मनसुनले देशैभर वर्षाको सम्भावना

RSS

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली… Continue reading मनसुनले देशैभर वर्षाको सम्भावना

कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता

काठमाडौं । कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ। कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ। ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा… Continue reading कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

काठमाडौं । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राधिका पिताम्बरका जेठी श्रीमती हुन् । गतराति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घरमा गएका थिए। घरभित्र चुकुल लगाएकै… Continue reading श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला… Continue reading एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने

अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया

काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा… Continue reading अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना,… Continue reading कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

सभामुखसहित गनेर कोशीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी पेस

काठमाडौं । गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन् । यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत संख्या पुर्‍याएर सरकारको दाबी गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका… Continue reading सभामुखसहित गनेर कोशीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी पेस

एसईईको नतिजा: २२ हजार ४७५ ले ल्याए ४ जीपीए, कुनमा कति ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार २२ हजार ४७५ ले ल्याए ४ जीपीए ल्याएका छन् । बोर्डले पत्रकार सम्मेलन मार्फत उक्त जनाकारी दिएको हो । त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१… Continue reading एसईईको नतिजा: २२ हजार ४७५ ले ल्याए ४ जीपीए, कुनमा कति ?

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गरेको छ। २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ। अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार… Continue reading एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु दुःखद्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु निरर्थक भएको बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा भनिएको छ “सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुखद् छ ।” अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको सचिवालयलको… Continue reading प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु दुःखद्’

५ महिनामै धमला पत्नी एलिजाले गरिन् नागरिक उन्मुक्ति पार्टी परित्याग

काठमाडौं । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी छिन् । गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले बिहीबार फेसबुकमा एक पोस्टमार्फत् राजनीतिबाट विदा लिएको जानकारी गराएकी हुन् । मोडल तथा कलाकार समेत रहेकी गौतमले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क हर्क साम्पाङसँग वृक्षरोपण गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै सक्रिय… Continue reading ५ महिनामै धमला पत्नी एलिजाले गरिन् नागरिक उन्मुक्ति पार्टी परित्याग

महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो तीनदिने स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दोस्रो स्पष्टीकरण सोधेका छन् । मन्त्री किरातीले सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका अधिकारीलाई मन्त्रालयले दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । मन्त्री किरातीले असार ११ गते मन्त्रीस्तरिय निर्णय गर्दै महानिर्देशक अधिकारीसँग पहिलोपटक ९ बुँदे प्रश्न सोधका… Continue reading महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो तीनदिने स्पष्टीकरण

एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

काठमाडौं। काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ। गत ३१ जेठमा एलओडीमा छिरेकी… Continue reading एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

सत्ता गठबन्धनले भन्यो-‘प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय’

काठमाडौं। सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कमद असंसदीय भएको ठहर गरेको छ। बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको ठहर गरेको हो। सो बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय पनि गरेको छ। आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक… Continue reading सत्ता गठबन्धनले भन्यो-‘प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय’

यो दशककै लामो दिन आज

काठमाडौं । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले यस्तो बताएको हो । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा… Continue reading यो दशककै लामो दिन आज

माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।बुधबार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको… Continue reading माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी… Continue reading केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?

आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ । बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा… Continue reading आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री

अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले वाग्मती किनारमा रहेका अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन… Continue reading अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन

जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् । उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य… Continue reading जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन

निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो । त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद… Continue reading निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला

एमालेको चेतावनी- ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौं’

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिको विरोध जनाउँदै ‘लेन्डुप दोर्जे’को नेपाली संस्करण नचाहिएको भन्दै राजीनामाको माग गरेका हुन् । आज हामीलाई उहाँले एउटा किताब विमोचन गर्दा दिनुभएको अभिव्यक्तिले मनमा बादल लागेको छ । नेपाल रोएको… Continue reading एमालेको चेतावनी- ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौं’

सन्दीप लामिछाने र करण केसी वरियतामा सुधार

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ओडिआई वरियतामा सुधार भएको छ । जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै आइसिसीले सार्वजनिक गरेको वरियतामा सन्दीपले एक स्थान सुधार गर्दै २४ औं स्थानमा अटाएका हुन् । उनी भन्दापछि विश्व चर्चित भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु… Continue reading सन्दीप लामिछाने र करण केसी वरियतामा सुधार

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत नियुक्त भएका छन्। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख तथा प्रवक्त समेत रहेका बस्नेतले सीडीओको जिम्मेवारी पाएका हुन् ।काठमाडौंका प्रजिअ उपाध्यायलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको थियो। उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्। बस्नेत गोरखा, चितवन र पर्साको प्रजिअका… Continue reading काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन

काठमाडौं । भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै डिफेन्डिङ च्याम्पियन भारत टाइब्रेकरमा ५–४ ले विजयी रह्यो । भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त… Continue reading साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन

आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो

काठमाडौं । आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। बलिङमा… Continue reading आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो

आज पनि अधिकांश प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ देशका केही स्थानहरूमा हल्का देखि… Continue reading आज पनि अधिकांश प्रदेशमा हुनेछ भारी वर्षा

चर्चित रक गायक तथा अभिनेता तामाङको निधन

काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । रविनको फेसबुक पेजबाट उनको मृत्युको जानकारी दिइएको छ । मंगलबार बेलुका यस्तो पोष्ट भएको थियो । जसलाई पारिवारिक स्रोतले पुष्टी गरेको हो । उनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको हो । मृत्युको कारण खुलेको छैन । उनको निधनपछि प्रहरी घरमा पुगेको… Continue reading चर्चित रक गायक तथा अभिनेता तामाङको निधन

राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय… Continue reading राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो । मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन… Continue reading फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन