६ असार, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।… Continue reading देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री
Category: फिचर
ढुङ्गा प्रहारबाट युवकको मृत्यु
६ असार, दमक । ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ । यसरी ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५ः३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो… Continue reading ढुङ्गा प्रहारबाट युवकको मृत्यु
उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’
६ असार, मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो । यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको… Continue reading उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’
उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा
एजेन्सी६ असार, काठमाडौं । उत्तर कोरियाले बिहीबार इरानमाथि इजरायलले हालै गरेको हवाई आक्रमणलाई आक्रमणको ‘घृणित कार्य’ भन्दै निन्दा गरेको छ ।कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले मध्यपूर्वमा नयाँ युद्धको खतरा खडा गरेकोमा इजरायलको निन्दा गर्दै इरानविरुद्ध इजरायलको सैन्य आक्रमणबारे ‘गम्भीर’ चिन्ता व्यक्त गरेका छन् । उत्तर कोरियाले इरानमाथि इजरायलको… Continue reading उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
६ असार, सिरहा । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध… Continue reading आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प
६ असार, बलेवा । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा… Continue reading दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प
नवलपरासीमा बाढीले बस बगायो, यात्रु सकुशल
६ असार, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस… Continue reading नवलपरासीमा बाढीले बस बगायो, यात्रु सकुशल
नेपालकै पहिलो ‘फ्लाई ओभर’ आजबाट सर्वसाधारणका लागि खुला गरिँदै
६ असार, काठमाडौं । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्ने तय भएको छ । फ्लाई ओभर निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका… Continue reading नेपालकै पहिलो ‘फ्लाई ओभर’ आजबाट सर्वसाधारणका लागि खुला गरिँदै
थाइ प्रधानमन्त्री पेटोङटार्नद्वारा क्षमा याचना, सरकार सङ्कटमा
एजेन्सी६ असार, काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियाका पूर्व नेता हुन सेनसँग भएको टेलिफोन वार्ता सार्वजनिक भएपछि यस बिषयमा बिहीबार माफी मागेकी छिन् । टेलिफोन वार्ताप्रति असहमति जनाउँदै उनको मुख्य गठबन्धन साझेदारले राजीनामा दिएको छ । यसले उनलाई राजीनामा दिन वा मध्यावधि निर्वाचन गर्न दबाब परेको छ । उनले कम्बेडियाली वरिष्ठ नेता नेता हुन… Continue reading थाइ प्रधानमन्त्री पेटोङटार्नद्वारा क्षमा याचना, सरकार सङ्कटमा
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी
एजेन्सी६ असार, काठमाडौं । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन् । “आक्रमणको मुख्य… Continue reading इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
एजेन्सी६ असार, काठमाडौं । बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् । “आज बिहान इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,” नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।… Continue reading इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
अमेरिकी नीतिले विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ
एजेन्सी६ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा थप गिरावट आएपछि लगानीमा विश्वव्यापीकरण पछि हटेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण उत्पन्न अनिश्चितताका कारण सन् २०२५ का लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ऋणात्मक रहेको संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास निकाय युएनसिटिएडीले जनाएको छ… Continue reading अमेरिकी नीतिले विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
५ असार, दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको… Continue reading दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
समाचार हटाउन अदालतले दिएको आदेश खारेज
५ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौँले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी दिएको रिट निवेदन खारेज गरेको छ । अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले आज धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेस गरेको रिट निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित समाचार हटाउन माग… Continue reading समाचार हटाउन अदालतले दिएको आदेश खारेज
इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण
५ असार, काठमाडौं । इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले नेपाल फर्किन चाहने र उद्धारको माग गर्ने नेपालीहरुसँग तत्काल सम्पर्क गरी सोहीअनुसार यी दुई देशसँग समन्वय एवं कूटनीतिक पहलकदमी बढाउन सभाअध्यक्षमार्फत परराष्ट्र… Continue reading इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण
आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल
५ असार, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने… Continue reading आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल
पहिरोले अरनिको राजमार्ग बन्द
५ असार, चौतारा । भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ । पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द… Continue reading पहिरोले अरनिको राजमार्ग बन्द
नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू
५ असार, काठमाडौं । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि सोमबार भएको खेलमा… Continue reading नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू
झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
रासस५ असार, दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो । “खोला तर्न नसक्दा… Continue reading झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
५ असार, भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा ९हाब्रे०संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । रेड पान्डाको संरक्षणको लागि… Continue reading भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
५ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको… Continue reading परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
चैते धान थन्क्याउने चटारोमा किसान
५ असार, डुम्रे । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका,… Continue reading चैते धान थन्क्याउने चटारोमा किसान
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
५ असार, काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । देशका उच्च–पहाडी तथा… Continue reading आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
वर्षाले नारायणघाट- बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार, नवलपुर । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा… Continue reading वर्षाले नारायणघाट- बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
एजेन्सी५ असार, काठमाडौं । इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ । अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उनले बताए । रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले… Continue reading सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
एजेन्सी५ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन् । ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुलेका छन् भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त… Continue reading इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
एजेन्सी५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानसँग आफ्नो धैर्य ‘समाप्त भइसकेको’ र इस्लामिक गणतन्त्र इरानको ’निःशर्त आत्मसमर्पण’ का लागि आफ्नो आह्वान दोहोर्याए । “इरानमा प्रत्यक्ष संलग्न हुने वा नहुने के… Continue reading ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
५ असार, काठमाडौं । लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ । गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको र जीवित रहेका पाँच जना… Continue reading लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश
४ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । महानगरपालिकाका प्रमुख… Continue reading महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश
इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने
४ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र… Continue reading इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने