इजरायल जान १ हजार ६ सय जनाको नाम सिफारिस

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन १ हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको राससले लेखेको छ । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६ सय (७० प्रतिशत महिला… Continue reading इजरायल जान १ हजार ६ सय जनाको नाम सिफारिस

कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

Photo : Rajdhani

काठमाडौं । अघिल्लो साता (असोज ४)मा काठमाडौंको कपनस्थित मिलनचोकबाट ढलमा बगेर वेपत्ता भएका बालको शव शनिबार राती भेटिएको छ । ललितपुर प्रहरीका अनुसार उनको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा भेटिएको हो । असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा परिवारले पहिचान गरेका हुन्… Continue reading कपनमा ढलमा बगेका बालकको शव ललितपुरमा भेटियो

पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै

Photo : setopati

पोखरा । नेपालको पर्यटकीय नगरि पोखरामा यस वर्षको विश्व पर्यटन दिवस पृथक तरिकाबाट मनाइने भएको छ । गण्डकी प्रदेश सरकारले एक दर्जन मुलुकका राजदूतलाई आइतबार पोखरामा स्वागत गरेको छ । सोमबार परेको विश्व पर्यटन दिवसका अवसरमा राजदूतहरुले पदयात्रा गर्ने भएका छन् । पदयात्रा र पोखरा नेपाली पर्यटनका विश्वव्यापी पहिचान हुन् । नेपालमा पर्यटक आगमन खुला… Continue reading पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै

साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

काठमाडौं । साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् । टिममा किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ… Continue reading साफ च्याम्पियनसिप: किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा, राजन र विकेश टिम बाहिर

नेपालमा थप ८३४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५१४७ एन्टिजेन परीक्षण गर्दा १०४ गरी ८३४ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार… Continue reading नेपालमा थप ८३४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत मंगलबारदेखि उकालो लागेको बजारमा आज उच्च अंकको गिरावट आएको हो । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनि साढे ७ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज साढे ६ अर्बमा सीमित भएको छ । आइतबार सेयर बजार मापक सूचक नेप्से ६१.२७ अंकले… Continue reading नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी(२०२१- २०२३) कार्यकालका अध्यक्षका लागि कुल आचार्यले उमेदवारी घोषणा गरेका छन् । एनआरएनको पूर्व उपाध्यक्ष समेत रहेका आचार्यले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । संघको दशौं विश्व सम्मेलन अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । पर्वत जिल्लामा जन्मेका हाल आचार्य… Continue reading एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

दोहा । नेपाल र ओमानबीच आज अन्तर्राष्ट्रिय मैत्रपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राति पौने १० बजे दोहामा हुने यो खेल नेपालले साफ फुटबलको तयारीमा रुपमा लिएको छ । नेपाली टोली अन्तराष्ट्रिय प्रशिक्षणका क्रममा अहिले दोहामा रहेको छ । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र ओमान मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् । यसअघि नेपालले… Continue reading नेपाल र ओमानबीच आज मैत्रिपूर्ण फुटबल

न्यूयोर्कमा के मा व्यस्त छन् परराष्ट्रमन्त्री खड्का ?

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले सोमबार नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्दैछन् । त्यसअगाडी उनी विभिन्न द्धिपक्षीय भेटघाटमा व्यस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले न्यूयोर्कमा रहँदा यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद… Continue reading न्यूयोर्कमा के मा व्यस्त छन् परराष्ट्रमन्त्री खड्का ?

अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमै दियो चार जनालाई मृत्युदण्ड ?

File Photo : REUTERS\Aljazeera

काबुल । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार जनालाई सार्वजनिक स्थलमै मृत्युदण्डको सजाय दिएको आशंका गरिएको छ । बीबीसीका अनुसार उनीहरुमाथि व्यक्ति अपहरणको मुद्दा लागेको थियो । तालिवानले शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको समाचारमा उल्लेख छ । तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्टै यस्तो घटना सार्वजनिक भएको हो।… Continue reading अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमै दियो चार जनालाई मृत्युदण्ड ?

काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै खुले

फाइल तस्वीर (THT)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्कुल आजबाट भौतिक रुपमै खुलेका छन् । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेको थियो । सोही अनुसार स्कुलहरु समेत संचालनमा आएका छन् । दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने… Continue reading काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै खुले

विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित… Continue reading विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री

बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी

PA MEDIA\BBC

लण्डन । बेलायतले विदेशी लरी (लामो किसिमको ट्रक) चालकलाई सहजै अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने गरि नियम ल्याउने भएको छ । यस्तो योजनाको विस्तृत विवरण आइतवार सार्वजनिक गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यसबाट अब विदेशी चालकले बेलायतमा अवसर पाउने छन् । बेलायतमा लरी चालकको अभाव भएपछि यस्तो नियम ल्याउन लागिएको हो । आप्रवासन… Continue reading बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी

ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात

काठमाडौं । शनिबारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले विजयी शुरुवात गरेको छ । यो टीममा पाकिस्तानी स्टार क्रिकेटर साहिद अफ्रिदी समेत छन् । टीमलाई सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको हो । काठमाडौंका लागि बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर… Continue reading ईपीएलमा अफ्रिदी आवद्ध टीम काठमाडौंको विजयी शुरुवात

तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

काठमाडौं । नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण तीन अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा मात्र ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार कुल ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण… Continue reading तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

मनास्लु चुचुरोमा पुग्यो डोरी, आजबाट धमाधम आरोहण

काठमाडौं । जारी आरोहण सिजनमा मनास्लु हिमालमा सर्वाधिक आरोही पुगेका छन् । करीव ५ सय आरोही विभिन्न क्याम्पमा रहेको समयमा शुक्रबार चुचुरोसम्म डोरी पुगेको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो बनाएको हो । सेभेन समिट ट्रेकका अनुसार आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा… Continue reading मनास्लु चुचुरोमा पुग्यो डोरी, आजबाट धमाधम आरोहण

विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रमका लागि काठमाडौँ घोषणापत्र जारी भएको छ । नेपाल सरकार र विकास साझेदारहरूले रणनीतिक कार्ययोजना निर्माणको उद्देश्यसहित उक्त घोषणापत्र संयुक्त रूपमा अनुमोदन गरेको विश्व बैंकले जनाएको छ । घोषणापत्रमा नेपालका विकास साझेदारहरूले करिब पाँच खर्ब रुपियाँ (चार अर्ब २० करोड अमेरिकी डलर)सम्मको सम्भावित सहयोगको पहिचान समेत… Continue reading विकास साझेदारबाट नेपाललाई पाँच खर्ब सहयोगको प्रतिवद्धता

क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

Photo : economictimes

काठमाडौंं । चीनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै कारोबारलाई अवैध भनेको छ । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबारलाई अवैध घोषणा गरेसँगै अन्तरांष्र्टिय बजारमा समेत यसको असर परेको छ । चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि समेत प्रभावकारी प्रतिबन्ध लगाएको बीबीसीले लेखेको छ। भर्चुअल मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुने पिपुल्स बैंक अफ चाइनको निष्कर्ष छ । उसले… Continue reading क्रिप्टोकरेन्सीलाई चीनले भन्यो अवैध, मूल्यमा भारी गिरावट

आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट

काठमाडौं । नेपालमा आजबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्ने छन् । खेल नेपाली समय अनुसार सवा १२ बजे शुरु हुनेछ। ललितपुरको कप्तानी कुशल भुर्तेल र काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्… Continue reading आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट

१२ देशका नागरिकलाई नेपालले दिँदैन अनअराइभल भिसा

काठमाडौं । सरकारले नेपालमा अनअराभइस भिसा खुला गरेको छ । तर, १२ वटा मुलुकका नागरिकले भने अहिले पनि अनअराइभल भिसाको सुविधा पाउने छैनन् । अध्यागमन विभागका अनुसार यसरी अनअराइभल भिसा नपाउने मुलुकमा बढी द्वन्द्वग्रस्त क्षेत्रका मुलुक रहेका छन् । नेपालले कोभिड १९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल… Continue reading १२ देशका नागरिकलाई नेपालले दिँदैन अनअराइभल भिसा

दिल्लीको एक अदालतमा गोली चल्यो, कम्तिमा तीन मारिए

ANI\BBC

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी कोर्टमा शुक्रवार दिउँसो गोलीबारी भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा एक ग्यांगस्टार र दुई अपराधीको ज्यान गएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार जितेन्द्र मान गोगी नामका ग्यांगस्टारको ज्यान गएको हो । गोगीमाथि गोली… Continue reading दिल्लीको एक अदालतमा गोली चल्यो, कम्तिमा तीन मारिए

कांग्रेस महाधिवेशन सार्न खोजेको भन्दै बिच्किए गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीको महाधिवेशनको मिति फेरि सार्ने प्रस्तावमा तिब्र असहमति राखेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा पार्टीको १४ औँ महाधिवेशन फेरि सार्ने प्रस्तावमाथि उनले असन्तुष्टि जनाएका हुन् । उनले भनेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति, १३ जिल्लाको वडा अधिवेशनकै टुङ्गो छैन । कहिल्यै विधिमा चल्नु… Continue reading कांग्रेस महाधिवेशन सार्न खोजेको भन्दै बिच्किए गगन

अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई

Photo : Jim Huylebroek/The New York Times

काबुल । मानिसलाई मृत्यु दण्ड दिने तथा अंगभंग गर्ने जस्ता निरकुंश साशनसहितको व्यवस्था अफगानिस्तानमा पुनः शुरु हुने तालिबानका संस्थापक नेतामध्ये एकले बताएका छन् । यद्दपी अब यो काम सार्वजनिक स्थलमा भने नदिइने उनको भनाई छ । तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजाय अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय… Continue reading अफगानिस्तानमा अघिल्लो तालिवानकालकै नियम लागु हुने संंस्थापक नेताको भनाई

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले कारण देखाउ आदेश र लिखित जवाफ माग्दै तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । राजनीतिक दल सम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) को दल… Continue reading राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२… Continue reading दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

file

काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्धा आज पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको… Continue reading आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ। ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न… Continue reading ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’

काठमाडौं । प्रदुषणका कारण विश्वभर वर्षेनी ७० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी समेत संगठनले दिएको छ । बीबीसीका अनुसार वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको संगठनको भनाई छ । डब्ल्यूएचओका अनुसार वायु… Continue reading ‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’

अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो

Getty Images\AFP\BBC

टेक्सास । अमेरिकामा रहेका हाइटीमा आप्रवासीलाई स्वदेश फिर्ता गर्ने विषयमा विवाद चर्किएको छ । अमेरिकाबाट आप्रवासी फिर्ता गराइएको विरोधमा प्रदर्शन नै चर्किएसँगै हाइटीका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। बीबीसीका अनुसार वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै विरोध गरेका थिए । गत… Continue reading अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो

काठमाडौंबाट पोखरा हिँडेको कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनमा त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ग.२ च ४९१८ नम्बरको कार गतराती साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा… Continue reading काठमाडौंबाट पोखरा हिँडेको कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता