काठमाडौं । युएसएआइडीकी प्रशासक समान्था पावरले नेपाल सरकारलाई करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेकी छन्। प्रशासक पावरले मंगलबार सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग दिने घोषणा गरेकी हुन्। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुने युएसएआइडीले जनाएको… Continue reading युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा
Category: समाचार
नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको निर्णायक खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश… Continue reading नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु पहिले फेसबुकमा नाम उल्लेख गरेका व्यवसायीमाथिको आरोपबारे भाटभटेनीका सञ्चालन मीनबहादुर गुरुङ, व्यवसायी उपेन्द्र महतोसहित विभिन्न व्यवसायी १२ जनासँग बयान लिएको छ । जसमा पवन गोल्यानको गोल्यान एग्रो र नक्सालस्थित सान इन्टरनेसनल कलेजका प्रतिनिधिसँग, बालकुमारीस्थित क्याथफोर्ड कलेज र थापाथलीस्थित सुजुकी शोरुमका सञ्चालकसँग रहेका छन् । लामो… Continue reading प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान
मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी बिटमा डोजर चलाएको छ । सडक अतिक्रमण गरी बनाइएको नेपाल प्रहरीको बिट महानगरले भत्काएको हो । मंगलबार दिउँसो नगर प्रहरीसहित गएको टोलीले प्रहरी बिटमा डोजर चलाएको हो । उक्त बिटलाई अन्य ठाउँमा सार्ने सहमती भएपछि भत्काइएको नगर प्रहरीले जनाएको छ । पछिल्लो समय महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण… Continue reading मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर
उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार तीन ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको हो । नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण… Continue reading उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?
टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको आंकडा ४३ सय नाघेको छ । राज्य सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा मात्र २ हजार ९२१ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । १३ हजार २९३ मानिस घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवन ध्वस्त भएका… Continue reading टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि
युएसआइडी प्रमुख आज नेपाल आउँदै
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो । पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार… Continue reading युएसआइडी प्रमुख आज नेपाल आउँदै
यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ। यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनाको छानबिन गर्न… Continue reading यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत
मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिने गरी सजाय सुनाएको छ । उनलाई सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका थियो । माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’… Continue reading मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति
पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला… Continue reading पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। सोमवार रिक्त रहेको थप २ मन्त्रालयको कामकाज थपिएसँगै उनको काँधमा ५ वटा मन्त्रालय परेको हो । रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई… Continue reading प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो। माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई
काठमाडौं । भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । लिग टू मा रहेका ७… Continue reading राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई
देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप
काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूह संस्थापन र इतर पक्षबीच झगडाबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए । स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ… Continue reading देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप
आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत भएका छन् । विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक भएका हुन् । नेकपा (माओवादी… Continue reading आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने
नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन
काठमाडौं\बीबीसी । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी रेज्निकोफले एक पत्रकार सम्मेलनमा बताए। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिम्यानमा सेनाहरूबीच व्यापक लडाइँ भइरहेको बताएका छन्। रक्षामन्त्री परिवर्तन हुने घोषणा हुनुभन्दा… Continue reading नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन
गैंडाको संरक्षणमा ५ मुलुकबीच सहकार्य हुने
काठमाडौं । गैँडा पाइने एसियाली देशहरुबीच गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदानप्रदान, समन्वय र सहकार्य गर्ने सहमति जुटेको छ । गैँडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, संरक्षणकर्मी र विज्ञहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो । चितवनको पटिहानीमा शुक्रवार सुरु भएको बैठक हिजो… Continue reading गैंडाको संरक्षणमा ५ मुलुकबीच सहकार्य हुने
टर्कीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमाना नजिक टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ४ः१७ मा गाजियनटेप सहर नजिक १७।९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस… Continue reading टर्कीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
प्रधानमन्त्रीले आज प्रमुख सचेतकहरुसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल आयोजना गरेका छन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राखिएको छ । प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको पनि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । महासंघका महासचिव… Continue reading रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति
प्रचण्ड र विप्लव बीच भेट, के भयो समझदारी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ । भेटमा नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई भेट गरेका हुन्। सो क्रममा माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकताबारे नेताहरूबीच छलफल भएको बताइएको छ । उनीहरूबीच… Continue reading प्रचण्ड र विप्लव बीच भेट, के भयो समझदारी ?
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले दिए राजिनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले दिए राजिनामा
सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने कायमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने,तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।
कांग्रेसको विरोध, ‘कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको आलोचना गरिरहेका थिए । आफू नेतृत्वको सरकार हटेर कांग्रेस नेतृत्वको सरकार बनेपछि अहिलेको सरकार बन्दासम्मको अवधिमा अर्थतन्त्रमा देखिएको नाकारात्मक सूचकलगायका बारेमा बताइरहेका थिए । सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारका न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी दिइरहेका थिए । ओलीले बोल्दाबोल्दै नेपाली कांग्रेसका सांसद… Continue reading कांग्रेसको विरोध, ‘कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा मोबाइल प्रतिबन्ध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेको छ । बैठकबाट सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिँदैछ। बैठकलगत्तै पार्टी सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन्। बैठकको गोपनीयता कायम राख्न नेताहरूलाई मोबाइल बोक्न रोक लगाइएको स्रोतले जनाएको छ । यसअघि बैठककै क्रममा सञ्चारमाध्यममा… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा मोबाइल प्रतिबन्ध
संसद बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ। रास्वपाले आजको बैठकबाट सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिँदैछ। बैठकलगत्तै पार्टी सभापति… Continue reading संसद बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद
नेपालको पहिलो गभर्नर राणाको निधन
काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई उदृत गर्दे सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि… Continue reading नेपालको पहिलो गभर्नर राणाको निधन
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली हुने भएको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ। आइतबार दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।… Continue reading यस्तो रहनेछ आजको मौसम
रास्वपाको शनिबार राती बसेको बैठक निष्कर्षविहिन, आज पुनः बस्ने
काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई शनिबारसम्मको अल्टिमेटम दिएको थियो । तर, सो दिनसम्म प्रधानमन्त्री प्रचण्डबाट ग्रिन सिग्नल नपाएको रास्वपाले शनिबार राती बैठक डाक्यो । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाइएको थियो । मध्यरातसम्म चलेको बैठकमा कुनै निष्कर्ष आउन सकेन । सोहीकारण संयुक्त बैठक आजका… Continue reading रास्वपाको शनिबार राती बसेको बैठक निष्कर्षविहिन, आज पुनः बस्ने
गृह मन्त्रालयबारे अझै लागेन टुंगो
काठमाडौं । गृह मन्त्रालयबारे शनिबार समेत कुनै निर्णय हुन सकेन । यद्दपी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार… Continue reading गृह मन्त्रालयबारे अझै लागेन टुंगो