क्यानबेरा । आगोलागी नियन्त्रणमा आउन नसकेपछि अष्ट्रेलिय सरकारले राजधानी क्यानबेरामा आपतकालिन अवस्था घोषणा गरेको छ । यहाँ लामो समयदेखिको डढेलोले ठूलो धनजनको क्षति भइसकेको छ । वनस्पति र वन्यजन्तुको अथाहा क्षति भइसकेको छ । तर, पनि आगलागी नियन्त्रणमा नआएपछि सरकारले राजधानी र यस आसपासको क्षेत्रमा आपतकाल घोषणा गरेको हो । शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर… Continue reading अस्ट्रेलियाको क्यानबेरामा आपतकाल घोषणा
Author: Vishwanews.com
बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेतालाई जोगाइएको छ । ललितानिवासमा ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई दोषि सावित गरेको छ । यस प्रकरणमा अधिकांश कर्मारीलाई मुछेर राजनीतिक दलका नेताहरुलाई भने सफाई दिइएको बताइएको छ । मन्त्रिपरिषदले कार्यदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो ।… Continue reading बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए
प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने
जनकपुरधाम । अब प्रदेश दुईबाट रोजगारीका लागि विदेश जाने यूवाले बैंकबाट ऋण पाउने भएका छन् । व्यक्तिगत रुपमा गाउँका साहुहरुले चर्को व्याजमा ऋण लिँदा धेरै घरपरिवार समस्यामा पर्ने गरेका छन् । यसैसन्दर्भमा प्रदेश सरकारको पहलमा बैंकले यूवालाई विदेश जाने प्रयोजनका लागि ऋण दिन थालेका हुन । प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाले विनाधितो सहुलियत… Continue reading प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने
नेपालमा गाँजालाई वैधानिकता दिन प्रयास
काठमाडौं । नेपालमा गाँजाको खेती तथा सेवन प्रतिवन्धित छ । यसको किनबेच पनि गैरकानूनी हो । तर, केही व्यक्ति र संस्था भने यसको वैधानिकताको पक्षमा उभिएका छन् । उनीहरुलाई पछिल्लो समय केही सांसदले समेत साथ दिएका छन् । सत्तारूढ नेकपाका ४६ सांसदले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले गाँजाको प्रतिवन्ध हटाएर… Continue reading नेपालमा गाँजालाई वैधानिकता दिन प्रयास
कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनले गर्यो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं । विश्व स्वास्थय संगठन (डब्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट फैलिएको कोरोनाले विश्वव्यापी रुपमा प्रभाव फैलाउन थालेसँगै विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको डब्लूएचओको भनाई छ । खासगरी चीन र चीन बाहिर यस रोगले पार्न थालेको प्रभावलाई दृष्टिकोण गरी आपतकाल घोषणा गर्नुपरेको डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमले बताएका छन् । उनका अनुसार बिभिन्न भाइरसका… Continue reading कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनले गर्यो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
पर्वतमा बन्यो विश्वकै दोस्रो अग्लो बन्जी
काठमाडौं । पर्वतमा नेपालका सबैभन्दा अग्लो र संसारकै दोस्रो अग्लो बन्जीस्पट तयार भएको छ । पर्वतको सदरमुकाम कुस्माबजार नजिक कालीगण्डकी नदीमाथि विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण गरिएको हो । बिहीबार श्रीपञ्चमीको दिन पारी यो शाहसिक पर्यटकीय प्रडक्टको परीक्षण भएको हो । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकास्थित बलेवा जोड्ने गरी कालीगण्डकीमाथि पुल बनाइएको… Continue reading पर्वतमा बन्यो विश्वकै दोस्रो अग्लो बन्जी
साउनामा पसेका दम्पत्ति मृत फेला
ललितपुर । ललितपुरको फिट एण्ड फाइन जिमखानामा साउनामा पसेका एक दम्पत्तिको निधन भएको छ । जीम सकेर उनीहरु वाफ लिन साउना पसेका थिए । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्ने हस्त गर्बुजा मगर र नेत्रकुमारीको गतराती निस्सासिएर मृत्यु भएको हो । ललितपुर प्रहरी परिसर जावलाखेलका अनुसार हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिवका रुपमा काम गरिसकेका व्यक्ति हुन्… Continue reading साउनामा पसेका दम्पत्ति मृत फेला
४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेका छन् । उनले ४८ वर्षिय राजीव ढुंगानालाई अध्यक्ष बनाएका छन् । यस विषयले भने पुनः सभापति देउवा एक पटक सामाजिक संजालमा हाँसोको पात्र बनेका छन् । किनकी जीवनको ४८ औं वसन्त पार गरिसकेका व्यक्तिलाई उनले विद्यार्थी संगठनको… Continue reading ४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष
४ लाख रुपैयाँको विवादमा बंगलादेशी साथीको हत्या, मृत्युदण्डको डरले नेपाल फर्किए
काठमाडौं । एकसाता अगाडी काठमाडौंमा बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेजको हत्या भयो । हत्याको जानकारी एक साता अगाडी नै आएको भएपनि प्रहरीले भने बुधबार मात्र घटना सार्वजनिक गरेको थियो । यस घटनामा संलग्न रहेको आरोपमा झापाको काकडभिट्टाबाट दुला मियाँलाई प्रहरीले प्रक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार काठमाडौंबाट विदेश उडाउने प्रलोभन देखाएर लिएको… Continue reading ४ लाख रुपैयाँको विवादमा बंगलादेशी साथीको हत्या, मृत्युदण्डको डरले नेपाल फर्किए
चीनमा रहेका नेपालीबारे के गरिरहेको छ सरकार ?
काठमाडौं । चीनमा ठूलो संख्यामा नेपाली बसोबास गर्छन् । खासगरी विद्यार्थीको चीनमा बाहुल्य रहको छ । चीनमा कोरोना भाइरसको प्रकोप बढेसँगै धेरै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् । तर, नेपालले भने यसतर्फ अझै पनि पहल थालिसकेको छैन । कोरोनाबाट अति प्रभावित १ सय ९० जना विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दारका लागि आग्रह गरेका थिए… Continue reading चीनमा रहेका नेपालीबारे के गरिरहेको छ सरकार ?
आज शहिद दिवस मनाइदै
काठमाडौं । आज शहिद दिवस मनाइदैछ । राणा शासन विरुद्ध आवाज उठाउने क्रममा मारिएका चार सहिद र त्यसपछिको परिवर्तनका लागि लडेका शहिदको सम्झनामा यो दिवस मनाउन लागिएको हो । जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । उनीहरुको यसै बलिदानलाई सम्झना गर्दै… Continue reading आज शहिद दिवस मनाइदै
आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति
काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ । यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ । आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि बढ्ने विश्वास जनमानसमा रहेको छ । काठमाडौं उपत्यकास्थित स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेजस्ता… Continue reading आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति
नेकपाको महाधिवेशन २०७७ चैतमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव आएको छ । बुधबारबाट राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन २०७७ चैतको अन्तिममा गर्ने प्रस्ताव गरेका छन् । बैठकमा अध्यक्ष दाहालले महाधिवेशन २०७७ चैत २५ देखि ३० गनेसम्म गर्ने प्रस्ताव गरेका हुन् । २०७५ जेठ ३ गते तत्कालिन… Continue reading नेकपाको महाधिवेशन २०७७ चैतमा
हिमालय एयरलाइन्सले रोक्यो चीन उडान
काठमाडौं । हिमालय एयरलाइन्सले चीनका सबै उडान स्थगित गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै हिमालयले चीनका लागि उडान रोकेको जनाएको छ । नेपालबाट चिनियाँ शहरमा हिमालयले मात्र नियमित उडान गरिरहेको थियो । चीनको बेइजिंगलाई नेपालबाट हिमालयले जोडेको छ । तर, चीनमा तीन साताअगाडीबाट फैलिएको कोरोना भाइरसका कारण हिमालयको उडान प्रभावित भएको हो ।… Continue reading हिमालय एयरलाइन्सले रोक्यो चीन उडान
कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल
बुहान । चीन अहिले कोरोना भाइरसको संक्रमणविरुद्ध संघर्ष गरिरहेको छ । यस रोगसँग लड्न चीनले चमत्कारिक काम गरेर देखाएको छ । चीनमा २ दिनमै एक भब् अस्पताल बाइएको छ । यो अस्पताल एक सय शैयाको रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा केवल कोरोना रोगको मात्र उपचार हुने भएको छ । कोरोनालाई चीनमा अहिलेसम्मकै खतरनाक… Continue reading कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल
रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने
काठमाडौं । अन्तराष्ट्रिय फूटबलमा माथिल्लो स्तरमा खेल्ने नेपाली खेलाडी हुने रोहित चन्द । उनी इण्डोनेसियाको ए डिभिजन लीग खेल्छन् । उनी नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनलाई इन्डोनेसियाको ए डिभिजन क्लब पर्सिजा जकर्ताले थप दुई वर्षका लागि सम्झौता लम्ब्याएको छ । रोहित र पर्सिजाबीच १५ जनवरी २०२० देखि लागु हुने गरी बुधबार २ वर्षका… Continue reading रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने
रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो
काठमाडौं । चीनमा कोरोना भाइरसले प्रकोपको रुप लिएपछि नेपाल भित्रन नदिन रसुवागढी नाकामा कडाई गरिएको छ । १५ दिनका लागि रसुवागढी नाका बन्द गरिएको हो । नाकाबाट चीनबाट आउने पर्यटकलाई रोक्ने निर्णय भएको हो । बुधबारदेखि १५ दिनसम्म सो नाकाबाट चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले उल्लेख गरेको छ । गृह मन्त्रालयका अनुसार… Continue reading रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो
काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समिति बैठक शुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी उद्घाटन गरेको बैठकमा प्रधानमन्त्रीे सरकारका कामको बचाउ गरे । उनले एमसीसी, यति समूहसँगको सरकारको सम्बन्धजस्ता विषयमा सरकारको तर्फबाट स्पष्टिकरण दिएका हुन् । बुधबार नै नेकपाको राजनीतिक प्रतिवेदन… Continue reading काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक
काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने
काठमाडौं । काठमाडौंमा चपथप बिस्तारको कामले विद्यूत आपूर्तिमा समस्या भएको छ । काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ती जाने नेपाल विद्यूत प्राधिकरणले जनाएको छ । महाराजगंज वितरण केन्द्रबाट जाने विद्यूत काटिने भएको हो । बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको लागि रुख कटान गर्न बुधबार बिहान साढे ७ बजे देखि साँझ ५ बजेसम्म सट डाउन… Continue reading काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने
क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जमैका । ल्याटिन अमेरिकी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको हो । यसको झड्का ल्याटिन अमेरिकी भेगका धेरै मूलुकमा गरिएको थियो । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको… Continue reading क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको भयावह रुप चीनमा बढ्दो क्रममा रहेको छ । चीनमा यस रोगको संक्रमणबाट १ सय ३२ पुगेको हो । भाइरसले ५ हजार ९ सय ७४ जनालाई संक्रमणको शिकार भएका छन् । यो रोग दुई साता मात्र आएको हो । चीनको वुहानबाट यस रोगको संक्रमण फैलिएको हो । चीनले पछिल्लो समय विभिन्न शहरहरुसँगको… Continue reading चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो
हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो
काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हराइरहेका ७ जनाको खोजी कार्य तत्कालका लागि बन्द भएको छ । हरेक दिन हेलिकोप्टर लगेर एक सातासम्म खोज्दासमेत उनीहरुको अत्तोपत्तो नलागेपछि खोजी कार्य तत्कालका लागि बन्द गरिएको हो । नेपाली सेनाको नेतृत्वमा खोजी कार्य गरिएको थियो । ३ माघमा आएको भारी हिमपातपछि उनीहरु हिमपहिरोमा परेका थिए । तर, त्यसपछि भने… Continue reading हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो
आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट केन्द्रिय कमिटी बैठक बोलाइएको छ । नेकपा सचिवालयका अनुसार उक्त बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्ने कार्यक्रम राखिएको हो । सरकारले गरेका राम्रा कामको प्रधानमन्त्री ओलीले प्रशंशा गर्ने… Continue reading आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै
सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र यस आसपासमा मंगलबार स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मंगलबार टिपरको ठक्करले एक युवकको ज्यान गएपछि भीड उत्तेजित बनेको थियो । भीड नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू नै लगाउनु परेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लागेको हो । मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू… Continue reading सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी
जति धेरै खपत, उत्ति कम महशुल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब उपभोक्तालाई धेरै बिजुली खपतमा प्रोत्साहित गर्ने भएको छ । स्वदेशमा क्रमशः बिजुलीको उत्पादन बढिरहेको सन्दर्भमा अब बिजुली खपत बढाउनु पर्ने बाध्यता प्राधिकरणसँग छ । यसबाहेक निर्यातको बाटो खोल्नेतर्फ समेत प्राधिकरणले काम गरिरहेको छ । प्राधिकरणका अनुसार बढी विद्युत् खपत बढाउन प्रोत्साहन गर्ने भन्दै नयाँ महशुलदर प्रस्ताव गरिएको छ ।… Continue reading जति धेरै खपत, उत्ति कम महशुल
धरौटीमा छुटिन् गायिका आस्था राउत
काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेपछि पक्राउ परेकी हुन् ।… Continue reading धरौटीमा छुटिन् गायिका आस्था राउत
लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न नेपाल आउन लागेका छन् । उनी बुधबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा दुई दिने भ्रमणका सिलसिलामा उनी आउन लागेका हुन् । नेपाल रहँदा उनी बिहीबार प्रधानमनत्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । बुधबार काठमाडौं ओर्लने उनले समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय… Continue reading लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?
काठमाडौं । अब नयाँ पत्रकारले परिक्षा पास गरी लाइसेन्स लिनुपर्ला ? मिडिया काउन्सिल विधेयकमा यस्तो प्रावधान राखिएको छ । पत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको हो । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले यस्तो प्रावधानसहित नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । समिति सभापति… Continue reading के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?
चीनबाट आएका जहाज छुट्टै राखिने
काठमाडौं । अब चीनबाट आएका जहाजलाई छु्ट्टै राखेर यात्रुको व्यवस्थापन गरिने भएको छ । नेपालको छिमेकी मित्रराष्ट चीनमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सोमबार पर्यटन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो । छलफलपछि पर्यटन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा चीनबाट आउने जहाजका लागि छुट्टै व्यवस्थापन गर्न निर्देशन दिए । नेपालभित्र यसको प्रभाव पर्न नदिन प्रधानमन्त्रीज्यूको समुपस्थितिमा आइतबार… Continue reading चीनबाट आएका जहाज छुट्टै राखिने
चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन
क्यालिफोर्निया । विश्वचर्चित चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन भएको छ । पाँच पटक एनबीए च्याम्पियन र ओस्कार समेत जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । उनीसँगै उनकी छोरीको समेत निधन भएको हो । क्यालिफोर्नियाको कालाबासस शहरमा दूर्घटना भएको हो । कोबे, उनकी छोरी गियनासहित नौ जनाले… Continue reading चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन