राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप… Continue reading राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएइ भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

मनास्लु भ्रमणमा जाने पर्यटक बढे

काठमाडौं । मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् । साउन महिनामा ८० र भदौ… Continue reading मनास्लु भ्रमणमा जाने पर्यटक बढे

अमेरिकाको ल्युस्ट्नमा गोलि कान्ड, १६ जनाको हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् । बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा… Continue reading अमेरिकाको ल्युस्ट्नमा गोलि कान्ड, १६ जनाको हत्या

रसुवाका सबै ग्रामीण सडक खुला

काठमाडौं । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो । नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिका अन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले… Continue reading रसुवाका सबै ग्रामीण सडक खुला

दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो

काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बर्खा सकिएको र… Continue reading दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो

मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन

काठमाडौं । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज (बुधबार) सोही अस्पतालमा उहाँको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए । काठमाडौंमा उपचार हुन नसकेपछि… Continue reading मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन

इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की

reuters

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् । हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन । टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।राष्ट्रपति उर्डोगानले इजरायली… Continue reading इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की

राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?

File : timesofisrael

काठमाडौं । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग गरेको छ । राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरेका हुन् । ‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने… Continue reading राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?

भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान

काठमाडौं/ बिबिसी। गत महिना माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित ‘चीननिकट’ भनी चिनिएका नेता मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्। “माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ… मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,” बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्। आगामी नोभेम्बर महिनामा… Continue reading भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान

नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो

Photo : DNA India

काठमाडौं । भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन्। वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ। तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ। दूषित हावाले हरेक वर्ष… Continue reading नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो

दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

भैरहवा। दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए । सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए । … Continue reading दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पुर्व राजा ज्ञानेन्द्र शाहले लगाए सर्वसाधारणलाई टीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलवार कपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाइ टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । त्यस अवसरमा उनको  हातबाट टीका ग्रहण गर्ने सर्वसाधारणको भीड लागेको थियो । पूर्वराजा… Continue reading पुर्व राजा ज्ञानेन्द्र शाहले लगाए सर्वसाधारणलाई टीका

मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा छनोट

काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो । अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशि छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इण्डियासँग… Continue reading मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा छनोट

टीका लगाइदिने र लगाउने व्यक्ति कता फर्किने ?

काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. भट्टराई बताएका छन्  । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनको भनाइ छ  । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका… Continue reading टीका लगाइदिने र लगाउने व्यक्ति कता फर्किने ?

राष्ट्रपतिले आज सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र… Continue reading राष्ट्रपतिले आज सर्वसाधारणलाई टीका लगाइदिने

आज बडा दशै, टीका जमरा ग्रहण गरिदै

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले… Continue reading आज बडा दशै, टीका जमरा ग्रहण गरिदै

गैरआवासीय नेपाली संघमा आर के शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा भएको छ । असन्तुष्ट पक्षले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा गरेको हो । उनीहरुले यो शर्मा नेतृत्वको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । यसअघि महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी अध्यक्ष रहेको समितिले भने… Continue reading गैरआवासीय नेपाली संघमा आर के शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

आज महाअष्टमी, शक्तिपिठमा घुइचो

Source : Hamro patro

काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली,… Continue reading आज महाअष्टमी, शक्तिपिठमा घुइचो

इजरायलबाट काठमाडौं ल्याइयो चार नेपालीको शव

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ । पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । पहिलो चरणमा दीपेशराज… Continue reading इजरायलबाट काठमाडौं ल्याइयो चार नेपालीको शव

धादिङमा भुकम्प, काठमाडौं सहित देशका धेरै स्थानमा झट्का

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर,… Continue reading धादिङमा भुकम्प, काठमाडौं सहित देशका धेरै स्थानमा झट्का

यसपटक पनि विवादमुक्त बन्न सकेन गैरआवासीय नेपालीको निर्वाचन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १… Continue reading यसपटक पनि विवादमुक्त बन्न सकेन गैरआवासीय नेपालीको निर्वाचन

दशैको तीन दिन मनकामना केवलकार बन्द हुने

काठमाडौं । मनकामना केबलकार दशैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको शहीद लखन गाउँपालिकामा रहेकाे प्रसिद्ध धार्मिकस्थल मनकामना माता… Continue reading दशैको तीन दिन मनकामना केवलकार बन्द हुने

गाजामा जान थाल्यो सहायता सामग्री

काठमाडौं । इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन् । इजरायलले १५ दिनदेखि गाजामा खाद्यान्न, पानी, बिजुली र अत्यावश्यक औषधिसमेत जान दिएको थिएन । इजरायलको नाकाबन्दीपछि गाजामा पुग्ने एकमात्र रफाह नाका इजिप्टले पनि बन्द गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजिप्टले सङ्ख्या तोकेर… Continue reading गाजामा जान थाल्यो सहायता सामग्री

त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन… Continue reading त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

नेपालले बनायो यु १९ एसिया कपमा स्थान

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१… Continue reading नेपालले बनायो यु १९ एसिया कपमा स्थान

भरतपुरमा एक युवक मृत फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् । उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु… Continue reading भरतपुरमा एक युवक मृत फेला

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ… Continue reading सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए… Continue reading नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी… Continue reading यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै