Category: स्थानीय

  • चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या

    चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या


    काठमाडौं । तिहारकाे समय पारेर गैेंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेको नेपाली संचारमाध्यमले जनाएका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टर साैराहाकाे प्यारीढाप पाेष्ट नजिकै दुईवटा वयस्क पाेथी गैंडा तस्करले मारेको खबर छ । दुबै गैंडालाई तस्करले खाल्डाेमा पारेर मारि खाग र खुर काटेर लगेको बताइएको छ । घटनाको बारेमा निकुञ्ज प्रशासनले अहिलेसम्म सूचना सार्वजनिक गरेको छैन ।  गैंडा एक हप्तादेखि १० दिन अगाडि मारेको हुनसक्ने अाशंका गरिएको छ। याे क्षेत्र मानिसहरूकाे चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र मानिन्छ । तस्करहरूले पहिले पहिले गैंडा मार्न खाल्डाे बनाउने विधि प्रयाेग गर्थे । खाल्डाे बनाउँदा बन्दुकको अावाजसमेत खासै अाउँदैन। गैंडा पस्ने खाल्डो तस्करले खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नअाउनु निकुञ्ज प्रशासनकाे लापरबाही भएको समाचारमा उल्लेख छ ।

  • फेरी गाउ पस्यो ध्रुवे, नियन्त्रणमा दिन टोली परिचालन

    फेरी गाउ पस्यो ध्रुवे, नियन्त्रणमा दिन टोली परिचालन

    काठमाडौं । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।

    उनले भने, “हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ ।” हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उनले बताए । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उनले जानकारी दिए । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उनले बताए । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

    निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उनले भने, “हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले साँझ र बिहानीपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कान अनुरोध गर्दछौँ ।” निस्कनै परे टच लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । यस हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।

  • ठमेलमा सीसी क्यामरा जडान गरिँदै

    ठमेलमा सीसी क्यामरा जडान गरिँदै

    काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरू गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो। परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताए।

    उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसी क्यामरा जडान हुनेछन्। यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।


    ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सिसी क्यामरा जडानलाई अगाडि बढाइएको बताए। विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ।

  • मुगुमा चार जनाको सामुहिक हत्या आफन्तबाटै भएको पुष्टी

    मुगुमा चार जनाको सामुहिक हत्या आफन्तबाटै भएको पुष्टी

    काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

    टोलीले घटनामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको थियो । दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

    हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो । यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, सात वर्षकी छोरी अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो ।

    हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ । घरमा दसैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।

    हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरालाई भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेका थिए । दीपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाई दिएको कारण रिस साँधेको प्रहरीले बताएको छ ।

    उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ । २०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०(१२ तोला सुन लुटपाट गर्ने योजना बनाई सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आई गोपालको घरमा बसेको, ७ गते र ८ गते राति गोपालको पुरानो गोठमा लुकी बसेको, गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए ।

    हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरि लुटी लिएर फरार भएका थिए । प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाई हिँडेका थिए । गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए । प्रहरीका अनुसार अनुसन्धान टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराज शाहीले लुकाइछिपाइ राखेको नगद रु एक लाख ७९ हजार, निजकै नामको राहदानी, मुगुबाट गएको बसको टिकट फेला पारेको थियो ।

    घटनाको अनुसन्धानका लागि सुरुदेखि जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको टोली र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको दुई वटा अनुसन्धान टोलीले घटनास्थलमै खटिएर अनुसन्धान गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० का प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट आएको नतिजालाई केलाएर प्रहरीले मुगु सामूहिक हत्याका आरोपी प्रक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा सीआइबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो ।

    अनुसन्धानमा चार टोलीका १४ सदस्य खटिएका थिए । प्रत्यक टोलीलाई छुट्टाछुट्टै क्षेत्र बनाएर अनुसन्धान गरिएको थियो । प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि सामूहिक हत्याको थप अनुसन्धान जारी रहने पनि प्रहरी नायब महानिरीक्षक ढकालले बताए । रासस

  • मुगुमा एकै परिवारका चार जनाको हत्या गर्ने एक जना पक्राउ, आज सार्वजनिक गर्ने तयारी

    मुगुमा एकै परिवारका चार जनाको हत्या गर्ने एक जना पक्राउ, आज सार्वजनिक गर्ने तयारी

    काठमाडौं । मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ । घटना बाहिरिएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रहरी स्रोत उदृत गर्दै समाचारमा उल्लेख गरिए अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका छन् । यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्नता रहेको प्रहरीले बताएको छ । यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । गोरखबहादुर मृतकका नातेदार पर्ने समेत प्रहरीको भनाई छ ।


    कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो। कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए।

  • ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

    ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

    दुर्घटनामा ट्याक्सीमा रहेका ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

  • यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने

    यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

    भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएकोले राष्ट्रपति पौडेलले सोमबार २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

  • डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका(५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।

    घाइते हुनेमा हिमाली गाउँपालिका( ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।

    घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका ४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

  • नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७

    नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

    भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका डिएसी थापाले जानकारी दिए। घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार जारी छ। ७ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

  • भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

    भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

    काठमाडौं । भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।

    ‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    जाजरकोटको बारेकोट गाउँपालिका(१ स्थित रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यान सहित जिल्लाका क्षेत्रमा धेरै जनधनको क्षति भएको मन्त्रालयले बताएको छ ।

    भूकम्पमा परी मृत्य भएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन प्रभावित जिल्लाका सबै स्थानीय निकाय एवम् स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई अनुरोध समेत गरेको छ ।

  • भूकम्पबाट घाइते ७ जनालाई जहाजबाट काठमाडौं ल्याइयो

    भूकम्पबाट घाइते ७ जनालाई जहाजबाट काठमाडौं ल्याइयो

    काठमाडौं । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो । निगमको एक ट्विनअटर जहाज शनिबार बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ ।

    उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ । दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौँ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।

  • भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री

    भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री

    काठमाडौं । भूकम्पले क्षतिग्रस्त जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्। उनी जाजरकोटकै हुन्। गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट गएका थिए।

  • भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु

    भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु

    काठमाडौं । गत राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

  • सुरक्षा बल र सरकारी अस्पतालका डाक्टर बोकेर सेनाको हेलिकप्टर र निगमको जहाज रुकुम उडे

    सुरक्षा बल र सरकारी अस्पतालका डाक्टर बोकेर सेनाको हेलिकप्टर र निगमको जहाज रुकुम उडे

    काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।

    नेपाल एयरलाइन्सको १८ सिटे जहाज समेत काठमाडौंबाट मेडिकल टीम लिएर चौरजहारी उडेको छ । दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको छ । डीआरएस कन्टेनरमा खाद्यान्नबाहेक उद्दारका सबै सामग्रीहरु राखिएको हुन्छ ।

  • प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

    प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।

    धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो । जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी दुई जिल्लामा १२८ जनाको मृत्यु भइसकेको छ ।

  • पश्चिम नेपालमा शक्तिशाली भूकम्प, जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु

    पश्चिम नेपालमा शक्तिशाली भूकम्प, जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु

    काठमाडौं । शुक्रबार राति नेपालको पश्चिम भेगमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले सञ्चारमाध्यमलाई जनाएका छन् । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको छ ।

    भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताएका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

  • मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ

    मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ


    काठमाडौं । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ ।  जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले हत्यारा अनुसन्धानका लागि घटना स्थलमा  ११ गते नै कर्णाली प्रदेश कार्यालयको  समन्वयमा घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु  पुगेर अनुसन्धान गरिरहेको छ ।  आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको छ उनले बताए ।

    प्रहरी प्रमुख  थापाले भने, ‘शंकास्पद अनुसन्धानले नजिक पुर्‍याएको छ  एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको साँचो हो, यकिन र विस्तृत घटनाबारे थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने छ ।’

    यसै बिच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन्  प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

    घटना स्थलमा शनिवार नै  विशेष टोली  जुम्ला र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली मुगुको  मुन्दु गाउँमा  पुगेको थियो ।

  • बारामा बस दुर्घटना, एक जनाको मृत्यु

    बारामा बस दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो

    दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु,  सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् ।

  • कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु

    कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु

    काठमाडौं । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे ।

    उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

  • मुगुमा एकै परिवारका चार जनाको हत्या

    मुगुमा एकै परिवारका चार जनाको हत्या


    काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ

    घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’, थापाले अनलाइनखबरसँग भने, ‘शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’

    प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

  • रसुवाका सबै ग्रामीण सडक खुला

    रसुवाका सबै ग्रामीण सडक खुला

    काठमाडौं । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।

    नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिका अन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले वर्षायाममा सडक सतहमा  रहेका  लेदो र  ढुङ्गा हटाउनुका साथै खाल्टाखुल्टीसमेत पुरेर सवारी साधन सञ्चालन गराइएको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिनुभयो । आम भञ्ज्याङ, धुसेनी, भोर्ले, कप्थलीटार, पारच्याङ, यार्सा, सरमथली, पाटिखर्क, लाङ्वु, लोकिललगायत क्षेत्रका ग्रामीण सडकमा सवारी साधन ओहोरदोहोर भइसकेको छ ।

    यस्तै उत्तरगया गाउँपालिकाको बनुवा घुम्ती कर्मिडाँडा, डाँडागाउँ, ठूलोगाउँ, गोसाइँकुण्ड तथा आमाछोदिङमाे क्षेत्रका सडक सञ्चालन भइरहेको छ ।

    पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुञ्चे, स्याफ्रुबेँसीसम्म डिभिजन सडक कार्यालय र स्याफ्रुबेँसी रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गमा भने रसुवागढी हाइड्रोपावर तथा गल्छी, मैलुङ स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजरले अवरुद्ध सडक खुलाइएको सडक कार्यालयका प्राविधिकले बताए । 

    ठूलो भार्खुडाँडा,  सानुभार्खु भिर, याङ्याङको भोटेकोशी पुलनजिक  र स्याफ्रुबेँसीदेखि रसुवागढी स्थानको मार्गमा भने सडक सुधार हुन नसक्दा सवारी चालक हैरानीमा पर्ने गरेका त्यहाँका सवारी चालकको गुनासो थियो ।

  • दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    भैरहवा। दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।

    सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए ।  बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको सङ्गममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।

  • भरतपुरमा एक युवक मृत फेला

    भरतपुरमा एक युवक मृत फेला


    चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् ।

    उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा

    प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्।

    ‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने छन्।

  • विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो

    विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो

    काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ओपनर डेविड मालनको शतकीय मद्दतमा ३६४ रनको विशाल योगफल तयार पारेको थियो । जोनी बेयरस्टोसँग मिलेर इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।

    बेयरस्टो ५२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका जोए रुटले मालनलाई साथ दिए । रुटले ८२ रन बनाए । मालन १४० रनमा मेहन्दी असनको बलमा बोल्ड भए । त्यसक्रममा १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का हाने । जितका लागि ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात राम्रो भएन ।

    ओपनर तान्जिद हसन १ रनमा आउट भए पनि अर्का ओपनर लिट्टन दाशले ७६ रन बनाए । दाश पाँचौं विकेटका रुपमा आउट हुँदा बंगलादेशको स्कोर १२१ रन थियो । उनी आउट भएपछि मुस्फिकर रहिम र तोहिद हृदोयले बंगलादेशको पारी सम्हाल्ने प्रयास गरेका थिए । रहिम ५१ र हृदोय ३९ रनमा आउट भए ।

  • रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो ।

    दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्‍याउन नपरेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको छ

  • सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नविन कार्कीले जानकारी दिए ।

    कार्कीका अनुसार दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।

  • नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो

    नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो

    काठमाडौं । नेपालगन्जमा मङ्गलवारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रवार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिवार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन् । नेपालगन्जमा दिउसो निषेधाज्ञा र रातीको समयमा कर्फ्यु लाग्दै आएको छ । शनिवार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । यसअघि बिहान ८ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञा जारी हुँदै आएकोमा शनिवार एक घण्टा घटाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताए ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले समग्र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न र मानव अधिकारको सम्मान गर्न सबैमा अनुरोध गर्दै सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू, सामाजिक सञ्जालमा कुनै व्यक्ति सङ्घ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने वा धार्मिक विद्वेष फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न हार्दिक आव्हान गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

  • प्रधानमन्त्री आज भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

    प्रधानमन्त्री आज भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जाने भएका छन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने भएका हुन् । उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम छन् । प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

    भूकम्पले घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थान र सामुदायिक घरहरुमा बसिरहेका छन् । घर बाँकी भएकाहरु भने विस्तारै घरमा फर्किएर दैनिक कामकाजमा संलग्न हुन थालेका छन् । भूकम्प प्रभावितहरुका लागि राहत संकलन जारी छ ।

    प्रदेश सरकार र विभिन्न संघसंस्थाले राहत उपलब्ध गराइसकेका छन् भने केन्द्र सरकारको राहत आज सडकमार्ग हुँदै जिल्ला आइपुग्न लागेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । संकलित राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गरेको छ ।

    बिहीबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित नागरिकलाई राहत र पुनर्स्थापनाका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया छिट्टै कार्यान्वयन गर्ने बताएका थिए ।

  • मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

    मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

    काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो ।

    मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ । रासस