनले निकालेको छ । बेलायती अध्ययनमा यस्तो पाइएको बीबीसीले लेखेको छ । कोरोना भाइरसको आधा भन्दा बढी मानिसमा लक्षण नै देखिएको छैन । उनीहरुले सहजै यसलाई पचाइरहेका छन् ।

    तर, संसारभर ८ लाख मानिसको मृत्युको कारण समेत यही भाइरस बनेको छ । डायरीया, उल्टी र पेट दुख्ने लक्षण भने खासगरी बालबालिकामा बढी देखिने गर्छ । क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमको अनुसन्धानका लागि एक हजार बालबालिकालाई समावेश गरिएको थियो ।

    मेडआरकाइभमा प्रकाशित यस अनुसन्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने समस्या सुनाएका छन् । ६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण देखिएको छ ।

  • रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने

    रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने

    काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर विहीबार दिनभर ललितपुर तनावग्रस्त रह्यो । मौलिक संस्कृति मनाउने सन्दर्भमा लामो समयदेखि रोक लागेपछि स्थानीय युवा आक्रोसित बनेका थिए । अब भने जात्रा छोटो विधिबाट सम्पन्न गर्ने विषयमा सहमति जुटेको छ ।

    ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार साँझ बसेको बैठकमा सहमति जुटेको हो । सहमतिअनुसार आज क्षमा पूजा गरिनेछ । आइतबार २१ गते सुरक्षा सावधानीसहित रथ तान्न शुरु गरिनेछ । यो बेला ठूलो भीड जम्मा हुन दिइने छैन ।

    २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने गरी सहमति जुटेको हो । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधि, ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि सहभागिता थिए ।

    यता, शुक्रबार भने अप्रिय घटना रोक्न प्रशासनले ललितपुरमा कडाई गरेको छ । ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी भएको छ । यो आदेश राती १० बजेसम्म कायम रहनेछ ।

  • आज ललितपुरमा कडा कर्फ्यू, प्रहरीले गोलीसम्म हान्न सक्ने

    आज ललितपुरमा कडा कर्फ्यू, प्रहरीले गोलीसम्म हान्न सक्ने

    ललितपुर । बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने विषलाई लिएर भएको विवादले उग्र रुप लिँदा पुल्चोक र पाटन क्षेत्र तनावग्रस्त रह्यो । एक प्रहरीमाथि निर्घात कुटपिट भयो । अन्य स्थानीय र प्रहरीसमेत घाइते भए । यसै सन्दर्भलाई लिएर थप क्षति नहोस भनी आज भने ललितपुरमा कर्फ्यू आदेश जारी भएको छ ।

    जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिएका छन् ।

    उनका अनुसार कुनै पनि हुलहुज्जत गर्ने र आदेश विपरितको काम गरेमा प्रहरीलाई गोली हान्ने सम्मको अधिकार दिइएको छ । सोहीकारण सर्वसाधारणलाई घरमै बस्न आह्वान गरिएको छ ।

    कोरोना भाइरसको महामारीसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारि गरिएको छ । निषेधाज्ञा तोड्दै विहीबार पुल्चोक र पाटन क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण बाहिर निस्किएका थिए ।

  • बागलुङ बाढी : हराइरहेका ४१ मध्ये १२ को शव फेला

    बागलुङ बाढी : हराइरहेका ४१ मध्ये १२ को शव फेला

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलामा आएको बाढीबाट वेपत्ता हुनेको संख्या ४१ पुगेको छ । प्रहरीका अनुसार उनीहरुमध्ये १२ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्य जारी छ ।

    सोहीकारण अझै धेरै मानिस हराएको आशंका गरिएको छ । घटनास्थलमा धेरै ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । सोहीकारण उद्धार र राहतमा समेत कठिनाई भएको छ ।


    प्रहरीका अनुसार शव फेला परेका मानिसको समेत पहिचान हुन सकेको छैन । शवहरु चिन्न नसक्ने अवस्थामा छन् । प्रहरीका अनुसार बाढीले ३१ घरमा पूर्ण रुपमा क्षति गरेको छ । स्थानीय विद्यालय, लघु जलविद्युत् तथा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।


    बिहीबार ढोरपाटनमा बाढीले बगाएर हराइरहेकामध्ये तीन जनाको शव भने गुल्मीको बढीघाट खोलामा फेला परेका छन् । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको हो । बाढीग्रस्त क्षेत्रमा आज गृहमन्त्रीसहितको टोली हेलिकोप्टरबाट जान उडेपनि प्रतिकुल मौसमका कारण जान भने सकेन । काठमाडौंबाट उडेको टोली पोखरामा पुगेर रोकिएको छ ।

  • अर्थमन्त्री खतिवडा बाहिरिने पक्का, भएनन् कुनै सम्झनलायक काम

    अर्थमन्त्री खतिवडा बाहिरिने पक्का, भएनन् कुनै सम्झनलायक काम

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने पक्का भएको छ । नेकपा सचिवालयले राष्ट्रिय सभामा बामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडाको पदसमेत अब समाप्त हुने निश्चित भएको हो । राष्ट्रपतिबाट मनोनित हुने एउटा पद खाली रहेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रिय मन्त्री खतिवडालाई नै निरन्तरता दिने मुड बनाएर अन्तिम समयसम्म कसरत गरेका थिए । तर, उनको चाहनामा सचिवालय बाधक बनेको छ । अर्कोतर्फ बामदेव गौतमको चाहनाका कारण समेत प्रधानमन्त्रीको इच्छा पुरा हुन पाएन । यससँगै अब अर्थमन्त्री पद पुनः खाली हुने भएको हो ।

    अर्थमन्त्री खतिवडाको कार्यअवधि भदौ २० मा सकिनेछ । उनी राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका हुन् । सांसदको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो । ६ महिना सांसद बीना समेत मन्त्री बन्न पाउने प्रावधानका कारण उनी मन्त्री दोस्रो पटक मन्त्री बनेका हुन् ।

    खतिवडाले अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । कुल तीन वटा बजेट डा. खतिवडाले ल्याएका छन् । दुई तिहाई सरकारको अर्थमन्त्रीका रुपमा खतिवडासँग ठूलो अपेक्षा थियो । तर, उनी यो अपेक्षामा खरो उत्रन भने सकेनन् । अर्थमन्त्रीका रुपमा उनले विगतलाई निरन्तरता त दिए, तर सम्झनालायक काम भने गर्न सकेनन् ।

  • राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

    राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    सचिवालयको निर्णयपछि अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ।

    राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।

  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो ।

    उनका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२ र रुपन्देहीकी ७२ वर्षीया महिला तथा सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५७ पुगेको छ।

  • उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।

    यो सहित काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

    नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ९ सय १७जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन्।

  • होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने

    होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने

    काठमाडौं । होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने भएका छन्। स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरेर नयाँ मापदण्डअनुसार होटल तथा रेष्टुरेन्टले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाउने भएका हुन्।

    होटल तथा रेष्टुरेन्टलेमा ग्राहक आउन र बस्न भने पाउने छैनन्। डेलीभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ हुनु पर्ने र सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्ने छ। सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलीभरीकर्ताको विवरण भने प्रशासनमा बुझाउनु पर्छ।