संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएका बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव… Continue reading संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

काठमाडौं । अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडतालमा उत्रिएका छन् । कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् । अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा सुरू भएको र वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने युनियनले जनाएको छ । स्थानीय युनियनहरूको… Continue reading अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

काठमाडौं । आजबाट मौसममा सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अब लगातार झरी पर्नेछैन । मनसुन बहिर्गमनमा ढिलाइ भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको छ । नेपालमा अहिले भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा… Continue reading आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

आज जितिया पर्व मनाइंदै

काठमाडौं । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ… Continue reading आज जितिया पर्व मनाइंदै

दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

file

काठमाडौं । काठमाडौंबाट साउदीको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज पाकिस्तानको आकासबाटै काठमाडौं फिर्ता भएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज त्यसको एक घण्टापछि काठमाडौं अवतरण गरेको हो । सो जहाजमा रहेको अर्को जहाज कति नजिकमा छ भन्ने संकेत दिने प्रणालीमा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्काउनु परेको नेवानि स्रोतले… Continue reading दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको… Continue reading विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् । हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । धार्मिक आस्था… Continue reading सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकले पाउने भएका छन्। ‘क्वान्टम डट्सको खोज र संश्लेषण’मा गरेको योगदानका लागि वैज्ञानिक मोउंगी जी बावेन्डी, लुइस ई. ब्रुस र एलेक्सई आई एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गरेको हो । ‘क्वान्टम डट’ भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र… Continue reading तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

सर्वोच्च अदालत परिसरमै ढलिन् रिगलको आममाफीविरूद्ध अनसन थालेकी भारती

काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्ध अनसनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा ढलेकी छन्। कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । भारती बेहोश भएपछि वीर अस्पताल लगिएको छ। श्रीमान चेतन मानन्धरका… Continue reading सर्वोच्च अदालत परिसरमै ढलिन् रिगलको आममाफीविरूद्ध अनसन थालेकी भारती

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो… Continue reading मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

काठमाडौं । अब नेपालमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट भित्राउन सकिने भएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले… Continue reading ५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई… Continue reading इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख केभिन म्याकर्थी पदमुक्त बनेका छन् । स्थानीय समयअनुसार मंगलबार भएको चुनावमा उनले सभामुख पदमा बसिरहन सदनमा बहुमत ल्याउन सकेनन्। उनको पक्षमा २१० र विपक्षमा २१६ मत खसेको द न्युयोर्क टाइम्सले लेखेको छ । म्याकर्थीलाई सभामुखबाट हटाउन उनको आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले भूमिका खेलेका छन्। मंगलबारको मतदानमा… Continue reading अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

कस्तो छ बझाङमा भूकम्पको प्रभाव ?

काठमाडौं । बझाङमा मंगलबार देखि निरन्तर भूकम्प गइसकेको छ । मंगलबार दिउँसो, राती र बिहान गरी एक दर्जन पटक भूकम्प गइसकेको छ । भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न… Continue reading कस्तो छ बझाङमा भूकम्पको प्रभाव ?

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण… Continue reading नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

यस पटक दशैंको टिकाको साइत ११:०२ बजे

काठमाडौं । यसपटक दशैंको उत्तम साइत नेपाली साइत अनुसार ११ बजेर २ मिनेट जाँदा देखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र… Continue reading यस पटक दशैंको टिकाको साइत ११:०२ बजे

बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प, काठमाडौंदेखि दिल्लीसम्म हल्लायो

काठमाडौं । बझाङमा एकैदिन भूकम्पका दुई ठूला धक्का मापन गरिएको छ । मंगलबार दिउँसो २६ मिनेटको अन्तरमा भूकम्पका दुई ठूला धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड, त्यसको २६ मिनेटपछि अर्थात् ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर आसपास… Continue reading बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प, काठमाडौंदेखि दिल्लीसम्म हल्लायो

कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाएको छ । भदौ २० गते दिउँसो रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको हो। यस प्रकरणमा प्रहरीले सापकोटालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको थियो।… Continue reading कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

बझाङ केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। त्यस्तै दिउँसो ३ बजेर ६ मिनेट जाँदा पनि भूकम्प गएको छ तर यस बारे… Continue reading बझाङ केन्द्रविन्दु बनाएर भूकम्प

जनयुद्ध दिवसको बिदा फिर्ता नलिए प्रतिरोध गर्ने ओलीको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन् । प्रतिनिसभाको मंगलबारको बैठकमा बोल्दै उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता नलिए त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिए । बिदा फिर्ता नलिए यसले युद्ध नत्यागेको स्पष्ट पार्ने भन्दै उनले अहिलेको संविधान र प्रश्नलाई… Continue reading जनयुद्ध दिवसको बिदा फिर्ता नलिए प्रतिरोध गर्ने ओलीको चेतावनी

ओलीले संसदमा सोधे-‘खुँडा र एसिड हान्ने अपराधी छानी-छानी किन पुरस्कृत गरियो’ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कार्यशैली, सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति लाई लिएर तीव्र आलोचना गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन्। ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको… Continue reading ओलीले संसदमा सोधे-‘खुँडा र एसिड हान्ने अपराधी छानी-छानी किन पुरस्कृत गरियो’ ?

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू , उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्‍यालीमा ढुंगामुडा प्रहार भएको थियो । कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष… Continue reading नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू , उल्लंघन गर्नेलाई कारबाही

एक दर्जन ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । तीन वर्ष… Continue reading एक दर्जन ठेकेदार कम्पनी परे कालोसूचीमा

किन संकटमा पर्दैछ डोनाल्ड ट्रम्पको व्यापारिक साम्राज्य

काठमाडौं । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ । सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उहाँका दुई छोरा एरिक तथा डन… Continue reading किन संकटमा पर्दैछ डोनाल्ड ट्रम्पको व्यापारिक साम्राज्य

एमालेको कोशी र कर्णाली प्रदेशमा नयाँ नेतृत्व निर्वाचित

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन् । कोशीमा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५ सय १२ मत ल्याउँदा ढकालले ४ सय ३९ मत ल्याए । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा राजकुमार… Continue reading एमालेको कोशी र कर्णाली प्रदेशमा नयाँ नेतृत्व निर्वाचित

एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै

काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनोद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् । यस्तै, भारतका जितेश… Continue reading एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै

बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ .सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । भेटमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो । नेपालको… Continue reading बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह

चाडबाडमा विदेशबाट घर आउँदा अरुको सामान नल्याइदिन सरकारको आग्रह

काठमाडौं । दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएका र नभएकाहरुले पाउने सुविधामा फरक फरक छ । श्रम स्वीकृति लिएर लगातार १२ महिना… Continue reading चाडबाडमा विदेशबाट घर आउँदा अरुको सामान नल्याइदिन सरकारको आग्रह

एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अगाडि बढाएको प्रसारणलाइन निर्माणमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । कुल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे– रातमाटे– हेटौंडा– दमौली–न्यू बुटवल) प्रसारणलाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ… Continue reading एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री

मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन… Continue reading मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं