काठमाडौं । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेका छन् । विशाल सोमबार साँझ पौने ६ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए । खोजीका क्रममा रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा मृत फेला परेका हुन् ।
Category: स्थानीय
-

झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै
काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट व्यवस्थापन सरोवर होटल्सले गर्ने भएको हो । दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन सरोवर होटल्सले गर्ने गर्छ । यसले नेपाललाई विश्व लक्जरी बजारमा महत्त्वपूर्ण योगदान दिने कम्पनीले जनाएको छ ।
यो परियोजनाको नेतृत्व ग्लोबल इक्विटी फन्ड लिमिटेड अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक आशिष ढकालले गरेका छन् । रोयल ट्युलिपले नेपालमा नयाँ लक्जरी मापदण्ड स्थापना गर्ने दाबी कम्पनीको छ । बूढानीलकण्ठको शान्त वातावरणमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० मिनेट यात्रामा पुगिने छ । २६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ७५ कोठा रहने छन् । आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्य एकीकृत गर्ने गरी कोठा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यहाँ एकैपटक ५ सय जनालाई सेवा दिने ब्यांक्वेट हल, विश्वस्तरीय स्पा, स्टिम रुम, निजी ज्याकुजी र अन्य वेलनेस सुविधा उपलब्ध हुनेछन् । स्वदेशी तथा विदेशी पाहुनाका लागि शान्त र अद्वितीय ‘होलिडे’ अनुभव दिलाउने विश्वास लगानीकर्ताको छ । सरोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा रोयल ट्युलिप ब्रान्ड प्रवेशले उत्साह थप्ने बताए ।
‘नेपाल भारतीय र अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बन्दैछ, र हामी यस जीवन्त बजारमा सेवा विस्तार गर्न पाउँदा खुसी छौं,’ उनले भने । यस होटलमा १ अर्ब ८० करोड लगानी हुने भएको छ । रोयल ट्युलिप सरोवर होटल्सको औपचारिक हस्ताक्षर कार्यक्रम मंगलबार नयाँदिल्लीमा गर्ने योजना छ ।
कम्पनी अध्यक्ष कुँवरले रोयल ट्युलिपलाई नेपाल ल्याउन पाउँदा गर्व महसुस भएको बताए । उनले यस रिसोर्टले देशमा लक्जरी आतिथ्यको नयाँ स्तर स्थापित गर्ने दाबी गरे ।
-

कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति तिर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै क्षतिपूर्ति दिनुपर्ने विषय उठाएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड पनि दिए। ‘हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ,’ उनले भने। सम्बोधनपछि प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको थियो।
-

चितवनमा मोटरसाइकल दुर्घटना, दई जनाको मृत्यु
काठमाडौं । चितवनको नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। राति सवा १ बजेतिर शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर २ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए।
दुर्घटनामा नवलपुरको गैंडाकोट ५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा लमजुङको दुधपोखरी ६ बस्ने बर्ष ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक थापा र मोटरसाइकलमा सवार गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको रिजालले बताए।
-

महतोले गठन गरे नयाँ पार्टी
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।
नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ । महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।
-

कैलालीमा जेल भित्रै एक बन्दीको मृत्यु, अनुसन्धान हुँदै
काठमाडौं । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।
ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।
-

विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु
काठमाडौं । नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे । उनले गरिबी न्यूनीकरण, उत्थानशील निर्माण र भावी पुस्ताको मानव पूँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताए । ‘नेपालले आफ्नो मानव पूँजी निर्माणमा लगानी बढाउँदै गरेको समयमा सम्मेलन आयोजना भएको छ, हामी भावी पुस्ता र बालबालिकाका आवश्यकता पूरा गर्न थप समावेशी सामाजिक संरक्षण प्रणाली निर्माण गर्न प्रतिबद्ध छौं,’ उनले भने ।
नेपाल तीव्र आर्थिक, सामाजिक र जनसाङ्ख्यिकीय परिवर्तनबाट गुज्रिरहेको भन्दै अझै २० प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी बाँचिरहेको बताए ।
उनले आर्थिक–सामाजिक असमानता अझै पनि चिन्ताको विषय रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले १६औं योजनामार्फत मानव पूँजी निर्माणलाई उच्च प्राथमिकता प्रदान गरेको र यसका लागि बालबालिकामा लगानी बढाउन आवश्यक रहेको बताए ।उनले मानव विकास साधन र साध्य दुवै हुने तथ्यलाई बिर्सन नहुने बताए । युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय बिजेसेकराले सर्वव्यापी बाल अनुदान कार्यक्रममार्फत गरिबीको अन्तर चक्रलाई तोड्न सकिने बताए । यो सम्मेलनले सन् २०१९ को सामाजिक संरक्षण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले उठाएका मुद्दालाई अझ अगाडि बढाउने विश्व बैंकले जनाएको छ ।
सम्मेलनले बालबालिकाको सामाजिक संरक्षणलाई सुदृढ गर्ने र बाल अनुदानको विस्तार, एकीकृत सामाजिक लगत स्थापना, नगद प्लस दृष्टिकोणको बढ्दो प्रयोग, उत्पादनमूलक क्षेत्रमा लगानी, औपचारिक र अनौपचारिक क्षेत्रका लागि रोजगारी र सामाजिक सुरक्षा जस्ता नीतिगत बहसमा जोड दिइएको छ । सम्मेलनमा नेपाल सरकार, युनिसेफ, विश्व बैंक र विश्वव्यापी सामाजिक संरक्षण क्षेत्रका विज्ञ र विभिन्न क्षेत्रका सरोकारवाला सहभागी छन् ।
-

भोटेबहालको गेष्टहाउसमा एक जना मृत फेला
काठमाडौं । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मङ्लबार दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीन तलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ
काठमाडौं । छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
२७ साउन, दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।खोजतलास गर्ने क्रममा २८ साउनको बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेो ठोस्ने खोला ती बालिकाको शव भेटिएको थियो । पानीको डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको थियो। उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
प्रहरी अनुसन्धानका क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार समेत गरेको एसपी सुवेदीले बताए । पक्राउ परेकी प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
-

नागढुंगा पहिरो : सवारी सूचारु, चापमा गुडिरहेका छन् गाडी
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा नजिक खसेको पहिरो पन्छाइएकोछ । अहिले सवारी साधन चल्न थालेका छन् । तर, लामो ट्राफिक लाइनको सामना गर्नु परेको छ । यस सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो लाइन बनेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ ।
पहिरो पन्छाएर सवारी सूचारु भएको भए पनि स्याउले नजिकै एक ट्रक बिग्रिएको छ । जसले यातायातर्ला निर्वाध सञ्चालनमा असर गरेको हो । सोमबार नागढुंगा मन्दिर नजिक पहिरो खसेपछि मध्यरातसम्म गाडीहरुको जाम थियो ।
-

नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प
काठमाडौं । नागढुंगा सुरूङमार्ग नजिकै पहिरो जाँदा बाटो अवरूद्ध बनेको छ । धादिङ धुनिबेँसी नगरपालिका ९ स्थित खत्रीपौवा भन्ने ठाउँमा लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरूद्ध भएको प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए। उनका अनुसार बेलुकी छ बजेतिर लेदोसहितको पहिरो खसेको हो।
दिउँसो भएको भारी वर्षाका कारण लेदोसहितको पहिरो खसेर राजमार्ग अवरूद्ध भएको उनले जानकारी दिए । नागढुंगा सुरूङमार्ग नजिकै भएकाले त्यहाँका एक्सकाभेटरले राजमार्ग खोल्ने गरी काम जारी छ । पहिरो निरन्तर खसिरहेको हुँदा काम गर्न समस्या भएको छ । रातको १० बजेसम्म समेत बाटो नखुल्दा दुबै तर्फ गाडीको लामो लाइन लागेको छ ।
-

नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् ।
‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’, उनले भनेका छन्, ‘तपाइँको लागि हामी छँदै छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि ।’
मेयर बालेनले खोला किनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएकोसमेत स्पष्ट पारेका छन् । ‘खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्न’, उनले भनेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’
नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै आएको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेले माग गरेको छ ।
-

जाजरकोटमा पहिरो जाँदा दम्पत्ति बेपत्ता
काठमाडौं । जाजरकोटमा गत रात पहिरोमा पुरिएर एक दम्पत्ति बेपत्ता भएका छन् । एक बालिका गम्भीर घाइते छिन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको प्रहरीले बताएको छ ।
जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएका हुन् ।
घटनास्थल वाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको उनलाई उदृत गर्दै गोरखापत्रले लेखेको छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए ।
-

पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग
काठमाडौं । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।
गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।
-

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गैंडाकोट११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् । घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।
-

बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता
काठमाडौं । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् ।
कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । बेपत्ता कमलको खोजी भइरहेको छ ।
-

धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए ।
उनका अनुसार उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो । डुब्ने बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको प्रहरी निरीक्षक साहले बताए ।
घटना साढे ७ बेजेतिर साँझको हो । तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सबै भोजमा व्यस्त रहेका बेला उनीहरु पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने वडाध्यक्ष गंगा साहले जानकारी दिए । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

गोदावरी खोलामा एक पुरुषको शव फेला
काठमाडौं । ललितपुरको गोदावरी खोलामा एक पुरुषको शव भेटिएको छ । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित गोदावरी खोलामा पुरुषको शव भेटिएको हो । ती पुरुषको शव सनाखत हुन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
-

च्यासल पुलबाट हाम फालेकी युवती मकवापुरमा मृत फेला
काठमाडौं । ललितपुर महानगरपालिका ९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ। १६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो। उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।
मृतकका आफन्तले शव सनाखत समेत गरिसकेको उनले बताए । च्यासलबाट बागमती नदीमा हामफालेकी युवती खोजी गर्ने क्रममा पुलमुनि अन्जली शर्मा, घर रुकुम मुसिकोट लेखिएको नोटसहितको झोला र मोबाइल भेटिएको थियो।
-

बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी
काठमाडौं । बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाका कारण शरीरमा पानीको कमी भएकाले मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।
यही भदौ १४ गतेदेखि गेग्ली गाउँका श्यामलाल पासीको घरका सदस्यहरु झाडापखालाबाट बिरामी परेका थिए । ७५ वर्षीया शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र एक वर्षकी नाबालिका नन्दनीको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको थियो । सोही गाउँका १० वर्षीय युसुफ अलीको पनि मृत्यु भएको थियो । उनीहरुमा सुरुमा ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा हुने गरेको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र साहका अनुसार बिरामीहरुले सीमावर्ती भारतको क्लिनिकमा गएर उपचार गराएको र सोही क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनको भनाइ छ । सो घटनाबारे स्वास्थ्य कार्यालयले अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमीका कारण उनीहरुको मृत्यु भएको उल्लेख छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख साहले मृतकका आफन्तले समयमा उपचार नगराएको कारण अकालमा ज्यान गएको बताए । ‘समयमै जाँच गरेको भए रोग पहिचान भएर उपचार हुन्थ्यो’, उनले भने, ‘चेतनाको कमीले गर्दा र परिवारका सदस्यको लापरवाहीले गर्दा अकालमा ज्यान गएको हो ।’
नरैनापुर गाउँपालिका ३ कालाफाँटामा पनि झाडापखालाका बिरामीहरु फेला परेका छन् । एक जनाको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । झाडापखालाका बिरामी भेटिएका गाउँमा स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य जाँच गरिएको छ । स्थानीयलाई पानी शुद्धीकरणका लागि आवश्यक औषधि पनि वितरण गरिएको छ ।
– राससको सहयोगमा
-

मनोहरामा हाम फालेर किशोरी बेपत्ता, खोजी जारी
काठमाडौं । मनोहरा खोलामा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ७ बजे ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित पुलबाट मनोहरा खोलामा हामफालेकी १९ वर्षीया अञ्जली शर्माको खोजी सोमबार बिहानबाट पुनः सुरू गरिएको हो। आइतबार अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएकी थिइनन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजी गर्न २३ जनाको टोली परिचालन गरिएको छ।
नम्बर २१ दक्षिणकाली गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जना र नम्बर २० विपद् उद्धार गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ९ जनाको टोली खटाइएको डिएसपी थापाले जानकारी दिए। सोमबार किशोरी हामफालेकी पुलमुनीबाट उनको मोबाइल र कागजपत्र भेटिएको थियो। सोही आधारमा किशोरी रूकुम मुसिकोट घर भई बालकुमारीमा डेरा गरी बस्दै आएकी २० वर्षीया अन्जली शर्मा रहेको खुलेको थियो। -

रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्। पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका हुन्। ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ-बज्छ,’ उनले भने।
सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने पनि बताए। ‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ। कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ,’ उनले भने। तर घन्टी बोकेर मात्रै नजितिने पनि कार्यकर्ताहरूलाई सभापति लामिछानेले बताए। ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइन्नँ। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ। घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेण्डा बाक्नुपर्छ,’ उनले भने।
ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको पनि उनले बताए। ‘२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौं,’ उनले भने। सहकारीको विषयमा लामिछाने आफूले कुनै कमजोरी नगरेको पनि दाबी गरे। ‘हुँदै नभएको प्रमाण १२१४ महिना खोज्दा भेटेनन्। भेटेका भए किन छाड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकी, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने।
-

नवलपरासीमा सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा तीन जनाको ज्यान गयो
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो । सेप्टिक ट्याङ्कीभित्र तीन जना बेहोस भई लडिरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

पाँचथरमा ग्रिनेड विष्फोट, दुई बालबालिकाको ज्यान गयो
काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो ।
विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको छ । विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।
त्यो फलामको डल्लोमा खिया लागेको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ । सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा थाहा हुने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
-

बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु
काठमाडौं । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डिएसपी डाँगीले बताए ।
यसअघि सोही दुर्घटनामा परेर दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगन्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा परेका घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ -

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक पक्राउ
काठमाडौं । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही छन् ।
उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए । बालिकाहरुलाई होटलको कामको बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
उनीहरुले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा बालिकाहरुलाई पठाएको पनि पाइएको उनले बताए । उनीहरुको गेस्ट हाउसबाट प्रहरीले ५ बालिका उद्धार गरेको छ ।
-

खोटाङमा पोखरीमा डुबेर एकै घरका दाजु -बहिनीको निधन
काठमाडौं । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुइवटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताएका छन् ।
घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाका लागि आफ्नै नेतृत्वमा जिल्लाबाट प्रहरी टोली जाँदै गरेको उनको भनाइ छ । खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हिउँदको समयमा स्थानीय उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए ।हाल बर्खामा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए । सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय रसकुमार राईले बताए । मृतक संगम स्थानीय कलङ्का आविमा कक्षा २ मा अध्ययनरत थिए । बुवा गयन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गयन्द्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
-

पाल्पामा कार दुर्घटना, भारतीय चालकको मृत्यु
काठमाडौं । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका १ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो । दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

रामेछापमा पहिरो, दुईको मृत्यु-८ बेपत्ता
काठमाडौं । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि गयराति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको शव भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र ८ जना अझै हराइरहेकाले खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिए ।
उहाँका अनुसार अहिलेसम्म पहिरोले पुरिएका स्थानीय भिमबहादुर थापामगरको घरमा रहेका ३ जना मध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सो घरमा रहेका भिमबहादुरकी छोरी चण्डीका थापामगर र उनका नाबालक छोराको शव निकालिएको छ । चण्डीका स्थानीय एक आधारभूत विद्यालयका शिक्षिका हुन् ।बेपत्ता भनिएका ८ जना मध्ये स्थानीय उर्मिला पहरीको घरमा रहेका ४ जना , काले पहरीको घरमा बसेका ३ जना र एक घरमा रहेकी एक महिलाको खोज कार्य जारी रहेको वडा सदस्य कँडेलले बताए । बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ । गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका ह्युमपाइप बगाएको स्थानीयले बताएका छन् ।