कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

photo : Gorkhapatra

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छिन् । शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छिन् । करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा… Continue reading कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

१५ कात्तिक, काठमाडौं । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो । ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको… Continue reading भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

१५ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा… Continue reading काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

१५ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै… Continue reading लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बाहिरिएका थिए । दाहालले शर्माको त्यो शैली… Continue reading प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

१५ कात्तिक, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको… Continue reading आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

१५ कात्तिक, काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरुको सफलतापूर्वक उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका पर्यटकहरूमा एक… Continue reading तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो… Continue reading विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

प्रतिकुल मौसमका कारण विभिन्न विमानस्थल बन्द

१५ कात्तिक, काठमाडौं । प्रतिकुल मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइट समेत रद्द भएका छन् । आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ… Continue reading प्रतिकुल मौसमका कारण विभिन्न विमानस्थल बन्द

बुद्ध एयरले कोलकातामा थप्यो उडान

File

१५ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ । कोलकाता… Continue reading बुद्ध एयरले कोलकातामा थप्यो उडान

दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्समा आवद्ध भएका हुन् । ४१ वर्षीय प्लेसिस पछिल्लो समय व्यवसायिक क्रिकेटमा व्यस्त छन् । उनी सन् २०२१ देखि भने राष्ट्रिय टोलीमा छैनन् ।… Continue reading दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

file

१४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसा सम्बन्धी मापदण्ड खुकुलो बनाएको छ । २०८० माघ १० देखि लागू भएको ६ बुँदे कडा मापदण्ड खारेज भएको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२… Continue reading भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

file

१४ कात्तिक, काठमाडौं । बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न समेत आग्रह गरेको छ । आज शहरी विकास मन्त्रालयमा स्थानीय बासी र सरकारबीच छलफल भएको थियो । छलफलमा स्थानीयले १८ बुँदे सहमति महानगरले पालना नगरेको भन्दै मेयर बालेन शाहसँग छलफल गर्ने अडान राखेका छन् ।… Continue reading विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

रासस१४ कात्तिक, काठमाडौं । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी… Continue reading मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

१४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको… Continue reading माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

१४ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन् । ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका… Continue reading माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

१४ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरिएको छ । नेपाल आयल निगमका अनुसार आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाईको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । भारतबाट पेट्रोलको मूल्य… Continue reading पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लाग्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर… Continue reading राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै

राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

१४ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको जानकारी दिए । मन्त्री खरेलका अनुसार वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको… Continue reading राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

आज दिनभर वर्षा, साँझबाट सुधार

१४ कात्तिक, काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी… Continue reading आज दिनभर वर्षा, साँझबाट सुधार

चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

१४ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गतराति पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको… Continue reading चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन दिइयो सात दिने अल्टिमेटम

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र र… Continue reading काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन दिइयो सात दिने अल्टिमेटम

बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

१४ कात्तिक, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक… Continue reading बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

१३ कात्तिक, मुम्बई । मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्‍याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले… Continue reading मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

१३ कात्तिक, काठमाडौं । दुबईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग पाँच विकेटले हारेको छ ।जारी श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । दुबई एकेडेमी मैदानमा जितका लागि दुई सय ३४ रनको लक्ष्य पछ्याएको… Continue reading कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास… Continue reading बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग गरिन् आग्रह

१३ कात्तिक, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको थियो। प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो भेट हो । यस क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई… Continue reading राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग गरिन् आग्रह

मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

१३ कात्तिक, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब… Continue reading मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

१३ कात्तिक, काठमाडौं । बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ । सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश… Continue reading बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु

Destruction on Wednesday at Treasure Beach, Jamaica, which is in St. Elizabeth, the southwestern parish where Melissa struck the island as a Category 5 hurricane.Credit...Abbie Townsend for The New York Times

१३ कात्तिक, काठमाडौं । क्यारेवियन मुलुक जमैकामा शक्तिशाली तुफान मेलिसाले तहसनहस बढाएको छ । यस आँधीका कारण कैयौं इलाकामा बाढी आएको छ । जसले गर्दा ठूलो मात्रामा जन धनको क्षति भएको विवरण सार्वजनिक भएका छन् । अहिलेसम्म २० जनाको मृत्युको विवरण आएको छ । कतिपय मानिस छतमा फसिरहेको देख्न सकिन्छ । विजुली र खानेपानीको आपूर्ति… Continue reading जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु