बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का

काठमाडौं । बङ्लादेशमा भोट नहाल्दै संत्तारुढ दलको जित पक्का भएको छ । त्यहाँ आज आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । ४२ हजारभन्दा… Continue reading बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का

यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

काठमाडौं । यसअघि व्यक्तिगत श्रम स्वीकृति लिएर आफुखुसी युरोप गइरहेका नेपालीका लागि सरकारले सहजीकरण गरिदिएको छ । सरकारले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत कामदार पठाउन कानुनी बाटो खोलिदिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८०’ सार्वजनिक गर्दै संस्थागत माग पत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको छ ।… Continue reading यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियक्ति गर्न आह्वान भएको विज्ञापन रद्द गरिएको छ । उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड विवादित भएपछि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विज्ञापन रद्द गरेको जनाएको छ । समितिले २० पुसमा उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट दरखास्त माग्दै विज्ञापन खुलाएको थियो। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये… Continue reading त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आगामी माघ ११ गतेमा हुँदैछ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको… Continue reading राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

म्याग्दीमा एकै घरका दुई जनाको हत्या

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । उनका अनुसार मनिषाकी सात वर्षीया… Continue reading म्याग्दीमा एकै घरका दुई जनाको हत्या

राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने भएका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो । सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट… Continue reading राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित… Continue reading निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी… Continue reading बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’

KCNA/Reuters

काठमाडौं । उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी सम्भावित उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्। दक्षिण कोरियाको गुप्तचर निकाय न्याश्ननल इन्टेलिजन्स सर्भिसले किम जू-ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो। यद्यपि… Continue reading उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’

इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु

REUTERS

काठमाडौं । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्। गत अक्टोबर ७… Continue reading इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु

टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा हुनेछ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन्… Continue reading टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । आफूले विश्वविद्यालयको सुधारका निम्ति खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित… Continue reading उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् । शुक्रबार अत्यन्त जरुरी सूचना भन्दै कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जारी गरेको सूचनामा भनिएको छ, ‘बुढासुब्बा डिजिटल प्रा. लि.… Continue reading पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति

पूर्वराजासँग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेटवार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरु भैरहवा पुगेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा.धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन्। पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको छ। भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन। पूर्वराजा आफ्ना परिवारका… Continue reading पूर्वराजासँग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेटवार्ता

भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका… Continue reading भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा

गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

काठमाडौं । अडानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई पछिपार्दै अडानी फेरि भारत र एशियाकै धनी व्यक्ति बनेका हुन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार गएको २४ घण्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अडानीले अम्बानीलाई उछिनेका हुन् । शुक्रबार उनको नेटवर्थ… Continue reading गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ जाँदै छन् । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि… Continue reading राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार अब संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि नेपालीहरु रुस जान पाउने छैनन् । वैदेशिक रोजगार विभागले रुस र युक्रेनमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै… Continue reading नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम ३.७ डिग्रिमा झरेको छ । आज यो सिजनकै सबैभन्दा चिसो दिन समेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा हिँजो ५ डिग्रि तापक्रम रहेको थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेको छ । यसले अझै चिसो बढाउने देखिएको छ । आज पनि कोशी, गण्डकी… Continue reading ३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो। उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको… Continue reading त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

Photo : Nepal Press

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । बिहीबार गरिएको अभिनन्दनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहित पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरी प्रेरणा समेत सहभागी भए । अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले… Continue reading पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी कस्तो छ ?

Photo source : Nimesh Regmi\Setopati

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको दावि सरकारी अधिकारी्हरुले गरेका छन् । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत… Continue reading मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी कस्तो छ ?

इरानमा शक्तिशाली विष्फोट, झण्डै एक सय मारिए

ANADOLU\BBC

काठमाडौं । इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटनमा १०० जना भन्दा बढी मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानको राष्ट्रिय प्रसारकले अन्य कैयौँ घाइते भएको जनाएको छ। सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल(जमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो। केरमन प्रान्तको आकस्मिक सेवाका प्रमुखले ती… Continue reading इरानमा शक्तिशाली विष्फोट, झण्डै एक सय मारिए

जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउने भारतीय विदेशमन्त्री एस जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई आजै भेट्ने छन् । काठमाडौंस्थित… Continue reading जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज बस्ने भएको छ । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक… Continue reading राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

समयमै काम नगर्ने झण्डै एक दर्जन निर्माण कम्पनी कालोसूची प्रक्रियामा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई स्पष्टीकरण सोधेको छ । विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण मागिएकाहरुमा हरिदेव पाण्डे मुख्य व्यक्ति… Continue reading समयमै काम नगर्ने झण्डै एक दर्जन निर्माण कम्पनी कालोसूची प्रक्रियामा

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक… Continue reading भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोक्दा उडान अवरुद्ध बन्न पुगेको छ । प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए । कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा… Continue reading विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बता‍एका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू… Continue reading विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री