काठमाडौं । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ ९यूएन० का लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा बिहीबार नियुक्त भएका छन् । इकोसकलाई संयुक्त राष्ट्र संघको एउटा महत्वपूर्ण अंगको रुपमा लिइन्छ । थापा एसिया–प्रशान्त मुलुकहरुको तर्फबाट सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा नियुक्त भएको संयुक्त राष्ट्र… Continue reading यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त
Category: समाचार
मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए
काठमाडौं । मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् ।अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले एक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको… Continue reading मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए
हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री पौडेलले ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको बताए । पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै… Continue reading हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने
लगानी बोर्डमार्फत एक वर्षमा पौने ३ खर्ब लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ । ह्वासिन सिमेन्टले लगानी वृद्धिका लागि स्वीकृति पाएको छ । लगानी बोर्डका अनुसार आव २०८०\८१ मा माथिल्लो कर्णालीमा १ खर्ब ६२ अर्ब, सुपर तमोरमा ३४ अर्ब ५९… Continue reading लगानी बोर्डमार्फत एक वर्षमा पौने ३ खर्ब लगानी स्वीकृत
योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त
काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सदस्यहरुमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त… Continue reading योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त
लीलादेवि बनिन् पहिलो महिला मुख्यसचिव
काठमाडौं । नेपालमा पहिलोपटक महिला निजामती कर्मचारीको सर्वोच्च पदमा पुगेकी छिन् । बिहिवार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवि गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । उनी महिलाबाट यो पदमा पुग्ने पहिलो व्यक्ति बन्दै इतिहास बनाउन सफल बनेकि छिन् । प्रधानमन्त्री केपि शर्मा ओलीले उनलाई औपचारिक रुपमा बधाई दिएका छन् ।
जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकको शोकमा आज राष्ट्रिय झण्डाआधा झुकाइदैछ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले जहाज दुर्घटनाको छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमापाँच सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ । बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज… Continue reading जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?
मकवानपुरमा दम्पत्ति मृत फेला
काठमाडौं । मकवानपुरमा श्रीमान र श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । ६२ वर्षीय श्रीमान केशव भण्डारी र उनकी ५६ वर्षीया श्रीमती अम्बिका… Continue reading मकवानपुरमा दम्पत्ति मृत फेला
मुकुल ढकाललाई कारवाही गरेपछि पहिलो पटक रास्वपा केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो । आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । बैठकमा रास्वपाबाट… Continue reading मुकुल ढकाललाई कारवाही गरेपछि पहिलो पटक रास्वपा केन्द्रिय समिति बैठक बस्दै
सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना
काठमाडौं । तीन साता अगाडी त्रिशूली नदीमा दुई बस पहिरोमा परी बगेका छन् । बसको खोजी जारी छ । अहिलेसम्म डेढ दर्जन शव मात्र भेटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धारको काम जारी राखेका छन् । भारतबाट समेत प्राविधिक टोली मगाइएको छ । तर, अहिलेसम्म बस र यात्रुको अत्तोपत्तो लाग्न सकेको… Continue reading सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना
जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । सौर्यको ९ एन(एएमई–सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जान उडेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो।… Continue reading जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?
बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बुधबार बिहान… Continue reading बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानका पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन् । १८ जनाको मृत्यु भएको सो घटनामा घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको… Continue reading घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री
जहाज दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप… Continue reading जहाज दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग
सौर्य एयरको व्यवस्थापन टीमका चार उच्च अधिकारीको दुर्घटनामा परी मृत्यु
काठमाडौं । सौर्य एयरलाइन्सले व्यवस्थापन टीमका उच्च अधिकारीहरु गुमाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष रत्न शाक्य घाइते छन् । उनको उपचार जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर कुमार आचार्य, सीएएमओ म्यानेजर अश्विन कुमार… Continue reading सौर्य एयरको व्यवस्थापन टीमका चार उच्च अधिकारीको दुर्घटनामा परी मृत्यु
काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । जहाजमा दुई क्याप्टेनसहित १९ जना सवार थिए । सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी भएको खुलेको छ । यसमध्ये क्याप्टेनको जिवितै उद्दार गरिएको छ भने १८ जनाको… Continue reading काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु
लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री
काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम निश्चित गरेको छ । कांग्रेसकोभागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण हुँदैछ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर… Continue reading लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री
बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम
काठमाडौं । बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो । आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् । फर्किन टिकट काटिसकेका र… Continue reading बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम
एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान… Continue reading एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम
बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म… Continue reading बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक
मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक
काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैलालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेका छन् ।… Continue reading मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक
अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित
काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ । आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित
बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन् । कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार… Continue reading बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त
महिला एसिया कप : टस हारेर नेपाल बलिङमा
काठमाडौं । महिला एसिया कप(२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ । नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा सवनम राई फर्किएकी छिन् । आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ । यता, आज भारतको कप्तानी… Continue reading महिला एसिया कप : टस हारेर नेपाल बलिङमा
मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए… Continue reading मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ
बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती
काठमाडौं । बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र… Continue reading बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती
काठमाडौंमा रातभर भारी वर्षा
काठमाडौं । काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ… Continue reading काठमाडौंमा रातभर भारी वर्षा
बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता
काठमाडौं । बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो । उता बंगलादेशमा भने… Continue reading बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता
विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे निर्देशन दिएका छन् । उनले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमा नजान निर्देशन दिएका छन् । विदेश जानैपर्ने भए अवधि छोट्याउन उनले निर्देशन दिएका छन् । भ्रमण टोलीमा महिला हुनैपर्ने समेत प्रधानमन्त्रीको निर्देशन छ । ‘भ्रमण मण्डलमा दुई… Continue reading विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?