गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ । अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो । खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै… Continue reading गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ । ललितपुर सानेपास्थित घरमै उनको सोमबार हत्या भएको हो । उनको घरमा काम गर्ने कामदार विजय चौधरीले समेत घरमै झुण्डिएर आत्महत्या गरेका छन् । कार्कीको हत्या चौधरीले नै गरेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कार्कीको निवासमा जडान गरिएको सीसीटीभी क्यामराको… Continue reading पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

हङकङ । हङकङ चार दिनसम्म पानीजहाजमा थुनिएका ३६ सय मानिस मुक्त भएका छन् । कोरोना भाइरसको निगरानीका लागि भन्दै उनीहरुलाई जहाजमै बन्धक बनाइएको थियो । उनीहरुलाई कोरोनाको परीक्षण गरि मुक्त गरिएको छ । जहाजका केही कर्मचारी र यात्रमा कोरोना रहेको आंशक गरिएकोपछि वर्ल्ड ड्रीम क्रुजमा करीव३ हजार ६ सय यात्रु र चालक दललाई सदस्य जहाजमै… Continue reading हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने

काठमाडौं । नेपालमा मानिसबाट कोरोनाको संक्रमण नभित्रियोस भन्ने उद्देश्यले त्रिभुवन विमानस्थलसहित सीमा नाकामा कडा निगरानी अपनाइएको छ । उच्च ज्वरो आएका मानिसलाई नाका प्रवेश मै रोकिएको छ । तर, पशुबाट पनि यसको संक्रमण छिर्न नदिने अब पूर्वनिगरानी गरिने भएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न पशु सेवा विभागले पूर्व निगरानी तथा अध्ययन कार्यदल गठन… Continue reading पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने

क्यानडाका सभामुख आज नेपाल आउँदै

काठमाडौं । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं उत्रदैछन् । उनी नेतृत्वको संसदीय प्रतिनिधमण्डल सोमबार नेपाल भ्रमणमा आउन लागेको संसद सचिवालयले जानकारी दिएको छ । उनी बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । फ्युरीले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने… Continue reading क्यानडाका सभामुख आज नेपाल आउँदै

काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

काठमाडौं । अब काठमाडौं उपत्यका भित्रका सम्पदालाई रातको समयमा समेत भ्रमण गर्न सकिने भएको छ । ति क्षेत्रमा लाइटिंगको काम भइरहेको र काम सकिनासाथ रात्रिकालिन अवलोकनका लागि समेत खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकराी दिए । आइतबार पुरातत्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब काठमाडौंका सम्पदा रातमा समेत… Continue reading काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

२६ जनाको ज्यान लिने सैनिकलाई थाई प्रहरीले मार्यो

बैंकक । थाइल्यान्डमा मास सुटिंगमार्फत दुई दर्जनको ज्यान लिने सैनिक जवानलाई थाई प्रहरीले मारेको छ । शनिबार सैन्य क्याम्पबाट एक जना अफिसरलाई गोली हानेर मारेपछि उनी सपिंग मलमा आएका थिए । त्यसक्रममा उनले गोली हानेर कूल २६ जनाको ज्यान लिएका थिए । एकसाथ धेरै जनाको हत्यापछि पनि उनी भाग्न सफल भएका थिए । पछि खोजतलास… Continue reading २६ जनाको ज्यान लिने सैनिकलाई थाई प्रहरीले मार्यो

कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एक अमेरिकी नागरिकको ज्यान गएको छ । चीनको हुबेई प्रान्तस्थित कोरोना प्रभावित शहर वुहानमा अमेरिकी नागरिकको मृत्यु भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । आइतबार बेइजिङस्थित अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको पुष्टी गरेको हो । ६० वर्षिय अमेरिकी नागरिकको मृत्यु भएको दूतावासले पुष्टी गरेको हो । कोरोनाको… Continue reading कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु

६ महिनामा साढे २० हजार चालक ट्राफिक कारवाहीमा

काठमाडौं । नेपालमा ट्राफिक नियमबारे चालक कति उदासिन छन् भन्ने एक उदाहरण ट्राफिक प्रहरीको तथ्याकले देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० हजार ४ सय ३३ जना नियम उल्लंघनको कसुरमा कारवाहीमा परेका छन् । यो संख्या साउनयताको मात्र हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका… Continue reading ६ महिनामा साढे २० हजार चालक ट्राफिक कारवाहीमा

नेपाललाई ओमानले फेरी हरायो

काठमाडौं । बलिङमा जम्न नसकेपछि आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ओमानले हराएको छ । नेपाल जारी लीगमा लगातार दोस्रो पटक घरेलु मैदानमै ओमानसंग हारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४९ रन बनाएको थियो । तुलनात्मक रुपमा राम्रो ब्याटिङ गरेको दिन बलिङ यूनिटले साथ दिन सकेन । जसले… Continue reading नेपाललाई ओमानले फेरी हरायो

चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगले चीनमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ । चीनबाट स्वदेश फर्किन चाहेका नेपालीलाई अतिलम्ब उद्धार गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले निर्देशन दिने निर्णय गरेको छ । आयोगको बैठक आइतबार बसेको थियो । चीनको… Continue reading चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह

प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरानै शैलीमा चलिरहेको स्वीकार गरेका छन् । खासगरी विकास निर्माणको काममा भएको प्रगतिबाट उनी कत्ति पनि संतुष्ट छैनन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले चाहेको गतिमा काम नभएको भन्दै असन्तष्टी व्यक्त गरे । काम हुँदै नभएको होइन, तर जसरी विकास होस भन्ने चाहेको थियौं,… Continue reading प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

कोरोनाले लियो ८ सय १३ को ज्यान

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मर्ने बिरामीको संख्या ८ सय नाघेको छ । तथ्यांक अनुसार महामारीको रुपमा फैलिएको यस भाइरसले ८ सय १३ को ज्यान लिएको छ । चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये सबैजसो वुहान शहरका छन् । चीनको वुहान वाहेक हङकङ र फिलिपिन्समा समेत मानिसको ज्यान गएको… Continue reading कोरोनाले लियो ८ सय १३ को ज्यान

थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

थाइल्याण्ड । थाइल्याण्डमा एक सैन्य अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जना मारिएका छन् । थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले पहिले आफ्ना कमाण्डरलाई मारेर हतियारसहित बाहिर आएका थिए । त्यसपछि उनी मलमा पुगेर सर्वसाधारणको ज्यान लिएका हुन् । यस घटनामा दर्जनभन्दा बढी घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीले जनाएका छन् । थाई… Continue reading थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो । टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका… Continue reading अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

गुगल फाईल फोटो

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाइ बर्खास्त गरेका छन् । संसदको माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएपछि उनले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्तको निर्णय गरेका हुन् । ह्वाइटहाउसका अनुसार यी दुबै अधिकारीले अब सरकारको जिम्मेवारी प्राप्त गर्ने छैनन् ।… Continue reading आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

कोरोनाले मर्नेको संख्या ७ सय नाघ्यो

काठमाडौं । चीनमा कोराना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ७ सय नाघेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसले ७ सय २२ जनाको ज्यान लिइसकेको छ । यसको संक्रमण करिव ३५ हजार जनामा पुगिसकेको छ । चीन बाहिरका २५ मुलुकमा यसले प्रभाव पार्न सफल भएको छ । चीनबाहिर हङकङ र फिलिपिन्समा एक , एक जनाको… Continue reading कोरोनाले मर्नेको संख्या ७ सय नाघ्यो

सुदूरपश्चिममा भूकम्पको धक्का

सुर्खेत । शनिबार सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै दुईपटक भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।… Continue reading सुदूरपश्चिममा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक अज्ञात समूहले प्रहरी चौकीमा आक्रमण गरेको छ । खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई प्रहरी घाइते भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा यो प्रहरी चौकी रहेको छ । मोटरसाइकलमा १०\१२ जनाको समूहमा आएर आक्रमण गरिएको थियो । आक्रमणमा परी प्रहरी सहायक… Continue reading सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

ट्रम्पले भने : अलकायदाका अरेवियन प्रायदिप प्रमुख मारिए

File Photo : (AP Photo/Evan Vucci)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल कायदाका अरेवियन प्रायद्विपका प्रमुख कासिम अल रेमी मारिएको दावि गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले उनलाई मारेको बताएका हुन् । यद्दपी यस घटनाबारे पूर्ण रुपमा भने कुनै जानकारी बाहिर आएको छैन । राष्ट्रपति ट्रम्पले समेत कुनै तथ्य खुलाएका छैनन् । उनी, कहिले र कसरी मारिएको भन्ने बारे… Continue reading ट्रम्पले भने : अलकायदाका अरेवियन प्रायदिप प्रमुख मारिए

तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

काठमाडौं । तपस्वीका नाममा चिनिने रामबहादुर बमजन पुनः एक पटक विवादमा तानिएका छन् । आफ्नो आश्रममा गएका चार जना अनुयायी बेपत्ता पारेको आरोपमा उजुरी परेपछि प्रहरी उनलाई खोज्दै सिन्धुलीस्थित आश्रम पुगेको थियो । तर, शुक्रबार प्रहरीले बमजनलाई फेला पार्न भने सकेन । सिन्धुलीको सिन्धुलीमाडीमा बमजनको आश्रम रहेको छ । आश्रममा बिहानै प्रहरी पुगेको थियो ।… Continue reading तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

पोखरा । श्री एयरलाइन्सले पोखरामा उडान बिस्तार गरेको छ । शुक्रबार यस कम्पनीले दुई उडान गर्दै पोखरा उडान प्रारम्भ गरेको हो । यसअघि बुद्ध, यति, सिम्रिक र नेपाल एयरलाइन्सले उडान गरिरहेको पोखरामा पाँचौं प्रर्तिपर्धीका रुपमा श्री एयर प्रवेश गरेको हो । यसबाट पोखरामा अब मूल्य निकै प्रतिस्पर्धी हुने भएको छ । किनकी श्रीले पोखरामा प्रारम्भिक… Continue reading श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो

विराटनगर । विराटनगरमा एक युवतीको विभत्स तवरले हत्या भएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार मगलबारबाट वेपत्ता भएकी सुनसरी, दुहबी नगरपालिका– ६ काली मन्दिरकी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या भएको अवस्थामा विराटनगरमा शव फेला परेको हो । उनको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै उखुबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ… Continue reading विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो

भारत र इजरायलका सेनापति नेपाल आउने

काठमाडौं । भारत र इजरायलका सेनापति नेपाल आउने भएका छन् । नेपाल सरकारले भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत गरेको हो । नेपाली सेनाको निमन्त्रणमा उनीहरु नेपाल आउनेछन् । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमणको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । उपयुक्त समय… Continue reading भारत र इजरायलका सेनापति नेपाल आउने

विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनका लागि नेपाल आउने विदेशी नागरिकको श्रम स्वीकृति सहजिकरण गर्ने भएको छ । नेपालकै सहयोगको प्रयोजनमा आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । माघ २० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी… Continue reading विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारको जिम्मामा आइसकेपछि यहाँ लगानी गरेका बैंकको लगानी डुब्ने भएको छ । ललिता निवास सरकारले अधिग्रहण गरेको सरकारी जग्गा हो । तर, यसलाई व्यक्तिका नाममा ल्याएर विभिन्न व्यक्ति तथा संघ संस्थाले घर बनाएका थिए । उनीहरुले घर तथा संरचना बनाउदा लिएको ऋण र यहाँको जग्गा धितो राखेर लिएको बैंकको ऋण… Continue reading ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

काठमाडौं । ओमानले आइसिसी विश्वकप लिग, २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिकालाई हराएको छ । बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराएको हो । जितसँगै ओमान अब समुहको शीर्ष स्थानमा रहेको छ । अमेरिका र ओमानको समान १२ अंक छ । रनरेटमा ओमान अगाडी छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भएको थियो ।… Continue reading आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटियो

काठमाडौं । कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुई जनालाई मारेर भागेको टिपरलाई लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो । बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर टिपर भागेको थियो । टिपर चालक भने अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ४… Continue reading कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटियो

डा. केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा खारेज

काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दा खारेज गरिदिएको छ । बिहीबार सर्वोच्चको पूर्ण इजलासले दावी नपुगेको निष्कर्ष निकाल्दै केसी र कान्तिपुर दैनिमाथिको अवहेलना मुद्दा खारेज गरिदिएको हो । केसीले तत्कालीन न्यायाधीश गोपाल पराजुलीविरुद्ध एक अभिव्यक्ति दिएपछि पराजुलीकै आदेशमा सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालमार्फत केसीविरुद्ध मुद्दा दायर भएको थियो ।… Continue reading डा. केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा खारेज

‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय

काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण थर्ड जलविद्युत आयोजनामा लगानी व्यवस्थापन भएको छ । करीव १ खर्ब लगानी जुटेको हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाका लागि ‘फाइनान्सियल क्लोजर’ (वित्तीय ब्यवस्थापन) सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । आयोजनामा ३० प्रतिशत भन्दा बढी निर्माणको काम भइसकेको छ । बिहीबार नेपाल र भारतका ७ वटा… Continue reading ‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय