काठमाडौँ, ६ पुसः सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी… Continue reading बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न राखियो ‘ट्रास बेरियर’
Category: फिचर
पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
राससपथरी (मोरङ), ६ पुस । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोलेका थिए । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी… Continue reading पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
आहा…… आलिताल
माधबि भट्ट (रासस)अमरगढी (डडेल्धुरा), ६ पुस । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले… Continue reading आहा…… आलिताल
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
काठमाडौँ, ६ पुसः दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग ÷अलग दुई कार्यक्रम आयोजना गरेको छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको… Continue reading जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै
राससकञ्चनपुर, ६ पुस । जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ । पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र… Continue reading दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै
सुन्तला उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित
धरान (सुनसरी), ६ पुस । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइरहेका छन् । धरान कृषि बजारमा गत वर्षको तुलनामा यस वर्ष कात्तिक, मङ्सिरमै… Continue reading सुन्तला उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित
कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै
राससभेरीगङ्गा (सुर्खेत), ६ पुसः कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ… Continue reading कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै
कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
म्याग्दी, ६ पुस : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो… Continue reading कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै
कर्णाली, ६ पुस : कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र… Continue reading कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै
निर्वाचन ७४ दिन बाँकी : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
काठमाडौँ, ६ पुस : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।… Continue reading निर्वाचन ७४ दिन बाँकी : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
रावलपिन्डी (पाकिस्तान), ६ पुस (रासस–एएनआई) । संघीय अनुसन्धान एजेन्सी ९एफआईए० को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन… Continue reading पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण
वासिङ्टन, ६ पुस (रासस–एएफपी) । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताए । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो । वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन… Continue reading सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण
भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु
नयाँदिल्ली, ५पुस (रासस–एएफपी) । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ । वरिष्ठ असम पुलिस अधिकारी… Continue reading भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु
मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
ढाका, ५ पुस (रासस–एएफपी) । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका छन्। गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर मृत्यु भएको थियो… Continue reading मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौैँ, ५ पुस । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल… Continue reading साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
भद्रपुर (झापा), ५ पुसः यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी–स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार… Continue reading मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार
५ पुस, काठमाडौं । कारागारबाट रिहा भएर चितवन हुँदै काठमाडौं आए लगत्तै रास्वपा सभापति रवि लामिछाने भेटघाटमा सक्रिय भएका छन् । उनले जेनजी आन्दोलनका घाइते र शहीदका परिवारलाई भेटेका छन् । उनले शनिबार उपत्यकाका विभिन्न अस्पतालमा उपचारार्थ जेनजी घाइतेसँग भेट गरी अवस्थाबारे जानकारी लिए । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय… Continue reading रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार
समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान
चितवन, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा आज उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री… Continue reading समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान
निर्वाचनको विकल्प छैन : सभापति लामिछाने
नारायणगढ (चितवन), ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएका छन् । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन् । उनले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने… Continue reading निर्वाचनको विकल्प छैन : सभापति लामिछाने
निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी
काठमाडौँ, ५ पुस । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । आज प्रचण्ड सरकारप्रत… Continue reading निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
जमुना वर्षा शर्मा–राससपोखरा, ५ पुस । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई… Continue reading महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा
गाजा, ५ पुस (रासस) सिन्ह्वा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताए । “ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका… Continue reading गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा
नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?
सिड्नी, ५ पुस (रासस–सिन्ह्वा) । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार… Continue reading नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?
जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ
नारायण न्यौपाने–राससकाठमाडौँ, ५ पुस । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्न्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली… Continue reading जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन सार्वजनिकपछि उत्साहित ‘रूपाकोट मझुवागढी’
केदार मगर–रासस खोटाङ, ५ पुस । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणवद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा… Continue reading बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन सार्वजनिकपछि उत्साहित ‘रूपाकोट मझुवागढी’
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
काठमाडौं ५ पुस । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको… Continue reading चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौँ, ५ पुस । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह… Continue reading राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा
भकुण्डे (म्याग्दी), ५ पुस । बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको थियो । बेनी नगरपालिका–२ भकुण्डेका… Continue reading रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा
फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
राससकाठमाडौँ, ५ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती… Continue reading फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौँ, ५ पु्सः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका… Continue reading निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम