विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

काठमाडौं । युरोपेली युनियन (ईयू), जर्मनी र युनिसेफबाट नेपालले ५ अर्ब रुपैयाँ बराबर अनुदान लिने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ईयूबाट २ करोड ३० लाख युरो र युनिसेफबाट प्राविधिक सहायताका रूपमा २० लाख युरो गरी कुल २ करोड ५० लाख युरो (झन्डै ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ) बराबर अनुदान सहायता… Continue reading विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्म क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने भएका छन् । अर्थ मन्त्रालयका… Continue reading राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

पत्रकार महासंघको चुनाव ५ असोजमा तोकियो

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी ५ असोजका लागि तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक… Continue reading पत्रकार महासंघको चुनाव ५ असोजमा तोकियो

सार्वजनिक बिदाको दिन पनि अस्पतालको बहिरंग सेवा चलाउन निर्देशन

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक… Continue reading सार्वजनिक बिदाको दिन पनि अस्पतालको बहिरंग सेवा चलाउन निर्देशन

माओवादीको कार्यकर्तालाई सर्कुलर के आयो ?

rss

काठमाडौं । उपमहासचिव जनार्दन शर्माको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रले नयाँ सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको छ । हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले आफ्नो मत लिखित रुपमै राखेका थिए । तर… Continue reading माओवादीको कार्यकर्तालाई सर्कुलर के आयो ?

देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ ।वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले… Continue reading देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?

सरकारले जनताको इच्छा विपरित काम गरिरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् । आइतबार बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले भने, ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’ यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए… Continue reading सरकारले जनताको इच्छा विपरित काम गरिरहेको छ : प्रचण्ड

रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्। पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका हुन्। ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी… Continue reading रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ

संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् ।सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले… Continue reading संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा

प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने… Continue reading प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन

पारा ओलम्पिकमा नेपाललाई पदक जिताउने खेलाडीलाई नेताहरुको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् । पारालिम्पिकमा… Continue reading पारा ओलम्पिकमा नेपाललाई पदक जिताउने खेलाडीलाई नेताहरुको बधाई

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो । आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका… Continue reading कांग्रेस शीर्ष नेताको बैठक बस्दै, के छ एजेण्डा ?

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छिन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितिन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरिन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा… Continue reading पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक

गौतमबुद्ध विमानस्थल अवलोकन गर्दै पर्यटनमन्त्रीले के भने ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय यात्रु ल्याउने प्रमुख माध्यम नै यही विमानस्थल बन्ने भएकोले विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको उनले बताए। शुक्रबार भैरहवामा विमानस्थलको निरीक्षण गर्दै मन्त्री… Continue reading गौतमबुद्ध विमानस्थल अवलोकन गर्दै पर्यटनमन्त्रीले के भने ?

नवलपरासीमा सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा तीन जनाको ज्यान गयो

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का… Continue reading नवलपरासीमा सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा तीन जनाको ज्यान गयो

सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍ प्रभावकारी बनाउन स्टेरिङ कमिटी गठन

काठमाडौं । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍’ को कार्यलाई प्रभावकारी बनाउन ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ । परिषद्‍को दोस्रो बैठकले निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको हो । स्टेरिङ कमिटीमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चन्द्रागिरि… Continue reading सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍ प्रभावकारी बनाउन स्टेरिङ कमिटी गठन

आईसीसी विश्वकप लिग-२ तयारीका लागि श्रीलंका जाँदै

काठमाडौं । नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो । सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ । नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा… Continue reading आईसीसी विश्वकप लिग-२ तयारीका लागि श्रीलंका जाँदै

रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

काठमाडौं । रुसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,” रुसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ । रुसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता,… Continue reading रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

पारसले भारतमा लिजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । भेट्रान खेलाडीहरूले खेल्ने यो लिगका लागि पारसलाई गुजरात लायन्सले १२ लाख ५० भारतीय रुपैयाँ भाउ लगाएको थियो । भारतमा भएको अक्सनमा गुजरातले पारसलाई ‘बेस प्राइस’ मा लिएको थियो । गुजरातले पारससहित वेस्ट इन्डिजका क्रिस गेल, वेस्ट इन्डिजका लेन्डल सिमोन्स, अफगानिस्तानका पूर्वकप्तान अस्घर अफगानलाई… Continue reading पारसले भारतमा लिजेन्ड्स लिग क्रिकेट खेल्ने

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारुढ दल एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवम् चलचित्र… Continue reading चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

पाँचथरमा ग्रिनेड विष्फोट, दुई बालबालिकाको ज्यान गयो

photo : Onlinekhabar

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज… Continue reading पाँचथरमा ग्रिनेड विष्फोट, दुई बालबालिकाको ज्यान गयो

एक नारायण अर्याल बने मूख्यसचिव

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा… Continue reading एक नारायण अर्याल बने मूख्यसचिव

टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

काठमाडौं । नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् । अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन (ईयू), जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त विधेयकको स्वागत… Continue reading टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

काठमाडौं । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण… Continue reading बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

प्रचण्डले संयम गुमाए : एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी दलको नेताले संयमता गुमाएको बताएको छ । आफ्नो असन्तुष्टि पोख्न समाजलाई उत्तेजित नबनाउन समेत एमालेले आग्रह गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा सरकारको काम कारबाही र माओवादी अध्यक्ष प्रचण्डले मंगलबार संसदमा गरेको सम्बोधनबारे छलफल भएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार गठनसँगै सकारात्मक आशा र भरोसा… Continue reading प्रचण्डले संयम गुमाए : एमाले

अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो । खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ । यो… Continue reading अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९… Continue reading अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

Photo : nepyork.com

काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरिएको छ । बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा… Continue reading अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

काठमाडौं । ब्राजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेको ठानिएका १७६ नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली अधिकारीले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएको बीबीसीले जनाएको छ । लामो समयदेखि… Continue reading अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी… Continue reading एमाले सचिवालय बैठक आज बस्दै