Category: समाचार

  • त्रिभुवन विमानस्थलमा १ बजेदेखि १ :३० सम्म उडान रोकिने

    त्रिभुवन विमानस्थलमा १ बजेदेखि १ :३० सम्म उडान रोकिने

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार सम्बन्धी पूर्णकालीन अभ्यासका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।

    नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको जानकारी दिएको हो ।

    यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरीको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।

  • विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने

    विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने

    काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को २१ औँ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाण्डौमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।

    आईडीएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । आईडीए बैठकमा उद्घाटन, बन्द सत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ ।

    समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन हुनुहुन्छ । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ ।

    विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नौ जना उपाध्यक्ष र पाँच जना निर्देशक वाशिङ्टनबाट नेपाल आउँदैछन् । यस्तै विश्व बैंकका लागि दाता रहेका ६० र साझेदार ९० भन्दा बढी देशका तीन सय जनाभन्दा धेरै प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए ।
    सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका साथै आर्थिक विकासमा पछि परेका देशहरूका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी देशमा सहायता उपलब्ध गराउँदै आएको छ । आईडीएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ ।

    यस पटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख देशको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुशीको कुरा भएको बताउँदै कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने बताए ।

  • भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी

    भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका प्रमुख पनि उपस्थित थिए । प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् ।

    भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट मोदीको अघिल्लो कार्यकालका मन्त्रीहरु नै दोहोरिएका छन् । रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, रोड तथा होइवे मन्त्री नितिन गडकरी, अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले फेरि मन्त्री बनेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । भाजपा अध्यक्ष जेपी नाड्डा पनि मन्त्री बनेका छन् । मोदी मन्त्रिपरिषद्‍मा अधिकांश पुरानै अनुहार छन् । ९ जना भने नयाँ अनुहार आएका छन् ।

    राजनाथ सिंह

    अमित शाह

    नितिन गडकरी

    जेपी नाड्डा

    शिवराज सिंह चौहान

    निर्मला सीतारमण

    एस जयशंकर

    मनोहर लाल खट्टर

    एसडी कुमारस्वामी

    पियुष गोयल

    धर्मेन्द्र प्रधान

    जीतनराम माझी

    राजीव रञ्जन सिंह उर्फ ललन सिंह

    सर्बानन्द सोनोवाल

    वीरेन्द्रकुमार

    राममोहन नाडयू

    प्रह्लाद जोशी

    जुएल उरांव

    गिरिराज सिंह

    अश्विनी वैष्णव

    ज्योतिरादित्व सिन्धिया

    भूपेन्द्र यादव

    गजेन्द्र सिंह शेखावत

    अन्नपूर्णा देवी

    किरेन रिजिजू

    हरदीप सिंह पुरी

    खनसुख मान्डविया

    जी किशन रेड्डी

    चिराग पासवान

    एसआर पाटिल

  • वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

    वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

    काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए ।

    उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु १ देखि ३ लाखसम्म पर्छ । शरीरका कोषिकाहरु असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए ।

    ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,’ उनले भने।

    ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स–रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् ।

    अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन् ।

    ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्वलतालाई कम गर्न सकिने उनको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।

  • झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ८ वटाको जीवितै उद्धार, २ को मृत्यु

    झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ८ वटाको जीवितै उद्धार, २ को मृत्यु

    काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका दुई वटा खच्चड मरेका छन् । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ खच्चड अड्किएकोमा ८ खच्चडको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    उद्धारका क्रममा एक खच्चड पुलमै मरिसकेको र अर्को जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले बताएको छ । जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन् । फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो ।

    नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ । ती खच्चडहरूलाई नदीमा खसाल्न जोखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • मोदीको शपथ समारोहमा सहभागी हुन भारत उडे प्रधानमन्त्री ‘प्रचण्ड’

    मोदीको शपथ समारोहमा सहभागी हुन भारत उडे प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

    मोदीको शपथ ग्रहण समारोहको निम्तो मान्न गएका प्रधानमन्त्री प्रचण्डको बिदाईका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री, उच्च पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए ।

    भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।

  • तराईमा चर्को गर्मी, आगामी तीन दिनसम्म तातो हावा चल्ने

    तराईमा चर्को गर्मी, आगामी तीन दिनसम्म तातो हावा चल्ने

    काठमाडौँ । तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिए ।

    विभागले भनेको छ, “तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।” मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री तापक्रम मापन भएको थियो ।

    तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ ।

    “तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ”, उनले भने।

    विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भूभागमा मौसम सफा रहने जनाइएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार लुम्बिनी, कर्णाली र सुदूररपश्चिम प्रदेशका थोरै स्थानमा हुरीको सम्भावना रहेको छ ।

  • एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

    एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज एकै दिन तोलामा चार हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै , आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

  • प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्

    प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।

    शुक्रबार भएको छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो ।

    उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

    प्रचण्डले भने, “तपाईहरूको फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ ।”

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायत उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो ।

    छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित रहेका थिए । बालेनले पटकपटक सङ्घीय सरकारको आलोचना गर्दै आएका छन् ।

  • संसदीय समितिमा गाँजा खेतीको विषय प्रवेश, गृहमन्त्रीले भने-‘एक महिनाभित्रै नियमावली बन्छ’

    संसदीय समितिमा गाँजा खेतीको विषय प्रवेश, गृहमन्त्रीले भने-‘एक महिनाभित्रै नियमावली बन्छ’

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाएका छन् ।

    शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषयमा भएको छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिबद्धता जनाएका हुन्।

    उनले सरकारले गृह मन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताए। गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने उल्लेख गरे। उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने समितिलाई जानकारी दिए।

    उनले नियमावली बनाउने विषयमा पर्याप्त रुपमा छलफल भइसकेकाले तत्काल नियमावली आउने जानकारी गराए। उनले गाँजा खेती अध्ययनका विषयमा पदभार ग्रहण गरेदेखि नै चासो दिएर काम गरिरहेको स्मरण गरे। गृहमन्त्री लामिछानेले गाँजा खेतीका लागि कानून बनाउने नेतृत्व गृह मन्त्रालयले नै गर्ने बताए।

    उनले लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा (४) १ मा नेपाल राज्यको पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफैँ उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन गर्न र खरिद बिक्री गर्न सरकारले नियमन बनाई व्यवस्था गर्नसक्ने र सो अनुसार अनुमतिपत्र प्राप्त गरी काम गर्दा अपराध गरेको नमानिने उल्लेख रहेको बताए।

    उनले विश्वका धेरै देशले अध्ययन गरी औषधिजन्य प्रयोग गरेर प्रमाणित गरी लागू गरी सकेको अवस्थामा अध्ययन र अनुसन्धानका लागि कानून बनाउन हुँदैन भनेर अड्किएको पाटोलाई गृह मन्त्रालयले सहजिकरण गर्ने बताए।

  • लेखा समितिले भन्यो -‘सार्वजनिक,सरकारी,गुठी र सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्नू’

    लेखा समितिले भन्यो -‘सार्वजनिक,सरकारी,गुठी र सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्नू’

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले मुलुकभर रहेका त्यस्ता जग्गाहरूको एकीन अभिलेखीकरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो । ठकले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वयन तथा आवश्यकताका आधारमा देशभरी पुन नापी गरि व्यवस्थापन गर्न निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

    बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखिकरणहरूलाई संरक्षण गर्न पनि निर्देशन दिएको छ भने सरकारले उपलव्ध गराएका सार्वजनिक जग्गाहरुमा फरक प्रकृतिमा प्रयोग गर्ने, अनाधिकृत रुपमा कब्जा गर्ने र व्यक्तिको सम्पतीको नाममा दर्ता गरि सार्वजनिक सम्पतीको दुरुपयोग गर्नेलाई कारवाही गर्न पनि भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पोखरेलले जानकारी दिए।

    बैठकले सार्वजनिक जग्गा सम्बन्धी सम्पूर्ण विवरणको अभिलेखिकरण एकीकृत रुपमा राख्ने प्रणालीको बिकास गर्न, सरकारी जग्गा लिजमा दिने सम्बन्धी खुकुलो कार्यनीतिगत व्यवस्थालाइ पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।

  • बालमन्दिर जग्गा हिनामिना प्रकरण: पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

    बालमन्दिर जग्गा हिनामिना प्रकरण: पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

    काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआई) ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको हो। बालबन्दिरको जग्गालाई सस्तो लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।

    यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।

  • मधेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंह नियुक्त

    मधेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंह नियुक्त

    काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

    सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको समर्थन रहेको छ ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

  • १० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    १० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।

    ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका हुन् ।

    ‘सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा स्थापित गर्ने, सूचना प्रविधिका नवीन प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्ने व्यवस्था बजेटमा गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने । उनले सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, ‘डेटा’ सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण गर्ने विषय बजेटमा समावेश गरिएको जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि ‘पार्क’ सञ्चालनको काम अगाडि बढाइने बताए । ‘यस्तो पार्कमा तीन वर्षका लागि ‘वर्क स्टेसन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराउने, सार्वजनिक–निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि ‘हब’ सञ्चालनका लागि बहुतले संरचना निर्माण गरिनेछ,’ उनले भने ।

    स्वदेशमा उत्पादित ‘सफ्टवेयर’लाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिँदै प्रधानमन्त्री दाहालले सरकारी ‘डेटा सेन्टर’को स्तरोन्नति, विद्युतीय तथ्याङ्कको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने बताए । सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधिसम्बद्ध उद्योगमा ‘इन्टर्न’ गर्ने व्यवस्था गरिने उनले बताए ।

    प्रधानमन्त्री दाहालले सरकार सूचना तथा सञ्चार प्रविधिलाई विशेष प्राथमिकतामा राख्दै विकास र समृद्धिको लक्ष्य प्राप्तिमा अघि बढिरहेको स्पष्ट पारे । ‘आगामी आवको बजेटमा तीन महत्त्वपूर्ण प्राथमिकताभित्र आइसिटीलाई समावेश गरेका छौँ,’ उनले भने, ‘सरकार डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसनको प्रवर्द्धन, रोजगारीको सिर्जना, डिजिटल गभर्नेन्स सुधार र समग्र देश रूपान्तरणको लक्ष्यमा केन्द्रित छ, त्यसअनुरूप सरकारले आवश्यक नीति र कानुन परिमार्जन गर्दै अघि बढिरहेको छ ।’

    प्रधानमन्त्री दाहालले पछिल्लो समय ‘देश बन्दैन’, ‘यो देशमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्य स्थापित गर्ने प्रयास भइरहे पनि तथ्यहरूले देशको विकास, समृद्धि र स्वरोजगारका क्षेत्रमा प्रगति हुँदै गएको पुष्टि भएको बताए । उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा सरकारले गरेको निरन्तर प्रयासका कारण राष्ट्रभित्र क्रमशः उत्साहको वातावरण निर्माण हुँदै गएको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री दाहालले सूचना प्रविधि क्षेत्रमा सरकारका तर्फबाट आर्कषक रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्न खोजिएको तथा स्टार्टअप र नवप्रवर्तन प्रवर्द्धन गर्न इतिहासमै पहिलोपटक रु एक अर्बको कोष बनाएर सातै प्रदेशमा ‘इन्कुवेसन’सहितको कार्यक्रम ल्याइएको स्पष्ट पारे । उनले प्रविधिमार्फत अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत आर्थिक– सामाजिक रूपान्तरणमा सहकार्यका निम्ति आम युवा र आइटी क्षेत्रका उद्यमीलाई अपिल गरे ।

    ‘तपाईँहरू निरास नहुनुहोस्, जसरी तपाईँहरूले यस क्षेत्रमार्फत रोजगारी सिर्जना र अर्थतन्त्रको विकासमा योगदान गरिरहनुभएको छ, यसका निम्ति सरकार आभारी छ,’ उनले भने, ‘सूचना प्रविधि क्षेत्रका निम्ति आवश्यक कानुनलगायत नीतिगत विषयको सम्बोधन गर्न सरकार तयार छ ।’ ‘डिजिटल गभर्नेन्स’लाई सुधार गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु सरकारको प्राथमिक दायित्व भएको जनाउँदै उनले यसले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति, सेवा प्रवाहमा सरलता र सहजता, अन्तरसरकारी समन्वय सुधारमा पर्याप्त आधार सिर्जना गर्ने बताए ।

    प्रधानमन्त्री दाहालले डिजिटल नेपालको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति प्राविधिक पूर्वाधारका विकास र विकट ग्रामीण भेगसम्म पहुँच विस्तार उच्च प्राथमिकतामा रहेको बताए । सबै नागरिकमा प्रविधिको सहज पहुँच विस्तार गरी स्वास्थ्य, कृषि, शिक्षालगायत सेवा प्रवाहका क्षेत्रलाई गुणस्तरीय र पहुँचयोग्य बनाउन जरूरी भएकामा उनले जोड दिए ।

    सम्मेलनमा ‘डिजिटलाइजेसन’ र विकास, दिगो दूरसञ्चार र डिजिटल रूपान्तरणका लागि नीति, डिजिटल अर्थतन्त्र र डिजिटल नेपालमा लगानी, डिजिटलाइजेसन र विकासमा अबको बाटो, दिगो विकासका लागि डिजिटल सशक्तीकरण र समावेशीकरण विषयका बेग्लाबेग्लै सत्रमा बृहत् छलफल हुनेछ । सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील छ सयभन्दा बढीको सहभागिता छ ।

  • सर्वोच्चको आदेश-‘दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू’

    सर्वोच्चको आदेश-‘दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू’

    काठमाडौं । सर्वोच्च अदालतले झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश दिएको छ ।

    न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश दिएको हो ।

    “…राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ७ को उपनियम (१), (३) र (४) निवेदकका हकमा आकर्षित नहुने हुँदा निवेदक कलेजलाई १५ (पन्ध्र) दिनभित्र यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्नू गराउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोग समेतका प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,” सर्वोच्चले फैसलामा भनेको छ ।

    यो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले यसवारेमा निर्णय गर्नुपर्नेछ । आयोग र काठमाडौं विश्वविद्यालयले फैसला बुझेपछि १५ दिनको समयसीमा गणना हुनेछ । फैसलामा भनिएको छ, ‘पछि बनेको ऐन कानूनको आडमा निषेध गर्ने प्रयत्न गर्नु नेपालको संविधानले प्रत्याभूत गरेको पेशा व्यवसाय तथा रोजगार सम्बन्धी मौलिक हकमा अनूचित दखलयुक्त भई प्रचलित कानूनको सर्वथा बर्खिलाप हुनुका साथै विवकसम्मत र शोभायुक्त मान्न सकिन्न ।’

  • सरकारले बोलायो भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता

    सरकारले बोलायो भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता

    काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

    बिहीवारको मन्त्रिपरिषद्‌ बैठकले भारत, अमेरिका बेलायतलगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सत्ता गठबन्धनभन्दा बाहिरका दलको कोटामा राजदूत बनेकाहरुलाई फिर्ता बोलाइएको छ।

    भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिने पनि मन्त्रिपरिषद्‍ बैठकले निर्णय गरेको छ।

  • थानकोट-चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने

    थानकोट-चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने

    काठमाडौं । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ ।

    सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको हो ।

    चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु ८ करोड विनियोजन गरेको थियो ।

    सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर्घटना हुँदा पाँचजनाको अकालमा मृत्यु भएको थियो ।

  • दक्षिणकालीको भिरमा भेटिएका शवको पहिचान खुल्यो

    दक्षिणकालीको भिरमा भेटिएका शवको पहिचान खुल्यो

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भिरमा फेला परेको दुई जनाको शवको पहिचान खुलेको छ । धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सरिता राई मृत फेला परेको प्रहरीले जनाएको छ।

    बुधबार साँझ भिरमा दुई जनाको शव रहेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। घटनास्थलमा प्रदेश ३- ०२-००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको थियो। खनाल र राईको केही दिन अघि नै मृत्यु भएको हुनुपर्ने प्रहरीको भनाइ छ। कसरी भएको भन्नेबारे खुलिसकेको छैन।

  • नेपाल र यूएईबीच फिफा विश्वकप छनोटको खेल हुँदै

    नेपाल र यूएईबीच फिफा विश्वकप छनोटको खेल हुँदै

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ ।

    दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो । नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ ।

    समूह एच मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाएको थियो ।

  • प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता

    प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। भारत सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका हुन्।

    सो अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

    प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन्। ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ।

    भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै काठमाडौंँस्थित भारतीय राजदूतावासले जनाएको छ।


    लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पदबाट राजीनामा दिएका छन्। योसँगै उनले नयाँ सरकार गठन थालेका छन्। मोदी तेस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन्।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसो सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

    हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र बागमती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

    ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

    काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्‍ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू रहेका छन् । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

  • सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो

    सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो

    काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिक टन फोहोर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ ।

    सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट २ हजार २२६ किलो कुहिने र ८ हजार ७७४ किलो नकुहिने गरी कुल ११ हजार किलोग्राम फोहोर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए । कुहिने फोहोरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ। नकुहिने फोहोरलाई काठमाडौं ल्याई पुनःप्रयोग गर्ने कम्पनीलाई हस्तान्तरण गरिएको छ ।

    यस वर्षको सफाइ अभियानमा सगरमाथा, ल्होत्से र नुप्से हिमालका आधार शिविर र सोभन्दा माथिका स्थानबाट १० मेट्रिक टन फोहोर र पाँचवटा शव सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । सफाइ टोलीले सगरमाथा हिमालको क्याम्प(३ देखि क्याम्प–४ (बालकुने इलाका) बाट तीन शव, ल्होत्से हिमालको चुचुरो नजिकबाट एक शव र खुम्बु आइसफल इलाकाबाट एकवटा मानव अस्थिरपञ्जर सङ्कलन गरेको छ । सङ्कलित मानवशव तथा अस्थिरपञ्जर आवश्यक कानुनी प्रक्रियापश्चात् व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले जनाएको छ ।

    हिमालमा बेवारिसे अवस्थामा रहेका शव सङ्कलन निकै चुनौतीपूर्ण मानिन्छ । गत चैत १९ गते सफाइ टोलीले काम थालेको थियो । ५५ दिनको प्रयासपछि उक्त फोहर, शव र अस्थिरपञ्जर सङ्कलन गरिएको हो । यस अभियानमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १० सैन्य जनशक्ति र १८ जना शेर्पा सहयोगीका साथै अन्य आरोही दलका सदस्य प्रत्यक्ष संलग्न रहेका थिए । सफाइ टोलीले सगरमाथाको सफल आरोहणसमेत गरेको थियो ।

    आधार शिविरमा रहेका समन्वय अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा लुक्लामा रहेको इलाका प्रहरी कार्यालयबाट फोहोर तथा शव सङ्कलन तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग प्राप्त भएको सहायक रथी देउजाले जानकारी दिए । अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, नेपाल पर्वतारोहण सङ्घ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहेको सेनाले जनाएको छ ।

    सन् २०१९ मा सञ्चालित अभियानबाट सफाइ टोलीले सगरमाथा र ल्होत्से हिमालबाट १० दशमलव ६ मेट्रिक टन फोहर र चारवटा शव सङ्कलन गरेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा अभियान सञ्चालन गरिएको थिएन । सन् २०२१ मा विभिन्न छ हिमालबाट २७ दशमलव ६ मेट्रिक टन फोहोर, चारवटा शव र एकवटा अस्थिरपञ्जर तथा सन् २०२२ मा चार हिमालबाट ३३ दशमलव ८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको थियो ।

    सन् २०२३ मा सफाइ टोलीले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ दशमलव सात मेट्रिक टन फोहोर सङ्कलन गरेको थियो । हिमालमा रहेका फोहोर हटाउनका लागि सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ ।

  • काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’

    काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ ।

    महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो।

    महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकाले उक्त निर्देशन दिएको सूचनामा जनाएको छ ।

    ‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।’

    महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ।

    ‘सर्वोच्चको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नको लागि यो सार्वजनिक सूचनामार्फत् सूचित गरिन्छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ।

  • भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

    भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् ।

    टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । मोदीले आगामी जुन ८ मा भारतका प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन सक्ने जनाइएको छ ।

    हालै सम्पन्न लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपाले एकल बहुमत ल्याउनबाट चुके पछि उनी एनडीए गठबन्धन मार्फत तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

    लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ जबकि भारतमा बहुमतको लागि २७२ सिट आवश्यक हुन्छ । मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ ।

  • मोदीले गरे नेहरुसँग बराबरी

    मोदीले गरे नेहरुसँग बराबरी

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् ।

    अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन् ।

    मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ । मोदीले नयाँ संकल्पका साथ अघि बढ्ने बताए । भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक पनि बहुमत दिएको भन्दै जनतासँग आभार प्रकट गरेका छन् ।

    सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘देशका जनता जनार्दनले एनडीए माथि लगातार तेस्रो बार आफ्नो विश्वास व्यक्त गरेका छन् । भारतको इतिहासमा यो अभूतपूर्व क्षण हो । ‘म देशवासीलाई यो विश्वास दिलाउँछु कि उनीहरुको आकांक्षा पूरा गर्नका लागि नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्ने छौं ।’ मोदीले वाराणसीबाट चुनाव जितेका हुन् ।

  • भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

    भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

    काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो ।

    भाजपा एक्लैले बहुमत हासिल गर्न सकेन । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिट जित्दै बहुमत ल्याएको थियो । सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेसले यस पटक एक्लैले ९९ सिट जित्न सफल भयो ।

    समाजवादी पार्टीले ३७ सिट जित्यो । त्रिणमुल कांग्रेसले २९ सिट जितेको छ । बहुमतका लागि २७२ सिट जित्नुपर्ने हुन्छ । भाजपा सबैभन्दा ठूलो दल बनेको छ । अब उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने भएको छ । सरकारको नेतृत्व भाजपाका नेता नरेन्द्र मोदीले गर्ने छन् ।

  • विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

    विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा जारी छ । १० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् । नेपालमा पनि टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइएको छ ।

    नेपालले विश्वकप खेलेको हेर्न टुँडिखेलमा धेरै क्रिकेटप्रेमी भेला भएका छन् । त्यहाँ ३० बाई १८ फिटको एलईडी स्क्रिनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था गरिएको छ । प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्ट र युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गरेको छ । नेपालले पहिलो १० ओभरमै ४ विकेट गुमाइसकेको छ । नेपालको खातामा ५३ रन मात्र रहेको छ ।

  • क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगे रास्वपाका सांसद

    क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगे रास्वपाका सांसद

    काठमाडौं । टी-२० विश्वकपका लागि नेपाली टीमको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् ।

    टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

  • यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने

    यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने

    काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने देखिएको छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ सोमबार पारित भएको छ ।

    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले यस वर्षको मनसुनजन्य विपत्बाट ८३ हजार परिवार प्रभावित हुने तथा १८ हजार परिवारलाई प्रत्यक्ष रूपमा राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताए । मनसुनजन्य विपत्मा परेका नागरिकको उद्धार, पुनस्र्थापना तथा राहतका लागि नेपाली सेनाका १० हजार ८४७, सशस्त्र बल नेपालका नौ हजार ९२४ र नेपाल प्रहरीका १० हजार ५८५ गरी ३१ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी गरिएको छ ।

    यस अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपत्बाट प्रभावित हुने अनुमान प्राधिकरणले गरेको छ । कोशी प्रदेशमा मात्र २२ हजार घरपरिवार प्रभावित हुन सक्ने र पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने अनुमान गरिएको छ ।

    कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरिएको छ । यसै गरी मधेश प्रदेशमा यस वर्ष २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारभन्दा बढी घरपरिवारलाई उद्धार तथा राहत आवश्यक पूर्वअनुमान गरिएको छ ।

    बागमती प्रदेशमा सात हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र एक हजार पाँच सय घरपरिवारलाई राहत तथा उद्धार आवश्यक हुने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशमा १५ हजार पाँच सय, सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय, सुदूरपश्चिममा करिब एक हजार पाँच सय घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । कर्णाली र गण्डकीमा क्रमशः पाँच हजार घरपरिवार प्रभावित हुन सक्ने अनुमान छ ।

    विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गरिने भएको छ । काठमाडौँ, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राखिने छ । हेलिकोप्टर परिचालन कमान्ड सेन्टरको नेतृत्वमा नेपाली सेनाले गर्ने जनाइएको छ ।

    अवरुद्ध सडक खुलाउने पर्याप्त इन्धन र चालकसहित हेभी इक्युपमेन्ट, डोजरलाई १०–१० किलोमिटरको दुरीमा तयारी अवस्थामा राखिने मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । एउटा प्रदेशमा कम्तीमा पाँच वटाका दरले हुने गरी सात वटा प्रदेशमा ३५ वटा बेलिब्रिज राख्ने तयारीसमेत गरिने भएको छ ।

    राहत सामग्री जिल्लाभित्र ढुवानीका लागि जिल्ला विपत् व्यवस्थापन समितिको निर्णय अनुसार बढीमा दुई लाख रुपियाँसम्म जिल्ला विपत् व्यवस्थापन कोषबाट खर्च गर्न अख्तियारीसमेत दिएको छ । गत वर्षको मनसुन अवधिमा कुल ७६९ विपत्का घटना हुँदा ६३ जनाको मृत्यु, ६९ जना घाइते र ३० जना बेपत्ता भएका थिए । पाँच हजार ९३७ घरपरिवार प्रभावित भएका थिए भने ३३ करोड १९ लाख बराबरको क्षति भएको थियो ।