प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरानै शैलीमा चलिरहेको स्वीकार गरेका छन् । खासगरी विकास निर्माणको काममा भएको प्रगतिबाट उनी कत्ति पनि संतुष्ट छैनन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले चाहेको गतिमा काम नभएको भन्दै असन्तष्टी व्यक्त गरे । काम हुँदै नभएको होइन, तर जसरी विकास होस भन्ने चाहेको थियौं,… Continue reading प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

कोरोनाले लियो ८ सय १३ को ज्यान

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मर्ने बिरामीको संख्या ८ सय नाघेको छ । तथ्यांक अनुसार महामारीको रुपमा फैलिएको यस भाइरसले ८ सय १३ को ज्यान लिएको छ । चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये सबैजसो वुहान शहरका छन् । चीनको वुहान वाहेक हङकङ र फिलिपिन्समा समेत मानिसको ज्यान गएको… Continue reading कोरोनाले लियो ८ सय १३ को ज्यान

थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

थाइल्याण्ड । थाइल्याण्डमा एक सैन्य अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जना मारिएका छन् । थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले पहिले आफ्ना कमाण्डरलाई मारेर हतियारसहित बाहिर आएका थिए । त्यसपछि उनी मलमा पुगेर सर्वसाधारणको ज्यान लिएका हुन् । यस घटनामा दर्जनभन्दा बढी घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीले जनाएका छन् । थाई… Continue reading थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो । टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका… Continue reading अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

गुगल फाईल फोटो

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाइ बर्खास्त गरेका छन् । संसदको माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएपछि उनले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्तको निर्णय गरेका हुन् । ह्वाइटहाउसका अनुसार यी दुबै अधिकारीले अब सरकारको जिम्मेवारी प्राप्त गर्ने छैनन् ।… Continue reading आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक अज्ञात समूहले प्रहरी चौकीमा आक्रमण गरेको छ । खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई प्रहरी घाइते भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा यो प्रहरी चौकी रहेको छ । मोटरसाइकलमा १०\१२ जनाको समूहमा आएर आक्रमण गरिएको थियो । आक्रमणमा परी प्रहरी सहायक… Continue reading सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

काठमाडौं । तपस्वीका नाममा चिनिने रामबहादुर बमजन पुनः एक पटक विवादमा तानिएका छन् । आफ्नो आश्रममा गएका चार जना अनुयायी बेपत्ता पारेको आरोपमा उजुरी परेपछि प्रहरी उनलाई खोज्दै सिन्धुलीस्थित आश्रम पुगेको थियो । तर, शुक्रबार प्रहरीले बमजनलाई फेला पार्न भने सकेन । सिन्धुलीको सिन्धुलीमाडीमा बमजनको आश्रम रहेको छ । आश्रममा बिहानै प्रहरी पुगेको थियो ।… Continue reading तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

पोखरा । श्री एयरलाइन्सले पोखरामा उडान बिस्तार गरेको छ । शुक्रबार यस कम्पनीले दुई उडान गर्दै पोखरा उडान प्रारम्भ गरेको हो । यसअघि बुद्ध, यति, सिम्रिक र नेपाल एयरलाइन्सले उडान गरिरहेको पोखरामा पाँचौं प्रर्तिपर्धीका रुपमा श्री एयर प्रवेश गरेको हो । यसबाट पोखरामा अब मूल्य निकै प्रतिस्पर्धी हुने भएको छ । किनकी श्रीले पोखरामा प्रारम्भिक… Continue reading श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो

विराटनगर । विराटनगरमा एक युवतीको विभत्स तवरले हत्या भएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार मगलबारबाट वेपत्ता भएकी सुनसरी, दुहबी नगरपालिका– ६ काली मन्दिरकी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या भएको अवस्थामा विराटनगरमा शव फेला परेको हो । उनको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै उखुबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ… Continue reading विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो

भारत र इजरायलका सेनापति नेपाल आउने

काठमाडौं । भारत र इजरायलका सेनापति नेपाल आउने भएका छन् । नेपाल सरकारले भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत गरेको हो । नेपाली सेनाको निमन्त्रणमा उनीहरु नेपाल आउनेछन् । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमणको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । उपयुक्त समय… Continue reading भारत र इजरायलका सेनापति नेपाल आउने

विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनका लागि नेपाल आउने विदेशी नागरिकको श्रम स्वीकृति सहजिकरण गर्ने भएको छ । नेपालकै सहयोगको प्रयोजनमा आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । माघ २० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी… Continue reading विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारको जिम्मामा आइसकेपछि यहाँ लगानी गरेका बैंकको लगानी डुब्ने भएको छ । ललिता निवास सरकारले अधिग्रहण गरेको सरकारी जग्गा हो । तर, यसलाई व्यक्तिका नाममा ल्याएर विभिन्न व्यक्ति तथा संघ संस्थाले घर बनाएका थिए । उनीहरुले घर तथा संरचना बनाउदा लिएको ऋण र यहाँको जग्गा धितो राखेर लिएको बैंकको ऋण… Continue reading ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय

काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण थर्ड जलविद्युत आयोजनामा लगानी व्यवस्थापन भएको छ । करीव १ खर्ब लगानी जुटेको हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाका लागि ‘फाइनान्सियल क्लोजर’ (वित्तीय ब्यवस्थापन) सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । आयोजनामा ३० प्रतिशत भन्दा बढी निर्माणको काम भइसकेको छ । बिहीबार नेपाल र भारतका ७ वटा… Continue reading ‘अरुण थर्ड’ जलविद्युतमा जुट्यो १ खर्ब लगानी, ८६ अर्ब भारतीय

ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’

काठमाडौं । वालुवाटारको ललित निवास जग्गा प्रकरणमा आफ्ना वरिष्ट नेता विजय कुमार गच्छदार मुछिएपछि प्रमुख प्रतिपक्षी कांग्रेस आक्रोसित बनेको छ । पार्टीले जग्गा फिर्ता गर्ने मन्जुर भएकै आधारमा नेकपा नेता विण्णु पौडेलका छोरा नविन पौडेल उम्कनु र विजय गच्छदार दोषि सावित हुनुमा राजनीतिक पूर्वाग्रहले काम गरेको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन… Continue reading ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’

कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका शक्तिशाली नेता हुन विजय गच्छदार । उनको प्रभाव तराई र खासगरी जनजाती समुदायमा बढी छ । थारु समूदायबाट प्रतिनिधित्व गर्ने उनी नेपालमा सम्भवतः धेरै पटक मन्त्री हुने नेतामा पर्छ । एक दर्जन पटक उनले कार्यकारी भूमिकामा मन्त्रालय सम्हालेका छन् । उनी यस पटक ललितानिवास जग्गा काण्डमा मुछिएका र अख्तियारले विशेष अदालतमा… Continue reading कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गर्यो । तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् । नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए । जग्गा लिएका सबै माथि… Continue reading बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?

प्रभात भट्टराई / अमेरिका तीन महिना अघि अमेरिकी संसदको तल्लो सदन (हाउस)मा सुरु भएको महाभियोग ‘ड्रामा’ बुधबार अन्त्य भएको छ । हाउसबाट बहुमतले पारित भएको राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव उपर बुधबार माथिल्लो सदन सिनेटमा मतदान भएको हो । रिपब्लिकनहरु ट्रम्पलाई जोगाउन प्रतिबद्ध देखिएका कारण महाभियोग प्रस्ताव पारित नहुने निश्चित प्राय भइ सकेको थियो… Continue reading मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?

विमानस्थल बनाउन ५ वर्षमा ३ खर्ब ३५ अर्ब खर्चिदै सरकार

काठमाडौं । सरकारले विमानस्थलसहित हवाई पूर्वाधार विकासमा आगामी ५ वर्ष भित्र ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ । हवाई पूर्वाधार र जग्गा अधिग्रहणका लागि यो रकम खर्च गर्न लागिएको हो । प्राधिकरणका अनुसार यो रकम भित्रबाटै निगढ विमानस्थलको… Continue reading विमानस्थल बनाउन ५ वर्षमा ३ खर्ब ३५ अर्ब खर्चिदै सरकार

ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारसहित १ सय ७५ जनालाई यस काण्डमा दोषि देखेको छ । पूर्वसचिव छविराज पन्त,… Continue reading ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)

अब ललितपुरमा स्मार्ट घर नम्बर

ललितपुर । ललितपुर महानगरपालिकाले घर नम्बर प्रविधिमा आधारित भएर राख्ने भएको छ । त्यसका लागि वडा नं ३ बाट मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर राख्ने काम शुरु भएको हो । मेयर चिरिबाबु महर्जनले मङ्गलबार तीन वटा घर नं राख्दै यस कामको शुरुवात गरे । उनले ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल… Continue reading अब ललितपुरमा स्मार्ट घर नम्बर

दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

काठमाडौं । दुई महिला अगाडी चल्ला उत्पादन गर्ने व्यवसायीले साना चल्ला मार्दै खाल्डोमा पुर्ने अभियान चलाए । १० दिन चलेको यो अभियानका दौरान लाखौं चल्ला मारिएका थिए । जो दुई महिनापछि वयश्क बनी मासुका लागि योग्य बन्थे । त्यतिमात्र होइन, अण्डा समेत फुटाइएको थियो । त्यतिबेला मासुको उचित मूल्य नपाएको भन्दै व्यापारिले गरेको यो कुकर्म… Continue reading दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

काठमाडौं । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक घरेलु मैदानमा वानडे सिरिज खेल्दैछ । खेल आजबाट शुरु हुँदैछन् । त्रिवि किकेट मैदानले समेत यसै खेलबाट वानडे मान्यता पाउँदैछ । कीर्तिपुरमा पहिलो खेलका लागि ओमान र नेपालका कप्तानले टस गरेसँगै यो मैदानले वानडे मान्यता पाउने हो । नेपालले २०२३ मा हुने विश्वकपको यात्राका लागि यो… Continue reading आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाइरहेको र पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटिरहेको फोटो सार्वजनिक भयो । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको यो सांगितिक रुप भने सामाजिक संजालमा भाइरल भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको यो तस्वीरलाई आम मानिसले हाँसोको पात्र तथा ब्यंग्यका पमा प्रस्तुत गरेका छन् ।… Continue reading प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी ट्रान्सप्लान्ट गरिने भएको छ । उनी स्वयमले यसको जानकारी गराएका हुन् । मंगलबार उनले नेपाली संचारमाध्यमका सम्पादकहरुसँग वालुवाटारमा भेटवार्ता गरेका छन् । सो क्रममा प्रधानमन्त्रीले छिट्टै किड्नी ट्रान्सप्लान्टको योजना रहेको बताएका हुन् । अहिले नियमित डायलासिस गरिरहनु पर्छ । त्यसका लागि नियमित अस्पतालसमेत गइरहनु पर्छ । त्यसको साटो… Continue reading प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना

वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल

काठमाडौं । चीनको वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल कायम रहेको छ । सरकारले कति जनालाई कसरी उद्दार गरी कहाँ राख्ने भन्नेबारे निष्कर्षमा पुग्न नसक्दा मंगलबार समेत यसबारे अन्यौल कायमै रह्यो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज ढकालले नेपालीको उद्दारको तयारी भइरहेको जानकारी संसदमा गराए । तर, उनले कसरी कहाँ राख्ने गरी उद्दार हुँदैछ… Continue reading वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल

घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

काठमाडौं । नेपालमा हवाई इतिहास लामो छैन । नेपाल एयरलाइन्सले करीव ६ दशक आफ्नो उडान भरेको छ भने निजी वायुसेवा कम्पनी आएको मात्र तीन दशक पुग्दैछ । यस अवधिमा सयौं कम्पनी जन्मिए, चले र हराए । नेपाल एयरलाइन्सबाहेक खुलेपछि निरन्तर चल्दै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयर हो । त्यसबाहेक अन्य कम्पनीसँग लामो इतिहास… Continue reading घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

दामन दूर्घटनाको कारण अटेरी पर्यटक, रिसोर्टको वेवास्ता

काठमाडौं । मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा गत माघ ७ मा ८ जना भारतीय पर्यटकको मृत्यु भएको घटनामा पाहुना र होटल व्यवस्थापन दुबैले गल्ती गरेको पाइएको छ । रिसोर्टको एउटै कोठामा ८ जना सुतेको स्थानमा ग्यास हिटर बाल्दा निस्सासिएर उनीहरुको मृत्यु भएको थियो । उनीहरुले सुत्दा झ्याल ढोका बन्द गरेका कारण निसास्सिएर ज्यान गएको… Continue reading दामन दूर्घटनाको कारण अटेरी पर्यटक, रिसोर्टको वेवास्ता

क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् । उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन । करीव ३ मिनेट लामो भिडियोमा उनी र अर्को एक जना युवतीले आफ्नो अनुभव बाँडेका थिए… Continue reading क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् । उनी महरालाई भेट्ने पहिलो भीआइपी समेत हुन् । महरा डिल्ली बजार कारागारमा रहेका छन् । आफनै सचिवालयकी एक महिला कर्मचारीले बलत्कार प्रयासको आरोप लगाएपछि उनी पूर्पक्षका लागि कारागार चलान भएका हुन् । उनीलाई कारगारमा भेट्न अहिलेसम्म करीव १० हजार मानिस पुगेपछि भीआइपी गेष्ट… Continue reading महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई

अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आगामी बुधबारबाट शुरु हुने त्रिदेशीय क्रिकेट लीगपछि लागु हुने गरी राजिनामा बुझाएका हुन् । बुधबारबाट काठमाडौंमा नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज चल्नेछ । पटलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ । सन् २०२३ मा भारतमा आयोजना हुने… Continue reading अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने