नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण

काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ३२ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना… Continue reading नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण

मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२

काठमाडौं । नेपालमा मङ्गलबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका भित्र तीन सहित देशभर २७ सङ्क्रमित थप भएका हुन् । पछिल्लो समय सरकारले कोरोना परिक्षण बढाएको छ । मङ्गलबार थपिएकामा भक्तपुर र ललितपुरमा एक एक जना छन् । स्वास्थ मन्त्रालयले मङ्गलबार बिहान पुष्टि भएका समेत… Continue reading मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२

‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने एमसीसी सभामुखको टेबलमा आइसकेको छ, एमसीसी पास… Continue reading ‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री

भारतलाई प्रधानमन्त्रीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमी मिचेको भन्दै भारतलाई उसको राष्ट्रिय नारामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय प्रधानमन्त्री ओलीले भारतलाई उसको नारा सिंहमेव जयते कि सत्यमेव जयते हो ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले भने,… Continue reading भारतलाई प्रधानमन्त्रीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजले १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं ल्याएको हो । पिपिई, एन ९५ मास्क तथा टेस्ट किटहरु यस पटक ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सामान ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो । सेनाले यसअघि स्थलमार्गबाट शनिबार १० कन्टेनर सामान ल्याइसकेको थियो… Continue reading सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित

काठमाडौं । नेपालमा मंगलबार १५ संक्रमित थप भएका छन् । प्रदेश १ मा मंगलबार ११ जना र प्रदेश ५ मा ४ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार झापाका ९, कपिलवस्तुमा ४ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालले पूर्वमा भएको संक्रमणको पुष्टी गरेको हो । सोही अस्पतालमा भएको परीक्षणमा… Continue reading झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित

विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई घर फर्काउने, तर यसका लागि चरणवद्द रुपमा काम गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार सात वटै प्रदेशमा वडा तहसम्म सुरक्षित क्वारेन्टाइन बनाएर बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको छ । मन्त्रालयका अनुसारको सिलसिलामा… Continue reading विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

फाइल तस्वीर

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’ले दक्षिण एसियाली मुलुकमा प्रभाव पार्ने भएको छ । यसले नेपालमा समेत अप्रत्यक्ष प्रभाव पार्ने मौसमविदले जानकारी दिएका छन् । स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भइसकेको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । यो… Continue reading बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर

काठमाडौं । कोरोना महामारीबाट उम्किसकेको चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले डब्लुएचको सहयोग कटौती गर्ने घोषणाका बिच चीनको उक्त सहयोग आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएका छन् । अहिले सङ्गठनको वार्सिक बैठक जारी छ… Continue reading विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर

थप १८ जनामा कोरोना, एकैदिन थपिएको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८०… Continue reading थप १८ जनामा कोरोना, एकैदिन थपिएको संख्या अहिलेसम्मकै उच्च

कस्तो हुनेछ अब नेपालको नयाँ नक्सा ?

काठमाडौं । भारतले अतिक्रमण गरेको नक्सा समेत समेटेर नेपाल सरकारले सोमबार नयाँ नक्सा पारित गरेको छ । अब नेपालले नयाँ नक्सा प्रयोगमा ल्याउने भएको छ । जहाँ अब लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको हुनेछ । ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले… Continue reading कस्तो हुनेछ अब नेपालको नयाँ नक्सा ?

लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सरकारले भारतको अतिक्रमणमा परेको दार्चुलाको लिम्पियाधुरासहित समेटेर नयाँ नक्सा मन्त्रिपरिषद्ले पारित गरेको छ । भूमिसुधार मन्त्री पद्मा अर्यालले गरेको प्रस्तावलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । यसले अब सीमा विवादलाई सरकारले गम्भिर रुपमा लिएको देखिएको छ । यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाटै यो पारित गर्ने सम्भावना थियो । तर, अन्तिममा… Continue reading लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

उपत्यकाको लकडाउनमा कडाइ गर्न स्थानिय नै खटिए

काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै टोरी टाँगेर… Continue reading उपत्यकाको लकडाउनमा कडाइ गर्न स्थानिय नै खटिए

नेपालमा थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका सक्रमित थपिएका हुन्। बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भेरी अस्पतालस्थित प्रयोगशालामा गरेको १९० जनाको परीक्षण गर्दा बाँकेका… Continue reading नेपालमा थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि

बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

काठमाडौं । बाँकेको नरैनापुरस्थि क्वारेन्टाइनमा एक युवकको कोरोना सङ्क्रमणका कारण ज्यान गएपछि काङ्ग्रेसले सरकारप्रती प्रश्न उठाएको छ । ती युवाको मृत्यु केवल थप एक थान मृत्यु मात्र नभइ सरकारी वेवास्थाको नमुना समेत भएको काङ्ग्रेसको आरोप छ । यो मृत्युले गम्भीर प्रश्नहरु नजरअन्दाज गर्न नसकिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सरकारको… Continue reading बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई नियमित प्रक्रियाबाट अवरोध हुने देखेपछि चोरबाटोबाट ल्याउने प्रयास भइरहेको बताएका छन् । सोमबार व्यवस्थापिका संसदमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले नीति तथा कार्यक्रममा एमसीसीका केही कार्यक्रम छिराएपछि उनी… Continue reading संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना भाइरस लागेर ज्यान गएकी पहिलो संक्रमित महिलाका नवजात शिशुको स्याहार तथा सहयोग गर्ने घोषणा गरेका छन् । केही नेपाली संचारमाध्यमलाई दिएको जानकारी अनुसार उनले नवजात शिशुलाई सहयोग गर्ने घोषणा गरेका हुन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा २ जेठमा आमाको निधन भएको थियो । त्यसबेला शिशु… Continue reading कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा

कोरोनाबाट ज्यान गएकी महिलाको शिशु र परिवारमा कोरोना नेगेटिभ

काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुमा कोरोना नेगेटिभ आएको छ । उनीहसँगै महिलाका श्रीमान र अन्य परिवारमा समेत कोरोना नेगेटिभ आएको हो । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरी परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर… Continue reading कोरोनाबाट ज्यान गएकी महिलाको शिशु र परिवारमा कोरोना नेगेटिभ

नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको आङ्कडा ३ सय नाघेको छ । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोनाबाट २ जनाको निधन भइसकेको छ । ३६… Continue reading नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि

काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि

न्युयोर्क अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका २२ वर्षीय अर्थर गन (दिबेश पोखरेल) प्रतिस्पर्धामा फर्स्ट रनर अप अर्थात दोश्रा बन्न सफल भएका छन् । अर्थर सन् १९९६ मा माता मैया र पिता दत्तरामको ४ सन्तान मध्येको एक सन्तानको रुपमा काठमाडौंमा जन्मिएका हुन् । सन् २०१४ मा कन्सास राज्यमा आप्रबासीका रुपमा प्रबेश गरेका अर्थरले आईतबार… Continue reading काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि

ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

न्युयोर्क       अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन्। उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने छ । अन्दाजी   पुर्वीय समय ९:१५ बजे भोटिङ् बन्द हुने छ । भोटिङ एक जना प्रतिस्पर्धीको नाममा ३ तरिकाहरु – २१५२३ मा फोनबाट… Continue reading ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्

न्युयोर्क अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धा आज राती पूर्वीय समय अनुसार बेलुकी ८ बजे सुरु हुँदै छ । राती आठ बजेदेखि यो बर्षको अमेरिकन आईडल सुरु हुने छ । आजको अन्तिम प्रतिस्पर्धामा नेपाली मुलका आर्थर गन (दिबेश पोखरेल ) ले प्रतिस्पर्धा गर्दै छन् । कार्यक्रममा अन्तिम प्रतिस्पर्धा गर्ने गायक गायिकाले आ-आफ्नै घरबाट गीत… Continue reading ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्

लकडाउन जेठ २० गतेसम्म थपियो

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण… Continue reading लकडाउन जेठ २० गतेसम्म थपियो

कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा

अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो । तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ । अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई बढी असर गरेको देखिएको छ । ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा ‘बडी मास इन्डेक्स’… Continue reading कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा

थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण

काठमाडौं । नेपालमा आइतबार साझ ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मोरङको विराटनगर निवासी २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । यो संगै नेपालमा… Continue reading थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण

नेपालमा कोरोनाको आशंकामा ९६ हजारको नमूना परीक्षण

काठमाडौं । नेपालमा कोरोनाको आशंकामा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म पीसीआर विधिबाट २८ हजार १६० र आरडीटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ।… Continue reading नेपालमा कोरोनाको आशंकामा ९६ हजारको नमूना परीक्षण

नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाकेमा २५ वर्षका युवाको आइतबार बिहान निधन भएको छ । उनी क्वारेन्टाइनमा थिए । परिक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । उनमा स्वास प्रश्वासको समस्या देखिएको थियो । यसअघि बिहिवार धुलिखेल अस्पतालमा निधन भएकोे महिलामा समेत शनिबार कोरोना पुष्टि भएको… Continue reading नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो

‘जनताका दुःख बोध नभएको सरकारसँग आश्वस्त हुने योजना छैन’

File

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारमा जनताका दुःख बोध नभए टिप्पणी गरेका छन् । आइतबार सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा भाग लिँदै विपक्षी दलको नेता देउवाले सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको आरोप लगाए। उनले भने, “सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त… Continue reading ‘जनताका दुःख बोध नभएको सरकारसँग आश्वस्त हुने योजना छैन’

कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ९६ पुगेको छ । यो विश्वभरबाट सङ्कलित तथ्यांकमा आधारित सङ्ख्या हो । विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवार (१६ मे २०२०) साँझसम्म सङ्कलन गरेको आङ्कडामा यस्तो देखिएको हो । कोरोनाले सबैभन्दा बढी बेलायतमा ६३… Continue reading कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित

काठमाडौ । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्। राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८… Continue reading थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित