काठमाडौं । नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताएको छ। यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याउन सकेन। स्थानीय तहका कूल ४४… Continue reading एमाले सचिवालय बैठक आज बस्दै
Category: समाचार
एनपीएलमा आज दुई खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक… Continue reading एनपीएलमा आज दुई खेल
बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारका अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए । सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला… Continue reading बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो । विश्वका… Continue reading नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि
काठमाडौं । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो । “बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू चरम पन्थीहरूका हातमा नपरुन् भनेर हामीले हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्यौँ”, इजरायलले विद्रोहीहरूको कार्यलाई… Continue reading सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि
जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ
काठमाडौं । झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले… Continue reading जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ
अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने घोषणा गरेका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताए । ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दैछन् । आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा… Continue reading अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा
नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्
काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका छन् । विद्रोहीले राजनीतिक कब्जा गरेपछि सरकारी फौज पछि हट्नु परेको थियो । यो घटनाक्रम हुँदा नेपाली शान्ति सैनिक रहेको… Continue reading नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्
अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका… Continue reading अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट
गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन
काठमाडौं । बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो । ‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि… Continue reading गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन
राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति
काठमाडौं । राजस्व छली रोक्न सरकारका तीन विभागले सहकार्य गर्ने भएका छन् । आइतबार आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तरविभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजस्व चुहावट जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा तिनको कार्यान्वयनका लागि एकापसमा सूचना आदान–प्रदान… Continue reading राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति
नुवाकोटमा दुई छोरासहित आमा मृत फेला
काठमाडौं । नुवाकोटमा दुई छोरा र आमा मृत भेटिएका छन्। आइतबार बिहान किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका हुन्।आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन्। २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक… Continue reading नुवाकोटमा दुई छोरासहित आमा मृत फेला
शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति
काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूका अनुसार बसर अल असद परिवारसहित मस्को गएका हुन् । सिरियाका राष्ट्रपति असदलाई रुसले शरण दिएको छ। विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए । असद… Continue reading शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति
हिमाली भेगमा हिमपात सुरु
काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु… Continue reading हिमाली भेगमा हिमपात सुरु
रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई ४ दिन हिरासतमा राख्न म्याद… Continue reading रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो
प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गरे । ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ,… Continue reading प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन
एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन
काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए । एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि… Continue reading एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन
अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आजै काठमाडौं आएका लु अध्यक्ष प्रचण्ड निवास खुलमटार पुगेर भेट गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र… Continue reading अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी
अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको भेटमा द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेपाल भ्रमणका क्रममा आजै नेपाल आएका… Continue reading अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?
सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे
काठमाडौं । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन्। विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन्। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि… Continue reading सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे
दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो । उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । महाभियोग प्रस्तावको पक्ष वा… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने
सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही
काठमाडौं । सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ । सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ… Continue reading सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही
मन्त्री दाहाल मनिला प्रस्थान
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ‘वातावरणीय दिगो यातायात सम्वन्धि १६ औं उच्च स्तरीय एशियाली क्षेत्रीय सम्मेलन’मा सहभागीताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । उनि शनिबार (आज) राती ९ बजे त्यस तर्फ लागेका हुन् । दिगो विकासको लक्ष्यका लागि सहरी गतिशिलता, कार्वन उत्सर्जननमा न्युनिकरण एवम् पर्यावरणमैत्री सहरहरुको विकास र सशक्तिकरण लगायतका सम्वन्धमा उक्त… Continue reading मन्त्री दाहाल मनिला प्रस्थान
विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो । जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश कीर्तनले सर्वाधिक… Continue reading विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए । प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो ।… Continue reading राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धन गरेको छ । महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका हुन् । कांग्रेस र एमालेको गठबन्धनबाट महासंघको अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ । यसमा… Continue reading पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा
हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिए । पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम… Continue reading हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै
एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित निकाल्दै लुम्बिनी लायन्सले भने लगातार तेस्रो खेल गुमाएको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग… Continue reading एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार
कोरियाली जनतासँग राष्ट्रपतिले मागे माफी
काठमाडौं । सैनिक शासन (मार्शल कानुन) लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाली जनतासँग माफी मागेका हुन् । उनले मार्शल कानुन लागू गरेको २ घण्टामै संसद त्यसलाई खारेज गर्ने प्रस्ताव… Continue reading कोरियाली जनतासँग राष्ट्रपतिले मागे माफी
भुटानी राजाको काठमाडौंमा धार्मिक यात्रा
काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी सिधै स्वयम्भू पुगेका थिए । स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ पुगेका थिए । उनलाई स्थानीय जनताले स्वागत गरेका थिए । त्यहाँ पूजापाठ सकेर… Continue reading भुटानी राजाको काठमाडौंमा धार्मिक यात्रा