८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् । अगष्ट महिनामा… Continue reading ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

२३ भदौमा संसद बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले भदौ २३ मा संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो । सम्भवतः यो अधिवेशनमा सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याउने छ ।… Continue reading २३ भदौमा संसद बोलाउन सरकारको सिफारिस

१२६८ जनामा कोरोना पुष्टी, २१९५ निको भए

काठमाडौं । नेपालमा थप १२६८ जनामा कोरोन भाइरसको पुष्टी भएको छ । यद्दपी पछिल्लो केही सातायाता कोरोना संक्रमितको संख्या भने कम हुँदै गएको छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२६८ जनामा कोरोना देखिएको हो । यो अवधिमा २१९५ मानिसले भने कोरोनालाई जित्न सफल भएका छन् । शनिबार कुल ९८७५ जनामा कोरोना परीक्षण… Continue reading १२६८ जनामा कोरोना पुष्टी, २१९५ निको भए

गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न

काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियाप्रति परराष्ट्र मन्त्रालयले प्रश्न उठाएको छ । प्रश्न उठाउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र समेत काटेको छ । चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न

बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । शुक्रबार उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । पटक पटक बोली फेरिरहने उनले यस पटक भने लिखित रुपमै राजिनामा बुझाएका छन् । उनले एमाले फुट्न नदिन पहल गरेको बताउने गरेका थिए । बामदेवले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन… Continue reading बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?

एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?

काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा तिव्र विवाद छ । यसै विवादका बीच एसीसी सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न भन्दै नेपाल सरकारले अमेरिकी सरकारलाई पत्र लेखेको छ । यस्तो पत्र अर्थ मन्त्रालयले दूतावासमार्फत अमेरिकी सरकारलाई पठाएको हो । जसमा सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदालाई थप… Continue reading एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?

कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सांकेतिक तस्वीर : source from DNA

कैलाली । कैलालीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार विङ्गर र अटो रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो… Continue reading कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं । श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गा भैरहवा ग्लाडिएटर्स टिममा अनुबन्धन भएका छन् । भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाल प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा उपुललाई अनुबन्धन गरेको हो । भैरहवाको प्रशिक्षक पूर्वराष्ट्रिय टिमका कोच पुवुदु दशानायकी रहेका छन्। शरद भेषवाकर कप्तानका रुपमा रहेका छन्। आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाष बोहोरा, कुशल… Continue reading श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने

सेनामा खुल्यो जागिर‚ चार हजारको माग

काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी जनशक्ति माग गरेको हो । नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७८/५ /१८ देखि २०७८… Continue reading सेनामा खुल्यो जागिर‚ चार हजारको माग

आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय

काठमाडौं । आफ्नै साथिको हत्या गरेको अभियोग पुष्टी भएका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको सजाय सुनाइएको छ । नेपाली सेनामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको छ । यसअनुसार अब उनी २५… Continue reading आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय

नेपाल र भारत एक-एक गोलको बराबरी खेले

काठमाडौं । नेपाल र भारतीबीचका मैत्रिपूर्ण फुटबल एक-एक गोलको बराबरीमा सकिएको छ । सुरुवाती अग्रता लिएको नेपालले अन्तिमसम्म त्यसलाई जोगाउन भने सकेन । सोहीकारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल… Continue reading नेपाल र भारत एक-एक गोलको बराबरी खेले

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो । बिहीवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धी रिटको अन्तिम… Continue reading प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश

महामन्त्री बन्न सिटौलाको साथ छोड्दै गगन खुले रामचन्द्र समूहमा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कित्ता परिर्वतन गरेका छन् । आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका हुन् । सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका थिए । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । थापा १३ औ महाधिवेशनमा… Continue reading महामन्त्री बन्न सिटौलाको साथ छोड्दै गगन खुले रामचन्द्र समूहमा

नेपालमा थप २००४ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २००४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसीआर परीक्षणमा १६१९ र ३९९२ एन्टिजेन परीक्षणमा ३३८ जना गरी २००४ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६४ हजार ९१४… Continue reading नेपालमा थप २००४ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता

file

पोखरा । पोखराका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । घटनामा ५ घाइते भएको र उनीहरुको उपचार जारी रहेको बताइएको छ ।कास्की प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले लेखे अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५… Continue reading पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता

एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने

काठमाडौं । नेपालमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा तिब्र विवाद र बहस जारी रहेको समयमा एक उच्चस्तरीय एमसीसीको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउन लागेकी हुन् । उनको साथमा एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स समेत रहने बताइएको छ । यो भ्रमण आगामी… Continue reading एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ। घटनामा कारका चालक भने गम्भीर घाइते भएक छन् । नेपाली संचारमाध्यमहरुले स्थानीय प्रहरी स्रोतलाई उदृत गर्दै जनाए अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको हो । गतराति करिब १०ः५० मा भएको यो घटनामा चार… Continue reading दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

आज नेपाल र भारतबीच पहिलो मैत्रिपूर्ण फुटबल

काठमाडौं । आज नेपाल र भारतबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रियमा भिड्न लागेका हुन् । आगामी असोजमा नेपाल र भारत दुबै मुलुकले माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्दैछन् । सो प्रतियोगिताको तयारीस्वरुप आजको खेल हुन लागेको हो । अर्को खेल आगामी शनिबार हुनेछ । पहिलो खेल साँझ साढे ५ बजे… Continue reading आज नेपाल र भारतबीच पहिलो मैत्रिपूर्ण फुटबल

पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान

File

पोखरा । प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखराबीच सिधा हवाईसेवा शुरु भएको छ । अब सिमरा हुँदै पोखरा जान सडक मार्ग वा काठमाडौं जानु पर्ने बाध्यता समेत हटेको छ । बुधबार गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा नेतृत्वको १८ जनाको टोली बुद्ध एयरको जहाजमार्फत सिमरा विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयरले पछिल्लो… Continue reading पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान

कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को रोकिएको परीक्षा ३० भदौबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मिति तय गरेको हो । कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो । रोकिएको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने गरि बोर्डले निर्णय गरेको हो । बुधबार एक सूचना सार्वजनिक गर्दै परीक्षाको मिति तोकिएको हो… Continue reading कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति

Reuters

काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ । दक्षिण कोरियाली कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराए । कोरियाली कम्पनी एसके बायोसाइन्सले बेलायतको औषधि कम्पनी जीएसकेसँग मिलेर विकास गरेको खोपको परीक्षण नेपालमा… Continue reading नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति

नेपालमा ३ हजार ३० जना निको भए, २ हजार ५२ संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ। नेपालमा आज २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४०४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको… Continue reading नेपालमा ३ हजार ३० जना निको भए, २ हजार ५२ संक्रमित थपिए

अर्जुन लामा हत्या प्रकरण : सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्नेमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धामा आज पनि सुनुवाई हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन । तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको… Continue reading अर्जुन लामा हत्या प्रकरण : सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्नेमा

नेपाली सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने ठूलो गिरावट

काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । यससाता दुई दिनमै करिब १२० अंकले घटेको बजारमा आज झिनो अंकले बढेको छ । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर सवा ९ अर्बमा सीमित भएको छ । आज सेयर बजार मापक… Continue reading नेपाली सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने ठूलो गिरावट

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न यी सर्त अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप भएको छ । उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्नर गराउन नपाउने जनाइएको छ।… Continue reading काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न यी सर्त अनिवार्य

बाढी र पहिरोका कारण ६ दिनमा १५ जनाको मृत्यु, असारपछि भने १ सयले ज्यान गुमाए

file

काठमाडौं । नेपालमा पछिल्लो ६ दिनको अवधिमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण १५ जनाको ज्यान गएको छ । मुलुकका विभिन्न जिल्लामा भदौ १० यता मात्र यस्तो मानवीय क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० पछि बाढीपहिराका कारण १५ जनाको मृत्यु भएको विवरण आएको छ । राससले लेखेको विवरण… Continue reading बाढी र पहिरोका कारण ६ दिनमा १५ जनाको मृत्यु, असारपछि भने १ सयले ज्यान गुमाए

शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति

काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्न दुई वटा समूहका २५ जनाले अनुमति लिएका छन् । आठ हजार एक सय ६३ मिटर अग्लो हिमाल चढ्न मङ्गलवार दुई वटा समूहका २५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमा पाँच महिला र अन्य पुरुष छन् । दुई समूहबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी प्राप्त… Continue reading शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति

अफगानिस्तानमा बसिरहनुको औचित्य थिएन, सेनाले उच्चस्तरको काम गर्यो : बाइडेन

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा बसिरहनुको कुनै औचित्य नरहेको भन्दै सेना फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट मंगलबार पुरै सेना अमेरिका फर्किएपछि देशबासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सम्बोधनका क्रममा तालिबान शासनमा रहन नचाहने र अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरिएको… Continue reading अफगानिस्तानमा बसिरहनुको औचित्य थिएन, सेनाले उच्चस्तरको काम गर्यो : बाइडेन

अफगानिस्तानबाट ८२८ नेपालीको उद्धार, ३४ नेपाली उद्धारको पर्खाइमा

Reuters

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्ण रुपमा फिर्ता हुनु अघिसम्म ८२८ जना नेपाली घर फर्किएका छन् । सो मुलुकमा कति नेपाली रहेको थिए यकिन तथ्यांक सरकारसँग थिएन । सोहीकारण सरकारले सम्पर्कमा आउन भनेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अझै ३४ जना नेपाली अफगानिस्तानमै छन् । उनीहरु नेपालमा उद्धार होस भन्ने पखाईमा छन् । बीबीसीका… Continue reading अफगानिस्तानबाट ८२८ नेपालीको उद्धार, ३४ नेपाली उद्धारको पर्खाइमा

अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रामा अनिवार्य लगाउनु पर्ने फेसशिल्ड अब भने लगाउनु नपर्ने भएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्ड लगाउनु नपर्ने नियम कार्यान्वयनमा ल्याउन लागिएको वायुसेवा संचालक संघले जानकारी गराएको छ । संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी… Continue reading अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने