इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा उल्लेख्य कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटेको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको निगमको भनाई छ । अब बजारमा डिजेल र मटीतेलको खुद्रा मूल्य… Continue reading इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

काठमाडौं । जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न भएको अभियोगमा नायब सुब्बा पक्राउ परेका छन् । सोमबार प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नासु प्रशासन फाँटमा कार्यरत छन् । एक गिरोहले प्रशासनका कर्मचारीसँगको मिलेमतोमा करिब ५०० नागरिकता तिब्बती नागरिकलाई दिलाएको खुलेको छ । घटनामा… Continue reading तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

बारा–२ मा रमेश खरेलको उम्मेदवारी दर्ता

काठमाडौं । बारा–२ को प्रतिनिधि सभा सदस्यका लागि रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार दिउँसो तीन बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार दिउँसो तीन बजेपछि खरेलको उम्मेदवारी दर्ता भएको हो। उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन… Continue reading बारा–२ मा रमेश खरेलको उम्मेदवारी दर्ता

तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो। जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो। तनहुँ-१ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन्। खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य… Continue reading तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

रवि लामिछानेलाई जगन्नाथ पौडेलको समर्थन

काठमाडौं । चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन्। रेणु दाहाललाई मेयर निर्वाचनमा आच्छुआच्छु पार्दै राष्ट्रिय राजनीति हल्लाउँदै नेपाली कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन् । ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका… Continue reading रवि लामिछानेलाई जगन्नाथ पौडेलको समर्थन

मन्दिरको घण्टी बजाएर चुनावी अभियानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबारदेखि आफ्नो चुनावी अभियान थालेका छन् । धर्मपत्नी निकिता पौडेल लामिछानेसंगै चितवनको एउटा मन्दिरमा पुगेर घण्टी बजाएको तस्बिर शेयर गर्दै नेता लामिछानेले लेखेका छन् – ‘चितवनका जनताको साथ र जीतको संकल्पसँगै सुरु गरियो हाम्रो यात्रा ।’ यसअघि उनि यहि निर्वाचन क्षेत्रबाट देशमै सबैभन्दा बढि मतान्तर… Continue reading मन्दिरको घण्टी बजाएर चुनावी अभियानमा

चितवन-२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन्। लामिछानेले सोमबार चितवन–२ मा बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए। सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नै जाने गरी फैसला सुनाएको थियो । उनले… Continue reading चितवन-२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी… Continue reading एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी… Continue reading उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता

हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने

Photo : Gorakhapatra.com

काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग जोडिएका… Continue reading हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने

कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने संकेत गरेका छन् ।आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय गरेको छ ।… Continue reading कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति

स्वर्णिम वाग्लेलाई हराउने जिम्मा गगन थापाको काँधमा

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा दिएको छ । सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ ।

नयाँ अर्थमन्त्रीलाई शेयर बजारको रातो झण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई शेयर बजारले रातो झण्डासहित स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २० अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको १… Continue reading नयाँ अर्थमन्त्रीलाई शेयर बजारको रातो झण्डा

सांसद डाँगीको प्रश्न – ‘आन्तरिक उत्पादन बढाउन के निती छ’ ?

काठमाडौं । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले टुथपिक र ट्वाइलेट पेपर आयातमा ४१ करोड बाहिरियो, आन्तरिक उत्पादन बढाउन के निती छ भन्दै प्रश्न गरेकी छिन् । सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने माग गरेकी हुन् । ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात… Continue reading सांसद डाँगीको प्रश्न – ‘आन्तरिक उत्पादन बढाउन के निती छ’ ?

बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो । बारामा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई… Continue reading बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु

काठमाडौं । हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना पदयात्रामा एक्लै वा समूहमा जान नपाइने नियम कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गरे । यससँगै अब पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने भएको छ । यस्ता पर्यटकसँग सम्बन्धित कम्पनीले टिम्स कार्ड पनि दिनुपर्छ । पदयात्रालाई सुरक्षित बनाउन… Continue reading गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु

मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाडौं उपत्यकाका अरु… Continue reading मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी

जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

GETTY IMAGES\BBC

काठमाडौं । जापानले राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर बढाएको छ । साविकमा ६० वर्ष रहेको निवृत्त हुने उमेर बढाएर ६१ वर्ष पुर्याइएको छ । अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास जापानको छ । जापानले आगामी सन् २०३१ सम्ममा अवकाश… Continue reading जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेट सम्बन्धी समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार जारी छ । राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ । पौडेल गत… Continue reading पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी बोलाइएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने… Continue reading कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

काठमाडौं । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन् । नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत… Continue reading एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गर्न एमालले वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो। उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्। वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर… Continue reading भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने… Continue reading रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

मध्यप्रदेश । भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो । मन्दिर इनारमाथि निर्माण गरिएको थियो । अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ… Continue reading भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा

file

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले… Continue reading रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस्तै उच्च पहाडी… Continue reading कस्तो रहनेछ आजको मौसम ?

सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो निर्णय हो। गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरिचालन कार्यविधि, २०७८ खारेज गर्ने निर्णय गरेका हुन्। उनले आफ्नो निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावको रूपमा लैजाने बताएका छन्। गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको… Continue reading सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा… Continue reading नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

थ्री नेसन्स कपको उपाधी नेपाललाई

काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो । खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरे । यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले… Continue reading थ्री नेसन्स कपको उपाधी नेपाललाई

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। नेपाली कांग्रेसका तर्फबाट पूर्ण बहादुर खड्काले उपप्रधान तथा रक्षा, डा प्रकाशशरण महतले अर्थ, रमेश रिजालले उद्योग वाणिज्य तथा आपुर्ति र सिता गुरुङले शहरी विकास मन्त्रीको शपथ लिएका छन्। माओवादीबाट… Continue reading नवनियुक्त मन्त्रीहरूले लिए शपथ