उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी

काठमाडौं । मंगलबार उदयपुरको भुल्केमा पुष्टी भएका ११ कोरोना संक्रमितमध्ये २ जना भने विदेशबाट आएको खुलेको छ । यसअघि सबैलाई समुदायमै कोरोना सरेको आंशका गरिएको भएपनि दुई जना भने दिवेशबाट आएको पाइएको हो । दुईजना मध्ये एक जना भारत र एकजना दुबईबाट आएको स्थानीय प्रशासनले जानकारी दिएको छ । दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण… Continue reading उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी

नेकपा नेतृत्वले सांसदसँग छलफल थाल्यो

काठमाडौं । नेकपा नेतृत्वले आफ्ना सांसदहरुसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदका सांसदसँग छलफल थालेका हुन् । सरकारले दुई दिन ल्याएको दुई अध्यादेशपछि स्वयमः नेकपा भित्रैबाट यसको आलोचना भइरहेको बेला नेतृत्वले सांसदहरुसँग छलफल गर्न लागेको हो । कोरोना संक्रमणविरुद्ध सरकारले गरिरहेको… Continue reading नेकपा नेतृत्वले सांसदसँग छलफल थाल्यो

कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण हरेक दिन हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ । विश्वभर संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ। विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर… Continue reading कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण

लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै

काठमाडौं । स्थानीय तह र केन्द्रमा रहेका सांसदहरुको पहलमा काठमाडौंमा अलपत्र परेका मानिसलाई घर पठाउन थालिएको छ । यद्दपी यो सरकारको घोषित नीति भने होइन । काठमाडौंबाट नेता तथा मन्त्रीहरुले गाडी रिजर्भ गरेर मजदुर तथा नागरिकलाई घर पठाउन थालिएको करीव एक साता भएको छ । उर्जामन्त्री वर्षमान पुनको पहलमा ४ हजारभन्दा बढी व्यक्तिलाई गाउँ पठाइएको… Continue reading लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै

न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

न्युयोर्क       विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । त्यसका लागि सवा २ अर्ब रुपैयाँ चीन पठाइसकेको नेपाली सेनाले जानकारी दिएको छ । सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले मंगलबार पत्रकारसँग भिडियो वार्ता गर्दै उक्त जानकारी गराएका हुन् । चीनका तर्फबाट खरिद सम्झौतामा हस्ताक्षर भएलत्तै सेनाले राष्ट्र बैंक मार्फत २ अर्ब २६ करोड ७ लाख… Continue reading नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री

नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी

काठमाडौं । नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यसमध्ये मंगलबार मात्र १२ जना थपिएका छन् । यी संक्रमित पत्ता लगाउने क्रममा कूल ३७ हजार मानिसमा कोरोनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार सम्म आजसम्म पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट गरी ३६ हजार… Continue reading नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी

स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मंगलबारको अध्यावधिक अपडेट सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरमा मात्र ११ जनामा कोरोना पुष्टी भएको हो । यससँगै देशभर ४२ जनामा संक्रमण पुष्टी भएको छ । मंगलबार काठमाडौंमा ३ जना र कोशी अस्पतालमा ८ जनाको नमुना पोजेटिभ पाइएको हो । यअसघि… Continue reading स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित

नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज

धनगढी । नेपालमा कोरोना संक्रमित मध्ये पाँचौ व्यक्तिले पनि कोरोना भाइरसको आक्रमणलाई जित्न सफल भएका छन् । कैलालीको धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । सुदूरपश्‍चिम क्षेत्रमै पहिलो पटक उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको मंगलबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यससँगै… Continue reading नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज

नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना

विराटनगर । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ । सबै व्यक्ति उदयपुरको भूल्केका हुन् । उदयपुरमा मंगलबार बिहान एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । साँझ थप ९ जनाका कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै उदयपुर अब नेपालमा कोरोना भाइरसको इपिसेन्टर बनेको छ । यहा मात्र कूल २३ जनामा… Continue reading नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना

उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित

काठमाडौ । उदयपुरमा मंगलबार थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या  ४० पुगेको छ भने  उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ । उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित… Continue reading उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित

ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा

न्युयोर्क राष्ट्रपती डोनाल्ड  ट्रम्पले अमेरिका प्रबेश गर्ने अप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा  गरेका छँन् । ट्रम्पले सोमबार  राती आफ्नो ट्विटर् मार्फत अदृश्य शत्रु कोरोनाको कारण भन्दै  अमेरिकी नागरिककाे कामकाे सुरक्षालाइ दृष्टिगत गरी अाफूमा निहित कार्यकारी अधिकार प्रयाेग गर्दै अाप्रवासीलाइ अमेरिका प्रवेशमा अस्थायी राेक लगाउने निर्णय गर्न लागेकाे बताएका हुँन्   ।   ट्रम्पले कस्तो सँयन्त्र प्रयोग… Continue reading ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा

के किम जोङ उन गम्भिर बिरामी छन् ?

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी भएको पश्चिमा संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यसको पुष्टी भएको छैन । अमेरिकी गुप्तचर निकायको हवाला दिँदै सिएनएनले यसबारेमा एक रिपोर्ट गरेको छ । जसनअनुसार उनको एक शल्यक्रिया भएको थियो । त्यसपछि उनको स्वास्थ्यमा गडबडी देखिएको छ । उनी अहिले गम्भीर बिरामी भएका छन्… Continue reading के किम जोङ उन गम्भिर बिरामी छन् ?

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो

काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १ लाख ७० हजार भन्दा माथि पुगेको छ । पछिल्लो २४ घन्टा भित्र विश्वभर ५ हजार ३ सय ३९ जनाको ज्यान गएसँगै कूल आंकडाले क्रमशः उचाई छोइरहेको छ । विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये ६ लाख ४६ हजार २ सय… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सरकारले ल्याएका दुई अध्यादेशबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्न लागेको हो । खासगरी संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभएपनि निर्णय दिन सक्ने व्यवस्थ र दल विभाजनलाई सहज बनाउने गरी सरकारले सोमबार दुई अध्यादेश ल्याएको थियो । त्यसमध्य एक… Continue reading आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी

फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भइरहेको वर्षा आज दिनभर जसो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातीदेखि जारी वर्षा मंगलबार बिहान केही सुस्ताएको छ । प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा बर्षा जारी रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । ती स्थानहरुमा मेघ… Continue reading आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी

अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका कोरोना भाइसरको संक्रमणले यतिबेला अमेरिका ठप्प छ । दिन दुगुना रात चौगुना फैलदो संक्रमणले सम्पूर्ण अमेरिकाबासीको दैनिकी अस्तब्यस्त बनेको छ । महिना दिन भन्दा बढी घर भित्रै थुनिएर बस्नुपर्दा यहा रहेको नेपाली समुदायमा निकै छटपटि र अत्यास बढिरहेको छ । अझ अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थीहरुले भने बढी मार खेपिरहेका छन्… Continue reading अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

पर्यटन क्षेत्रमा एक खर्ब ६० अर्ब क्षतिको आंकलन, वार्षिक एक महिना पर्यटन विदाको योजना

काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन… Continue reading पर्यटन क्षेत्रमा एक खर्ब ६० अर्ब क्षतिको आंकलन, वार्षिक एक महिना पर्यटन विदाको योजना

अध्यादेशबारे कांग्रेसले भन्यो : बेमौसमको बाँसुरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशलाई बेमौसमको बाँसुरीको संज्ञा दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेशबारे प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले अध्यादेश आउनु इतिहासकै सबैभन्दा दुःखद घटना भएको उल्लेख गरेका छन् । कोरोना भाइरसको महामारी फैलिरहेका बेला अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको… Continue reading अध्यादेशबारे कांग्रेसले भन्यो : बेमौसमको बाँसुरी

नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

काठमाडौं । सरकारले पार्टीमा बीना छलफल दुई वटा अध्यादेश पारित गरेसँगै राजनीतिक मौहाल गर्माएको छ । यसै सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डको आग्रहमा सोमबार साँझ नै नेकपा सचिवालय बैठक बस्यो । तर, बैठकले कुनै ठोस निर्णय भने नगरेको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सचिवालय बैठक बस्दाबस्दै राष्ट्रपतिबाट अध्यादेश पारित… Continue reading नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

न्युयोर्क विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य… Continue reading कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

काठमाडौं । मन्त्रीपरिषद् बैठकले सोमबार सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरिदिएकी छिन् । मन्त्रिपरिषद्ले सिफारिस गरेर शितल निवास पठाएको दुबै अध्यादेश राष्ट्रपतिबाट तत्काल जारी भएको हो । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको… Continue reading राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

काठमाडौं । अब विपक्षी दलका नेता उपस्थित नभए पनि संवैधानिक परिषद्को बैठक बस्न र बैठकले निर्णय गर्न सक्ने भएको छ । सरकारले सोमबार दुई अध्यादेश जारी गरेको छ । जसमा पहिलो अध्यादेश राजनीतिक दलको विभाजनसम्बन्धी थियो भने दोस्रो चाही संवैधानिक परिषद्सम्बन्धी थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक… Continue reading अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना

काठमाडौं । देश कोराना कहरमा छ, जनता भोक र अभावसँग जुधिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरिदिएको छ । हुनपर्ने प्राथमिकता एकातर्फ छाडेर सरकारले गरेको यो अलोकप्रिय निर्णयको भने चौतर्फी आलोचना भइरहेको किनकी अहिले कोरोना त्रासका कारण संसदसमेत बस्न सक्ने अवस्था छलेर सरकारले अध्यादेश… Continue reading सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना

तिमीले पाएको जति मात्र; तिम्रो भाग

योगेश आदी, न्यूयोर्क हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला… Continue reading तिमीले पाएको जति मात्र; तिम्रो भाग

क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान

नोभा स्कोसा । क्यानडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर १६ जनाको ज्यान लिएका छन् । क्यानडाको नोभा स्कोसा प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रहरीको बर्दी लगाएका बन्दुकधारीले ग्रामीण बजार पोर्तापिक्युमा शनिबार रातिदेखि लगातार १२ घण्टासम्म गोली काण्ड मच्याएको बताइएको छ । स्थानीय प्रहरीका अनुसार… Continue reading क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान

अमेरिकामा कोरोना कहर जारी, मर्नेको संख्या ४१ हजार नाघ्यो

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसले मानिसको ज्यान लिने क्रम जारी छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार यहाँ मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । अमेरिकामा यस भाइरसबाट ४१ हजार ३ सय ७९ जनाको ज्यान गएको छ । यस मुलुकमा ७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संसारमा बढी मानिस मर्ने… Continue reading अमेरिकामा कोरोना कहर जारी, मर्नेको संख्या ४१ हजार नाघ्यो

सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

काठमाडौं । नेपालमा लकडाउन भएपछि सीमा पारी रोकिएका नेपालीमध्ये एक बासुदेव भट्टलाई दोहोरो पिडा आइपर्यो । घरमा आमाको निधन भएपछि किरिया गर्न घरमा आउन हिँडेका उनी सीमा नाकामै रोकिएपछि क्वारेन्टाइन स्थलमै किरिया बसेका थिए । संचारमाध्यमबाट यो खबर सार्वजनिक भएसँगै गृह मन्त्रालयले उनलाई घर फर्काउन निर्देशन दिएको थियो । सोहीकारण उनलाई स्थानीय प्रशासनको पहलमा नेपाल… Continue reading सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने

सांकेतीक तस्वीर

काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकले लकडाउन अवधिको पारिश्रमिक पाउने भएका छन् । निजी क्षेत्र, श्रमिकहरुको छाता संगठन र सरकारबीच यस सम्बन्धमा त्रिपक्षीय सहमति जुटेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आईतबार भएको छलफलमा यो सहमति जुटेको हो । मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ,… Continue reading उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने

नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

धनगढी । नेपालमा कूल ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसरी संक्रमण पुष्टी भएका ३१ जनामध्ये १२ जना भारतीय रहेका छन् । नेपाल भित्रका नागरिकमध्ये पनि ४ जना भने निको भएर घर फर्किएका छन् । आइतबार धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्किएका हुन् । कैलाली लम्कीचुहा नगरपालिका–९… Continue reading नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए