काठमाडौं । धावनमार्गको पीच उप्काएर नयाँ बनाउने काम शुरु भएपछि दैनिक १० घण्टा बन्द भएको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार यो आयोजना निर्धारित समयमै सम्पन्न भएको छ । १८ चैतबाट शुरु भएको काम तीन ७० दिनमा सक्ने लक्ष्य लिइएको थियो । ३०५० मिटर लामो धावनमार्गको पीच… Continue reading त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै
Category: फिचर
बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु
काठमाडौं । बालुवा झिक्न बनाएको खाल्डोमा परी बालक ज्यान गएको विषयलाई लिएर भएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा राजमार्गमा प्रदर्शन गरिरहेका स्थानीय माथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागि सत्यनारायण महतोको मृत्यु भएको छ । खोलामा बालुवा झिकेपछि बनेको खाल्डोमा डुबेर स्थानीय बालकको मृत्यु भएपछि… Continue reading बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु
ईतिहास रच्दै पुगे राष्ट्रपती ट्रम्प उत्तर कोरिया
राष्ट्रपती डोनाल्ड ट्रम्पले उत्तर कोरियन भुमिका पाईला राख्ने पहिलो बहालवाला अमेरिकन राष्ट्रपतीको ईतिहास् रचेका छन् ।राष्ट्रपती ट्रम्प आज अाईतबार उत्तर कोरिया पुगेका हुँन् । राष्ट्रपती ट्रम्पको साथ भ्रमणमा रहेका संचारकर्मीहरुका अनुसार उत्तर र दक्षिण कोरियाको सिमाना छुट्याएको सिमेन्टको स्ल्याब कट्ने बित्तिकैको विध्वंसित क्षेत्र(डिमेलिटराइज जोन)मा अमेरिकी राष्ट्रपती ट्रम्प र उत्तर कोरियाका राष्ट्रपती किम जोन ऊनले हात… Continue reading ईतिहास रच्दै पुगे राष्ट्रपती ट्रम्प उत्तर कोरिया
काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण पुनः काठमाडौंको फोहोर संकलन प्रभावित भएको छ । काठमाडौंको फोहोर पछिल्लो ५ दिनदेखि उठ्न नसक्दा दूर्गन्ध फैलिएको छ भने वर्षायाम भएका कारण महामारीको समेत सम्भावना बढेको छ । सिसडोल साइटमा फोहोर फाल्न छुट्याइएको स्थान भरिसकेको र जथाभावी फोहोर फाल्दा स्थानीयलाई असर पुग्ने भन्दै… Continue reading काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प
न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती
न्यूयोर्क अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीले जलवायु संकटकाल घोषणा गरेको छ । बढ्दो विश्व तापक्रम जुध्न सिटीले यो ऐतिहासिक घोषणा गरेको हो । न्यूयोर्कले यो निर्णयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि प्रष्ट सन्देश दिएको छ । न्यूयोर्कमै घर भएका ट्रम्प जलवायु परिवर्तनमा विश्वास गर्दैनन् र यससँग सम्बन्धित बैज्ञानिक तथ्यहरुलाई हाँसोको बिषय बनाउँदै आएका छन् ।… Continue reading न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती
खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन
काठमाडौं । आइतबार नेपालमा धान दिवस मनाइदैछ । सरकारले हरेक वर्ष १५ असारलाई धान दिवस घोषणा गरेअनुसार यस दिन विविध कार्यक्रम आयोजना गरिन्छन् । मध्य असारमा रोपाईमा व्यस्त हुने नेपाली कृषक यस सिजनमा भने खडेरीको मारमा परेका छन् । नेपालका अधिकांश स्थानमा वर्षातको पानी राम्रोसँग नपर्दा रोपाई नै हन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले… Continue reading खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन
कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा
ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना र चिलीले क्वार्टरफाइनलका खेल जितेका छन् । सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा अर्जेन्टिनाले भेने भेनेजुयलालाई पराजित गर्यो भने चिलीले कोलम्बियालाई हरायो । शनिबार बिहान भएको खेलमा चिली र कोलम्बियाको खेलको नतिजा भने पेनाल्टी सूटआउटका माध्यमबाट आएको थियो । सेमिफाइनलमा विश्व फूटबलका दुई उत्कृष्ट टोली अर्जेन्टिना र… Continue reading कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा
जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ”
काठमाडौं । नागरिक अगुवाहरुले वर्तमान सरकारले ल्याएका विभिन्न कानून तथा विधेयकका सम्बन्धमा पहिलो पटक मुख खोलेका छन् । उनीहरुले शनिबार एक संयुक्त अपिल सार्वजनिक गर्दै नागरिकलाई रैती बनाउन खोज्ने सरकारी रबैयाको विरोध गरेका हुन् । अपिलमा भनिएको छ, “हामी रैती बन्न इन्कार गर्छौं ।” सूचना, ज्ञान, न्याय र मानवाधिकार वर्जित गर्ने गरी सरकारले एक पछि… Continue reading जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ”
निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति
काठमाडौं । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले वन तथा वातावरण मन्त्रालयलाई निजगढमा निर्माण हुने दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा रुख कटान आदेश दिन निर्देशन जारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले मन्त्रालयलाई उक्त आयोजनामा काट्नु पर्ने रुखका लागि रुख कटान आदेश दिन निर्देशन दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव… Continue reading निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति
नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै
काठमाडौं । नेपालमा पहिलो पटक श्रम तथा रोजगार सम्मेलन आयोजना हुने भएको छ । सरकारले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको छ । मुलुकभित्र स्वस्थ श्रम सम्बन्ध बनाएर स्वदेशमै रोजगारीका सम्भावना खोज्ने उद्देश्यले पहिलो पटक यस्तो सम्मलेन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । असार १५… Continue reading नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै
न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली
न्युयोर्क न्यूयोर्क प्रहरीमा कार्यरत ५३ वर्षिय प्रहरी अधिकृत केभिन प्रेसिसले लङ्अाईल्याण्डस्थित आफ्नै निवासमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । प्रहरी श्रोतका अनुसार गत बुधबार राती अन्दाजी ९ बजेर ५० मिनेटको समयमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रेसिसलाई तत्काल मृत घोषित गरिएको थियो । प्रहरी अधिकृत प्रेसिसको आत्महत्या पछी न्यूयोर्क शहरमा जुन महिना भित्र आत्महत्या… Continue reading न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली
जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण
भारतको मुम्बईबाट अमेरिकाको न्यूयोर्क जान उडेको एयर इण्डियाको जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण गरिएको छ । उक्त जहाज बेलायतको लण्डनमा आकस्म्कि अवतरण गरिएको हो । एआई१९१ विमान उत्तर पश्चिमी लण्डनको स्टेनस्डेड विमानस्थलमा बिहीबार अवतरण गराइएको थिया । जहाज अवतरण गराई हरेक यात्रुको एक एक गरी सुरक्षा जाँच गरिएको थियो । तर, बमको पुष्टी भने हुने… Continue reading जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण
जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा जथाभावी पार्किङ गरी सवारी जाम बढाउन भूमिका खेल्ने चालकविरुद्ध कारवाही तिब्र बनाएको छ । प्रहरीले ठूलाबडा र कानून पालना गराउने व्यक्तिहरुका समेत गाडीमा लक लगाउँदै अहिले कारवाहीलाई तिब्र बनाएको हो । प्रहरीले पछिल्लो ८ महिनामा निषेधित क्षेत्रमा सवारी पार्क गरि राखेका ५ हजार सवारी साधनलाई कारवाही गरेको जानकारी… Continue reading जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र
भारतीय नागरिकको नेपाली नागरिकता खारेज
काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो । असार ५ र ८ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् । भारतीय… Continue reading भारतीय नागरिकको नेपाली नागरिकता खारेज
आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी
काठमाडौं । भारतको चर्चित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा आयोजना गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को ८ असारको बैठकले अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना हुने र काठमाडौं महानगरपालिका सहआयोजक रहने मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।… Continue reading आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी
आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट सार्वजनिक गरेको छ । बिहीबार दिउँसो साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । परिक्षा नियन्त्रण कार्यालयका अनुसार २०७५ को एसईईमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या १७ हजार ५ सय… Continue reading आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?
एसईई परिक्षाको रिजल्ट आज
काठमाडौं । एसईई परीक्षाको रिजल्ट बिहीबार प्रकाशित हुने भएको छ । नतिजा सार्वजनिक गर्न परिक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक बिहीबार दिउसो बस्दैछ । कार्यलयको बोर्ड बैठक बसेर निर्णय गरे लगत्तै नतिजा सार्वजनिक गर्ने गरिन्छ । अघिल्ला वर्षहरुको तुलनामा यस पटक एसइइ नतिजा ढिला प्रकाशन हुने भएको हो । सामान्यतया असार पहिलो साता नजिता आइसक्ने गथ्र्यो… Continue reading एसईई परिक्षाको रिजल्ट आज
अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए
गत मंगलबार ईलनोए राज्यका डेमोक्रेटिक गभर्नर जेबी प्रिज्करको निर्णयकारी हस्ताक्षरपछि अमेरिकाको ईलनोए राज्य ११ औं गाँजा खुल्ला राज्य बनेको छ । मनोरञ्जनात्मक प्रयोजनको लागि तोकिएको अंश गाँजा र गाँजाजन्य पदार्थ टेट्रा-हाईड्रो-क्यानिबिनोल (टिएचसी) सेवन गर्न २१ बर्ष उमेर पुरा गरेको हुनुपर्दछ । कानून मुताबिक डाक्टरको सिफारिस प्राप्त गरी औषधीको रुपमा अरुले नदेख्ने ठाउँमा गाँजाको बिऊ रोप्न… Continue reading अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए
विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?
काठमाडौं । काठमाडौं उपत्यका भित्रका विश्व सम्पदाहरुलाई यूनेस्कोले खतराको सूचिमा राख्ने प्रस्ताव गरेको छ । युनेस्कोअन्तर्गत, वल्र्ड हेरिटेज कमिटिको ४३ औं सेसन आगामी साताबाट अजरबैजानको बाकुमा शुरु हुँदैछ । उक्त सेसनमा लैजाने एजेण्डामध्ये एक एजेण्डा नेपालको काठमाडौंलाई खतराको सूचिमा राख्नु पनि हो । किनकी यूनेस्कोले नेपाललाई लामो समयदेखि सम्पदा संरक्षणमा गम्भीर बन्न चेतावनी दिइरहेको थियो… Continue reading विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?
पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटना छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा समक्ष प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार दूर्घटनाको मूख्य कारण खराब मौसम मानिएको छ । १५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको… Continue reading पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो
इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इण्डो प्यासिफिकका विषयमा धेरै चिन्ता नलिन सबै पक्षलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिन्ता लिन नहुनेमा जोड दिएका हुन् । अमेरिकी परराष्ट्र नीति इण्डो प्यासिफिक भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि हामीले हाम्रो फाइदाका बारेमा सोच्नुपर्नेमा जोड दिँदै उनले हामीले अरुको… Continue reading इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह
आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो
काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले तोकेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउने सीमा मंगलबारबाट सकिएको छ । ऐनको प्रावधान अनुसार संघले १५ जेठमा बजेट ल्याइसक्नु पर्छ । प्रदेशले १ असार र स्थानीय सरकारहरुले १० असारभित्र बजेट आफ्नो व्यवस्थापिकामा प्रस्तुत गरिसक्नु पर्ने प्रावधान रहेको छ । सोहीबमोजिम ६ महानगरपालिकासहित देशभरका अधिकांश स्थानीय तहले… Continue reading आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो
कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि
काठमाडौं । नेपालमा अब लोट्टेरियाको स्वाद चाख्न पाइने भएको छ । कोरियाको फ्रेन्चाइज रेष्टुरेन्ट ब्राण्ड लोट्टेले नेपालमा सेवा बिस्तारका लागि नेपाली कम्पनी हिमालय एनकेसँग व्यवसायिक साझेदारी गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवको उपस्थितिमा लोट्टे ग्रुपका ग्लोबल सीइओ नाम इक उ र हिमालय एनकेका अध्यक्ष कुँवरले… Continue reading कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि
डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित
विश्वन्युज संवाददाता नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिषण प्रतिष्ठानको आयोजनामा डेनमार्कको राजधानी कोपेनहेगनमा आईतबार विश्वस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पाँच कार्यपत्र प्रस्तुत भएको भेलामा संसारभरबाट झण्डै ३ सय भन्दा धेरै प्रतिनिधि पर्यवेक्षक सहभागि भएका थिए । शुक्रबार, शनिबार र आइतबार भएको भेलामा आरोप–प्रत्यारोपको शृङ्खला नै चलेको भेलामा सहभागी नेताहरुले बताएका छन्… Continue reading डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित
प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संकट उन्मुख देखिएको छ । सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीले सरकार संकटतर्फ मोडिएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोधमा पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएपछि ओली संकटमा परेका हुन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति… Continue reading प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव
भन्सारका नासुसँग दुई करोड अकुत सम्पत्ति
काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भन्सारका नायव सुब्बा रामप्रसाद भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । कंचनपुर भन्सार कार्यालयमा कार्यरत भट्टराईविरुद्ध दुई करोडभन्दा बढी स्रोत नखुलेको रकम रहेको अख्तियारको दावि छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीसँग रहेको २ करोड ८ हजार ५ सय ४० रुपैयाँको स्रोत खुलेको छैन… Continue reading भन्सारका नासुसँग दुई करोड अकुत सम्पत्ति
राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । विश्वका २० ठूला औद्योगिक शक्ति राष्ट्रहरुको जी-२० शिखर सम्मेलन जापानमा शुरु हुँदैछ । यो सम्मेलनमा भाग लिन राष्ट्रपति ट्रम्प जापान आउँदैछन् । सोही मौकामा राष्ट्रपति ट्रम्प आगामी शनिबार दक्षिण कोरियाको राजधानी सियोल पुग्ने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको कार्यालयले उल्लेख गरेको छ। दक्षिण… Continue reading राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?
२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द
काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि नेपालमा विदेशी च्यानलको प्रसारणमा बन्देज लगाएका छन् । सोमबार दिउसो ३ बजेबाट विदेशी च्यानल बन्द गरिएको हो । जसले गर्दा सोमबार भइरहेका विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणसहित अन्य लोकप्रिय कार्यक्रम दर्शकले छुटाउने भएका छन् । सरकारले प्रस्तावित विज्ञापन ऐन २०७६ मा क्लिन फिड लागू गर्ने नीति राखेको छ… Continue reading २४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द
अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार
आगामी नोभेम्बर २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको माहौल शुरु भइसकेको छ । पाटी भित्र राष्ट्रपतिको उमेदवारी घोषणा गर्ने क्रममा जारी रहेको छ । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरे । उनको घोषणासँगै डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार बन्ने आकंक्षीको संख्या २५ पुगेको छ । अमेरिकामा हरेक ४… Continue reading अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार
नेपालमा कति दिन बस्छन् पर्यटक ?
काठमाडौं । संसारकै सुन्दर मुलुकमध्ये एक नेपाल पर्यटन बजारमा बिस्तारै आफ्नो उपस्थिति देखाउने क्रममा छ । सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै पर्यटक नेपाल आए । यस वर्ष यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएको सरकारको तथ्यांक छ । पर्यटक आगमन बढेपनि पर्यटनका माध्यमबाट हुने आयले नेपाली अर्थतन्त्रमा त्यति धेरै प्रभाव… Continue reading नेपालमा कति दिन बस्छन् पर्यटक ?