काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले धारा १६८ (२) अनुसार मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापाको पद तथा गोपनीयताको शपथ बुधबार बिहान १०ः३० बजे हुने बताइएको छ । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका… Continue reading कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
Category: समाचार
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्याउन राजीनामा दिएका थिए । दाबीपत्रमा कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी… Continue reading कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश
गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा
काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धन सरकार नै बन्न नसक्ने अवस्थामा पुगेपछि मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । अब उनी नेकपा (माअोवादी केन्द्र) को संसदीय दलको सदस्य भएका छन् । सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा… Continue reading गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा
रक्सी पिउन लाइसेन्स अनिवार्य
काठमाडौं । गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाइसेन्स अनिवार्य गरेको छ । गाउँपालिकालाई ‘मदिरा निषेधित पालिका’ घोषणा गर्नको लागि भाद्र १ गतेदेखि लागू हुने गरी लाइसेन्स अनिवार्य गरेको हो । मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार पालिकाभित्र मदिरा उत्पादन गर्ने, वितरण गर्ने, सेवन गर्ने तथा ओसार पसार गर्ने सबै व्यक्तिले अनिवार्य रुपमा लाईसेन्स लिनु पर्ने… Continue reading रक्सी पिउन लाइसेन्स अनिवार्य
प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै साउन २२ गते सोमबारका लागि बोलाइएको हो । क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको… Continue reading प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित
मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन अल्पकालीन आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासलले ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएका हुन् । काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर आफनाे जग्गा दाबी गर्दै आएका विश्वनाथ (जनार्दन ) आचार्यले… Continue reading मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ । मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ । आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो… Continue reading सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम
क्वार्टरमा मदिरा सेवन गरेको भिडियोमा युवतिसँगै लाइभ भएपछि मन्त्रालय तानिए डमरु
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर हुन पत्र लेखेको छ। सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो। ‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा… Continue reading क्वार्टरमा मदिरा सेवन गरेको भिडियोमा युवतिसँगै लाइभ भएपछि मन्त्रालय तानिए डमरु
तीन प्रदेशमा आज ठूलो वर्षा
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य, बदलीको अवस्था छ। कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा… Continue reading तीन प्रदेशमा आज ठूलो वर्षा
संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म सिफारिस हुन सकेको छैन… Continue reading संवैधानिक परिषद्को बैठक आज बस्दै
नेदरल्याण्ड्स पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ
काठमाडौं । नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि… Continue reading नेदरल्याण्ड्स पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ
गुडिरहेको रेलमा प्रहरीले गोली प्रहार गर्दा भारतमा कम्तिमा ४ जना मारिए
काठमाडौं । भारतको मुम्बईनजिकै एउटा यात्रुवाहक रेलमा चार जनाको गोली हानी हत्या गरेको अभियोगमा भारतीय रेल सेवाको सुरक्षाका लागि खटिएका एक प्रहरी जवान पक्राउ परेका छन्। रेलवे प्रोटेक्शन फोर्स आरटीएफुमा कार्यरत चेतन कुमारमाथि एक वरिष्ठ सुरक्षा अधिकारी र तीन यात्रुको गोली हानी हत्या गरेको आरोप छ। अधिकारीहरूले उनको नियतबारे अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान गर्ने… Continue reading गुडिरहेको रेलमा प्रहरीले गोली प्रहार गर्दा भारतमा कम्तिमा ४ जना मारिए
एनआरएनएको समानान्तर संगठन खोल्ने बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ । गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, परराष्ट्र मन्त्रालयले सो संस्था… Continue reading एनआरएनएको समानान्तर संगठन खोल्ने बाटो खुला
लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी
काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र… Continue reading लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी
मधेश प्रदेशमा पाँचौं पटक मन्त्रीमण्डल विस्तार
काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद पाँचौं पटक पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार रिक्त रहेका दुई मन्त्रालयमा नेपाली कांग्रेसबाट मोहम्मद समिमलाई गृह सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै मधेश प्रदेश सरकारको… Continue reading मधेश प्रदेशमा पाँचौं पटक मन्त्रीमण्डल विस्तार
रास्वपाको दबाबमा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको… Continue reading रास्वपाको दबाबमा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो
उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो
पोखरा । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ । आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो । जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान स्थगित गरिएको छ । यती एयरको सो जहाज ११ बजेर ५० मिनेटमा उडान नम्बर ६७८ मार्फत काठमाडौं जाने तयारीमा थियो ।
साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०७९ असोज ८ गते र विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । सोमवार एक विज्ञप्ति जारी गर्दै पछिल्लो दशकभर सत्याग्रहलगायतका आन्दोलनका कारण चिकित्सा क्षेत्रमा विभिन्न सुधार भएको तर ती महत्वपूर्ण सम्झौता सरकारले कार्यान्वयन नगरेको बताएका छन् । सम्झौताहरू कार्यान्वयन… Continue reading साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको ज्यान गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका… Continue reading मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
आज खिर खाने दिन, यस्तो छ महत्व
काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दुधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने… Continue reading आज खिर खाने दिन, यस्तो छ महत्व
पश्चिम तराईमा भारी वर्षा, जनजीवन प्रभावित
काठमाडौं । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङ देउखुरीको लालमटिया आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान साढे २ बजे सूचना जारी गरेर पछिल्लो तीन घण्टायता ती क्षेत्रमा भारी वर्षा भएको जानकारी दिएको हो । महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनीमा ७४.२ मिलिमिटर वर्षा… Continue reading पश्चिम तराईमा भारी वर्षा, जनजीवन प्रभावित
पाकिस्तानमा बम विष्फोट, कम्तिमा ३५ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साथै २ सय जना घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा… Continue reading पाकिस्तानमा बम विष्फोट, कम्तिमा ३५ जनाको मृत्यु
भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्। समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ… Continue reading भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री
रुकुम पश्चिममा पहिरोमा परी २ जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेको जिल्ला… Continue reading रुकुम पश्चिममा पहिरोमा परी २ जनाको मृत्यु
तलबभन्दा झन्डै दोब्बर आम्दानी गर्ने नापी कार्यालय चाबहिलका अधिकृत विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।… Continue reading तलबभन्दा झन्डै दोब्बर आम्दानी गर्ने नापी कार्यालय चाबहिलका अधिकृत विरुद्ध मुद्दा दायर
मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै सञ्चालनमा
काठमाडौं । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी… Continue reading मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै सञ्चालनमा
धरानमा एकैदिन १५४ जनामा डेंगी संक्रमण, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभ
धरानमा डेंगी प्रकोप तीव्र, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभकाठमाडौं । सुनसरीको धरानमा डेंगी संक्रमणको जोखिम क्षेत्र देखिएको छ । तीन वर्षअघिझैँ धरानमा संक्रमितको सख्या बढ्न थालेपछि संक्रमणको जोखिम बढेको हो । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३ जना संक्रमित भएका छन् । साउन १२ गतेसम्म दुई हजार १९९ कुल संक्रमित रहेकोमा एकैदिन… Continue reading धरानमा एकैदिन १५४ जनामा डेंगी संक्रमण, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभ
सुन तस्करी प्रकरण: ठमेलस्थित होटल भियनामा छापा, एक जना पक्राउ
काठमाडौं । राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि होटल भियनामा आज बिहान छापा मारेको हो । होटलबाट केही कागजपत्रसहित एक जनालाई पक्राउ पनि गरिएको छ । पक्राउ पर्नेमा दावा छिरिङ नामका बेल्जियमका नागरिक रहेको खुलेका छ ।… Continue reading सुन तस्करी प्रकरण: ठमेलस्थित होटल भियनामा छापा, एक जना पक्राउ
सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको छ । ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका… Continue reading सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता
काठमाडौं । साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढी र भेगले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला… Continue reading सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता