पोखरा महानगरमा थालियो मतगणना

पोखरा । पोखरा महानगरपालिकामा मतगणना शुरु भएको छ । दिउँसो चार बजेबाट मतगणना थालिएको हो । यहाँ अझै प्रारम्भिक नतिजा आइसकेको छैन । सर्वदलीय बैठकले २ बजेबाट सुरू गर्ने निर्णय गरेको थियो । तर, व्यवस्थापनको काम सक्दा अबेर मात्र शुरु भएको हो । पोखरामा वडा नम्बर १, १२ र २२ बाट मतगणना सुरू भएको हो… Continue reading पोखरा महानगरमा थालियो मतगणना

कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

डोल्पा । स्थानीय तह प्रमुखमा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय, उपाध्यक्षमा अमृता लामा र गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले जितेको छ। माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए। एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए। उपाध्यक्षमा… Continue reading कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

मनाङ । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यस क्रममा सबै स्थानीय तहको नतिजा आउने पहिलो जिल्ला मनाङ बनेको छ । यहाँ चार वटा गाउँपालिका छन् । मनाङमा नेकपा एमाले र नेपाली कांग्रेसले दुई÷दुई गाउँपालिका अध्यक्षमा जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८… Continue reading पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

हेटौडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एसलाई अग्रता

हेटौडा । हेटौडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एसले प्रारम्भिक अग्रता लिएको छ । हेटौडामा ६५० मत गन्दा नेकपाल एसकी मिना लामो पक्षमा १९८ मत आएको छ । एमालेका अनन्त पौडेलले १९० र राप्रपाका दिपकबहादुर सिंहले १८१ मत पाएका छन् । यो यसअघि एमालेले जितेको क्षेत्र हो ।

भरतपुरमा बदर मतको मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

भरतपुर । चितवनको भरतपुरमा पहिलो १२ मत गन्दा ४ मत बदर भएको पाइएको छ । यहाँ कांग्रेसका बागी उम्मेदवार उठेका छन् । जसले गर्दा गबन्धनकी उम्मेदवार रेणु दाहाल मारमा पर्ने देखिएको छ । महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालको पक्षमा ३ मत… Continue reading भरतपुरमा बदर मतको मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ मा एमाले विजयी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् ।उनले ८४५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत ल्याएका छन् ।

मनाङबाट कांग्रेसले खोल्यो खाता

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १ सय ५८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्व स्वतन्त्र कृष्णबहादुर लामाले १ सय ११ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भए । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो ।… Continue reading मनाङबाट कांग्रेसले खोल्यो खाता

मुस्ताङबाट एमालेको विजयी शुरुवात

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्टले ६ सय ८९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले… Continue reading मुस्ताङबाट एमालेको विजयी शुरुवात

स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको छ । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा… Continue reading स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता

दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवाका १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४… Continue reading दाङमा नुहाउने क्रममा दुई जनाको मृत्यु, एक जना वेपत्ता

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई बिहान करिब ३ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका २ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको… Continue reading कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जेठ ३ गते निर्वाचन हुने

File

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जेठ तीन गते मात्र निर्वाचन हुने भएको छ । सो वडामा नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि निर्वाचनको मिति सरेको हो । अर्को उम्मेदवार मनोनयन गर्न बुधबार समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय… Continue reading तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जेठ ३ गते निर्वाचन हुने

कांग्रेसका बागी उम्मेदवारले समर्थन गरेपछि पोखरामा गठबन्धनलाई राहत

पोखरा । कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पोखरामा गठबन्धनलाई राहत पुगेको छ । उनले उम्मेदवारी फिर्ता लिएर गठबन्धनबाट मेयर पदमा उठेका नेकपा समाजवादीका धनराज आचार्य र उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । उनले सोमबार प्रेस विज्ञप्ति निकाल्दै पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन मान्दै आफ्नो… Continue reading कांग्रेसका बागी उम्मेदवारले समर्थन गरेपछि पोखरामा गठबन्धनलाई राहत

चुनावभर भारत र चीनसँगको सीमा नाका बन्द गरिँदै

काठमाडौं । ३० वैशाखको निर्वाचनलाई लक्षित गरि आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ । सीमा नाका निर्वाचन सम्पन्न भएपछि मात्र खुला हुने छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ… Continue reading चुनावभर भारत र चीनसँगको सीमा नाका बन्द गरिँदै

सोल्टीमोडमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नम्बरको स्कुटर र ना५ख १९०९ नम्बरको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीया विमलादेवी भट्टराईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी… Continue reading सोल्टीमोडमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा, आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने

रासस

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार धनगढी पुगेर यतै बास बसेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष… Continue reading प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा, आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने

भरतपुरमा धारिलो हतियार प्रहार गरि एक युवाको हत्या

भरतपुर । चितवनको भरतपुरमा आइतबार एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियारको भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले संचारमाध्यमलाई बताए अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको… Continue reading भरतपुरमा धारिलो हतियार प्रहार गरि एक युवाको हत्या

सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा

रासस

काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यहाँ मेयर पदमा नेकपा समाजवादी पार्टीका धनराज आचार्य उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल… Continue reading सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा

गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनप्रति जनलहर देखेर विपक्षी दल आत्तिएको बताएका छन् । बुटवलमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गठबन्धनको तागतबाट डराएकाले विभिन्न भ्रम छरेको उनको आरोप छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्न सक्ने भन्दै उनले बुटवलमा… Continue reading गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै

रासस

काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाने भएका छन् । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् । सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने… Continue reading चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै

जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै

काठमाडौं । स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । राससका अनुसार आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी… Continue reading जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै

बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर

प्रतिकात्मक तस्वीर

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले बताएका छन् । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको… Continue reading बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर

पाल्पामा घर जल्दा, एक जनाको मृत्यु

पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं। ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले… Continue reading पाल्पामा घर जल्दा, एक जनाको मृत्यु

दोलखामा भूकम्पको धक्का

दोलखा । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्पको महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । १२ वैशाख २०७२ को ठूलो भूकम्पयता हजारौं साना परकम्पहरुको महशुस हुने गरेको छ ।

भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

भरतपुर । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्न तयार पारेको भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्र वर्षाका कारण डुबानमा परेको छ । रातभर वर्षा भएको थियो । जसले भरतपुरस्थित केन्द्रीय बस टर्मिनल भित्रको जग्गामा पानी भरिएको हो । सभा आयोजना गर्न अघिल्लो दिन नै मञ्च र टेन्ट तयार पारिएको थियो । आमसभा स्थलमा झण्डा समेत पानीको… Continue reading भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा… Continue reading विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरोमा परि दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको… Continue reading जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

File

काठमाडौं । काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सो क्रममा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। बाढी पस्दा आठ… Continue reading चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरे भन्ने स्थानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । प्रहरीका कअनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटनामा परेको हो । दुर्घटनामा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक… Continue reading जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

File

काठमाडौं । फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका(११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो। त्यसमा सवार… Continue reading फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु