बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गत राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिएको थियो । सो क्रममा चालक डडेलधुरा घर भइ काठमाण्डौको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको ज्यान गएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको… Continue reading बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

प्यूठान । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। नौबहिनी गाउँपालिका(४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको… Continue reading बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण… Continue reading कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ बाङ्गेपहिरोमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका-२ का… Continue reading म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

विराटनगर । मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी गराएका… Continue reading मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन समस्या देखिएको छ । मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको छ । दिउँसा हेलिकोप्टरबाट पानी खन्याइएको छ । तर, त्यसले पनि आगो नियन्त्रणमा आइसकेको छैन । प्रहरीका अनुसार साँझ पछि हेलिकोप्टरको प्रयोग रोकिए पनि दमकल तथा अन्य माध्यमबाट आगो निभाउने प्रयास… Continue reading शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीविपरीत गतिविधि गरेको भन्दै कांग्रेसले मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई कांग्रेसको सदस्यबाट निकालेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरि यस्तो जानकारी गराएका छन् । मल्ललाई साधारण सदस्यसमेत नरहने निष्काशनमा परेका हुन् । ‘कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं… Continue reading एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीको जिल्लामा कांग्रेस पूर्वजिल्ला सभापति निष्काशित

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रे घर भइ अहिले भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षका ज्ञानेन्द्र मल्ल ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते… Continue reading टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

काठमाडौं । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । यसससँगै अनौपचारिक रुपमा एकिकृत समाजवादीले खाता खोलेको छ । तर, यसको औपचारिक घोषणा भने निर्वाचन पछि मात्र हुने छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत… Continue reading डोल्पामा एकिकृत समाजवादीले दुई गाउँपालिका अध्यक्षमा खाता खोल्यो ?

भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएको छ। उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई सघाउने निर्णय गरेको छ । यहाँ गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल उमेदवार छिन् । गठबन्धनमा असन्तुष्टी जनाएको कांग्रेसका केही नेताले स्वतन्त्र उमेदवारी समेत दिने तयारी गरेका छन् । राप्रपाले… Continue reading भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

बुटवल । बुटवलको जंगलमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो। उनीहरु चैत ६… Continue reading बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गको धादिङ, थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा कारमा सवार ५ जनाको नै… Continue reading धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको… Continue reading काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

प्रदेश सांसद झाको निधन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की मधेस प्रदेश सांसद डिम्पल झाको निधन भएको छ । उनी रौतहटको स्थायी बासिन्दा हुन् । लोसपा नेता तथा संघीय सांसद अनिल झाकी जीवनसाथी उनी क्यान्सरबाट पीडित थिइन् । झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत बनेकी थिइन् । अल्पायुमै भएको उनको निधनप्रति शोक व्यक्त गरिएको छ ।

आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की… Continue reading आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन्… Continue reading सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

प्रतिकात्मक तस्वीर

कपिलवस्तु । कपिलवस्तु, गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमले जनाए अनुसार गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक जेसी… Continue reading कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।

भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

File Photo

काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्रामा च्यापिएर भएको घटनामा एक जनाको मृत्यु भएको छ । बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने पाँच बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले च्यापेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनको उपचारका क्रममा ज्यान गएको… Continue reading भक्तपुरमा बिस्केट जात्राको रथमा च्यापिएर एक जनाको मृत्यु

आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

काठमाडौं । आगामी बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि आजबाट आचार संहिता लागु हुँदैछ आज मध्यरातिदेखि लागु हुने भएको छ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार आजबाट मतदानको दिनसम्म यो आचार संहिता कार्यान्वयन हुने छ । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा… Continue reading आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

काठमाडौं । काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार गोकर्ण नगरपालिका ६ स्थित जगडोल पार्क नजिकै जंगलमा महिलाको शव फेला परेको हो । महानगरीय परिसर काठमाडौंका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो। महिलाको पहिचान भने खुलेको छैन । प्रहरीका अनसार ३०\३५ वर्ष उमेरको जस्तै लाग्ने महिलाको शव भेटिएको हो… Continue reading काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

ललितपुरमा कारको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो। कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

प्रतिकात्मक तस्वीर

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली हानि एक भारतीय नागरिकको हत्या भएको छ । प्रहरीका अनुसार सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पप्प नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो । महतोमाथि बुधबार साँझ ७ः३० बजेतिर गोली प्रहार भएको… Continue reading सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले… Continue reading काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर भएको घटनामा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार घटना भएको हो । बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सो क्रममा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा… Continue reading बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

दुई छोराछोरीसहित आमाले गरिन् आत्महत्याको प्रयास, छोराछोरीको ज्यान गयो

महोत्तरी (रासस) । महोत्तरीको औरही नगरपालिका १ मा शुक्रबार राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजित कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको… Continue reading दुई छोराछोरीसहित आमाले गरिन् आत्महत्याको प्रयास, छोराछोरीको ज्यान गयो

भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि स्थानीयले आन्दोलन समेत गरेका छन् ।… Continue reading भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नयाँपाटीमा टिपले किचेर दुई बालिकाको मृत्यु भएपछि सो क्षेत्र दिनभर असान्त बनेको छ । स्थानीयले प्रशासनको वेवास्ता र टिपर चामलको लापरवाहीको विरोधमा दिनभर जसो विरोध गरिरहे । बुधबार बिहान दिदीबहिनी सृष्टि र श्रेया घिसिङलाई बुबासँगै विद्यालय जाने क्रममा टिपरले किचेको थियो । स्थानीयका अनुसार टिपरले ब्याक गरेर बाइकमा सवार उनीहरुलाई… Continue reading सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

जनकपुर । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको ज्यान गएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते… Continue reading धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले

उदयपुर । उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको हो । सात घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो लागेको आगोका कारण स्थानीय ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका… Continue reading उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले