पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

३१ असार, काभ्रे । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे… Continue reading पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप, ८९ जनाको मृत्यु

३१ असार, काठमाडौं । सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकूहरूबीच जारी जातीय झडपमा कम्तीमा ८९ जनाको ज्यान गएको छ । मृतकमध्ये ४६ जना ड्रुज, १८ जना बेदुइन लडाकू, चार जना सर्वसाधारण र सात जना सैनिक पोशाकमा रहेका अज्ञात व्यक्ति रहेको सिरियाली मानव अधिकार निगरानी संस्थाले जनाएको छ । हिंसा आइतबार सुरु… Continue reading सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप, ८९ जनाको मृत्यु

शिक्षण अस्पतालको विस्तारित सेवा भवन बनाउन भाटभटेनीको सहयोग, प्रधानमन्त्रीबाट उद्घाटन

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन समारोहको शुभारम्भ काठमाडौँ, ३० असारः प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको सोमबार उद्घाटन समारोहको शुभारम्भ गर्नुहुँदै । । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर… Continue reading शिक्षण अस्पतालको विस्तारित सेवा भवन बनाउन भाटभटेनीको सहयोग, प्रधानमन्त्रीबाट उद्घाटन

मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

pokhara muglin

३० असार, दमौली । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१।५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद… Continue reading मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

प्रधानमन्त्रीसहित सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल

३० असार, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री… Continue reading प्रधानमन्त्रीसहित सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

३० असार, देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको… Continue reading मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

३० असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो । आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२… Continue reading एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक काठमाडौँ, ३० असारः प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

३० असार, काठमाडौं । सोमबार अबेर मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भए । मन्त्री गुप्ताले भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा घुस लेनदेन गरेको अडियो अलिे सार्वजनिक भएको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा… Continue reading घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

संसदमा प्रचण्ड : सरकारलाई प्रश्नै प्रश्न

अध्यक्ष दाहाल काठमाडौँ, ३० असारः प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

३० असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुन्दर र उन्नत बनाएर जनताका सपना पूरा गर्नका लागि संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरु समग्र राजनीतिक परिवर्तन र उपलब्धिको संस्थापन… Continue reading संसदमा प्रचण्ड : सरकारलाई प्रश्नै प्रश्न

नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

३० असार, दाङ । यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो । आज बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका… Continue reading नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

Reuters

३० असार, काठमाडौं । यमनले लामो समयदेखि जारी द्वन्द्वका बीच पुनः फैलिन थालेको पोलियो रोग रोकथाम गर्न १३ लाख ५० हजार बालबालिकालाई लक्षित गर्दै तीन दिने खोप अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको यस अभियानबारे सरकारी सञ्चार माध्यमले जानकारी दिएको हो । यो अभियान अन्तर्गत झन्डै सात हजार स्वास्थ्य टोलीले घर–घरमा गएर पोलियो… Continue reading यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

३० असार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई… Continue reading बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

३० असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा देशभर साधारण बदली हुनेछ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदरस्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी… Continue reading कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

साफ च्याम्पियनसिपः अन्तिम मिनेटको गोलले नेपाल बङ्गलादेशसँग पराजित

२९ असार, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो । खेलको पहिलो हाफमा बङ्गलादेशले… Continue reading साफ च्याम्पियनसिपः अन्तिम मिनेटको गोलले नेपाल बङ्गलादेशसँग पराजित

सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

काठमाडौँ, २९ असारः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले घुस लिएको विषय सार्वजनिक प्रचारमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिन माग गरे । कम्पनी रजिष्ट्रार कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति… Continue reading सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

२९ असार, काठमाडौं । अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली… Continue reading अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

नगरसभामा नगर प्रमुख बालेन काठमाडौँ, २९ असारः काठमाडौँ महानगरपालिकाको नगरसभामा महानगरप्रमुख बालेन्द्र शाह (बालेन) उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ लगायत । तस्बिरः गोपाल दाहाल÷रासस

२९ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।महानगरका उपप्रमुख सुनिता डङ्गोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् । “ आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक… Continue reading काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौँ, २९ असारः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष डा बद्री केसीलगायत सहभागी। तस्बिरः गोपाल दाहाल÷रासस

२९ असार, काठमाडौं । गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । सङ्घको ११औँ अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमिति विधानतः कार्यरत रहेको सो समूहले जनाएको छ । सङ्घले सदस्यता सूचना प्रणाली… Continue reading गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

रासस२९ असार, बेलबारी । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन । सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुुने गरेको… Continue reading खडेरीले सुक्न थाल्यो बेतना सिमसार

आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

२९ असार, बरहथवा । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान रोप्न पाएका छैनन् । “असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उनले भने, “तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।” सुक्खामा… Continue reading आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

आलु बिक्री गर्न कोसेली घर

२९ असार, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको… Continue reading आलु बिक्री गर्न कोसेली घर

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

२९ असार, दमौली ।आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासका लागि सुरुआत गरिएको हो… Continue reading चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

२९ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

file Photo: AFP

२९ असार, काठमाडौं । म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् । सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले उक्त गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर शुक्रबार बिहान १ बजे गुम्बाको मुख्य हलमा हवाई… Continue reading म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

(AP Photo/Ajit Solanki)

२९ असार, नयाँ दिल्ली । भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान जुन १२ मा दुर्घटना हुँदा दुई सय साठी जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाको केही क्षणअघि विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि भएको छ । भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार,… Continue reading एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

२८ असार, काठमाडौंं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरे । त्यस अवसरमा उनले शिक्षण अस्पतालको यस पहलले स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि… Continue reading त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

बालिका बलात्कार र हत्या अभियोगमा इरानमा सार्वजनिक स्थानमा दिइयो फाँसी

GETTY IMAGES

२८ असार, इरान । इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी दिइएको छ । पीडित परिवारको आग्रह र घटनाले समाजमा पारेको गहिरो भावनात्मक असरका कारण मृत्युदण्ड खुला स्थानमा कार्यान्वयन गरिएको न्यायपालिकाले जनाएको छ । दोषी पुरुषले उत्तर–पश्चिमी इरानको बुकान शहरकी एक बालिकालाई बलात्कार गरी हत्या गरेका… Continue reading बालिका बलात्कार र हत्या अभियोगमा इरानमा सार्वजनिक स्थानमा दिइयो फाँसी

आपतकालीन खोपले मृत्युदरमा ६० प्रतिशत कमी : अध्ययन

२८ असार, काठमाडौं । विगत २५ बर्षमा हैजा, इबोला र दादुराजस्ता रोगको प्रकोपको समयमा दिइने आपतकालीन खोपले यस्ता रोगबाट हुने मृत्युमा करिब ६० प्रतिशतले कमी आएको एक नयाँ अध्ययनले देखाएको छ । खोपका कारण त्यति नै सङ्ख्यामा सङ्क्रमणलाई पनि रोकथाम गरिएको विश्वास गरिएको छ । यसका लागि अर्बौं अनुमानित आर्थिक लागत खर्च भएको जनाइएको छ… Continue reading आपतकालीन खोपले मृत्युदरमा ६० प्रतिशत कमी : अध्ययन

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

२८ असार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उनले जग्गाधनी पुर्जा वितरण भएको हो । प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा… Continue reading प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

२८ असार, काठमाडौं । बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् । पहिराले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । रोल्पा… Continue reading बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध