युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

काठमाडौँ, ३१ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन् ।काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए । उनले देशका युवा आफ्नो… Continue reading युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

त्रिवेणी (नवलपरासी), ३१ जेठः पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली–२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न परिचयपत्र प्राप्त गरेका परिवारलाई पाडी वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई… Continue reading विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम, ३१ जेठः भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ… Continue reading बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

फोहरबाट रोजगारी र आम्दानी

इन्द्राकुमारी केसी/रासस घोडाघोडी (कैलाली), ३१ जेठः कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत छन् । चौधरी अहिले फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै मासिक करिब रु… Continue reading फोहरबाट रोजगारी र आम्दानी

सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

File : President Donald Trump and Ukraine's President Volodymyr Zelenskyy shake hands at the start of a joint news conference following a meeting at Trump's Mar-a-Lago club, Sunday, Dec. 28, 2025, in Palm Beach, Fla. (AP Photo/Alex Brandon)

मस्को, ३० जेठ (रासस–एएनआई) । युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलरभन्दा बढीले वृद्धि भएको रुसी समाचार निकाय (तास) ले शनिबार सार्वजनिक एक समाचारमा जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश भएको समाचारमा उल्लेख गरिएको छ । सन् २०२२ को सुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ । देशको… Continue reading सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ (चीन), ३० जेठः चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् । त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित भएको नेपाली दूतावासले जनाएको छ । पूर्वउपसभामुख इन्दिरा राना मगर… Continue reading नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ, ३० जेठः बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८… Continue reading ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल–राससकाठमाडौँ, ३० जेठः सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ आगामी आर्थिक वर्ष २०८३–०८४ देखि कार्यान्वयनमा ल्याउने तयारी भएको छ । नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्द्धनका लागि करिब रु… Continue reading प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ, ३० जेठः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको हो । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार… Continue reading डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कृष्ण दवाडी–राससकास्की, ३० जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ । बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त थिए । लामो समयदेखि व्यापार गर्दै आएको स्थान… Continue reading आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

२९ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानविन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजिकरण समिति गठन गरेको छ। मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो। आजै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त… Continue reading रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

२९ जेठ, काठमाडौं । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन… Continue reading रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

काठमाडौँ, २९ जेठः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब… Continue reading काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

धरान (सुनसरी), २९ जेठः सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिकf–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनापछि कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा मूलघाट सडक केही समय अवरुद्ध… Continue reading धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडौँ, २९ जेठः बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । बालश्रम अन्त्यका लागि विगत… Continue reading विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला

पोखरा, २८ जेठः संयुक्त अरब इमिरेट्स (युएई)को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएकोे छ । नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि… Continue reading पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला

सुशासनको एजेण्डा बोकेको सरकारले दुई महिनामै धोका दिँदैनः अर्थमन्त्री डा वाग्ले

RSS

काठमाडौँ, २८ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा वाग्लेले आफूले दुई रुपैयाँमा पनि बदमासी वा बेइमानी गरेको भए मन्त्री र सार्वजनिक जिम्मेवारी नै त्यागिदिने बताए । करको दर… Continue reading सुशासनको एजेण्डा बोकेको सरकारले दुई महिनामै धोका दिँदैनः अर्थमन्त्री डा वाग्ले

अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

File तस्बिरः किरणराज विष्ट\रासस

काठमाडौँ, २८ जेठः प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफपश्चात् अर्थमन्त्री डा वाग्लले ‘विनियोजन विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गरे । अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्… Continue reading अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौँ, २८ जेठः सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।… Continue reading सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक

काठमाडौँ, २८ जेठः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ । तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० ऋणी छन् । समितिले गत वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।… Continue reading समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक

रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन

काठमाडौँ, २८ जेठः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री… Continue reading रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

चितवन, २८ जेठः पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो ।… Continue reading मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

मध्यविन्दु (नवलपरासी), २८ जेठः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा क्रेन चालक… Continue reading नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

मान्म (कालीकोट), २८ जेठः पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो । दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला… Continue reading पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

RSS

काठमाडौँ, २७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको अनुमान (बजेट)का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको… Continue reading बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि

File : A general view shows the logo of South Korean online delivery service Coupang, at a building (C) housing the company's headquarters in Seoul on December 9, 2025. South Korean police raided the Seoul headquarters of e-commerce giant Coupang on December 9, over a recent data leak believed to have affected almost two-thirds of the country's population. (Photo by Jung Yeon-je / AFP)

सियोल, २७ जेठ (रासस–सिन्ह्वा) । दक्षिण कोरियाको समायोजित वास्तविक कुल गार्हस्थ उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्याङ्कले मंगलबार देखाएको छ । यो प्रारम्भिक १.७ प्रतिशत अनुमानभन्दा उच्च हो र सन् २०२० को तेस्रो त्रैमासिकपछि सबैभन्दा तीव्र वृद्धि हो । दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार निर्यातमा आएको मजबुत वृद्धि,… Continue reading दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि

एआई’ पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ को ठूलो वित्तीय योजना

सान फ्रान्सिस्को, २७ जेठ (रासस–सिन्ह्वा) ।विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीमध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक सेयर निष्कासन (आईपीओ)तर्फ महत्वपूर्ण कदम चालेको छ । कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोगसमक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ । यद्यपि कम्पनीले हालसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको स्पष्ट पारेको… Continue reading एआई’ पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ को ठूलो वित्तीय योजना

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

गलकोट (बागलुङ) २७ जेठः बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ । कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका… Continue reading तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस

काठमाडौँ, २७ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले आज प्रतिवेदन पेस गरेको छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारीअनुसार गहन ढङ्गले पूरा गरेकामा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक… Continue reading ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस

पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति

राम थापा/रासस गण्डकी, २७ जेठः फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३… Continue reading पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति