अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताएका छन् । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनलेआफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पार्दै यसबाट सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उल्लेख गरे ।… Continue reading अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता सेभिया(स्पेन), १६ असार : संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच आज भएको द्विपक्षीय भेटवार्ता ।तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

१६ असार, सेभिया । ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिँदै ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनको सकारात्मक परिणाम सृजनामा नेपालले सक्रिय… Continue reading प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

असार १५ः रोपाइँसहित दहीचिउरा खाएर मनाइयो

किमाथाङ्का(सङ्खुवासभा), १५ असार : रोपाइँ महोत्सव सङ्खुवासभाको मादी नगरपालिका–४ उमृङ गाउँमा कृषि ज्ञान केन्द्र सङ्खुवासभा र मादी नगरपालिकाले आज आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । तस्बिर : भविन कार्की/रासस

१५ असार, काठमाडौं । प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ । खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो… Continue reading असार १५ः रोपाइँसहित दहीचिउरा खाएर मनाइयो

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

१६ असार, काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन्… Continue reading एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष साञ्चेजबीच भेटवार्ता सेभिल्ला (स्पेन), १५ असार : संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आइतबार दुईपक्षीय भेटवार्ता गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

१६ असार, सेभिया । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिए ।… Continue reading अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अध्यक्ष ओली-सम्बोधन काठमाडौँ, १४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

१६ असार, स्पेन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भए । प्रधानमन्त्री ओली र स्पेन सरकारका… Continue reading स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी

१५ असार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरु घर ढलानको भोजमा च्याउ खाएर बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार च्याउ खाएर बिरामी… Continue reading च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी

विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ

१४ असार, काठमाडौँ, १४ असारः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उहाँले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा… Continue reading विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

file

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र।३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित… Continue reading दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

१४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन आज साँझ त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् । नेपालको संविधानबमोजिम… Continue reading प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति,… Continue reading राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

१४ असार, दमौली । मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो । उक्त कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदारलगायतको उपस्थिति थियो । मुग्लिन पोखरा… Continue reading मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

१४ असार, वीरगञ्ज । पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए । मृत्यु हुनेमा… Continue reading पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

१४ असार, काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताए । प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको… Continue reading एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

शुक्लाफाँटामा पाटेबाघको आतङ्क

file

कञ्चनपुर, १४ असार : शुक्लाफाँटा नगरपालिका–५ खजुवामा रातिका बेला पाटेबाघले गोठबाटै चौपाया तानेर खाने घटना दोहोरिन थालेपछि स्थानीय किसान त्रसित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्कने बयस्क पाटेबाघले बस्तीमा पसेर गाईभैँसीजस्ता घरपालुवा जनावरको खान थलेपछि जनजीवन प्रभावित भएको हो । गएराति मात्र स्थानीय हेमा धामीको ब्याउने गाईलाई पाटेबाघले गोठबाट तानेर दुई सय मिटर पर… Continue reading शुक्लाफाँटामा पाटेबाघको आतङ्क

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

काठमाडौँ, १३ असार । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन जारीगरी विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस… Continue reading शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर, १३ असारः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए । परीक्षामा दुई लाख ७१ हजार २९९… Continue reading एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भीरबाट लडेर महिलाको मृत्यु

बैतडी, १४ असारः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल… Continue reading भीरबाट लडेर महिलाको मृत्यु

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

१३ असार, मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी… Continue reading पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

(Photo by Mamoun Wazwaz/Xinhua)

१३ असार, काठमाडौं । इरानले बुधबार आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई क्षेत्र खुला गर्ने घोषणा गरेको छ। इरानको सडक तथा सहरी विकास मन्त्रालयले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको नागरिक उड्डयन सङ्गठनको स्वीकृति र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा मूल्याङ्कन पूरा भएपछि यो निर्णय गरिएको हो ।” मन्त्रालयका प्रवक्ता… Continue reading इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

Grigorov/Sputnik/Reuters

एजेन्सी१३ असार, काठमाडौं । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन सम्भवतः जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउने दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बिहीबार बताएका छन्। उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रको पुनस्र्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताएका थिए । उनको भनाइ… Continue reading उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

Getty Images

१२ असार, काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ। यो जानकारी स्थानिय सञ्चार माध्यम र सुरक्षा स्रोतहरूबाट प्राप्त भएको हो। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाका अनुसार, इजरायली ड्रोनले दक्षिण लेबनानको बायत लिफ गाउँको पश्चिमी प्रवेशद्वारमा एउटा मोटरसाइकललाई लक्षित गरी आक्रमण गर्दा एक जनाको ज्यान… Continue reading लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

१२ असार, टक्सार । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन । उनीहरुको खोजी कार्य भने जारी राखिएको छ । हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ… Continue reading अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

AP Photo/Evan Vucci)

एजेन्सी १२ असार, अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो ।यसअघि ०।२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै सङ्कुचन अझ गहिरो… Continue reading अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

१२ असार, काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई–मधेसमा उत्पाति नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो । काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना… Continue reading काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

१२ असार, सुदूरपश्चिम । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरे । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा… Continue reading ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारी बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा विदेशमा रहे‌का नेपालीहरुको बारेमा जानकारी समेटिने श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृतिको शुभारम्भ गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

१२ असार, काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरे… Continue reading विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

कमला नदीमा पुल निर्माण चाँडै

१२ असार, सिरहा । सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा रु एक करोड विनियोजन गरेको छ । बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए । यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो । सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो… Continue reading कमला नदीमा पुल निर्माण चाँडै

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

एजेन्सी१२ असार, काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २।१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन्… Continue reading अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

१२ असार, तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र… Continue reading दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने