Category: स्थानीय

  • दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता

    दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता

    काठमाडौं । दाङको घोराही(तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गतराति दुईवटा अटोरिक्सा बगाएको छ ।
    तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    यसैबीच दाङको घोराही(तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएका तुलसीपुर ७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो।

  • इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । इलाममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका १० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए ।

    मोटरसाइकल चालक माई नगरपालिका-१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् । विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ ।

    उनीहरू दुवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ । रासस

  • भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

    भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।

    प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ । रासस

  • एमाले पार्टी कार्यालय आसपास पुनः डुबान

    एमाले पार्टी कार्यालय आसपास पुनः डुबान

    काठमाडौं । रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुगेको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको छ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो ।

    अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

    सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।


    ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।

  • पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

    पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

    काठमाडौं । पश्चिम नेपालमा अविरल वर्षाले पुन क्षति पुर्याउन सुरु गरेको छ । पहिरोले डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।

    खरखरे भिरमा ठूला-ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेंसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।

  • गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

    गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

    काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।

    गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

  • धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

    धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

    काठमाडौं । भंगहा (जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो । रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् ।

    रेलको लिक छेउबाट हिड्ने बाटो छ । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए । दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

  • तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

    तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

    काठमाडौं । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका(११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए ।

    तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुन्। पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए। डीएसपी पण्डितका अनुसार नदीमा हराएका विप्रन पाण्डेको खोजी भइरहेको छ।

  • पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु

    पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु

    काठमाडौं । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ। महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

    गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको तीन किलोमिटर तल काफलखेत नजिक सपना र करिब सात किलोमिटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको हो।

    उद्धारको प्रयास भए पनि खोला धमिलो र बहाव पनि धेरै भएको कारण केहिगरी उद्दार गर्न नसकेको स्थानीय बिष्णु बुढाले बताउनुभयो। मृतक दुबै जना मालिका मावि बाँसीको कक्षा ९ का विद्यार्थी हुन्।

  • रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु

    रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

    राति स्थानीय र प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए । तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्‍याउन नसकिएको इन्सपेक्टर न्यौपानेले बताए । स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

  • काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु

    काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु


    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

    जहाजमा दुई क्याप्टेनसहित १९ जना सवार थिए । सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी भएको खुलेको छ । यसमध्ये क्याप्टेनको जिवितै उद्दार गरिएको छ भने १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

  • लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री

    लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री

    काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम निश्चित गरेको छ । कांग्रेसकोभागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण हुँदैछ ।

    लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका थिए ।

    कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम करिब–करिब फाइनल भएको छ । न्यौपाने बाहेक ४ जना संस्थापन समूहका हुन् ।

  • बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

    बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ ।

    यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा सो सम्भावनाबारे उल्लेख छ ।

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । त्यसैले देशैभर साधारणतया बदली छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको छ ।

    पछिल्लो ६ घण्टायता गण्डकी प्रदेशको नवलपुर देउरालीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । त्यहाँ ४५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी धादिङको गजुरीमा २८.२, गोरखाको बारपाकमा २६.६, लम्जुङको बेंसीशहरमा २३.८ र पाल्पाको अर्चलेमा २१.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

  • बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक

    बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक

    काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
    पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो ।

    साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।

    विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।

    सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ । अत्यावश्यकीय मालबाहक बाहेकका गाडी नचलाउन आग्रह गरिएको छ । दुई वर्ष अघि पनि हिउँदे खोलामा सडक भासिएर एक हप्तासम्म सवारी साधन सञ्चालनमा कठिन भएको थियो ।

  • बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त

    बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त

    काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन् । कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो मात्र दाबी पेस भएको थियो।

    प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका थिए ।

  • त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?

    त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?

    काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ । आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी गर्न लागिएको छ ।

    खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोज्न लागिएको हो । नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

    शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १८ जनाको सनाखत भएका छन् । बाँकी यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । बस र यात्रुहरुको खोजीमा गत शनिबारदेखि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) टोलीसमेत परिचालित भएका छन् ।

  • सिमलताल पहिरो : अहिलेसम्म २५ जनाको शव फेला

    सिमलताल पहिरो : अहिलेसम्म २५ जनाको शव फेला

    काठमाडौं । चितवनको सिमलताल पहिरोले बगाएका दुई बसमा सवार यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। असार २८ गते बेपत्ता भएको बस तथा यात्रुको खोजीका नेपाली सेना र नेपाल प्रहरीसमेत छिमेकी देशबाट आएका विज्ञ सक्रिय छन्। तर अहिलेसम्म दुवै बस फेला परेका छैनन्।

    वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा पहिरोसँगै खसेका थिए।

    शनिबार दिउँसोसम्मा प्रहरीले ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदिप विका, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोक कुमार यादव, ऋषिकुमार सिंह, विवेककुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछानेको सनाखन भएको प्रहरीले बताएको छ। अहिलेसम्म शव भेटिएकामध्ये ६ पुरुष र दुई महिलाको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ।

  • मुस्ताङमा माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    मुस्ताङमा माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं । मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्र्याक खन्ने क्रममा माटोको ढिस्कोले दुई जनालाई पुरेको हो। माटोको ढिस्कोले पुरिएका दुबै जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    मृतक सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका १ बस्ने ३० वर्षीय रवि दर्लामी मगर छन्। उनीहरू माटोको ढिस्कोले परिएको खबरपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएर शव निकालेको हो।

  • मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

    मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

    काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ। विपदमा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


    उनका अनुसार विपदमै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् । यसै गरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ ।

    बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताउनुभयो । उनले भने , “बाढीपहिरोलगायत विपदमा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।”

    सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् । रासस

  • त्रिशूलीमा वेपत्तामध्ये १९ शव फेला, १४ को सनाखत

    त्रिशूलीमा वेपत्तामध्ये १९ शव फेला, १४ को सनाखत

    काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् । बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् ।

    आज मात्रै ५ वटा शवको सनाखत भएको छ । असार ३१ गते पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको आज सनाखत भएको छ । यस्तै, गरुडा ९ रौतहटका ९ बर्षीय बालक अशोककुमार यादव, सखुवा प्रसौनी २ पर्साका २८ बर्षियाा महिला चन्द्रप्रभा कुमारी चौधरीको शवको सनाखत भएको छ ।

    उनीहरुको शव असार ३१ गते विनय त्रिवेणीमा भेटिएको थियो । उनीहरु दुबै जना काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । यस्तै, मंगलबार मात्रै गैंडाकोट ७ मा शव भेटिएका शितामणि थाना भारतका २७ वर्षीय विवेक यादव र मध्यविन्दु १२ पूर्वी नवलपरासीमा शव भेटिएकी वौधिमाई ७ रौतहटकी २९ वर्षीया अमृताकुमारी सनाखत भएको छ । सनाखत भएका ४ जना नै काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । भरतपुर सरकारी अस्पतालमा ३ वटा शव छन् ।

    आज मात्रै भरतपुर महानगरपालिका वडा नं. २७ सालबासमा एक र पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ७ मा रहेको नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलमा थप १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनीहरुको शव भरतपुर अस्पतालमा ल्याउने काम भइरहेको छ ।

  • भक्तपुरमा बालिका माथि करणी गरेको आरोपमा एक पक्राउ

    भक्तपुरमा बालिका माथि करणी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सिन्धुली गोलन्जोर गाउँपालिका ५ घर भई चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ३८ वर्षीय नवराज श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।

    श्रेष्ठले बालिकालाई कमलबिनायक बसपार्कको शौचालय नजिकै सनिबार राति बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • धनगढीले चलाउने भयो ६ नगरबस

    धनगढीले चलाउने भयो ६ नगरबस

    काठमाडौं । धनगढी उपमहानगरपालिकाले नगरबस चलाउने भएको छ । उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको हो । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको जनाएको छ ।

    बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले मंगलबार ठेक्का समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका कार्यालयले १० वर्षसम्मका लागि बस सेवा सञ्चालनका लागि ठेक्का लगाइने उल्लेख गरेको छ ।

    जारी सूचनामा मूल्य अभिबृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । जारी सूचनाअनुसार उपमहानगरपालिकाले १० वर्षका लागि बस सेवा सञ्चालनको ठेक्का लगाउनेछ । प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।

    पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम, बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ । बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रुटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

  • पश्चिम रुकुममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

    पश्चिम रुकुममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाएको छ । घटनामा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गतराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिएका छन् ।

    उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् ।

    उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो । प्रहरी टोलीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्बर १२ को भिमचौरमा गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको छ । घटनास्थलमा प्रहरी र नेपाली सेना उद्दारमा खटिएको छ ।

  • नारायणी नदीमा सोमबार भेटिए ९ शव

    नारायणी नदीमा सोमबार भेटिए ९ शव

    काठमाडौं । नारायणी नदीमा सोमबार थप ९ शव भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् । त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो । आज भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ ।

    सुदिप विकको शव उनका बुबाले सनाखत गरेका हुन् । पहिचान भएको फिरोज राहुप मियाको परिवारले सनाखत गर्न बाँकी छ । उनीहरू दुवै शुक्रबार भएको सिमलताल बस दुर्घटनाका बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । अन्य पनि सोही दुर्घटनाका बेपत्ताहरू हुन सक्ने जनाइएको छ ।

    सिमतालको पहिरोमा परी गत शुक्रबार दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । जसमा ६५ यात्रु भएको पुष्टि भएको छ । हालसम्म १४ शव फेला परे पनि ७ वटाको मात्रै सनाखत भएको छ । बसमा रहेकामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए ।

  • नारायणी नदीमा आइतबार थप चार शव फेला

    नारायणी नदीमा आइतबार थप चार शव फेला

    काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् । यसअघि पाँच शव फेला परेको थियो ।

    नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ । शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतामा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा पुर्‍याएको थियो । ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर किनारामा निस्किएका थिए । अहिलेसम्म अन्य यात्रु र बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

  • नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

    नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

    काठमाडौं । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

    परियार भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको पाइएको छ । माझी काठमाडौँबाट सर्लाही जाने क्रममा बस दुर्घटनामा परेको खुलेको छ । शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उनको पहिचान खुलेको थियो ।

    प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख नभए पनि उनीहरु चलानी काटी सकेपछि बसमा बिच बाटोबाट यात्रा गरेको बताइएको छ ।

    शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

  • भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

    भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

    काठमाडौं । शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ ।

    अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः खोजी सुरु गर्ने गरी शनिबारको अभियान सकिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने छ ।

    घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताए ।

    त्यस्तै नारायणी नदी तटीय क्षेत्रमा र्‍याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले खोजी तथा उद्दारका लागि सबै खालका प्रयासहरुलाई जारी राखेको जनाएको छ ।

    शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३(००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

    वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।

    यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।

    शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।

  • त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

    त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

    काठमाडौं । त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

    बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका २९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।

  • पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

    पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

    काठमाडौं । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्।

    डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो। उनीहरूको आजै सामुहिक अन्त्येष्टी पनि गरिएको छ ।

  • त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

    त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको छ । बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।

    उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले बताएका छन् । १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् । सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।