हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग

काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन अवधि दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मंगलबार दिउँसो नुवाकोटमा… Continue reading हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग

नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद

काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ । ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि… Continue reading नुवाकोट हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै सम्पर्क विच्छेद

एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु

२३ साउन, काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नुवाकोट, शिवपुरी ७ सुर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो । अहिले सबै यात्रुको शव निकालिएको छ । शव काठमाडौं ल्याउने तयारी छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए… Continue reading एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु

रात्रि बस नचलाउन सरकारले गरायो सचेत

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ।जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन… Continue reading रात्रि बस नचलाउन सरकारले गरायो सचेत

अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ नयाँ रेकर्ड कायम गर्दैछ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा वृद्धि भएको छ । अमेरिका, भारतसहितका मुलुकको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेको बताइएको छ । डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर… Continue reading अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?

काठमाडौं । भारत, अमेरिका, जापानसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट आएको छ ।शुक्रबार र सोमबार ती बजार ठूलो दरमा घटेका छन् । अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिका सहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको उल्लेख गरेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा… Continue reading अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?

विकास आयोजनामा गुणस्तरमा ध्यान दिउ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए ।  मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै… Continue reading विकास आयोजनामा गुणस्तरमा ध्यान दिउ : प्रधानमन्त्री

कार्ल्सबर्गमा नेपालको अहिलेसम्मकै ठूलो खरीद बिक्रि-सम्झौता

काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)ले किनेको काल्र्सबर्गद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सीएलएपीएल (सिंगापुर) होल्डिङ्सको ३३.३३… Continue reading कार्ल्सबर्गमा नेपालको अहिलेसम्मकै ठूलो खरीद बिक्रि-सम्झौता

सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा आएको छ। शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो। उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौं सिटी सेन्टरको होटल सञ्चालनमा ल्याएको हो।१० रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १७ तलाको बनेको छ। होटलमा एक सय ७२ वटा कोठा छन्।… Continue reading सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

प्रधानमन्त्रीले मागे पोखरा र भैरहवा विमानस्थल चलाउने योजना

file

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्च अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका… Continue reading प्रधानमन्त्रीले मागे पोखरा र भैरहवा विमानस्थल चलाउने योजना

नेपालबाट विदेश घुम्ने जानेलाई दिने सटहीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थलमार्गबाट भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीनमा वैदेशिक भ्रमणमा जानेलाई भिसाका आधारमा दिइने डलर सटही सुविधा बढाएको छ । राष्ट्र बैंककले विदेशी विनियम कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो । भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीन भ्रमणमा जानेले अब एक पटकमा १ हजार अमेरिकी… Continue reading नेपालबाट विदेश घुम्ने जानेलाई दिने सटहीको सीमा बढ्यो

सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा… Continue reading सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो

लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महशुल बक्यौता विवादमा रहेका उद्योगीहरुको विद्युत महशुल सम्बन्धी टिओडी डाटा मागेको छ । शुक्रबार प्राधिकारका अधिकारी र व्यावसायीहरुसँग छलफल गरेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी डाटा माग गर्ने निर्णय गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलका अनुसार प्राधिकरणसँग टिओडी डाटा लिएर समितिले आगामी पाँच दिन… Continue reading लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर

अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्यहरु… Continue reading अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए… Continue reading आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह

एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान र सरकारको लगानीमा निर्माण हुने परियोजना अन्तर्गत तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको छ । एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माण गर्न भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेसँगै तीनवटै सबस्टेसनको ठेक्का लागेको हो । बुधबार एमसीए नेपालका कार्यकारी… Continue reading एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का

अर्थसचिव सहित २२ सचिवको एकसाथ सरुवा

काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीसहित सचिवहरुको सरुवा गरेको छ । २२ जना सचिवहरुको एकैपटक सरुवा भएको स्रोतले जाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको हो । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा… Continue reading अर्थसचिव सहित २२ सचिवको एकसाथ सरुवा

राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न… Continue reading राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् । सचिवको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले भने, ‘‘आज बिहान करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवज्यूहरूको ब्रिफिङ सुनेँ । नागरिकलाई… Continue reading प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ

मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन आइतबार सेयर बजारमा ११३ अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २६८१ अंकमा पुगेको छ । आइतबार कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागेको बजारमा दोस्रो सर्किट ब्रेकपछि सम्हालियो । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले… Continue reading मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

निलम्बित मूख्यसचिव अर्याल ५० हजार धरौटीमा छाडिए

काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाडेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन् । अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि… Continue reading निलम्बित मूख्यसचिव अर्याल ५० हजार धरौटीमा छाडिए

प्रधानमन्त्रीको सूचनाप्रविधि विज्ञमा असगर अलि नियुक्त

काठमाडौं । असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका छन् । उनी अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर काम थालिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञ… Continue reading प्रधानमन्त्रीको सूचनाप्रविधि विज्ञमा असगर अलि नियुक्त

नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता… Continue reading नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

file

काठमाडौं । लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बसर माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता… Continue reading लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

मौद्रिक नीतिबाट उत्साहित छन् अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति जारी गरेपछिआफ्नो कार्यकक्षमा भेट्न आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न… Continue reading मौद्रिक नीतिबाट उत्साहित छन् अर्थमन्त्री

चालू पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख गरिएको हो । अहिले उद्योगी, व्यवसायीले वार्षिक कारोबारको २५ प्रतिशत रकम चालुपुँजी कर्जा पाउँछन् । यसभन्दा बढी चालुपुँजी कर्जा लिएको भए सीमाभित्र… Continue reading चालू पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने

सार्वजनिक भयो मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । सेयर धितोमा… Continue reading सार्वजनिक भयो मौद्रिक नीति

मौद्रिक नीति आज सार्वजनिक गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ। यसपालिको मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई गतिशिलता दिने, कर्जा विस्तारमा सघाउने जस्ता उद्देश्य राखेको बताइएको छ । मौद्रिक… Continue reading मौद्रिक नीति आज सार्वजनिक गरिने

लगानी बोर्डमार्फत एक वर्षमा पौने ३ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ । ह्वासिन सिमेन्टले लगानी वृद्धिका लागि स्वीकृति पाएको छ । लगानी बोर्डका अनुसार आव २०८०\८१ मा माथिल्लो कर्णालीमा १ खर्ब ६२ अर्ब, सुपर तमोरमा ३४ अर्ब ५९… Continue reading लगानी बोर्डमार्फत एक वर्षमा पौने ३ खर्ब लगानी स्वीकृत

घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानका पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन् । १८ जनाको मृत्यु भएको सो घटनामा घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको… Continue reading घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री