बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

People gather outside a hospital after hundreds were seriously wounded by exploding communications devices, in Beirut, Lebanon, on 17 September 2024 (Mohamed Azakir/Reuters)

काठमाडौं । लेवनन र सिरियामा मंगलबार अपराह्न सयौंको संख्यामा पेजरबाट आक्रमण भएको छ । बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्य र एक बालिका छन्। घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री… Continue reading बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

आजबाट सोह्र श्राद्ध सुरु, यस्तो छ महत्व

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष बुधबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो। पितृ पक्षको पहिलो दिन… Continue reading आजबाट सोह्र श्राद्ध सुरु, यस्तो छ महत्व

आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो… Continue reading आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

काठमाडौं । असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ । आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन् ।तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए । देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै… Continue reading दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

संविधान दिवसमा सांगितिक कार्यक्रम हुने, दरवारमार्गमा आवागमन रोकियो

काठमाडौं । संविधान दिवसको दिन दरबारमार्गमा सांगीतिक कार्यक्रम हुने भएको छ । त्यसको स्टेज बनाउन थालिएाके छ । जसले गर्दा सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने… Continue reading संविधान दिवसमा सांगितिक कार्यक्रम हुने, दरवारमार्गमा आवागमन रोकियो

दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

काठमाडौं । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाएको बीबीसीले जनाएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री… Continue reading दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

भदौसम्म कस्तो रह्यो सरकारी वित्त ?

file

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व… Continue reading भदौसम्म कस्तो रह्यो सरकारी वित्त ?

उपसभामुख रुस प्रस्थान

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ । उपसभामुख राना दुबई, रुस राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ । रूसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको… Continue reading उपसभामुख रुस प्रस्थान

महतोले गठन गरे नयाँ पार्टी

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो । नेता केशव… Continue reading महतोले गठन गरे नयाँ पार्टी

देउवा भन्छन : प्रदेश संरचना हटाउन सकिन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’ उनले… Continue reading देउवा भन्छन : प्रदेश संरचना हटाउन सकिन्न

किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका सबैलाई छाडिएको हो । उनका अनुसार सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा… Continue reading किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

आज विश्वकर्मा पूजा, के छ महत्व ?

काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य… Continue reading आज विश्वकर्मा पूजा, के छ महत्व ?

क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए… Continue reading क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

कैलालीमा जेल भित्रै एक बन्दीको मृत्यु, अनुसन्धान हुँदै

काठमाडौं । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको… Continue reading कैलालीमा जेल भित्रै एक बन्दीको मृत्यु, अनुसन्धान हुँदै

रास्वपाको राष्ट्रिय भेला काठमाडौंमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन हुनेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब–लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । सभापति… Continue reading रास्वपाको राष्ट्रिय भेला काठमाडौंमा

अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको… Continue reading अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

परराष्ट्र मन्त्री अमेरिका र क्यानडा भ्रमणमा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सोमबार साँझ क्यानाडातर्फ लागेकी छिन् । क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी क्यानडा जान लागेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले उनलाइ विदाइ गरेका छन् । क्यानाडा र जमैकाले आयोजना गरेको सो बैठकमा… Continue reading परराष्ट्र मन्त्री अमेरिका र क्यानडा भ्रमणमा प्रस्थान

तीन महिना भित्र सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस

काठमाडौं । सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले ३ महिनाभित्र सहकारी प्राधिकरण स्थापना गर्नुपर्ने सुझाव दिएको छ । नियमनकारी निकायका रुपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र राष्ट्र बैंकसँग प्रत्येक्ष समन्वयमा रहेर काम गर्नेगरी सहकारी प्राधिकरण स्थापना गरिनुपर्ने समितिको सुझाव छ । प्राधिकरण स्थापना भएपछि राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी विभागको आवश्यकता नरहने हुँदा… Continue reading तीन महिना भित्र सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस

समस्यामा रहेका सहकारी सञ्चालकको सम्पत्ति रोक्का, विदेश भ्रमणमा रोक

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकहरूको अचल सम्पत्तिदेखि विदेश यात्रामा समेत रोक लगाउन सिफारिस गरेको छ । ‘समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकलाई सरकारको निगरानीमा निज तथा निजको एकाघरका सदस्य समेतको नाममा रहेको अचल सम्पत्ति, बैंक खाता, पासपोर्ट र यात्रा अनुमति रोक्का राखी सहकारीको मुख्य… Continue reading समस्यामा रहेका सहकारी सञ्चालकको सम्पत्ति रोक्का, विदेश भ्रमणमा रोक

गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव… Continue reading गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

संसदीय छानविन समितिको निष्कर्ष : सहकारी ठगीमा रवि पनि दोषि

काठमाडौं । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ ।… Continue reading संसदीय छानविन समितिको निष्कर्ष : सहकारी ठगीमा रवि पनि दोषि

ट्रम्पमाथि दोस्रो पटक हमलाको प्रयास

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई हत्या गर्ने दोस्रो प्रयास भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा संलग्न भएको ठानिएका एकजना सम्भावित संदिग्धलाई हिरासतमा लिइएको उनीहरूले बताएका छन्। सीक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलले ताक्दै गरेको देखेको र लगत्तै उनीहरूले उक्त व्यक्तिमाथि गोली… Continue reading ट्रम्पमाथि दोस्रो पटक हमलाको प्रयास

नारायणगढ–मुग्लिन सडक भास्सियो, एकतर्फी सञ्चालन

file

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । । सडक… Continue reading नारायणगढ–मुग्लिन सडक भास्सियो, एकतर्फी सञ्चालन

संवैधानिक परिषद्को बैठक आज पनि बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आज प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने कार्यक्रम छ ।

अमेरिकी डलर स्थिर, अन्य विनियम दर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो… Continue reading अमेरिकी डलर स्थिर, अन्य विनियम दर कति छ ?

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय… Continue reading आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै

काठमाडौं । सोमबार घरेलु टोली क्यानडाविरुद्ध खेल्दै नेपाल ७ महिनापछि आईसीसी विश्वकप लिग–२ मा फर्किर्दैछ । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४–२०२६ अन्तिम सम्म चल्ने लिग–२ को सुरुवात भएको थियो । नेपालले दुबै टोलीसँग समान दुई खेल खेलेको थियो । नामिबियासँग दुबैमा हार र नेदरल्यान्ड्सविरुद्ध १–१ जित र हार व्यहोरेको… Continue reading आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै

जेलमुक्त हुनासाथ किन मूख्यमन्त्रीको पद छाड्ने घोषणा गरे केजरीवालले ?

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् । तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् । सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो । तर सर्वोच्च अदालतले… Continue reading जेलमुक्त हुनासाथ किन मूख्यमन्त्रीको पद छाड्ने घोषणा गरे केजरीवालले ?

नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको ११औं साधारणसभा सम्पन्न

ज्ञानमणी न्यौपाने, ललितपुर नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडले आफ्नो ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघले आफ्नो ११ औं साधारणसभा गत शनिबार ललितपुरमा सम्पन्न गरेको हो । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले १५ सदस्यीय संचालक समिति चयन गर्नुका साथै तीन सदस्यीय लेखा सुपरिवेक्षण… Continue reading नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको ११औं साधारणसभा सम्पन्न

संसदको वर्षे अधिवेशन अन्त्य गर्ने घोषणा

काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको… Continue reading संसदको वर्षे अधिवेशन अन्त्य गर्ने घोषणा