किन भिड्दैछन् थाइल्याण्ड र क्याम्बोडिया ?

९ साउन, काठमाडौं । थाईल्यान्डका नेताले थाईल्यान्ड र क्याम्बोडियाको सीमामा भिडन्त भइराखे युद्ध हुन सक्ने चेतावनी दिएका छन्। बिहीवार तनाव बढेपछि सुरु भएको भिडन्तमा परी अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको तथा दुवै देशमा गरी हजारौँ मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन्।थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले अहिले विभिन्न १२ स्थानमा सङ्घर्ष भइरहेको र त्यस क्रममा… Continue reading किन भिड्दैछन् थाइल्याण्ड र क्याम्बोडिया ?

अब काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा धुम्रपानमा कडाई, ५ सय जरिवाना तिराइने

९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । महानगरभित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था… Continue reading अब काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा धुम्रपानमा कडाई, ५ सय जरिवाना तिराइने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन, के थियो सन्देश ?

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गरेकी छिन् । सो क्रममा उनले आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाइन् । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो… Continue reading पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन, के थियो सन्देश ?

नाइजेरियामा सेनाले मार्यो झण्डै १ सय डाकु

file

९ साउन, काठमाडौं । नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ । नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठुलो हताहत भएको हो । गरिबी र सरकारी उपेक्षाका बिच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड… Continue reading नाइजेरियामा सेनाले मार्यो झण्डै १ सय डाकु

चीनतर्फ लागे सञ्चारमन्त्री

९ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ । साउन १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा… Continue reading चीनतर्फ लागे सञ्चारमन्त्री

संसद बैठक बस्दै, कके छन् एजेण्डा ?

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो… Continue reading संसद बैठक बस्दै, कके छन् एजेण्डा ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनले एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी छ । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी… Continue reading पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

खडेरीले कृषक आक्रान्त, मधेश झर्दै प्रधानमन्त्री

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाने भएका छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उनी आफैंले फेसबुकमार्फत् यो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि… Continue reading खडेरीले कृषक आक्रान्त, मधेश झर्दै प्रधानमन्त्री

रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

९ साउन, काठमाडौं । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशङ्का गरिएको छ। टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो। घटनापछि क्षेत्रको हवाई निगरानीका लागि परिचालित (एमआइ–८०)… Continue reading रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

८ साउन, काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भने, “मधेशमा मौसमी संकटका… Continue reading मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

८ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको… Continue reading राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

साढे ६ अर्ब लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै

८ साउन, काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । उक्त डिपो काठमाडौं महानगरपालिका–८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने निगमले जानकारी दिएको छ । डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कन्सल्टेन्सी सेवालाई दिइएको थियो ।… Continue reading साढे ६ अर्ब लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुर्ब लामा शेर्पा छिन् । नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा मिनी ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए । उनका अनुसार बा ३ ख ४३४५नम्बरको मिनी ट्रकले… Continue reading गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’

८ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै देशहरूका… Continue reading अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’

रसुवा बाढीमा चीनतर्फ फसेका २०३ नेपालीलाई नेपाल फर्काइयो

८ साउन, काठमाडौं । रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्। बुधबार २०३ जना नेपालीहरू चीनको केरूङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन्। चिनियाँ पक्षले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। असार २४ गते रसुवामा आएको बाढीले मितेरी पुल बगाएको थियो। उक्त पुल बगाउँदा चीनतर्फ गएका… Continue reading रसुवा बाढीमा चीनतर्फ फसेका २०३ नेपालीलाई नेपाल फर्काइयो

प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

८ साउन, काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको छ । सबै कार्यालयमा परिपत्र पुगेको बताइएको छ । आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको प्रहरीको भनाई… Continue reading प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

८ साउन, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक–एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो… Continue reading ‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

८ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम… Continue reading मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

संसद बैठक बस्दै, के छन् एजेण्डा ?

तस्बिरः किरणराज विष्ट\रासस प्रतिनिधिसभामा विपक्षी दलको अवरोध काठमाडौँ, १३ जेठः स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरु उभिएर अवरोध जनाउनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार, नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा… Continue reading संसद बैठक बस्दै, के छन् एजेण्डा ?

चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

file

८ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा… Continue reading चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

७ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छनौट गरेको आशयपत्र जारी गरेको छ । परेका बोलकबोलमध्ये दोस्रो चरणमा पनि ‘हउलदार युनुस एन्ड कम्पनी’ छनौट भएको नेपाल राष्ट्र… Continue reading १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई… Continue reading अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् । आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस… Continue reading पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि पार्टीभित्र केही नेताहरू सिंगौरी खेल्न पाए हुन्थ्यो भनेर लागिरहेको टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र विधिमाथि प्रश्न उठाइरहेको बेलामा… Continue reading प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

७ साउन, काठमाडौं । माल्दिभ्समा भएरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कांस्य जितेको छ । मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३–१ को सेटमा पराजित गरेको हो । लिग चरणमका हेल्प नेपाल तेस्रो र पोर्ट अथुरिटी चौथो नै भएको थियो । यही दुई… Continue reading काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान

७ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। बिहान सातै प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कैलालीको साढेपानीमा पछिल्लो एक घन्टामा २१.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै टीकापुरमा १९.६ मिलिमिटर वर्षा मापन भएको… Continue reading यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान

पाथिभरामा बनाइयो घण्टी गेट

७ साउन, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार… Continue reading पाथिभरामा बनाइयो घण्टी गेट

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन्… Continue reading संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय

अध्यक्ष्य एवं प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपतिबीच भेटवार्ता ललितपुर, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी मुख्यालय च्यासलमा आइतबारभेटवार्ता गर्नुहुँदै। सौजन्य तस्बिरः प्रधानमन्त्री सचिवालय÷रासस

७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाए । दुई दिनसम्म चलेको चलेको केन्द्रीय कमिटी बैठकको समापनमा मध्यराती बोल्ने क्रममा अध्यक्ष ओलीले… Continue reading एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय

फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

६ साउन, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ। फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो। उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर… Continue reading फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार