परराष्ट्रमन्त्री देउवा सोमबार स्वदेश फर्कने

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रहेको बताइएको छ । नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो । त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य… Continue reading परराष्ट्रमन्त्री देउवा सोमबार स्वदेश फर्कने

एउटै सिटमा बसेर देउवा र प्रचण्डले हेरे क्रिकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल खेलका दौरान प्रचण्ड र शेर बहादुर देउवा एउटै सिटमा बसेर खेल हेरेका छन् । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा हेरेका थिए । एनपिएलको फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्य मन्त्री कमल शाह लगायतका नेताहरु पनि कीर्तिपुर पुगेका थिए । एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले… Continue reading एउटै सिटमा बसेर देउवा र प्रचण्डले हेरे क्रिकेट

जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि, रच्यो इतिहास

काठमाडौं । जनकपुर बोल्ट्सले प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाए । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बन्न सफल… Continue reading जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि, रच्यो इतिहास

पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

६ पुस, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१\८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ… Continue reading पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

आव विश्व ध्यान दिवस मनाइदैं

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।… Continue reading आव विश्व ध्यान दिवस मनाइदैं

मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान

काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार पंकीपक्स पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले मंकीपक्ससँग… Continue reading मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान

एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेल नेपाली क्रिकेटका लागि एक इतिहास बन्ने छ । नेपालमा सर्वाधिक पुरस्कार राशी र चर्चा कमाएको यो प्रतियोगिताले विश्व क्रिकेटमा राम्रो छाप पार्न सफल भएको छ । फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार… Continue reading एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै

बाजुरामा भुकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । शनिबार बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५।२ म्याग्नेच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाकि छ। पछिल्लो समय पश्चिम नेपालमा भूकम्पले निरन्तर धक्का दिइरहेको छ ।

एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले तीन वटा परियोजना कार्यान्वयन गर्न नेपाललाई एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण रहेको अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार यो रकम दोस्रो चरणको… Continue reading एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने

भारतमा ग्यास बोकेको ट्याङ्करमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा… Continue reading भारतमा ग्यास बोकेको ट्याङ्करमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्। उनले भनिन्, ‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल… Continue reading नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी

काठमाडौं । नेपाली नागरिकमा पहिलो पटक एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट बिहीबार फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार पुष्टि भएका व्यक्ति साउदीबाटै लक्षण लिएर आएका थिए । एयरपोर्टबाट उनी सिधै मेडिसिटी अस्पताल पुगेका थिए । त्यहाँबाट टेकु अस्पताल रिफर भएको थियो ।… Continue reading नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं विवादमा तानिएका छन् । उनीमाथि महागरले छानबिन गर्ने भएको छ । आधिकारिक प्रणालीबिनै पुरानो बसपार्कस्थित रहेको काठमाडौं टावरको नक्सापास गरेको भन्दै महानगरले छानबिन प्रक्रिया अघि बढाएको हो । भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (इबीपिएस) मार्फत् प्रक्रिया नै… Continue reading काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् ।थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका हुन् । सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तर लगायतका विषयमा छलफल… Continue reading अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो। प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो । प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।… Continue reading दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

भारतमा डुङ्गा दुर्घटना : कम्तीमा १३ जनाको मृत्यु

file

काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो । मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छज् । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान… Continue reading भारतमा डुङ्गा दुर्घटना : कम्तीमा १३ जनाको मृत्यु

एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा… Continue reading एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै

एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै

Bindu Rawal and Dolly Bhatta of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between India and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 23, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौं । मलेसियामा जारी  एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन् । नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका… Continue reading एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै

कर्णाली याक्स एनपिएल क्वालिफायरमा

rss

काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त… Continue reading कर्णाली याक्स एनपिएल क्वालिफायरमा

भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु

file

काठमाडौं । भक्तपुर नगरपालिका वडा नं २ सहिद स्मृति खेल मैदान नजिकै बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भई हाल सोही स्थान बस्ने वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादका क्रममा बुबा वर्ष ६३ का दिप बहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए… Continue reading भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु

पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा

file

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि  असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु ३२ अर्ब… Continue reading पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा

एनपिएल : चितवन कर्णाली बिच खेल जारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा बुधबार (आज) चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिए ।   यस खेल दुवै टोलीका लागि ‘नकआउट’ हुनेछ । यस खेलमा हार्ने… Continue reading एनपिएल : चितवन कर्णाली बिच खेल जारी

एनपिएल बिजेताले १ करोड १० लाख पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन्… Continue reading एनपिएल बिजेताले १ करोड १० लाख पाउने

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ । गत २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्नुपर्नेछ । सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन… Continue reading सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौं  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् ।एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको अर्थ मन्त्रालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म… Continue reading अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको नेपाली संचारमाध्यमले जनाएका छन । कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताएका छन् । ५१ जनालाई… Continue reading सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर

कोरियाली रास्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । यससँगै उनी पदबाट निलम्बित भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् । राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि… Continue reading कोरियाली रास्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित

हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।… Continue reading हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने… Continue reading आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा

काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो

काठमाडौं । निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ ।आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । यो तापक्रम वर्षकै सबैभन्दा कम हो । शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो… Continue reading काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो