काठमाडौँ, १८ असारः विशेष अदालतले नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको… Continue reading उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
Category: कानुनी कुरा
नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ
काठमाडौँ, १८ असार । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँबसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँबसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा… Continue reading नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
काठमाडौँ, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका… Continue reading ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ, १७ असार । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट–सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुटरसहुलियत नदिने… Continue reading सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
काठमाडौँ, १७ असारः अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ । आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन… Continue reading भ्रष्टाचार अभियोगमा मुद्दा दायर
गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन
काठमाडौँ, १६ असार । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाउनुभएको हो । पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउनेतर्फ अग्रसर… Continue reading गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
रसुवा, १६ असारः चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट रु तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी… Continue reading तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ, १५ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५–७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ । आयोगले… Continue reading भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर
कोहलपुरमा भाइद्वारा दाजुको हत्या
नेपालगञ्ज, १५ असार । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ । प्रहरीले निजलाई कोहलपुर… Continue reading कोहलपुरमा भाइद्वारा दाजुको हत्या
पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ, १५ असार । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो । विशेष… Continue reading पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ, १३ असारः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ््तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया… Continue reading वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ
पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ
जनकपुरधाम, १३ असारः प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोेलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखियलाई पक्राउ गरेको हो । होटलमा आज… Continue reading पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
काठमाडौँ, १३ असारः नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख… Continue reading एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड
काठमाडौँ, १० असारः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनले सुरक्षित समाज निर्माणमा थप चुनौती थपेको उल्लेख गर्दै सङ्गठित अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताए । नेपाल पुलिस क्लबमा आज आयोजित ‘प्रहरी कार्यसम्बन्धी समीक्षा सम्मेलन, २०८३’लाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण… Continue reading अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड
गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
काठमाडौँ, १० असारः चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा उपचारमा संलग्न रहेकी चेतन एएम (पौडेल) पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही ठाउँकी वर्ष ४७ की पौडेललाई पक्राउ गरेको हो । नियमित अनुगमनका क्रममा निजले नपाएको… Continue reading गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौँ, १० असारः सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिना पक्राउ परेका छन् । पीडित महिलाको अश्लिल तस्बिर–भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले आज उनलाई पक्राउ गरेको… Continue reading सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ, १० असारः नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट… Continue reading गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ
एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति
काठमाडौँ, ९ असारः विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत… Continue reading एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति
राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी… Continue reading राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौँ, ६ असारः लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो… Continue reading गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ
तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला
दमौली (तनहुँ), ६ असारः तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो । प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक… Continue reading तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
नेपालगन्ज (बाँके), ५ असारः यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ… Continue reading नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौँ, २ असारः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्षसमेत आठ जना र भागरथी निर्माण सेवाका सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।… Continue reading भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
रासससिद्धार्थनगर (भैरहवा), २ असारः जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी नौ, सङ्गठित तथा आर्थिक… Continue reading रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
काठमाडौँ, ३१ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच\पाँच, झापा र ललितपुरबाट चार\चार, सिरहा र काठमाडौँबाट तीन\तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक\एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन… Continue reading लागुऔषधसहित ३१ जना पक्राउ
चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
काठमाडौँ, ३० जेठः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले राससलाई जानकारी दिए । उनले भने, “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा… Continue reading चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन
काठमाडौँ, ३० जेठः बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८… Continue reading ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
काठमाडौँ, २९ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा… Continue reading अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, २९ जेठः काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक… Continue reading विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ, २८ जेठः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । आज अपराह्न १ः०० बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तरराष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् । पक्राउपर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन्… Continue reading विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ