फेरी बिबाहित जोडी होटेलमा भेटिए मृत

काठमाडौं । सामाजिक विकृति र विसंगतिको अर्को भयाभह अवस्था बुधबार पुनः अर्को एक घटना सार्वजनिक भएको छ । काठमाडौंको नयाँ बसपार्कमा बुधबार एक जोडी मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । बसपार्कस्थित एक गेस्ट हाउसको कोठामा चितवन घर भएका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिना बजगाईं मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी… Continue reading फेरी बिबाहित जोडी होटेलमा भेटिए मृत

आजदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक

काठमाडौं। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट काठमाडौंमा शुरु हुँदैछ । अपरान्ह तीन बजेबाट बैठक प्रारम्भ हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा. यस जयशंकर आज काठमाडौं आउने कार्यक्रम रहेको छ । बैठक बिहीबार सकिने भएको छ । जय शंकरले नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता समेत गर्ने… Continue reading आजदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक

मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?

काठमाडौं । इटालियन ठेकदार सीएमसी पुरै काम सम्पन्न नगरी भागेपछि बन्द रहको गौरवको आयोजना मेलम्ची खानेपानीको सम्पन्न हुन बाँकि कामका लागि ठेक्काको टुंगो लागेको छ । आयोजनाका अनुसार अब यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्ने भएको छ । माथिल्लो तामाकोशीको काम फटाफट गरेर नाम कमाएको यो कम्पनीले अन्य धेरै जलविद्युत आयोजनाको पनि ठेक्का पाएको… Continue reading मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?

नेपाल एयरलाइन्सले भन्यो : जापान उडानको तयारी पुरा

काठमाडौं । देशको ध्वजाबाहक वायुसेवा कम्पनी १२ वर्षपछि जापानी आकासमा पुग्दैछ । १२ भदौको बिहान २ बजे उड्ने नेपाल एयरलाइन्सको जहाज करीव साढे ६ घण्टाको सिधा उडानपछि जापानको ओशाका विमानस्थलमा पुग्नेछ । निगमले यस क्षेत्रबाट निकै ठूलो भरोसा गरेको छ । किनकी नयाँ जहाजको किस्ता तिर्न नसकेर ऋण बढिरहेको निगमले पहिलो पटक लामो दूरीको गन्तब्यमा… Continue reading नेपाल एयरलाइन्सले भन्यो : जापान उडानको तयारी पुरा

कर नबुझाउने फिल्म हलमाथि कारवाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमअनुसार कर तिर्न फिल्महरु संचालकहरुलाई सूचित गरेको छ । चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर बुझाउनु पर्ने प्रावधान रहेको छ । कानून अनुसार यस्तो कर उठाउने अधिकारी स्थानीय सरकारको हो । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै १५ दिन भित्र सम्पर्कमा आउन आग्रह गरेको छ । महानगररपालिका भित्र ४२ वटा फिल्म हल… Continue reading कर नबुझाउने फिल्म हलमाथि कारवाही

उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा पुनः सिंगापुर जाने भएका छन् । उनी आगामी बिहीबार सिंगापुरतर्फ जाने तय भएको हो । त्यसअगाडी प्रधानमन्त्रीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आह्वान गरेका छन् । बालुवाटार स्रोतका अनुसार उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आह्वान गरेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो… Continue reading उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

बढ्दैछ दूधको भाउ

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । मूल्य बढाउने या नबढाउने भन्ने सम्बन्धमा सिफारिस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यदल गठन गरेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन कृषि मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ । कार्यदलले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो । मन्त्रालय स्रोतका अनुसार कार्यदलले दूघको मूल्य वृद्धि गर्न सिफारिस… Continue reading बढ्दैछ दूधको भाउ

हवाई सुरक्षासम्बन्धी कार्यक्रममा प्रधानमन्त्री भन्छन् : गैडालाई किन राइनो भनेको ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली गैँडालाई अंग्रेजीमा राइनो भनिएकोतर्फ पुनः आपत्ति जनाएका छन् । एसिया प्यासिफिक क्षेत्रका हवाई क्षेत्रका नियामक निकायका प्रमुखहरुको सम्मेलनलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गैँडालाई गैँडा नै उच्चरण गर्न आग्रह गरे । “गैडाज आर गैडाज, नट राइनोज”, त्यसो त सगरमाथालाई माउण्ट एभरेष्ट भन्ने गरेकोतर्फ पनि प्रधानमन्त्रीको असन्तुष्टी थियो ।… Continue reading हवाई सुरक्षासम्बन्धी कार्यक्रममा प्रधानमन्त्री भन्छन् : गैडालाई किन राइनो भनेको ?

वायुसेवा कम्पनीमा ठूला जहाज भित्राउने होड, श्रीले ल्यायो पाँचौं जहाज

काठमाडौं । नेपालमा हवाई यात्रुको बढ्दो चापसँगै निजी क्षेत्रका वायुसेवा कम्पनीबीच जहाज भित्राउने होड तिब्र बनेको छ । कम्पनीहरु खासगरी ठूलो क्षमताका जहाजमा केन्द्रित देखिएका छन् । आइतबार मात्र श्री एयरलाइन्सले बम्बाडियर जहाज काठमाडौं अवतरण गरायो । यो श्री एयरलाइन्सको पाँचौ जहाज हो । कम्पनीसँग यसअघि चार वटा जहाज थिए । ९ एन-एएनएफ जहाज काठमाडौं… Continue reading वायुसेवा कम्पनीमा ठूला जहाज भित्राउने होड, श्रीले ल्यायो पाँचौं जहाज

भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर विदेशमन्त्रीका रुपमा पहिलो पटक काठमाडौं आउने भएका छन् । आगामी बुधबारदेखि काठमाडौंमा शुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी भारतीय विदेश सचिव भएका बेला भने काठमाडौं आइसकेका छन् । खासगरी संविधान निर्माणका बेला भारतीय सरकारको दूतका… Continue reading भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

विवाह समारोह मै आत्मघाती बम विस्फोट

काबुल । अफगानिस्तानमा विवाह समारोह भइरहेको हल भित्रै आत्मघाती बम विस्फोट भएको छ । विस्फोटबाट भएको मानवीय हताहतीको विवरण सार्वजनिक नभइसकेको संचारमाध्यमले उल्लेख गरेका छन् । करीव १ हजार पाहुना बोलाइएको पार्टी हल भित्रै गराइएको बम विस्फोटबाट दर्जनौं मारिएको हुन सक्ने संचारमाध्यमले स्थानीय प्रशासन स्रोतलाई उदृत गर्दै लेखेका छन् । राजधानी काबुलको एक व्यस्त शहरमा… Continue reading विवाह समारोह मै आत्मघाती बम विस्फोट

बिग्रदैछ मौसम, सचेत रहन आग्रह

फाइल तस्वीर

काठमाडौं । देशभर मौसम अदलबदल भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहने सर्वसाधारणसँग आग्रह गरेको छ । बाढी सूचना केन्द्रका अनुसार ठूला र साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने र पश्चिमी पहाडी भू-भागका मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको… Continue reading बिग्रदैछ मौसम, सचेत रहन आग्रह

एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चित्त नबुझ्दा नबुझदै पनि पार्टी एकता बलियो बनाउन निर्णयहरु लिनु परेको बताएका छन् । शनिबार नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कतिपय विषय चित्त नबुझेर पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका हुन् । कतै एकता नै… Continue reading एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड

देशले एकै दिन गुमायो दुई प्रतिभा

काठमाडौं । शनिवार एकै दिन कलाकार सुभद्रा अधिकारी र पत्रकार डायलसन अधिकारीको निधन भएको छ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको काठमाडौंमा निधन भएको हो भने पत्रकार अधिकारीको भने सप्तरीमा भएको सवारी दूर्घटनामा ज्यान गएको हो । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि निमोनियाबाट ग्रस्त थिइन् । पारिवारिक… Continue reading देशले एकै दिन गुमायो दुई प्रतिभा

नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रिय विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ । नेकपाको सचिवालय बैठकले केन्द्रिय कार्यालयका विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी तय गरेको हो । बैठकले सात प्रदेशका लागि सहइन्चार्जसमेत तोकेको छ । सचिवालय बैठक शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । बैठकले केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन… Continue reading नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?

भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक

इस्लामावाद  ।  पाकिस्तानले भारतीय कलाकारले अभिनय गरेको विज्ञापन प्रसारणमा रोक लगाएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानको अर्को कदम बाहिरिएको हो । भारतले जम्मु कश्मीरसम्बन्धी मुद्दामा चालेको कदमका कारण भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको हो । बिहीबार कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानले… Continue reading भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक

आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

काठमाडौं । आजदेखि गाइजात्रा पर्व प्रारम्भ भएको छ । खासगरी काठमाडौं उपत्यकामा धुमधामसँग मनाइने यो पर्व अहिले देशका अधिकांश शहरमा बिस्तार भइसकेको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा मनाउने परम्परा रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा यो पर्व मनाइन्छ । गाई वा मानिस गाईका रूपमा सिँगारेर परिक्रमा गराउने अनौठो प्रचलनका कारण यो… Continue reading आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

प्रधानमन्त्री फेरी अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या आएको छ । ९ दिन सिंगापुरमा उपचार गरी सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीको स्वास्थ स्थिति पुनः बिग्रिएको बालुवाटर स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । नेकपाका अनुसार बैठक अब शुक्रबार पुनः बस्ने गरी डाकिएको… Continue reading प्रधानमन्त्री फेरी अस्वस्थ

रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

तस्वीर साभार : बीबीसी

मस्को । रुसको राजधानी मस्को नजिक विमानस्थलबाट उडेको एक जहाज आकस्मिक अवतरण गर्नुपरेको छ । जहाजमा चरा ठोक्किएपछि एक खाली मैदान खाजेर आकस्मिक अवतरण गराइएको छ । खेतमा अवतरण भएको यस दूर्घटनामा २३ जना यात्रु घाइते भए पनि हताहतीका खबर नभएको बीबीसीले लेखेको छ । जहाजमा यात्रु र चालक दलका सदस्य गरी दुई सय ३३… Continue reading रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ । आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले… Continue reading रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

सगरमाथा सुरक्षित छ, दूर्घटना घटाउँछौं : सरकार

काठमाडौं । सरकारले सगरमाथा लगायत हिमाल सुरक्षित रहेको भन्दै यहाँ हुने दूर्घटनाबाट नआत्तिन संसारभरका पर्यटकलाई आग्रह गरेको छ । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणमा १५ जनाको निधन भएको र त्यसबारे अफवाह फैलिएपछि सरकारले छानविन समिति बनाएको थियो । त्यसमध्ये सगरमाथामा मात्र ८ जनाको निधन भएको थिया । प्रतिकूल मौसमका कारण बेलैमा आरोहण गर्न नसकेका… Continue reading सगरमाथा सुरक्षित छ, दूर्घटना घटाउँछौं : सरकार

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स

काठमाडौं । नेपालबाट अब ४ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय सेड्यूल उडान गर्ने भएका छन् । सरकारले श्री एयरलाइन्सलाई बुधबार अन्तर्राष्ट्रिय सेड्यूल उडानको अनुमति दिएएपछि यस्ता कम्पनीको संख्या ४ पुगेको हो । यसअघि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसँग मात्र यस्तो लाइसेन्स थियो । श्रीले भने चार्टर्ड उडान मात्र गर्न सक्ने गरी अनुमति पाएको छ… Continue reading श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स

फेरि राजनीतिक अस्थिरताको खतरा- भारतीय सक्रियताले संसय बढायो

गुगल फाईल फोटो

विश्वन्युज संवाददाता काठमाडौं नेपालमा नाटकीय ढंगले राजनीतिक घटनाक्रम परिवर्तनको संकेत देखिन थालेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराजाको विदेश भ्रमणले नेपालमा राजनीतिक नयाँ रुप देखिन थालेको छ । यो बीचमा भारतीय पक्षबाट भएका महत्वपूर्ण भेटवार्ताले नेपालको राजनीतिमा नयाँ उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।… Continue reading फेरि राजनीतिक अस्थिरताको खतरा- भारतीय सक्रियताले संसय बढायो

यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

अमेरिकाले भिषा तथा ग्रीनकार्ड सम्बन्धमा आफ्ना नीतिहरु परिवर्तन गरेको छ । अमेरिकी प्रेसिडेन्ट डोनाल्ड ट्रम्प आफ्नो  कार्यकालको प्रारम्भदेखि नै आप्रवासीहरुविरुद्ध आक्रामक छन् । यसै मेसोमा नयाँ नियम ल्याएर ग्रिनकार्ड प्राप्ती सम्बन्धि प्रावधान कडा बनाइएको हो । अमेरिकामा बसिरहेका आप्रवासीले भिषा थप र स्थायी नागरिकता (ग्रीन कार्डै पाउने प्रक्रियामा झण्झाट थपिदिएको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

प्रदेश मन्त्रीलाई पक्रन आदेश

काठमाडौं । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पक्रन प्रहरीलाई आदेश दिएको छ । बैंकिङ कसूरको मुद्दामा अदालतले उनलाई पक्रन आदेश दिएको हो । त्यसका लागि अदालतले तीन दिनको समय दिएको छ । कृषि विकास बैंकको बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही मुद्दामा मन्त्री खत्रीलाई तीन दिनभित्र अदालतमा… Continue reading प्रदेश मन्त्रीलाई पक्रन आदेश

अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा

काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन नमानेपछि मंगलबार दिनभर सामाजिक संजाल तथा नेपाली संचारमाध्यम सन्दीप र अमेरिकामय बने । मंगलबार बिहान सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै टूइटमार्फत आफूले अमेरिकाको भिषा नपाएको जानकारी गराए । जब उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गुहारे, त्यसपछि भने सामाजिक… Continue reading अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा

नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७५\७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हाँसिल गर्ने क्रममा यो उपलब्धी प्राप्त गरेको हो । आव २०७३\७४ मा ७.७४ प्रतिशत आर्थिक वृद्धि भएकोमा आव २०७४\७५ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो । गत… Continue reading नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

धादिङ । त्रिशुली नदीमा बस दूर्घटनामा परी हराइरहेका १९ यात्रु अझै वेपत्ता छन् । शुक्रबार पृथ्वीराजमार्गको धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बस त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार यात्रुको खोजीमा गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसम्म खोजी कार्य जारी रहेपनि वेपत्ताको कुनै अत्तोपत्तो छैन । प्रहरी नदि किनारमा खटिएर खोजी जारी राखेपनि… Continue reading अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ

काठमाडौं । यूरोपमा आकर्षक रोजगारीमा पठाउने भन्द्यै व्यापक प्रचार प्रसार गरिरहेको एलाएन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। उक्त कन्सल्टेन्सीले विभिन्न सामाजिक संजालमा यूरोपका लागि आकर्षक जागिरका लागि भन्दै विज्ञापन गरेको थियो । उक्त झुठो विज्ञापनमार्फत यूवालाई ठगि गर्ने मनसाय राखेको भन्दै विभागको टोलीले छापा मारेको हो । कन्सल्टेन्सीको सिनामंगलस्थित कार्यालयमा छापा… Continue reading कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ

काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका मूख्मूख्य चोकमा होभरहेड ब्रिज निर्माणको योजना सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले ट्राफिक जाम हुने खास खास चोकमा ‘ओभरहेड ब्रिज’ निर्माणको योजना अगाडी बढेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चाबहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड… Continue reading काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?