काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ हिन्दू र लिम्बू संस्कारअनुसार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे । यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । श्रद्धाञ्जली दिन नेपाली… Continue reading राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि
Category: समाचार
कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने
काठमाडौं । फिल्म, फेसबुक, टिकटक भिडिओ, टेलिशृंखला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने नेपाल प्रहरीले जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडिओको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले यसबारे बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा… Continue reading कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने
विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदाउँदा नेताको सूचीमा पर्न सफल भएका छन् । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो। जसमा २०७९ को… Continue reading विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन
आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व
काठमाडौं । आज कुशे औँशी पर्व मनाइदैछ । हरेक साल भाद्र कृष्ण औँसीका दिन यो पर्व पर्छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँने गर्छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक मान्यता छ । आजका दिन उखेलिएको… Continue reading आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व
डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको… Continue reading डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु
सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि… Continue reading सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी
सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?
काठमाडौं । झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्करीबारे पहिलो चरणको अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। हङ्कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेकप्याड .ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो। उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन… Continue reading सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?
धर्मगुरु गिरीले पाए बलात्कार मुद्दामा सफाई
काठमाडौं । धर्मगुरु कृष्णबहादुर गिरीले बलात्कार मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने धर्मगुरु गिरीलाई सफाइ दिएको हो । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । तर उच्च अदालतल विराटनगरले फेरि… Continue reading धर्मगुरु गिरीले पाए बलात्कार मुद्दामा सफाई
परराष्ट्र मन्त्री न्यूयोर्क पुगे
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क पुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरे । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदले राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन् । गत सेप्टेम्बर ५ देखि… Continue reading परराष्ट्र मन्त्री न्यूयोर्क पुगे
गगनको दाबी-‘केही दिनमा कांग्रेसले सरकारको नेतृत्व लिन्छ’
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन वा केही महिनामा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने बताएका छन्। बुधबार पोखरा महानगरको सम्मेलनमा दिपेन्द्र सभागृहमा थापाले सरकारको नेतृत्व अब कांग्रेसले गर्ने भन्दै नेता कार्यकर्तालाई रुवाबासी नगर्न आग्रह गरे। २०८४ सालको निर्वाचनलाई लिएर कांग्रेसका नेता कार्यकर्ता चिन्तित भएको आफूले पाएको भन्दै उनले प्रश्न गरे, ‘अब केही दिनपछि… Continue reading गगनको दाबी-‘केही दिनमा कांग्रेसले सरकारको नेतृत्व लिन्छ’
निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क
काठमाडौं । लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर सो विधेयक दर्ता गरिएको हो । दर्तापछि विधेयकलाई सङ्घीय संसद् सचिवालयले वेभसाइटमा समावेश गरेको छ । यस विधेयकमा विद्यालय स्थापनाका… Continue reading निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क
गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट शुरु… Continue reading गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन
दुई करोडको अडियो प्रकरण: रास्वपाले थाल्यो मोहनजंग थापामाथि छानबिन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेपछि उनिमाथि छानबिन थालेको छ। केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो। बुधबार जारी… Continue reading दुई करोडको अडियो प्रकरण: रास्वपाले थाल्यो मोहनजंग थापामाथि छानबिन
गणित, विज्ञान र कम्प्युटर नेपाली भाषामा पढाउन नपाइने
काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्को विधेयक शाखामा दर्ता भएको छ। विधेयकमा विद्यालयहरुले अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय नेपाली भाषामा पढाउन नपाउने व्यवस्था गरिएको छ । ‘शिक्षणको माध्यम भाषा नेपाली, संस्कृति, मातृभाषा वा अंग्रेजी हुन सक्ने, त्यसमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने,’… Continue reading गणित, विज्ञान र कम्प्युटर नेपाली भाषामा पढाउन नपाइने
एसईई हटाउने प्रस्तावसहित शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता
काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्को विधेयक शाखामा दर्ता भएको छ। नेपालमा २०२८ सालको शिक्षा विधेयक संशोधन गरेर सञ्चालन भएको भए पनि नयाँ विधेयक आउन सकिरहेको थिएन। यसअघि विधेयकमा भएको प्रावधान चुहावट भएपछि निजी विद्यालय सञ्चालकहरुले विरोध जनाएका थिए। प्याब्सन, एनप्याब्सनहरुको विरोधपछि सरकार विधेयक दर्ता गर्न पन्छिएको थियो।… Continue reading एसईई हटाउने प्रस्तावसहित शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता
पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै
काठमाडौं । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्दैछ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट… Continue reading पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै
सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउदै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै बाहिरिएको ब्रेक-सु सहितको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले… Continue reading सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउदै
भक्तपुरबाट पर्सा लगिएका बाल सुधार गृहका कैदिले गरे उत्पात
काठमाडौं । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।… Continue reading भक्तपुरबाट पर्सा लगिएका बाल सुधार गृहका कैदिले गरे उत्पात
लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए
काठमाडौं । लिबियामा बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । लिबियाको एउटा सहरमा मात्रै १,५०० जनाको ज्यान गएको डेर्नाको पूर्वी बन्दरगाह भ्रमण गरेका एक जना मन्त्रीले बताएका छन्। डेर्ना बन्दरगाह सहर हो। “त्यहाँ देखिएका कुराले म स्तब्ध भएको छु। त्यहाँ सुनामीको जस्तै अवस्था छ,” पूर्वी सरकारका उड्डयन मन्त्री तथा सरकारको आपत्कालीन प्रतिकार्य समितिका सदस्य… Continue reading लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए
नेम्वाङको अन्त्येष्टी विहिबार, सोही दिन शोक बिदा
काठमाडौं । संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्तिम संस्कार गरिने भएको छ । सोही दिन सरकारले शोक बिदा समेत दिएको छ । उनको पार्थिव शरीरलाई सोमबार राति नेकपा एमालेको पार्टी कार्यालयमै राखिने भएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार विहान निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म… Continue reading नेम्वाङको अन्त्येष्टी विहिबार, सोही दिन शोक बिदा
कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । अनलाइनबाट दर्ता हुने कम्पनीले कम्पनीको छाप तथा कम्पनीको तर्फबाट सम्बन्धित कागजातमा हस्ताक्षर गर्न अनुमतिप्राप्त कम्पनीको अध्यक्ष, सञ्चालक वा कम्पनी सचिवको नमुना हस्ताक्षर विद्युतीय सूचना प्रणालीमा उपलब्ध गराउनुपर्नेछ । केही समयका लागि हाल… Continue reading कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट
‘भेल्लु बाजे’ नामले चर्चित मीनबहादुर बुढालाई पत्नीशोक
काठमाडाैँ । ‘भेल्लु बाजे’ नामले सामाजिक सञ्जालमा भाइरल बनेका प्युठानका मीनबहादुर बुढामगरलाई पत्नीशोक परेको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा उनकी श्रीमती ५९ वर्षीया बिस्ना बुढाको निधन भएको हो । उनी लामो समयदेखि बाथ रोग र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् । पूरै जिउ सुन्निएर हिँडडुल गर्नै… Continue reading ‘भेल्लु बाजे’ नामले चर्चित मीनबहादुर बुढालाई पत्नीशोक
नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल
काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालय च्यासल पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् । पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम… Continue reading नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
काठमाडौं\राससइलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत उनी थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’… Continue reading राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोली पार्टी कार्यालयमा राखिने
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर दुई दिनसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ। उनको बुधबार अपाराह्न अन्तिम संस्कार गर्ने तयारी परिवारपनको छ । इलाम १ का सांसद महेश बस्नेतका अनुसार नेम्वाङको पार्थिव शरीर ललितपुर, च्यासलस्थित पार्टी कार्यालय राखिने छ । संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम- २ बाट… Continue reading एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोली पार्टी कार्यालयमा राखिने
सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि… Continue reading सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश
नेम्वाङको निधनले स्तब्ध छु : देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् । ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको… Continue reading नेम्वाङको निधनले स्तब्ध छु : देउवा
नेम्वाङको निधनमा राष्ट्रपति मर्माहत
काठमाडौं । एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिक्रिया दिएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको… Continue reading नेम्वाङको निधनमा राष्ट्रपति मर्माहत
शालिन नेता सुवास नेम्वाङको आकस्मिक निधन
काठमाडौं । नेपाली राजनीतिका शालिन नेता तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आकस्मिक निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधव… Continue reading शालिन नेता सुवास नेम्वाङको आकस्मिक निधन
म्यानमारसँग हार्यो नेपाल
काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो । म्यानमारका… Continue reading म्यानमारसँग हार्यो नेपाल