Category: समाचार

  • कस्तो रहनेछ आजकौ मौसम ?

    कस्तो रहनेछ आजकौ मौसम ?

    काठमाडौं । जल तथा मौसम पूर्वानूमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी प्रदेशको पूर्वी भागसहित यी प्रदेशमा हाल मनसुनी प्रभाव छ । भारी वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै देशका बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


    महाशाखाले यो हप्ताभर मनसुनी प्रभाव रहेका प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न पनि आग्रह गरेको छ । ‘यस बाटती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले भनेको छ ।

  • यूरोकप : पोर्चुगल नकआउट चरणमा

    यूरोकप : पोर्चुगल नकआउट चरणमा

    काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो–२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३–० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे ।

    टर्कीका सामेत एकाएदिनले २८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको थियो । पोर्चुगल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा छ । दुई खेलबाट टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । अब पोर्गुचलले समूहको अन्तिम खेलमा पहिलोपटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यस्तै टर्कीले अन्तिम खेलमा चेक रिपब्लिकसँग खेल्नेछ ।

  • कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

    कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

    काठमाडौं । भेनुजएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ । समूह बीअन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भनेजुएलाले २–१ ले पराजित गरेको हो । भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो ।

    खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो । त्यसका बावजुत पनि जेरेमी सार्मिएन्टोले ४०औं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिले अग्रता दिलाएका थिए । तर इक्वेडरले पहिलो हाफ बाहेक त्यो अग्रता कायम राख्न सकेन ।

    जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र भेनेजुएलाले जित सहित प्रतियोगिता सुरुआत गर्दै ३ अंक जोड्यो ।

  • नेपाल आइडल ५ को उपाधी करण परियारलाई

    नेपाल आइडल ५ को उपाधी करण परियारलाई

    काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्ट मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई हराउँदै उनी विजेता बने । दर्शकको भोटको आधारमा उनी विजेता चुनिए ।

    उपाधिसँगै उनले ट्रफी, २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।

    दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे । चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।

    ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक-गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए । नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ । शोका निर्देशक सुरेश पौडेल हुन् ।

  • जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

    जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

    काठमाडौं । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको थियो ।

    माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए । घाइतेको उद्धार भइसकेको उपाध्यक्ष सिंहले जानकारी दिए ।

  • डोल्पामा नदीमा डुबेर दुई बालिकाको मृत्यु

    डोल्पामा नदीमा डुबेर दुई बालिकाको मृत्यु

    काठमाडौं । डोल्पामा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काईके गाउँपालिका–५ बैजिबाराकी कक्षा ५ मा अध्ययनरत १२ वर्षीयाकी रविना विष्ट र कक्षा २ मा अध्ययनरत १० वर्षीयाकी सोनी बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । शनिबार बिहान फोक्सुन्डो खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए

    चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए

    काठमाडौं । यस साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र आएको बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ । केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सिसिटिभीले बताएको छ । अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको सङ्ख्या बढेर ३८ पुगेको छ ।

    “प्रकोपको गम्भीरताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र समय लाग्नेछ”, सिसिटिभीले भनेको छ । मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । चीनको अधिकांश भागमा यो साता ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको छ । रासस

  • पार्टीलाई पहिलो दल बनाउने गरी काम गर्न देउवाको  कार्यकर्तालाई निर्देशन

    पार्टीलाई पहिलो दल बनाउने गरी काम गर्न देउवाको कार्यकर्तालाई निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कसैले पनि हराउन नसक्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार नवलपरासी पश्चिमको परासीमा नेता कार्यकर्ता भेटघाटका क्रममा उनले कांग्रेसलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

    उनले चुनावमा हुने अन्तर्घात अन्त्य गर्न अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा नेता कार्यकर्तालाई पार्टीभित्रको पदमा जिम्मेवारी दिन पनि निर्देशन दिएका छन् । त्यस्तै सबै तहमा प्रशिक्षण कार्यक्रमहरु राख्न र राजनीतिक विचारहरु प्रवाह गर्न पनि निर्देशन दिएका छन् । देउवाले पार्टीमा दण्ड र पुरस्कारको थिति बसाल्ने भन्दै ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

  • वर्तमान सरकारले पूरै कार्यकाल चलाउने प्रचण्डको दावि

    वर्तमान सरकारले पूरै कार्यकाल चलाउने प्रचण्डको दावि

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री हुने दावि गरेका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताए ।

    ‘‘अहिले डेढ वर्ष भयो तर म बसेकै छु र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन’, प्रधानमन्त्री प्रचण्डले भने ।

    आफू सत्ता समीकरणमा रहेका दलहरुबीचको समझदारीमा आफू इमान्दार रहेको प्रचण्डले बताए । ‘हामी इमान्दारपूर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टि तपाईहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफ्नो काम गर्नुहोला’, प्रचण्डले पार्टीका कार्यकर्ताहरुलाई भने ।

    अब छिट्टै केन्द्रीय समिति बैठक बसेर पार्टीका संगठनहरुलाई पनि चलायमान बनाउने निर्णय गर्ने उनले बताए । कार्यकर्तालाई फुर्सद नदिने गरी कामको जिम्मेवारी दिने उनको भनाइ छ ।

    ‘अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं’, प्रचण्डले भने ।

  • विश्वकप : दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी

    विश्वकप : दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी

    काठमाडौं । आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको छ। गएराति इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार छैटौं ‍जित निकालेको हो। सुपर आठको दोस्रो खेलमा इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। यसअघि समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिकाले सुपर आठको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

    गएराति सुपर आठको दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रनमात्रै बनायो। इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले अर्धशतक हाने। उनले ३७ बलमा ७ चौका प्रहार गरी ५३ रन बनाए। लियम लिभिङस्टोनले १७ बलमा ३ चौका र २ छक्का हानेर ३३ रन जोडे। कप्तान जोश बट्लर १७ रन बनाएर आउट भए। जोनी बैर्स्टो १६, फिल सल्ट ११, मोइन अली ९ रनमा आउट भए।

    साम करण १० रन बनाएर नट आउट रहे। बलिङतर्फ दक्षिण अफ्रिकाका कगिशो रबाडा र केशव महाराजले २र२ तथा ओटनेल बार्टमन र एनरिच नोर्त्जीले १र१ विकेट लिए। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। त्यस क्रममा ओपनर क्वीन्टन डिककले अर्धशतक हाने। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६५ रन बनाए। डेविड मिलरले २८ बलमा ४ चौका र २ छक्का हानेर ४३ रन जोडे।

    ओपनर रेजा हेन्ड्रिक्सले २५ बल खेलेर १ चौकाको मद्दतले १९ रन बनाए। हेनरिच क्लासेन ८, एडेन मक्रम १ रन र मार्को जनसेन शून्यमा आउट भए।
    बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन तथा मोइन अली र अदिल रसिदले १–१ विकेट लिए। सुपर आठमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजसँग र इंग्ल्याण्डले अमेरिकासँग अन्तिम खेल खेल्नेछ।

  • मनसुन पाँच प्रदेशमा फैलियो, कस्तो रहनेछ मौसम ?

    मनसुन पाँच प्रदेशमा फैलियो, कस्तो रहनेछ मौसम ?

    काठमाडौं । मनसुन भित्रिएको आधा महिना बितिसक्दा पनि देशभर फैलिएको छैन। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म मनसुनको प्रभाव पाँच प्रदेशमा छ। कोशी प्रदेशबाट भित्रिएको मनसुन कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनकी पूर्वी भूभागसम्म फैलिएको छ। अन्य भूभागमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको शनिबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

    मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा शनिबार बिहान हल्कादेखि पूर्णतया बदली छ भने बाँङ्की भूभागमा आंशिक बदली छ। महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ। दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू(भागका एक-दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।


    आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

    पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा तोकिएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ । १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

  • यूरोकप : नेदरल्याण्ड्स र फ्रान्स बराबरी खेले

    यूरोकप : नेदरल्याण्ड्स र फ्रान्स बराबरी खेले

    काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति सम्पन्न समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्स बराबरी खेलेका छन् । लाइपजिगमा सम्पन्न खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेलेका हुन् । खेलमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले गोल गरेपनि भिएआरले मान्यता नदिँदा डच टोली ३ अंक जोड्नबाट बन्चित भएको थियो । बराबरीपछि दुवैले एक एक अंक पाएका छन् । दुई खेलबाट फ्रान्स र नेदरल्याण्ड्स दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेदरल्याण्ड्स अगाडि छ । अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका कप्तान केलिएन एमबाप्पे नेदरल्याण्ड्स रुद्ध मैदान उत्रेनन् ।

    पहिलो खेलमा नेदरल्याण्ड्सले पोल्याण्ड तथा फ्रान्सले अष्ट्रियालाई पराजित गरेको थियो । यस्तै समूह डी कै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३(१ ले पराजित गरेको छ । यस जितपछि दुई खेलबाट ३ अंक जोडेको अष्ट्रिया तेस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि पोल्याण्ड भने बाहिरिएको छ । अब अन्तिम खेलमा फ्रान्सले पोल्याण्ड र नेदरल्याण्ड्सले अष्ट्रियासँग खेल्नेछ ।

  • रास्वपाले चलाएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन : लामिछाने

    रास्वपाले चलाएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन : लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने दाबी गरेका छन् । रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर गरेका छन् ।

    उनले भने, ‘जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । जुन पूरा गर्न हामी मिहिनेत र लगनका साथ लागेका छौं । तर वर्षौंदेखिको बेथिति चिर्न केही समय लाग्छ नै ।’ सरकारमा गएको भर्खरै एक सय दिन पुगेको र यो बीचमा मन्त्रालय चलाउने बलियो आधार बनेको लामिछानेले बताए । उनले भने, ‘मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हामी पक्कै फरक छौं । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौं ।’

  • विश्व बैंकको नेपालमा आयोजित आइडीए बैठक सम्पन्न

    विश्व बैंकको नेपालमा आयोजित आइडीए बैठक सम्पन्न

    काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए–२१० को तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको शुक्रबार आयोजित एक कार्यक्रममा समापन गरियो । समापनमा अर्थमन्त्री वर्षमान पुन सहभागी भए । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो सम्मेलन हो । बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको बैंकले जनाएको छ ।

    बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशक सहभागी थिए । साथै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा लागि आएका थिए । उदघाटनसत्रपछि तीन दिनसम्म बन्दसत्र चलेको थियो । बन्दसत्रमा आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच गहन छलफल भएको बताइएको छ ।

    आईडीए–२ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । विश्व बैंकको दक्षिण एसिया क्षेत्रमै यो स्तरको कार्यक्रम भएको पहिलो हो । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकले सन् १९६० मा आईडीएको स्थापना गरेको थियो ।

    आईडीएले विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसका साथै यसले विकासका पछि परेका मुलुकहरूका लागि सहुलियतपूर्ण ऋण र अनुदान तथा बहुपक्षीय सहायता प्रदान गर्दछ । आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । अर्थ मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण भएको जनाएको छ ।

    बैठकपछि विश्व बैंकमा उच्च अधिकारीहरूले काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निर्माण, ऊर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गर्ने भएका छन् ।

    बैठकको आयोजनाबाट नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए । विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिइएको समेत उनले बताए । नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिलेको, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढेको, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढेको तथा पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुगेको विश्वास लिइएको उनले बताए ।

  • कांग्रेसका सांसदलाई संसदमा अनिवार्य उपस्थिति हुन निर्देशन

    कांग्रेसका सांसदलाई संसदमा अनिवार्य उपस्थिति हुन निर्देशन

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो । प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’

  • दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल

    दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउन पहल थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले यही विषयमा उच्चस्तरीय छलफल गरेका छन् ।


    छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सुझाव लिएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्त्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा चलाउन सरकारका सबै निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।

    ‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन् । यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ । निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ । यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    छलफलमा प्रधानमन्त्री प्रचण्डले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिएका छन् । काठमाडौं विमानस्थलमा एयर ट्राफिकको समस्या रहेको र यसको उचित समाधान दिनुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।

    काठमाडौं एयरपोर्टको सुधार र क्षमता विस्तारको काम भइरहेको भन्दै उनले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्न निर्देशन दिए ।

    वैदेशिक रोजगारीमा जाने नेपाली यात्रु र अन्य यात्रुलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्न समेत उनले निर्देशन दिए । त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्न समेत उनले निर्देशन दिए ।

    ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने हुन्छ, हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा केही सहुलियत दिऊँ, निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताए ।

    दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको उनले जानकारी दिए । बैठकमा मन्त्री तामाङ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत उपस्थित थिए ।

  • जेठसम्म साढे १४ खर्ब बराबरको आयात

    जेठसम्म साढे १४ खर्ब बराबरको आयात

    काठमाडौं । नेपालमा जेठ महिनासम्म १४ खबए ५३अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । एक महिनामा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

    यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।


    आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।

  • सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे

    सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे

    काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।

    कांग्रेस निकट पूर्वमुख्यसचिव रेग्मी एमालेको जोडबलमा राजदूत भएका हुन् । मुख्य सचिवबाट केही समय पहिला बिदा हुने क्रममा सरकारले उनलाई बेलायतका लागि राजदूत बनाएको थियो । कार्याकाल पूरा नहुँदै फिर्ता बोलाइएका उनी पछिल्लो समय एमाले नेतृत्वसँग नजिक भएका थिए ।

    अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । मुख्य सचिव बन्ने लाइनमा रहेका उनले त्यो अवसर पाएनन् । त्यही कारण अहिले उनलाई अमेरिका लागि राजदूत बनाइएको एमाले निकट स्रोत बताउँछन् । बेलायतका लागि डा। विजन पन्त सिफारिस भएका छन् । डा। पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।

    यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् । मानवअधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तत्कालीन नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएका थिए ।

    डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा, पद्मरत्न तुलाधरकी छोरी हुन् भने मलेसियनका लागि राजदूत सिफारिस भएका तिमिल्सना रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष हुन् । दुवै एमालेको सिफारिसमा राजदूत भएका हुन् । त्यसैगरी बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

  • साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु

    साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु

    काठमाडौं । साउदी अरेवियाा भिषण गर्मीका कारण कम्तिमा ५६२ हजयात्रुको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अधिक गर्मी र सेवा सुविधाको कमीले हजयात्रुको ज्यान गएको हो । यसले प्रशासनको चर्को आलोचना भएको छ । कतिपय सञ्चारमाध्यमले मर्नेको संख्या १ हजार माथि पुगेको समेत बताएका छन् । यसरी मारिनेमा अधिकांश इजिप्टका हजयात्रु छन् । पाकिस्तान सरकारले आफ्नो मुलुकका ३५ जनाको मृत्यु भएको पुष्टी गरिसकेको छ ।

    मक्कामा मात्र २६ जनाले ज्यान गुमाएका थिए । बाँकी यात्रुको अन्य विधि पुरा गर्ने क्रममा भएको हो । सोहीकारण साउदीले धेरै विवरण लुकाएको छ । साउदीले अहिलेसम्म मृत्युको आंकडा सार्वजनिक गरेको छैन । पछिल्ला वर्ष अधिक भिड, भागदौडका कारण हजारौं मानिसले हजयात्रका दौरान ज्यान गुमाइरहेका छन् । यस वर्ष प्रशासनले १८ लाख हजयात्रुलाई अनुमति दिएको थियो । जसमध्ये १६ लाख विदेशी हुन् ।

  • आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै

    आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै

    काठमाडौं । आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र वाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा पूर्णतया बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा

    इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा

    काठमाडौं । आत्मघाती गोल मदतमा स्पेनले युरो २०२४ मा इटलीलाई १–० ले हराएकाृे छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो । समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३–० ले पराजित गरेको थियो ।

    इटलीको भने यो पहिलो हार हो । पहिलो खेलमा इटलीले अल्वानियालाई पराजित गरेको थियो । लगातार दुई जितपछि स्पेन ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । हारपछि पनि इटली ३ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । क्रोएसिया र अल्वानियाको दुई खेलबाट समान एक अंक छ । अब समूहको अन्तिम खेलमा स्पेनले अल्वानिया तथा इटलीले क्रोएसियासँग खेल्नेछ । तीनवटै टोलीको नकआउटमा चरणमा पुग्ने सम्भावना बाँकी छ । त्यसका लागि आफू अनुकूल नतिजा आउनुपर्नेछ ।

  • कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात

    कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात

    काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्‍यो।

    ४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले ८८ मिनेटमा लिओनल मेसीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।अल्भारेजकै स्थानमा लाउटारो मार्टिनेज ७६ मिनेटमा मैदान प्रवेश गरेका थिए । जितपछि अर्जेन्टिना ले समूह ए मा ३ अंक जोडेको छ । अर्जेन्टिनाले अब बुधबार चिलीसँग खेल्नेछ ।

  • उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन

    उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन

    काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आधिकारिक भियतनाम भ्रमणमा निस्किएका छन् । उनी दुई दिने उत्तर कोरिया भ्रमण पुरा गरी भियतनाम पुगेका हुन् । उनले भियतनाम भ्रमणका दौरान दुइ पक्षिय सहायता वृद्धिमा जोड दिएका छन् । हनोइमा उनको भब्य स्वागत गरिएको छ । यो भ्रमणको उद्देश्य भियतनाममा आफ्ना राजनीतिक प्रभाव बढाउनु रहेको बताइएको छ ।

    भियतनामी राष्ट्रपति टोम लामले सुरक्षाका क्षेत्रमा सहयोग बढाउनु पर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय भियतनाम अमेरिकासँग नजिक भएको मानिन्छ । सोहीकारण रुसी राष्ट्रपतिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । अमेरिकाले भने रुसी राष्ट्रपतिको हनोई भ्रमणको आलोचना गरेको छ ।

  • आइतबारसम्म देशैभर मनसुन

    आइतबारसम्म देशैभर मनसुन

    काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको बताइएको छ ।

    ुुआइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जाने समेत महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • २४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

    २४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

    काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८–८१ जेठसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ । आवका सुरुवाती महिनामा वाह्यको तुलनामा आन्तरिक ऋण हिस्सा धेरै भए पनि अहिले वाह्य ऋण उकालो लागेको देखिन्छ । सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा ५०।३२ प्रतिशत र आन्तरिक हिस्सा ४९।६८ प्रतिशत छ ।

    कार्यालय प्रमुख दीर्घराज मैनालीका अनुसार आर्थिक वर्षका सुरुवाती महिनामा वाह्य ऋणको तुलनामा आन्तरिक ऋण बढी देखिन्छ । यसो हुनुमा वाह्य ऋणको प्राप्ति हिस्सा आर्थिक वर्षको अन्तिमतिर बढी हुनु हो । अर्कातर्फ, सरकारले कम लागत र बजार असर नपर्ने गरी आन्तरिक ऋण उठाउने योजना बनाएको हुन्छ । यस वर्ष बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र ब्याजदर समेत कम रहेका कारण सरकारले सुरुवाती महिनामा बढी आन्तरिक ऋण उठाएको थियो ।

    तर, आव अन्तिमतिर जाँदा आन्तरिक ऋणको बढी सावाँ भुक्तानी तथा वाह्य ऋण प्राप्तिसमेत बढ्दा समग्र सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा आन्तरिकको तुलनामा बढी भएको छ । नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन ९जीडीपी० को ४२ प्रतिशत हाराहारी छ । वाह्य ऋण जीडीपीको तुलनामा २१ प्रतिशतभन्दा केही बढी छ । वाह्य ऋणमध्ये बहुराष्ट्रिय निकायको ऋण १० खर्ब ७१ अर्ब छ भने अन्य देशसँग नेपालले लिएको ऋण १ खर्ब ३६ अर्ब बराबर छ ।

    सरकारले चालु आव ११ महिनामा ३ खर्ब ७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो आन्तरिक तथा वाह्य दुवै हो । यस अवधिमा १ खर्ब ९७ अर्ब भुक्तानी भएको छ । २०८० असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड थियो । जेठ मसान्तसम्म आन्तरिक ऋण प्राप्ति २ खर्ब २५ अर्ब छ । वाह्य ऋण प्राप्ति ८२ अर्ब ६७ करोड छ । यस वर्ष सरकारले आन्तरिक र वाह्य गरी कुल ४ खर्ब ५२ अर्ब लिने लक्ष्य राखेको थियो ।

    जेठ मसान्तसम्म प्राप्ति भने ३ खर्ब ७ अर्ब रुपैयाँमात्र भएको छ । बाँकी एक महिनामा लक्ष्य पूरा गर्न सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिनुपर्छ । यसमध्ये आन्तरिक ऋण उठाउन लक्ष्यभन्दा १५ अर्ब कम छ भने वाह्य ऋण उठाउन लक्ष्यभन्दा १ खर्ब ३० अर्ब रुपैयाँ कम रहेको तथ्यांकमा देखिन्छ । जेठसम्मको वाह्य प्राप्ति लक्ष्यको ३८ प्रतिशतमात्र हो ।

  • नेपालका थापा अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा

    नेपालका थापा अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा

    काठमाडौं । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र परेका छन् ।

    उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा परेका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा छन् ।

    नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आएका तनहुँका थापा हाल बेलायतमा बस्दै आएका छन् । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो ।

    प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ । झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट भएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउँछन् ।

    ‘नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ,’ काठमाडौँमा रहेका थापाले भने ।

    विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिएका छन् । यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।

    बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका थिए ।

    चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउँदै आएका छन्। नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुन् ।

  • ‘जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै नेपाल ल्याउँछौं’

    ‘जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै नेपाल ल्याउँछौं’

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

    चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए। मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो ।

    फरक प्रसङ्गमा गृहन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए। उनले भने, ‘हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।’

    गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गरे । प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उनको भनाइ थियो ।

  • पशुपतिनाथको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा

    पशुपतिनाथको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा

    काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

    त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन् ।

    अदालतले काठमाडौँ महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ ।