काठमाडौं । कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले इलामको देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीया संगम लिम्बू र १७ वर्षीय अशोक लिम्बूलाई पक्राउ गरेको छ । उनीहरूले पटक–पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेको भिडियो फेसबुकमा हालेका थिए। ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट सार्वजनिक भएको थियो।
यो घटना सामाजिक सञ्जालमा देखेपछि पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालयमा जाहेरसमेत दर्ता गरेको छ। पक्राउ परेकाहरूविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत जाहेरी परेको प्रहरीको भनाइ छ।
Category: समाचार
-

कुकुर मारेको आरोपमा तीन पक्राउ
-

६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता
काठमाडौं । ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सार्वजनिक गरेको हो। उनलाई गएराती काठमाडौंको बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३७ वर्षीय शेरब ग्याल्मो छन् ।
उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो।
बरामद भएको सुनको आधिकारिक तौल र परीक्षण गर्न बाँकी रहेको सिआइबीले जनाएको छ। उनी काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए ।
प्रहरीले उनको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ।
प्रहरीका अनुसार, पक्राउ परेका ग्याल्मो ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।
-

ट्यांकर चालक संघ र निगमबीच सहमति, पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने
काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको थियो ।
सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो ।
चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐनअनुसार नियुक्ति दिई नेपाल सरकारले तोकेअनुसारको तलब व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।
-

ब्याटिङमा खराब फर्मले नेपालले अर्को ऐतिहासिक अवसर गुमायो
काठमाडौं । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग हारेको छ । कम लक्ष्य पाए पनि नेपाललाई बंगलादेशले २१ रनले हराएको हो । नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन रह्यो । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको शीर्षक्रम धरासयी पारेका थिए । ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १९१ रनमा आउट भए । एक समय नेपाल ७ ओभरमा २६९५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भए । बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९।२ ओभरमा १०६ रनमा अल आउट भएको थियो ।नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।
ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ३।२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।
-

आज बकर इद, सार्वजनिक बिदा
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउछन्। जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।
‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ उनले भने।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ। मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउँछन्। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
-

सन्दीपले पुरा गरे टी-२० आईमा १ सय विकेट
काठमाडौं । नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् ।
१६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।
-

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना ३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।
पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् । पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।
-

इतिहास बनाउन नेपाललाई बंगलादेशको १०७ रनको टार्गेट
काठमाडौं । बंगलादेशले आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो । नेपाललको बलिङसामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।
ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुआत गरे । सर्ट बल ठूलो सट खेल्ने धुनमा तान्जिद हसन कट एण्ड बोल्ड आउट भएका हुन् । अन्तिम बलमा लिटन दासलाई अम्पायरले शून्यमा एलबीडब्लू आउट दिएका थिए । तर रिभ्युको कारण दास बच्न पुगे ।
अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे । सोमपालको पाँचौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा लिटन दास एज लागेर विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भएका थिए । कप्तान रोहित पौडेलले तौव्हीद ह्दोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराएपछि बंगलादेश ५।४ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो ।
अनुभवी ब्याटर महमुदूल्लाह रियाद १३ रनमा रन आउट भए । रोहितको बलमा सकिब अल हसन एलबीडब्लू आउट भएपछि बंगलादेश ११।४ ओभरमा ६१(६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि पनि बंगलादेशले निरन्तर विकेट गुमायो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । नेपालले हालसम्म टेस्ट टोलीलाई हराएको छैन ।
-

अनलाइनबाट जुवा खेलाउने ६ युवा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनलाइनमार्फत् जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर–६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी, सैनामैना–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौंका २९ वर्षीय सजल श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरुले अनलाइनमा जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दै जाादा सामाजिक सञ्जालमार्फत् जुवा खेलाई करिब दुई महिनामा २४ करोडभन्दा बढी रकम कारोबार गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सीआईबीले उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
-

प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आइतबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमश कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेका थिए। प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमश कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिएको उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमश कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरेका छन्। चीन र नेपाल बीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि उनीहरूबीच छलफल भएको छ।
भेटका अवसरमा सिपिपिसिसीका उपाध्यक्ष बार्टरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाए। भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।
-

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आइतबार अधिवक्ता विमल पोखरेलले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । मन्त्रिपरिषद्को जेठ २४ गतेको बैठकले आगामी आवदेखि सामाजिक सुरक्षा भत्ता लिन २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयका कारण ठूलो संख्यामा समाजिक सुरक्षा भत्ता नवीकरण हुन नसक्ने भन्दै उनले रिट दायर गरेका हुन् । उनले वर्षायाम पहाडी र दुर्गम क्षेत्रमा यातायातको साधन नचल्ने भएकाले वृद्धवृद्धाहरु जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउने कुरा असम्भव भएकोले तत्काल राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने कार्यमा रोक लगाउन माग गरेका छन् ।
उनको रिटको पेशी असार ४ गते तोकिएको छ ।
-

तराई अझै केही दिन ‘अत्यधिक’ गर्मी, ६ गतेसम्म तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (असार ३ देखि असार ६ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
विभागले आइतवार विशेष बुलेटिन निकालेर मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, ) प्रशस्त मात्रामा पिउन विभागले सुझाएको छ । साथै विभागले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।
-

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन
काठमाडौं । विगतका वर्षहरुमा जस्तै चालु चालु आर्थिक वर्ष २०८०/८१ मा पनि पूँजीगत (विकास) खर्चको अवस्था दयनीय रहेको छ । चालु आवको ११ महिना बितिसक्दा आधा पनि बजेट खर्च हुन नसकेको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म पूँजीगत खर्च ४४.६७ प्रतिशत मात्रै देखिएको छ ।
यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२.७ प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये पूँजीगत शीर्षकमा सरकारले रु ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बराबरको बजेट विनियोजन गरेकामा जेठ मसान्तसम्ममा रु १ खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख बराबर मात्रै खर्च भएको छ ।
पूँजीगत शीर्षकमा हालसम्म खर्च भएको यो रकम सुरुआती लक्ष्यको ४४.६८ प्रतिशत बराबर मात्रै हो ।
त्यस्तै, चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा रु ८ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि रु ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकामा ७२.७ प्रतिशत अर्थात् रु २ खर्ब २३ अर्ब ५० करोड ८८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको बजेट सरकारी ऋणको साँवाब्याज तिर्नमा खर्च हुने गरेको छ ।
यो अवधिसम्मको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४.१५ प्रतिशत बराबर मात्रै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु ९ खर्ब ४४ अर्ब ५८ करोड ९४ लाख बराबर खर्च भएको छ । सोमध्ये, कर राजस्व शीर्षकमा रु १३ खर्ब पाँच अर्ब ४९ करोड ९६ लाख बराबर असुली गर्ने सरकारी लक्ष्य रहेकामा हालसम्म ६३.५ प्रतिशत अर्थात् रु ८ खर्ब २९ अर्ब ३ करोड ९२ लाख बराबर सङ्कलन भएको छ ।
गैरकर राजस्वतर्फ सरकारले रु १ खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर उठाउने लक्ष्य राखेकामा हालसम्म वार्षिक लक्ष्यको ७७ प्रतिशत अर्थात् रु ९० अर्ब एक करोड बराबर मात्रै सङ्कलन भएको देखिन्छ ।
चालु आर्थिक वर्षका लागि सरकारले रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेको थियो । हालसम्म उठेको वैदेशिक अनुदानको अवस्था हेर्दा वार्षिक लक्ष्यको ५.५२ प्रतिशत अर्थात् रु २ अर्ब ७५ करोड ८० लाख बराबर मात्रै सङ्कलन भएको देखिन्छ ।
मुलुकको अर्थतन्त्रमा सुधार हुन नसक्नुमा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र कमजोर रहेको भन्दै आलोचना भइरहँदा पूँजीगत खर्चको अवस्था कमजोर देखिनु, चालु र वित्तीय व्यवथा शीर्षकको खर्च बढ्दै जानु, लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्नु तथा वैदेशिक अनुदान उठाउन नसक्नु प्रमुख समस्याका रुपमा देखिएका छन् ।
-

मेयर बालेनले भने- ‘नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू’
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नगरसभा बैठकमा दलको प्रतिनिधित्व गरेर नआउन भनेका छन् ।
आर्थिक वर्ष २०८१/८२ वर्षको जेठ ३२ गते प्रस्तुत भएको नगरको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न बोलाइएको बैठक नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेपछि प्रमुख शाहले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’
काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिँदै उनले थप भनेका छन्, ‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन ।’
-

कवाड हटाउने निर्णयको विरोध गर्दै व्यवसायी सडकमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरिएको हो ।
आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले चक्रपथभित्रका कवाड हटाउने निर्णय गरिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् ।
काठमाडौं महानगरले अदालतको आदेश समेत नमानेको भन्दै कवाड व्यवासायीले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिए ।
छोटे राजाहरुको आंतक बन्द गरौं, ‘कवाड व्यवसायीहरुको रक्षा गरौं’ लेखिएको ब्यानर बोकेका प्रदर्शनकारीहरुले काठमाडौँ महानगरविरुद्ध चर्को नाराबाजीसमेत गरे । उनीहरुले ‘कवाडीमाथि डोजर आंतक बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, ‘कानूनी शासन लागू गर’ लेखिएका प्लेकार्ड देखाएका छन् ।
र्याली माइतीघरबाट बानेश्वरको लागि अगाडि बढदै गर्दा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि केही समय रोकिए पनि अहिले भने शान्तिपूर्ण रुपमा प्रदर्शन भैरहेको छ ।
-

पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए
काठमाडौं । पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन्। कास्कीको पोखरा महानगरपालिका-३३, बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खाल्डो खनिएको थियो।
बरपौवाका नौ वर्षीय गणेश विक असार १ गते बेलुका ५ बजे खाल्डोमा खसेका थिए। स्थानीय बासिन्दाले उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो। सशस्त्र बलको नं. २४ कालिका गणबाट गएको टोलीले आइतबार बिहान बालकको शव निकालेको हो। पुलका लागि खनेको खाल्डो करीब २० फिट गहिरो थियो। गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी बलले जनाएको छ।
-

११ महिनामा भित्रियो ४४ अर्ब एफडीआई
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएको हो । विदेशी लगानीमा सञ्चालित उद्योगबाट दुई हजार ३२३ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।
गत वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपियाँ बढीको लगानी आएको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योगमा आठ, खानिजजन्यमा तीन र ऊर्जामा एक विदेशी लगानी प्रतिबद्धता आएको छ । ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।
आर्थिक सर्वेक्षण आव २०८०र८१ को फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २७।२३ प्रतिशत, सेवामूलक क्षेत्रमा २७।२४ प्रतिशत, पर्यटन क्षेत्रमा २२।४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५।६० प्रतिशत लगानी रहेको छ । पूर्वाधार उद्योगमा सबैभन्दा कम विदेशी लगानी स्वीकृत भएको छ ।
२०८० फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४।४ प्रतिशत र भारतको २२।२ प्रतिशत रहेको छ । लगानी स्वीकृत सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ३८।७ प्रतिशत र भारतको १३।८ प्रतिशत रहेको छ ।
यसैबिच नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
-

थाइ–नेपाल मैत्रीसङ्घ गठन
काठमाडौं । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहेको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यस अवसरमा नेपाली राजदूत धनबहादुर वलीले नवगठित संस्थाले आफ्नो उद्देश्य हासिल गर्न आगामी दिनमा आयोजना गर्ने हरेक कार्यक्रममा राजदूतावासको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । रासस
-

जर्मनी पुगे राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क(वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न बर्लिन पुगेका हुन् । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका समकक्षीसँग औपचारिक वार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।
जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो(साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ । त्यसैगरी आज आइतबार उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।
-

यूरोकपमा स्पेनको सानदार जित
काठमाडौं । तीन पटकको विजेता स्पेनले युरो २०२४ मा सानदार सुरुवात गरेको छ । समूह बीअन्तर्गत शनिबार राति भएको पहिलो खेलमा क्रोएसियालाई ३–० ले हरायो । बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्पेनले पहिलो हाफमै तीन गोल गरेको हो । कप्तान अल्भारो मोराटाले खेलको २९औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।
ड्यानिए कार्भाहालले पहिलो हाफमा इन्जुरी टाइममा गोल गरेपछि स्पेनले ३(० को अग्रता बनायो । क्रोएसियाले दोस्रो हाफमा एक गोल फर्काए पनि भिएरआरले मान्यता दिएन । ८०औं मिनेटमा प्राप्त पेनाल्टीमा क्रोएसियाका ब्रुनो पेट्कोभिचले हानेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोन्सले बचाएका थिए । तर, त्यसबाट रिबाउन्डमा आएको बलमा पेट्कोभिकले ने गोल गरेका थिए । तर उक्त गोलले मान्यता पाएन ।
-

अल्वानियाले गर्यो इतिहासकै छिटो गोल, तर खेल हार्यो
काठमाडौं । अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।
त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए । उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।
११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २(१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।
-

आज काठमाडौंमा सबैभन्दा तातो दिन रेकर्ड
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम रेकर्ड भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन भएको छ । आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा धेरै हो । जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो।
काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम विस २०४६ वैशाख २५ मा ३६.६ डिग्री सेल्सियस मापन भएको रेकर्ड छ । पूर्वी भूभागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिमी भूभागहरूमा तापक्रम बढेको छ । शनिबार लुम्बिनी र सुदूरपश्चिमका तराईका थुप्रै भूभागहरूमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ।
दिपायलमा ४२ डिग्री सेल्सियस, वीरेन्द्रनगरमा ४०.६ डिग्री सेल्सियस, धनगढीमा ४२.७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ। तापक्रम ४० भन्दा बढी रहेका पश्चिम तराईका भूभागहरुमा मौसम पूर्वानुमान महाशाखाले तातो हावाको चेतावनी दिएको छ। यी स्थानहरूमा भोलि पनि तापक्रम उच्च नै रहने छ । काठमाडौंमा भने भोलिदेखि तापक्रम केही घट्न सक्ने बताएको छ ।
-

पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ । त्यस्तै डिजल र मट्टितेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
-

यूरोकपमा जर्मनीको सानदार सुरुवात
काठमाडौं । आयोजक जर्मनीले युरो–२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले हराउन सफल भयो । म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो । जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए । त्यसमा काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।
स्कटल्याण्ड दश खेलाडीमा रहेको फाइदा उठाउँदै जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो । निकलस फुलकर्कले ६८औं मिनेटमा जर्मद्दीका लागि चौथो गोल गर्दा इम्रे चानले इन्जुरी टाइममा गोल थपे । स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।
युरो-२०२४ मा आज समूह चरणका तीन खेल हुनेछन् । जसमा समूह एमा रहेका हंगेरी र स्विट्जरल्याण्डबीच नेपाली समय अनुसार साँझ ६ः४५ बजे खेल हुनेछ । यस्तै समूह बी मा रहेका स्पेन र क्रोएसियाबीच राति ९ः४५ बजे खेल हुनेछ भने र समूह बी कै इटली र ल्वानियाबीच मध्यराति १२ः४५ बजे खेल हुनेछ ।
-

दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर पनि हार्यो नेपाल
काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले हारेको छ । योसँगै नेपालको सुपर ८ यात्रा रोकिएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन हाने । दुई बलमा दुई रन चाहिएको थियो ।
गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए। ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवातमै कागिसो रबाडाले उनको क्याच १ रनमा छोडेका थिए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए । अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।
दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।
-

बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकासँग भिड्न नेपाल तयार
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी(२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ। नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो। नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ।
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ। दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ। दक्षिण अफ्रिकाले श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो। त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो। पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो, जसअनुसार दुवै टोलीले समान एक–एक अङ्क बाँडेका थिए।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीले रामो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले दक्षिण अफ्रिका बलियो राष्ट्र भएकाले यस खेलमा जित निकाल्न सबै खेलाडी सङ्गठित भएर खेल्ने बताए । विश्वकपअन्तर्गत समूह ‘डी’मा दक्षिण अफ्रिका छ अङ्कका साथ शीर्ष स्थानमा छ भने चार अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छ। त्यसैगरी, दुई अङ्कका साथ नेदरल्यान्डस तेस्रो स्थानमा रहँदा नेपाल एक अङ्कका साथ चौथो स्थानमा छ। समान एक अङ्क नै बटुलेको श्रीलङ्का तालिकाको पुछारमा छ।
-

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरी हत्या
काठमाडौं । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए ।
बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी गराए ।
-

‘फ्लोर क्रस’ गर्ने देवकोटामाथि माओवादीको कारबाही
काठमाडौं । फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेकपा (माओवादी केन्द्र)का सांसद फणीन्द्र देवकोटा पदमुक्त भएका छन्।
गण्डकी प्रदेश सभाको शुक्रबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले सांसद देवकोटालाई कारबाही गरिएको सम्बन्धी जानकारी गराएका छन्।
माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरिएको पत्र शुक्रबार नै प्रदेश सभा सचिवालयलाई दिएका थिए।
-

सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू, सर्वसाधारणलाई प्रवेशमा सहज
काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।
ई–गेट पास प्रणाली लागूभए सँगै सिंहदरबार प्रवेश गर्न चाहनेले सम्बन्धित निकायमा अनुरोध गरेपछि पास स्वीकृत हुनसक्ने व्यवस्था छ । अनुरोध स्वीकृत भएपछि कोड देखाएर सेवाग्राही सिंहदरबार प्रवेश गर्न सक्नेछन् । गेटमा सुरक्षाकर्मीले क्युआर कोड स्क्यान गरेर प्रवेश दिन सक्नेछन् । प्रयोजन खुलाएर सिंहदरबार पास डट जीओभी डट एनपीमा पास अप्लाइ गर्न सकिन्छ ।’ प्रवेश चाहनेले आइडी र फोटो अपलोड गर्नुपर्छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताए । अब कुनै पनि पहुँचवालाले सिफारिस गर्नुपर्दैन सिंहदरबार छिर्नका लागि । आफ्ना मान्छेहरू नभएकाहरूले पनि अब छिर्न पाउँछन् । चिनेको आधारमा, आफ्नो मान्छे भित्र भएको आधारमा मात्रै काम हुने समस्या समाधान हुन्छ ।”
-

असार ३ गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो। सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।