काठमाडौं । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो । लेबनानसमेत… Continue reading लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान
Category: समाचार
कति शक्तिशाली छ हिज्बुल्लाह ?
काठमाडौं । लेबननको शक्तिशाली मिलिशिया तथा राजनीतिक अभियानका वरिष्ठ कमान्डर फुआद शुकर इजरायली आक्रमणमा मारिए पछि पुनः एक पटक हिज्बुल्लाह समूह चर्चामा छ । उसले इजरायलविरुद्ध प्रतिक्रामण गर्ने तयारी गरेको छ । दुई पक्षबीच द्वन्द्व बढेकै बेला इजरायलद्वारा हत्या गरिएका उनी सबैभन्दा उच्च तहका हिज्बुल्लाह सदस्य हुन् । इजरायली सेनाले गत शनिवार उसको अधीनमा रहेको… Continue reading कति शक्तिशाली छ हिज्बुल्लाह ?
कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार
काठमाडौं । अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यसअघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ । भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक… Continue reading कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार
कार्ल्सबर्गमा नेपालको अहिलेसम्मकै ठूलो खरीद बिक्रि-सम्झौता
काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)ले किनेको काल्र्सबर्गद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सीएलएपीएल (सिंगापुर) होल्डिङ्सको ३३.३३… Continue reading कार्ल्सबर्गमा नेपालको अहिलेसम्मकै ठूलो खरीद बिक्रि-सम्झौता
दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता
काठमाडौं । दाङको घोराही(तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गतराति दुईवटा अटोरिक्सा बगाएको छ ।तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय… Continue reading दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता
इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । इलाममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । तीन जना सवार मोटरसाइकल… Continue reading इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत फेला परेका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् । शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा… Continue reading सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला
सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा… Continue reading सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो
लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महशुल बक्यौता विवादमा रहेका उद्योगीहरुको विद्युत महशुल सम्बन्धी टिओडी डाटा मागेको छ । शुक्रबार प्राधिकारका अधिकारी र व्यावसायीहरुसँग छलफल गरेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी डाटा माग गर्ने निर्णय गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलका अनुसार प्राधिकरणसँग टिओडी डाटा लिएर समितिले आगामी पाँच दिन… Continue reading लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर
काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो
काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइएको छ । उडान नं. ६५५, कल साईन ९-एएमडिमा प्राविधिक समस्या देखिएको बुद्धले जनाएको छ । जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले उल्लेख गरेको छ ।
रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज… Continue reading रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु
थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने
काठमाडौं । थाई एयर एसियाले थाइल्याण्डको बैंककबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको चार उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । थाई एयर एसियाले सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ । थाई एयर एसियालाई त्रिभुवन… Continue reading थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा दुई भारतीय पेस्तोलसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय… Continue reading पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
हमासका सैन्य प्रमुख मारिए : इजरायल
काठमाडौं । हमासका शीर्ष नेता इस्माइल हनियेको इरानको राजधानी तेहरानमा हत्या भएको भोलिपल्ट इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई समेत मारेको दावि गरेको छ । उनको १९ दिनअघि नै हत्या भएको बताइएको छ । इसराइलले जुलाई १३ मा गाजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाइ आक्रमण गरेर देइफलाई मारेको दाबी गरेको छ ।… Continue reading हमासका सैन्य प्रमुख मारिए : इजरायल
आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया… Continue reading आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने तयारीमा छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर… Continue reading प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड
राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने
काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको भन्दै आलोचना भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन तथा राष्ट्रिय परिचयपत्र इकाईहरुलाई पत्राचार गरेर उक्त… Continue reading राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने
नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई प्रदेश प्रमुख पदमा… Continue reading नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ
काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात
काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकालेको हो। पहिलो सेट २५–१९ ले जितेको नेपालले दोस्रो सेटमा २५–१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि २५–१९ को ले जितेपछि नेपालले खेल ३–० को सोझो सेटमा आफ्नो पक्षमा… Continue reading काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात
आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए… Continue reading आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह
एमालेले फेर्यो विदेश विभाग प्रमुख, भट्टराईको स्थानमा महासेठ
काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैले मागेका थिए । यसअघिका विदेश विभाग प्रमुखराजन भट्टराईलाई भने बागमति प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने बताए । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य… Continue reading प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन
केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता
काठमाडौं । भारतको केरलापछि हिमाचल प्रदेशमा पनि भारी वर्षासँगै बाढी–पहिरोको विपत्ति निम्तिएको छ । हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । जाओन, कुल्लु, निरमण्ड, सरपारा लगायत ठाउँ बाढीपहिरोको चपेटामा परेका छन् । यो जानकारी हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । हिमाचल प्रदेश सरकारका एक मन्त्री… Continue reading केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता
टीआरसी विधेयकमा सहमति
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको दलहरुले बताएका छन् । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित विषयमा सहमति जुटेको हो । गृहमन्त्री रमेश लेखकले यसबारे जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक… Continue reading टीआरसी विधेयकमा सहमति
देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक
काठमाडौं । देशभर २२ जनामा हैजा पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरे । डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल… Continue reading देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक
तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?
काठमाडौं । सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो । पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ । कुन… Continue reading १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?
पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त
काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक(२०२४ को ब्याडमिन्टनमा बुधबार आफ्नो तेस्रो खेलमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ अन्तर्गत पुरुष एकलको आफ्नो तेस्रो खेलमा इजरायलका मिसा जिलबरमनसँग २–० को सेटमा पराजित भएसँगै प्रिन्सको पनि चुनौती समाप्त भएको हो। प्रिन्स पहिलो सेट २१–१२ र दोस्रो सेट २१–१० ले पराजित भए।… Continue reading पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त
एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान र सरकारको लगानीमा निर्माण हुने परियोजना अन्तर्गत तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको छ । एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माण गर्न भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेसँगै तीनवटै सबस्टेसनको ठेक्का लागेको हो । बुधबार एमसीए नेपालका कार्यकारी… Continue reading एमसीसीका तीन वटै सव-स्टेशनमा लाग्यो ठेक्का
परराष्ट्र मन्त्री राणा पुगिन राहदानी विभाग
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा राहदानी विभागको अनुगमनमा पुगेकी छिन । उनी बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेकी हुन् । उनले सो क्रममा सेवाग्राही सङ्ग समेत प्रतिक्रिया लिएकि छिन् । हरेक मन्त्रीले राहदानी वितरण सहज बनाउने भने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन ।