काठमाडौं । सौर्य एयरलाइन्सले व्यवस्थापन टीमका उच्च अधिकारीहरु गुमाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष रत्न शाक्य घाइते छन् । उनको उपचार जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर कुमार आचार्य, सीएएमओ म्यानेजर अश्विन कुमार… Continue reading सौर्य एयरको व्यवस्थापन टीमका चार उच्च अधिकारीको दुर्घटनामा परी मृत्यु
Category: अर्थतन्त्र
”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”
काठमाडौं । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुुलुकले… Continue reading ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”
भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान
काठमाडौं । भारतमा नयाँ बजेट सार्वजनिक भएको छ । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएको जितपछि अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन् । यो उनको सातौं बजेट हो । नरेन्द्र मोदी नेतृत्वको तेस्रो कार्यकालको यो पहिलो बजेट हो । मंगलबार सार्वजनिक भएको बजेट अप्रिल १ देखि लागू हुनेछ । मोदी सरकारको नयाँ बजेटमा ग्रामीण… Continue reading भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान
बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती
काठमाडौं । बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र… Continue reading बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती
कसरी टुंगियो न्यूरोडको फूटपाथ विस्तार विवाद
काठमाडौं । न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ । अरुतिर मंसिरसम्म रोकिने छ । मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको… Continue reading कसरी टुंगियो न्यूरोडको फूटपाथ विस्तार विवाद
नेपालबाट धेरै वस्तु निर्यात हुने देशको दोस्रो स्थानमा अमेरिका
काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो आव २०७९–८० को तुलनामा ३.०३ प्रतिशतले कम हो । निर्यात व्यापारमा सबैभन्दा धेरै निर्भर नेपाल भारतसँग रहेको छ । तर, दोस्रो स्थानमा भने अमेरिका रहेको छ । नेपालबाट तयारी पोशाकदेखि छुर्पीसम्म अमेरिका निर्यात हुन्छ । अर्को छिमेकी… Continue reading नेपालबाट धेरै वस्तु निर्यात हुने देशको दोस्रो स्थानमा अमेरिका
त्रिशूलीमा बगेका बस खोज्न भारतबाट आइपुगे प्राविधिक
काठमाडौं । त्रिशूलीमा बेपत्ता बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएका छन् । नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् । बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ… Continue reading त्रिशूलीमा बगेका बस खोज्न भारतबाट आइपुगे प्राविधिक
न्यूरोडमा जलाइयो बालेनको पुत्ला, स्थानीय फूटपाथ बिस्तारको विरोधमा
काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्। शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नम्बर २२ स्थित नयाँ सडक परिसरमा फुटपाथ बढाउने काम सुरु भएपछि उनीहरुले विरोध गरेका हुन्। केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम… Continue reading न्यूरोडमा जलाइयो बालेनको पुत्ला, स्थानीय फूटपाथ बिस्तारको विरोधमा
२४ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो सार्वजनिक ऋण
काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुग्छ । आर्थिक वर्ष २०७९–८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण… Continue reading २४ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो सार्वजनिक ऋण
अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे । उनले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी हुन आग्रह गरे… Continue reading अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री
क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिएका छन् । उनले यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताए । रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेन मान्य गर्छन्… Continue reading क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी
फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु
काठमाडौं । फ्रान्सको एक पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएका छन् । कन्टेनरको खोजी भइरहेको बताइएको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको छ । दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा दक्षिण अफ्रिकी डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स… Continue reading फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु
सुनको मूल्य प्रतितोला डेढ लाख, केहो मूल्य निरन्तर बढ्नुको कारण ?
काठमाडौं । सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो । यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव… Continue reading सुनको मूल्य प्रतितोला डेढ लाख, केहो मूल्य निरन्तर बढ्नुको कारण ?
नेपाल र बंगलादेशबीच १३ साउनमा विद्युत खरीद-बिक्रि सम्झौता हुँदै
काठमाडौं । नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आगामी १३ साउनमा त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (.बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने मिति तय भएको हो । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४०… Continue reading नेपाल र बंगलादेशबीच १३ साउनमा विद्युत खरीद-बिक्रि सम्झौता हुँदै
निगमले असारमा तिर्यो ४३ करोड किस्ता
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार… Continue reading निगमले असारमा तिर्यो ४३ करोड किस्ता
निजी क्षेत्रको अर्थमन्त्रीसँग माग : निजी क्षेत्रको मनोबल उकासौं
काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रको खस्किएको मनोबल उठाउनु पर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच बुधबार भएको छलफलमा महासंघका प्रतिनिधिले अर्थतन्त्र समस्यामा रहेको र आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल बढाउनु पर्नेमा जोड दिए । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकार… Continue reading निजी क्षेत्रको अर्थमन्त्रीसँग माग : निजी क्षेत्रको मनोबल उकासौं
सिमलताल बस दुर्घटना : १७ शव भेटियो
काठमाडौं । मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुमध्ये १७ वटा शव फेला परेको छ। तीमध्ये ९ जनाको सनाखत भएको छ भने ६ पुरूष र २ महिलाको भने सनाखत हुन बाँकी रहेको एपिएफ सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। हालसम्म सनाखत हुनेमा भारतका २८ वर्षीय ऋषिपाल साह, चितवनका २२… Continue reading सिमलताल बस दुर्घटना : १७ शव भेटियो
काठमाडौं महानगरको श्रम बैंकबाट ९११ ले पाए रोजगारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्। ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना… Continue reading काठमाडौं महानगरको श्रम बैंकबाट ९११ ले पाए रोजगारी
नयाँ प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा… Continue reading नयाँ प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट
नयाँ सरकारको पहिलो निर्णय : टीयू क्रिकेट मैदान स्तरोन्नती ३ सय दिनमा सक्ने
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट… Continue reading नयाँ सरकारको पहिलो निर्णय : टीयू क्रिकेट मैदान स्तरोन्नती ३ सय दिनमा सक्ने
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी,… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्त सम्बन्धी कार्यविधि स्वीकृत
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् । ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ। विकास वित्तको विकल्पका रुपमा यो आएको मन्त्री… Continue reading अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्त सम्बन्धी कार्यविधि स्वीकृत
आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि
काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गरे । आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ मन्त्रीसँग सहकार्य हुने उनले बताए ।… Continue reading आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि
काठमाडौं महानगरलाई न्यूरोडमा फुटपाथ बिस्तारमा अदालतले खोल्यो बाटो
काठमाडौं । न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन काठमाडौं महानगरपालिकालाई बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र… Continue reading काठमाडौं महानगरलाई न्यूरोडमा फुटपाथ बिस्तारमा अदालतले खोल्यो बाटो
त्रिशूली नदीमा बसको खोजी आज पनि जारी
काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ । घटना भएको चार दिनपछि आइतबार दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाने भएका छन् । त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज… Continue reading त्रिशूली नदीमा बसको खोजी आज पनि जारी
त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु
काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिएका छन् । शुक्रबारको तुलनामा शनिबार त्रिशूलीमा जलसतह कम छ त्यसकारण पनि खोजीकार्यमा सहज हुने उनले बताइएको छ । नेपाल प्रहरीका एक सय जना भन्दा बढी… Continue reading त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु
राष्ट्रिय परिचय पत्र बीनै समाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइदैं
काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी… Continue reading राष्ट्रिय परिचय पत्र बीनै समाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइदैं
५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । प्राधिकरणले… Continue reading ५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी
शोधनान्तर बचत ४ खर्ब माथि
काठमाडौं । जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ । जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर बचत पनि बढाएको छ । मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा सवा ४ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ… Continue reading शोधनान्तर बचत ४ खर्ब माथि
विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि
काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) साढे १९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति… Continue reading विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि