Category: फिचर

  • नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो

    नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

    यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ।

  • नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

    नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो ।

    आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ।

    कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।

  • कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

    कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

    सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालबाट शनिबार डिस्चार्ज गरिएको छ । यो सूचिमा दैलेखबाट मात्र २०५ जना सङ्क्रमित निको भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । निको हुनेमा २०१ पुरुष र १३ महिला छन् ।

    दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जनाले कोरोनालाई जित्न सफल भएका छन् । दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष डिस्चार्ज भए ।

    दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक, एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको तथ्यांकमा उल्लेख छ ।

    शनिबार २१४ ले कोरोना निकोभएसँगै अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणलाई जित्ने बिरामीको संख्या ९३४ पुगेको छ ।कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या भने एक हजार ४४० पुगेको छ । तर, निको हुने दर बढी रहेका कारण कर्णालीमा ठूलो जोखिम भने देखिएको छैन ।

  • स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

    स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

    पोखरा । । स्याङ्जामा गत रात गएको पहिरोमा पुरिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घरमाथिबाट पहिरो खसेपछि अन्दाजी ५० वर्षीय यमबहादुर विकको ज्यान गएको हो ।

    घटनामा परी गम्भीर घाइते भएका यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो हो ।

    उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको छ । छोराको अवस्था भने सामान्य छ । यस भेगमा ठूलो वर्षा भएको थियो ।

    कच्ची बाटोमा पहिरो गर अवरुद्ध भएका कारण घाइतेहरुलाई राती समयमै अस्पताल पुर्याउन नसकेको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी पुगेको छ ।

  • सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

    सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

    काठमाडौं । शनिबारबाट नेपालमा सलह किराको प्रवेश भएको छ । फट्यांगा प्रजातिको यो किरा बालीनालीका लागि भने विनासकारी मानिन्छ । यो किराको नियन्त्रण गर्न बल्ल सरकार तातेको छ । सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्री घनश्याम भुषालले विज्ञहरुसँग छलफल गर्दैछन् ।

    कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको मन्त्रालयले जनाएको छ । नेपालमा भारत हुँदै बारा र सर्लाहीबाट सलह छिरेको छ । रुपन्देहीबाट समेत ठूलो झुण्ड छिरेको छ ।

    आइतबार बिहान पाल्पा, मकवानपुर, सिन्धुली, काभेलगायत पहाडी जिल्लामा समेत सलह उक्लिसकेको छ । यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको थियो । तर, सरकारको अनुमान विपरित सलह नेपाल छिरेको हो ।

    पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको बताइको थियो । नेपालमा यो किराबाट भएको क्षतिको समेत अझै अध्ययन भइसकेको छैन । नेपालमा ६० वर्षपछि सलह छिरेको हो ।

  • न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

    न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

    न्युयोर्क

    अमेरिकाको दक्षिण पूर्वीय र पश्चिमी राज्यहरुमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि प्रारम्भमा महामारीको एपिसेन्टर बनेको न्युयोर्क राज्य भने संक्रमितको संख्यामा सुधारोन्मुख देखिएको छ । शनिबार न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले पछिल्ला दिनहरुमा जाँच गरिएका  ९९ प्रतिशत शंकास्पद संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार  न्युयोर्क राज्यमा जाँच गरिएका ७३ हजार २ सय ६२ मध्ये जम्मा ७ सय ३ जनामा मात्र संक्रमण पुष्टी भएको गभर्नर कुमोले बताए ।  न्युयोर्क राज्यमा संक्रमितको संख्यामा मात्र होईन, अस्पतालको आईसियुमा समेत  बिरामीको संख्या उल्लेख्य रुपमा घटेको बताएका छन् । कुमोले शनिबार भनें; “भाईरस संक्रमणको ब्यबस्थापनलाई राजनीति नगरिकन बिज्ञानको सिद्धान्त अनुसार काम गर्‍यो भने मात्र जित्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ तर पनि न्युयोर्कबासीहरु लगातार सतर्क भने हुनु पर्दछ ‘।

    कुनै बेला कोरोना एपिसेन्टर बनेको न्युयोर्कमा शुक्रबार गरिएको जाँच मध्ये १ प्रतिशत मात्र संक्रमित भेटिए भने अस्पताल भर्ना हुनेको संख्या न्युयोर्क राज्यभर ९ सय ८ जना छन् ।  शुक्रबार अस्पताल भर्ना हुनेको यो संख्या बिहीवार भन्दा ४३ जनाले कम हो । न्युयोर्क राज्यमा शनिबारसम्म ३ लाख ९१ हजार संक्रमित र शुक्रबार मृत्‍यु भएका १३ जना समेत गरेर ३१ हजार ३ सय ६२ को मृत्‍यु भएको छ ।  

    शनिबार अमेरिकाका पाँच राज्यले संक्रमित संख्यामा नयाँ रेकर्ड रखेका छन् । फ्लोरिडा, जर्जिया, आईडाहो, टेनेसी र युटाहा राज्यमा आजसम्म कै धेरै संक्रमित भेटिएका छन् ।  

    अमेरिकामा भने शनिबारसम्म २५ लाख ४ सय १९ संक्रमित र १ लाख २५ हजार ४ सय ३४ को मृत्‍यु भै सकेको छ । शनिबार ४ बजे भित्र अमेरिकामा एकै दिन ४१ हजार संक्रमित भेटिएका छन् । अधिकांस संक्रमित फ्लोरिडा,  टेक्सास र क्यालिफोर्नियामा भेटिएका हुन् ।

  • अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

    अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

    अमेरिकाको न्यु-मेक्सिको राज्यमा भाईरस निस्कृय पार्न प्रयोग गरिने सेनिटाईजर खाँदा ३ जनाको मृत्‍यु र एक जना सदाका लागि अन्धो भएका छन् । न्यु मेक्सिकोस्थित डिपार्टमेन्ट अफ हेल्थका अनुसार अन्य तीन जना पनि अति सम्वेदनसिल अवस्थामा उपचारत छन् । डिपार्टमेन्टका अनुसार ती ७ जनाले नै मिथानोल भएको सेनिटाईजर खाएका थिए । ह्यान्ड सेनिटाईजर खाएका कारण दुर्घटना भएको डिपार्ट्मेन्ट अफ हेल्थले शुक्रबार सार्वजनिक गरेको हो ।

    शरिर बाहिर प्रयोग गर्ने सेनिटाईजर मानिसले बिभिन्न उदेश्यले खाए पछि यो प्राण घातक हुने र कहिले काँही मस्तिष्क घात, अन्धोपन र मृगौला समेत फेल हुने बताईएको छ । महिना भरी सेनिटाईजर खाएर न्यु-मेक्सिकोस्थित  प्वाईजन कन्ट्रोलमा रिपोर्ट भएका सबै घटनाको एक मुस्ट रिपोर्टिङ गरिए पनि प्रत्येक घटनाको छुट्टा छुट्टै रिपोर्टिङ भने गरिएको छैन । अमेरिकाका उपभोग्य सामग्रीको जाँच तथा  गुणस्तर नियन्त्रणका लागी काम गर्ने फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफ डि ए) ले अहिले बजारमा छ्याप छ्याप्ती भेटिने ९ प्रकारका सेनिटाईजरलाई बन्देज लगाएको भोलिपल्ट न्यु-मेक्सिकोस्थित डिपार्ट्मेन्ट् अफ हेल्थले सेनिटाईजर खाएका कारण घटेको घटना बारे सार्वजनिक गरेको हो । एफडिएले ‘ईस्कबायोकेम एसए’ द्वारा उत्पादित ९ प्रकारका सेनिटाईजरमा सम्भाबित बिषाक्त रसायन भेटिएका कारण रोक लगाएको थियो । गत मेई महिनाको केही हप्ता भित्र सेनिटाईजर खाएका ती ७ घटना  घटेका थिए ।

    यदि कसैले आफुले सेनिटाईजर निलेको शंका लागेमा तत्काल उपचारको लागि चिकित्सककोमा जानु पर्ने डिपार्ट्मेन्ट् अफ हेल्थ क्याबिनेट सेक्रेटरी क्याथी कुनकेलले बताएकी छिन् । कोरोना महामारी अगाडि मानिसहरुले नसाका लागि पिउने वा जेल भित्र आगो लगाउन प्रयोग गर्ने शंकामा अमेरिकाका अधिकांश जेलमा सेनिटाईजर  प्रतिबन्धित थिए ।  

    समाचार श्रोत : सिएनएन

  • अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

    अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

    काठमाडौं । नेपालभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । अर्थातः अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा रसुवामा ९ जनामा कोरोना पुष्टी भएको छ । ८ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरु भारतबाट आएका पुरुष र कुवेतबाट फर्केका महिला भएको बताइएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ५५४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर संक्रमितको संख्या भने १२ हजार ३०९ पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार काठमाडौं उपत्यकामा ५ जना नयाँ कोरोना संक्रमित भेटिए ।

    काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुषमा संक्रमण पुष्टि भएको छ । शनिबार सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिए । डोटीमा ७१, प्युठानमा ४९, रौतहटमा ३४, दाङमा ३१, महोत्तरीमा ३० र पाल्पामा २६ नयाँ बिरामी भेटिएका हुन् ।

    बैतडीमा २४, स्याङजामा २१, अर्घाखाँचीमा १८, कैलालीमा १४ तथा अछाम र सल्याानका १३, १३ जनामा संक्रमण देखिएको छ । शनिबार कपिलवस्तुमा ९, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बारामा ८, ८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७, ७ जना नयाँ बिरामी भेटिए ।

    सर्लाही र नुवाकोटका ६, ६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५, ५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३, ३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २, २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

    जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एक, एक जनामा रिपोर्ट पोजेटिभ देखिएको छ ।

  • नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

    नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १८ र ११८ जना पुरुष छन्।

    देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्।

    नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १२ हजार ३सय ९ पुगेको छ। जसमध्ये २८ जनाको मृत्यु भएको छ।

  • नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

    नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ।

    कुल संक्रमितमध्ये २७ जनाको मृत्यु भएको छ।

  • लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

    लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि नेपालमा लकडान तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लाग्यो । त्यसकारण विदेशमा साढे तीन सय नेपालीको शव अलपत्र परेको थियो । यसरी अलपत्र परेका मध्ये शनिबारसम्म ८७ वटा शव नेपाल ल्याइएको छ ।

    शनिबार साउदी अरबबाट नेपाल एयरलाइन्सको जहाजले १५ वटा शव नेपाल ल्याएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै त्यहाँ रोकिएका शव समेत क्रमशः नेपाल ल्याइको वैदेशिक रोजगार बोर्डले जनाएको छ । शनिबारसम्म मलेसियाबाट सबैभन्दा बढी शव नेपाल ल्याइएको छ ।

    यस मुलुकबाट ३१ वटा शव नेपाल ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०, २० वटा शव ल्याइएको बोर्डले ल्लेख गरेको छ । कुवेतबाट ७ जना नेपालीको शव आएको छ । यूएईबाट पाँच नेपालीको शव नेपाल ल्याइएको छ । बहराइनबाट ३, ओमानबाट १ जना नेपालीको शव ल्याइएको छ ।

    यो अवधिमा विदेशमा ज्यान गुमाएका ३ सय ३३ जनामध्ये १२६ जनाका परिवारले भने गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका थिए । नीहरुको अन्त्येष्टी भइसकेको छ । विदेशमा अझै १२० नेपालीको शव रहेको छ ।

    बोर्डका अनुसार साउदीमा सबैभन्दा धेरै ५९ शव रहेका छन् । मलेसियाबाट २३ जनाको शव नेपाल ल्याउन बाँकि छ । कतारमा ११, यूएईमा १४, कुवेतमा ५ र बहराइनमा १ जना नेपालको शव बाँकी छ भने अन्य देशबाट ७ वटा शव ल्याउन बाँकी रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

  • शनिबार घर फर्किए करीव १ हजार नेपाली

    शनिबार घर फर्किए करीव १ हजार नेपाली

    काठमाडौं । शनिबार विभिन्न मुलुकबाट करीव १ हजार जना नेपाली घर फर्किएका छन् । बिहान भएका ६ उडानले उनीहरुलाई काठमाडौं ल्याएको हो । बिहान ९ सय ५७ जना नेपाली काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । कतारको दोहाबाट कतार एयरवेजले एक बच्चासहित २४१ जनालाई नेपाल ल्यायो ।

    हङ्कङबाट नेपाल एअरलाइन्सको जहाजले १ बच्चासहित ८१ जनालाई काठमाडौं ल्याएको छ । यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमा १५४ जना नेपाली फर्किएका छन् । साउदीको रियादबाट नेपाल एयरलाइन्सले २५४ जना नेपालीलाई घर ल्याएको छ ।

    कुवेतको जजिरा एयरवेजले ८१ जना नेपालीलाई स्वदेश ल्याइदिएको छ । साउदीको रियादबाट १५ नेपालीको शव पनि आजै ल्याइएको छ । आज अस्ट्रेलियाबाट साढे २ सय नेपाली घर फर्कदै छन् । अहिले नेपालीको उद्दारको काम धमाधम भइरहेको छ ।

  • नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो

    नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो

    भरतपुर । नेपालमा कोेरोना संक्रमणबाट थप एक जनाको निधन भको छ । चितवनस्थित भरतपुर अस्पतालको आइसोलेनमा ५० वर्षीय पुरुषको शनिबार बिहान ज्यान गएको हो । यससँगै अब नेपालमा कोरोना भाइरसको संक्तमणबाट ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको हो ।

    चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उनलाई असार ११ राति भरतपुर अस्पतालमा ल्यायएको थियो । अस्पताल स्रोतका अनुसार नी कैलालीका हुन् । शनिबार बिहान ७ बजे उनको मृत्यु भएको हो । कैलालीको गोदावरी नगरपालिका ७ का बासिन्दा उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।

  • सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

    सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

    काठमाडौं । बिनासकारी सलह किरा नेपाल छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड नेपाल छिरेको हो । स्थानीय बासिन्दाका अनुसार बारा र सर्लाहीबाट सलहको झुण्ड नेपाल छिरेको हो । कृषि मन्त्रालयले समेत यसको पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड नेपाल आएको हो ।

    भारतको बिहारबाट सलह नेपाल छिरेको छ । यससम्बन्धमा सरकारले आज समिक्षा गर्ने भएको छ । सलह नेपाल छिरेपछि यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा आज समिक्षा हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आकस्मिक बैठक डाकिएको छ ।

    कृषि विकासका स्थानीय अधिकारीले सर्लाही र बारामा सलहको एक झुण्ड देखिएको जानकारी कृषि मन्त्रालयलाई गराएका थिए । त्यो झुण्ड कति ठूलो समूहमा छ भन्ने बारेमा भने सोधखोज भइरहेको बताइएको छ । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको यात्रा मध्यपूर्व हुँदै दक्षिण एसिया छिरेको हो । पाकिस्तान र भारतमा अन्न बालीमा क्षति गरेको यो किरा अब नेपालसम्म आइपुगेको हो ।

    हावाको दिशा नुसार १ सय ३० किमिसम्म समूह बनाएर उड्न सक्ने फट्यांग्रा प्रजातीको यो किरा एक समुहमा ४ देखि ८ करोडसम्म हुने गर्छ । तर, नेपालमा भने त्यति ठूो समुह नआएर हावाको बेगले बगाएको सानो समुह मात्र आउन सक्ने अनुमान छ ।

    यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाना नष्ट गर्ने कृषि वैज्ञानिकहरुको भनाई छ ।

  • आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

    आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

    काठमाडौं । शुक्रबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी रह्यो । विभिन्न मुलुकबाट एक हजार ३ जना नेपाली आज घर फर्किएका छन् । उनीहरुलाई ल्याएर आएको जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १६ नेपालीको शव समेत काठको बाकसमा राखी स्वदेश ल्याएका छन् । मलेसियाको क्वालालाम्पुरबाट आज धेरै यात्रु तथा शव ल्याइएको छ ।

    आज मलेसियाबाट मात्र १४ वटा शव काठमाडौं ल्याइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार क्लालाम्पुरबाट नेपाल एयरलाइन्सले जहाजले १४ शवसहित २४५ जना ल्याएर आएको थियो । हिमालय एअरलाइन्सको जहाजले सोही गन्तब्यबाट १४८ नेपाली र एक शव नेपाल ल्याएको हो ।

    यूएईको सारजहाबाट एयर अरेबियाको जहाजले १६८ जना नेपालीलाई काठमाडौं अवतरण गरायो । बहराइनबाट नेपाल एयरलाइन्सका दुई वटा जहाजले २७३ जना नेपालीलाई घर फर्काएको छ । बहराइनबाट समेत एक नेपालीको शव काठमाडौं आएको छ ।

    कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले जजिरा एयरको जहाजमा राखेर नेपाल फर्काएको हो ।

    कुवेतबाट यो ११ औं उडान हो । कुवेतमा आममाफी पाएका १७ सय २५ जना नेपाली उद्दार उडानका दौरान घर फर्किएका छन् ।

  • रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने

    रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने

    काठमाडौं । असार १५ कृषकका लागि महान दिन हो । यो दिन रोपेको मानो मंसिरमा मुरी बन्छ । यस दिनको अवसरमा सरकारले धान दिवस विशेष रुपमा मनाउने गरेको छ । तर, यस पटक भने विगतमा जस्तो रौनकका साथ धान दिवस मनाउन नपाइने भएको छ । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने गरी सुरक्षा निर्देशिका बनेको छ ।

    कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरेको हो । ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक नगर्ने कृषि विभागले तयार पारेको प्रोटोकलमा उल्लेख छ ।

    अब अधिकतम २५ जनाको सहभागितामा मात्र महोत्सवका कार्यक्रम आयोजना गर्न पाइने छ । सुरक्षा मापदण्डको पूर्ण पालना हुनपर्नेछ । सामाजिक दूरीलाई समेत अनिवार्य पालना गर्नुपर्ने कृषि विभागको भनाइृ छ ।

    सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा खेत वा समुहमा प्रवेश दिइने छैन । महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ । खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने नियम पनि सरकारले बनाएको छ ।

    रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागको पोर्टोकलमा उल्लेख छ ।

    यस वर्ष १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको औपचारिक कार्यक्रम उदयपुरमा हुँदैछ । यस कार्यक्रममा कषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले भाग लिँदैछन् । उदयपुरको त्रियुगा नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिने विभागले जनाएको छ ।

  • आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

    आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले सरकारलाई आधिकारिक तथा मान्यता प्राप्त एप्स र सामाजिक संजाल मात्र प्रयोग गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेको एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई निर्देशन दिएको हो ।

    यसअघि केही दिन अगाडी जुम एप प्रयोग गरी कार्यक्रम गर्दा पर्यटन मन्त्री सहभागी कार्यक्रममा अश्लिल भिडियो देखाइएको थियो । नेपालमा अनाधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोग गरिएका कारण साइबर अपराध बढेको समेत समितिको निश्कर्ष छ ।

    समितिले शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग छलफल गरेको हो ।

    त्यसपछि समितिले सरकारलाई नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनीयता र उपयोगिताका हिसाबले उपयुक्त रहेको नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था मिलाउन निर्र्देशन दिएको हो ।

    पर्यटन मन्त्री योगेश भट्टराईले मन्तव्य दिँदा अश्लिील भिडियो देखिनुले नेपालको साइबर सुरक्षामाथि प्रश्न उठेको विकास समितिको भनाई छ ।

    सरकारी वेवसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्युरिटी अडिट गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएका जानाकारी अनुसार बेवारिसे अवस्थामा भेटिएको अन्दाजी ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा लगेर जाँच गर्दा मृत्यु भएको पाइएको थियो ।

    असार १२ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्क स्थापित गराउने काम भइरहेको जनाइएको छ ।

    हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

    देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

  • नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

    नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ।

    कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ।

  • काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

    काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

    काभ्रे । गतराती काभ्रेमा लुटेरा समुह र गाउँलेबीच झडप भएको छ । काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना गाउँले घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले समेत लुटेर समूहलाई लक्षित गरी गोली चलाएको थियो ।

    बोधिचित्त लुटपाट गर्न गएका समूहसँगको झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले उल्लेख गरेको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गएराति हतियारधारी समूह बोधिचित्त लुटपाट गर्न गएको सूचना आएपछि प्रहरी गाउँ पुगेको थियो ।

    गाउँलेले प्रतिकार गर्न खोज्दा आक्रमण गरेको बताइएको छ । प्रहरी पुगेपछि हतियारधारी समूह भागेको प्रहरीले जनाएको छ । भागेको समुहलाई लक्षित गरी प्रहरीले गोली चलाएको हो ।

    घटनामा संलग्नको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बहुमूल्य बोधिचित्त काभ्रेमा पाइन्छ ।

  • ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

    ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

    काठमाडौं । लिभरपुलले जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भएको हो । गतराती दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले २ –१ गोल अन्तरले हराएपछि लिभरपुल लीग विजेता बन्न पुगेको हो ।

    घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरेका हुन् । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीले लिभरपुलको जीतको ढोका खोलिदिएको हो यस्तो संयोग ३० वर्ष पछि मिलेको छ ।

    लिभरपुललाई यो सिजन उपाधि जित्न थप एक जित आवश्यकता थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने वा अर्को खेल लिभरपुलले जित्नै पर्ने बाध्यतामा हुने थियो ।

  • आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

    आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

    काठमाडौं । आज विदेशमा अलपत्र रहेको करीव १२ सय नेपालीलाई घर ल्याइने भएको छ । नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपालीलाई घर फर्काउन लागिएको हो । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट नेपाली घर आउँदैछन् ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई उडानको तालिका छ । बहराइनमा दुई र मलेसियामा एक उडान नेपाल एयरलाइन्सले गर्दैछ ।

    युएईमा हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुने गरी तालिका तय भएको भएको छ । यसरी आएका नेपालीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा बनाइएको होल्डिङ सेन्टरमा राखिन्छ ।

    त्यसपछि सेनाको व्यवस्थापनमा उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइन्छ । विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएमा होम क्वारेन्टिनमा बस्न पाउने गरी प्रावधान राखिएको छ । पैसा तिर्न सक्ने मानिसहरु भने होटल क्वारेन्टिनमा बस्ने गरी तोकिएको छ ।

  • अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

    अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

    न्युयोर्क

    अमेरिकामा अधिकारिक रुपमा बाहिर आएको कोरोना संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिस संक्रमित भएको हुन सक्ने कुरा सिडिसि (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले जनाएको छ । सिडिसिको नयाँ अनुमान अनुसार अमेरिकामा बास्तबिक कोरोना संक्रमितको संख्या दुई करोड माथि  हुन सक्ने बताईएको हो । सिडिसिका डाईरेक्टर डक्टर रोबर्ट रेडफिल्डले पत्रकारहरुसँगको फोन बार्तामा भनेका छन्; “हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको अमेरिकामा अहिले हरेक १० जना संक्रमित पछि मात्र १ जना जाँचेर कोरोना पोजेटिभ भएको थाहा हुन आएको अवस्था छ “। डा रेडफिल्डले बाँकी ९ जना कोरोना संक्रमित भएर पनि जाँच नगरेका कारण वा उनिहरुलाई आफु संक्रमित छु भन्ने थाहा नभएका कारण आधिकारिक तथ्यांकमा नदेखिएको भनेका हुन् । सिडिसिले गरेको कोरोना संक्रमितको यति ठुलो संख्याको अनुमान हाल अमेरिका भर जारी ‘एण्टी बडी’ जाँच पछि आएको हो । अमेरिकाभर गरिएको एण्टी बडी टेष्टमा औसत १० जनामा एण्टी बडी पोजेटिभ देखिए पछि मात्र एक जना कोरोना संक्रमित देखिने गरिएको डा रेडफिल्डले बताएका छन् । कोरोना संक्रमित निको भएपछि उस्को रगतमा एण्टी बडी पोजेटिभ देखिने गर्दछ ।

    अमेरिकामा अहिले २३ लाख मानिस  कोरोना संक्रमित भएको अधिकारिक तथ्यांक छ भने सिडिसिले त्यो संख्या २ करोड माथि वा अमेरिकाको ५ देखि ८ प्रतिशत जनसंख्या संक्रमित भै सकेको हुन सक्न्ने अनुमान गरेको हो । डा रेडफिल्डले भनेका छन्; ‘भाईरसले धेरै जसो समय कुनै पनि लक्षण देखाँउदैन’।  सिडिसिको यो नयाँ अनुमान हाल केही दिनदेखि लगातार रुपमा दक्षिणपूर्वी तथा पश्चिम क्षेत्रका राज्यहरुमा बढेको संक्रमित त्यसमा पनि बिशेषगरी २० बर्षदेखि ३० बर्ष उमेर समुहका युवा-युवतीमा देखिएको अत्याधिक संक्रमण पछि आएको हो ।  

    समाचार श्रोत : वासिङ्टन पोष्ट

  • नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

    नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जित्ने बिरामीको संख्या २३ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ११४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए ।

    यस अवधिमा १०६ पुरुष र ८ महिला संक्रमित निको भएका हुन्। अब नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या २ हजार ३३८ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २६ पुगेको छ । नेपालमा ११ हजार भन्दा बढी संक्रमित पुष्टी भइसकेको छ ।

  • कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

    कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

    काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक जंगी अड्डाले मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

    नेपाली सेनाले सबै सुरक्षा फौजलाई तैनाथी अवस्थामा रहन समेत निर्देशन दिएको हो । नेपालमा मनसुनको सिजन चलिरहेको छ । जसले गर्दा देशभर बाढी र पहिरोको जोखिम उत्तिकै रहन्छ । आपतकालिन अवस्थामा उद्दारमा नेपाली सेना अग्रपंक्तीमा खटिनुपर्छ । तर, कोभिड १९ को संक्रमणका कारण सेनाले अहिले जनशक्तिलाई यसको व्यवस्थापनमा समेत खटाउनु परेको छ ।

    विपद् व्यवस्थापनका लागि परिचालन हुने अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सम्पर्कको लागि गृह मन्त्रालयमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गरिरहेको छ ।

    विपद व्यवस्थापनका लागि चार चरणमा फौज परिचालन हुने भएको छ । प्रत्येक जिल्लामा तैनाथ गणबाट १ सय ४ जनाको टोली रहन्छ । गुल्म भएको स्थानमा ३० जनाको फौज आधारभूत उद्धार सामग्रीसहित परिचालन हुने गरि व्यवस्थापन मिलाएको नेपाली सेनाले जनाएको छ । अन्तिम अवस्थामा विपद् व्यवस्थापन निर्देशनालयका युनिट र १४ बाहिनी अन्तर्गतका युनिटबाट फौज परिचालन गर्ने रणनीति सेनाको छ ।

  • ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

    ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

    एजेन्सी

    ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्‍यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ ।  

    त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा पनि ब्राजिल, म्याक्सिको, पेरु र चिली सबैभन्दा कोरोनाले असर गरेको देश भएका छन् ।ब्राजिल कोरोनाका कारण धेरै मृत्‍यु हुने देशहरुको सुचीमा अमेरिका पछि दोश्रो नम्बरमा  छ । ब्राजिलमा ५२ हजार ६ सय ४० को मृत्‍यु र ११ लाख ४५ हजार ९ सय ६ जना संक्रमित भै सकेका छन् । 

    गत हप्ता सान पाउलो स्टेट युनिभर्सिटीकी प्रोफेसर अलेक्जान्ड्रा नाएमी बार्बोसाले समाचार एजेन्सी रेउटर्सलाई भनिन्; ‘ब्राजिलमा अहिले देखिएको सरकारी तथ्यांक भन्दा ५ गुणा मानिस कोरोनाबाट संक्रमित छन्’ । उनले भनेकी थिइन्, त्यो संख्या  ३० लाखदेखि १० लाखको बीचमा हुन सक्ने प्रोफेसर बार्बोसाको अनुमान थियो । त्यहाँस्थित संघीय न्यायाधिसले राष्ट्रपति जाईर बोल्सनारो जो कोरोना संक्रमणलाई ‘सामान्य फ्लु’ भन्दै आएका थिए उनलाई सार्वजनिक ठाँऊमा अनुहारमा मास्क लगाएर हिंड्न आदेश गरेका थिए ।

  • चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

    चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

    काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । यसअघि केही संचारमाध्यमले चीनसँग विभिन्न स्थानमा सीमा विवाद रहेको समाचार प्रकाशित गरेका थिए । यसलाई नियतवश प्रकाशित गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो ।

    खासगरी भारतसँगको सीमा विवाद चर्किने समयमा हरेक पटक चीनलाई समेत जोडेर नेपालमा समाचार प्रकाशित हुने गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयबाट त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको जानकारी आएको उल्लेख गरेको छ ।

    कृषि मन्त्रालयका अनुसार सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने जानकारी आएको समेत परराष्ट्रको विज्ञप्तिमा बताइएको छ । हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ हुँदै नभएको समेत स्पष्ट पारेको हो । प्राकृतिक अवस्थितिका कारण दुई देशबीचको सहमतिमा मै स्तम्भ नराखिएको परराष्ट्रले स्पष्ट पारेको हो ।

    नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम नै रहेको उल्लेख गरेको छ । सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान हुने परराष्ट्रको विज्ञप्तिमा लेखिएको छ ।

    कृषि मन्त्रालयले समेत बिहीबार विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको उल्लेख गरेको थियो ।

    मन्त्रालयले उक्त समाचारको खण्डन गर्दै प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय मन्त्रालयको कार्य क्षेत्रसमेत नभएकाले भन्दै समाचारमा सत्यता नरहेको उल्लेख गरेको थियो ।

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

    काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुगाउने संक्रमितको संख्या २ थप भएको छ । स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको छ । उनी मधुमेहका बिरामी थिए ।

    ८ असारमा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा ज्यान गएको हो ।

    यता, पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी करिब ५ महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका बिरामी हुन् । नर्भिक अस्पतालमा रहँदा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि पाटन रिफर गरिएका उनको उपचारका क्रममा बिहीबार ज्यान गएको हो ।

  • नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

    नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

    काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित बिरामीको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४३४ जनामा नयाँ संक्रमित भएसँगै कुल संख्या ११ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ जना नयाँ कोरोना संक्रमित थपिए ।

    काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ । बिहीबार सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३र१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    तनहुँ र धनुषाका ९र९ जना, बाजुरा र सप्तरीका ८र८ जना, प्युठान र रुपन्देही ७र७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६र६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५र५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३र३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २र२ मा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमित ११ हजार १६२ पुगेको हो ।

  • भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

    भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

    नयाँ दिल्ली 

    भारतमा पनि बिहीवार कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  भारतमा बुधबार एकै दिन १६ हजार ९ सय २२ संक्रमित भेटिए । यो संख्या एकै दिन भेटिएका संक्रमितको सबैभन्दा उच्च हो । भारतमा बिहीवारसम्म ४ लाख ७३ हजार १ सय जना कोरोना संक्रमित भै सकेका छन् ।  केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार आज बिहीवार अर्को ४ सय १८ जनाको त्यहाँ मृत्‍यु भयो भने मृतकको कुल संख्या १४ हजार ८ सय ९४ पुगेको छ । मन्त्रालयले निको हुनेको दर बृद्धि भएर ५६ प्रतिशत पुगेको पनि जनाएको छ । 

    भारतमा महामारी फैलिए यता दिनहुँ संक्रमितको संख्या उकालो लाग्दै गएपछि राजधानी नयाँ दिल्ली निवासी २ करोड ९० लाख मानिस सबैको स्वास्थ जाँच गरिने घोषणा गरिएको छ । राजधानी नयाँ दिल्लीमा मात्र ७० हजार ३ सय ९० संक्रमित भेटिए पछि सरकारी अधिकारीहरुले दिल्लीबासी प्रत्येकको स्वास्थ जाँच गरिने बिहीवार घोषणा गरेका हुन् । आगामी जुलाई ६ तारिख भित्र दिल्लीका प्रत्येक घर र अपार्टमेन्टमा पुगेर सबैको स्वास्थ जाँच गरी सक्ने स्वास्थ अधिकारीहरुले जनाएका छन् ।  भारतमा दैनिकरुपमा २ लाख मानिसमा कोरोना परिक्षण गरिने गरिएको र हालसम्म ७३ लाख मानिसमा परिक्षण गरी सकिएको पनि स्वास्थ मन्त्रालयले जनाएको छ ।