बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

१९ वैशाख, काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै बेलायत सरकारले… Continue reading बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

ढोरपाटनमा सकियो सिकारयामः ११ नाउर र सात झारलको सिकार

१९ वैशाख, ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको… Continue reading ढोरपाटनमा सकियो सिकारयामः ११ नाउर र सात झारलको सिकार

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

१९ वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका… Continue reading सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन

१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गत महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको बिहीबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा अधिकांश देशहरूविरुद्ध व्यापक करहरू सार्वजनिक गरेका थिए । तर धेरै राष्ट्रहरूको सन्दर्भमा उनले कर वृद्धिको मार्ग परिवर्तन गरेका थिए । यद्यपि यो… Continue reading व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन

भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् । पर्साको… Continue reading भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा मृत फेला परेकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाली सञ्चारमाध्यमले भारतीय स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको… Continue reading भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

१८ वैशाख, काठमाडौं । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । भारतको इण्डियन एक्सचेञ्ज मार्केट ९आइएक्स०मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ । भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण… Continue reading भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

File Photo

१८ वैशाख, गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्”, उनले भने, “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७… Continue reading छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

छ महिनामा दुई हजार बढी पर्यटक पुगे शुक्लाफाँटा

file

१८ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।सार्क मुलुकका २७ महिला र ६३ पुरुष… Continue reading छ महिनामा दुई हजार बढी पर्यटक पुगे शुक्लाफाँटा

मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारी–किताबबारे प्रतिक्रिया काठमाडौँ, १८ वैशाखः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार उहाँको निवास बुढानीलकण्ठस्थित चपली राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ किताबबारे प्रतिक्रिया दिनुहुँदै। तस्बिरः रासस

१८ वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम महिला राष्ट्रपति भण्डारीले भनिन्, “मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।” सरकार सञ्चालनमा रहेका पार्टी अल दल… Continue reading मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी

प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गर्नुहुँदै । तस्बिर साैजन्य प्रधानमन्त्रीकाे सचिवालय / रासस

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि काठमाडौंमा छन् ।… Continue reading प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १८ वैशाख : प्रधानमन्त्री ओली-सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

१८ वैशहाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री… Continue reading फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

१८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन् ।… Continue reading विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

१८ वैशाख, म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ । आयोजनाबाट उत्पादित… Continue reading राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

१८ वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहित गर्नका लागि आह्वान गरेको हो । “सांस्कृतिक कार्यक्रमहरूमा गरिने… Continue reading पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित

१८ वैशाख, काठमाडौं । सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान रहेको छ । सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धि भएको विश्वको… Continue reading अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित

आज कस्तो रहनेछ मौसम ?

photo : RSS

१८ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम… Continue reading आज कस्तो रहनेछ मौसम ?

श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू… Continue reading श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

१८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण… Continue reading उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

आज श्रमिक दिवस, सार्वजनिक बिदा

१८ वैशाख, काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार… Continue reading आज श्रमिक दिवस, सार्वजनिक बिदा

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जस अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

रुसी आक्रमणबाट युक्रेनको कुस्र्कमा २८८ सर्वसाधारण मारिए

१७ वैशाख, काठमाडौं । रुसले बुधबार युक्रेनले कुस्र्क क्षेत्रमा गरेको महिनौँ लामो आक्रमणका क्रममा २८८ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।युक्रेनविरुद्ध मस्कोले गरेको पूर्ण आक्रमणको प्रतिशोधस्वरूप किएभले सन् २०२४ को अगष्टमा आफ्ना सैनिकहरू सीमापार पठाएको थियो । क्रेमलिनले हालैका दिनहरूमा उत्तर कोरियाली सेनाको सहयोगमा पश्चिमी सीमा क्षेत्रबाट युक्रेनी सेनालाई हटाएको बताएको छ भने किएभले कुस्र्कमा… Continue reading रुसी आक्रमणबाट युक्रेनको कुस्र्कमा २८८ सर्वसाधारण मारिए

गुहेश्वरीमा एक महिला मृत फेला

१७ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनले भने, “गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक एक महिला मृत… Continue reading गुहेश्वरीमा एक महिला मृत फेला

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, विद्यालय खुल्ने

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। अब यो सहमतिलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्ने भएको छ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । सहमति अनुसार अब काठमाडौं केन्द्रित सडक आन्दोलन फिर्ता हुने भएको छ । सहमति अनुसार अब शिक्षकको उपचारमा सहुलियत हुने भएको छ… Continue reading सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, विद्यालय खुल्ने

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ मा पर्ने पाक्लिङ गाउँ र मुस्ताङ-डोल्पा जोड्ने सडक । पृष्ठभूमीमा पाक्लिङ गाउँको उवा र फापर खेत । तस्बिर : सुन्दरकुमार थकाली/रासस

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१\८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल… Continue reading आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

१७ वैशाख, काठमाडौं । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज… Continue reading नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

सर्वोच्चको फेक पत्रले रेशम चौधरी पक्राउ प्रकरण : राजनीतिमा हङ्गामा

१७ वैशाख, काठमाडौं । एक कर्मचारीले लेखेको फेक पत्रका आधारमा रेशम चौधरी पक्राउ परेसङ्गै बुधबार राजनीतिमा हलचल मच्चिएको छ । प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई काठमाडौंमा एक कार्यक्रम स्थलबाटै पक्राउ गरेको थियो । तर, उनलाई पक्राउ गर्ने सम्बन्धि पत्र नै फेक भएको खुलेको छ । सर्वोच्च अदालतले अर्को सूचना जारी गर्दै सो पत्र आधिकारिक… Continue reading सर्वोच्चको फेक पत्रले रेशम चौधरी पक्राउ प्रकरण : राजनीतिमा हङ्गामा

क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?

Justin Tang/The Canadian Press via AP)

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जितेका छन् । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको हो । सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् । तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन्… Continue reading क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?

अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

१७ वैशाख, न्यूयोर्क । कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाका बारेमा चिन्ता व्यक्त गरिएका बेला मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो । “अमेरिकी उपभोक्ता विश्वास सूचकाङ्क अप्रिलमा ७।९ अङ्कले घटेर ८६.० मा झरेको छ,”… Continue reading अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

शिक्षक महासङ्घ र सरकारबीच मध्यरातीको वार्ता निष्कर्षविहिन, आज पनि हुने

१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मध्यराती भएको शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्री रघुजी पन्तले भने शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताए । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमा सञ्चारकर्मीसँग बताएका हुन् । वार्तामा… Continue reading शिक्षक महासङ्घ र सरकारबीच मध्यरातीको वार्ता निष्कर्षविहिन, आज पनि हुने