काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तीमा सातको मृत्यु भएको छ । घटनामा दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् ।… Continue reading इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान
Category: समाचार
खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो
काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा ६ लाख रकम जम्मा भएको छ । यसमा एक महिनाकोतलव र सचिवालयका सदस्यका १५ दिनको तलव समेत समावेश भएको मन्त्री किरातीले जनाएका छन् , उनका अनुसार ६ लाख ४३४ रकम जम्मा भएको छ । यो रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको… Continue reading खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीले जनाएको छ । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कानूनी प्रक्रिया… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल
एसईई परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि… Continue reading एसईई परीक्षाको तालिका सार्वजनिक
चितवन २ मा पुन: निर्वाचन हुने
काठमाडौं । चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि निर्वाचन आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम… Continue reading चितवन २ मा पुन: निर्वाचन हुने
रवि लामिछाने नेपाली नागरिक नभएको ठहर
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले… Continue reading रवि लामिछाने नेपाली नागरिक नभएको ठहर
नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज
काठमाडौं । गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दामा पराजित भएका छन् । लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेले नेपाली… Continue reading नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज
राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । बिहीवारबाट शुरु भएको स्थायी कमिटी बैठक राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गर्दै सकिएको हो । अर्को बैठक माघ १६ गते ११ बजे बस्नेछ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । ‘प्रचण्ड’ले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने भन्दै असन्तुष्ट जनाएका छन् । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा भनेका छन् । बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने… Continue reading प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट
रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटको अन्तिम सुनुवाइ सकिएको छ। शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार लामिछाने पक्षका वकिलहरुले बहस सकेपछि निवेदककातर्फबाट… Continue reading रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । सुनुवाई बुधबारबाट सुरु भएको हो । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म… Continue reading गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना
कस्तो रहनेछ शुक्रबारको मौसम ?
काठमाडौं । नेपालमा शुक्रबार बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ। आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा… Continue reading कस्तो रहनेछ शुक्रबारको मौसम ?
होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने
काठमाडौं । होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीसहितका कम्पनीहरुले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने फैसला सर्वोच्च अदालतबाट भएको छ । बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल… Continue reading होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने
कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा
काठमाडौं । गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार छलफल भएको छ । उनीहरुबीच कार्यकारी पदमा पुगेपछि पहिलो पटक छलफल भएको हो । बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरी सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । बिहीबार दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति… Continue reading कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा
महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड
काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म अनधिकृत रुपमा राखिएका ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड) हटाएको छ । पटक पटक ‘अल्टिमेटम’ दिँदा समेत व्यवसायीले नटेरेपछि मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो । शहरको सौन्दर्य बढाउन भन्दै होर्डिङ्ग बोर्डसँगै साइन बोर्ड हटाउने अभियान थालेको थियो… Continue reading महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड
जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ
काठमाडौं । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको शिला रुद्राभिशेकसहित अयोध्याका लागि बिदाइ गरिएको छ। कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो। श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको हो । देव शिला भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर पुजिनेछ ।… Continue reading जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ
श्रीपञ्चमी र सरस्वती पूजा आज
काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी धुमधामसहित मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने प्रचलन छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने… Continue reading श्रीपञ्चमी र सरस्वती पूजा आज
७४ औं गणतन्त्र दिवस मनाउँदै भारत
काठमाडौं । भारत आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति सवार हुने विशेष परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा… Continue reading ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत
मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
काठमाडौं । बिहीबार पनि केही भेगमा मौसम अदल बदली हुने भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने भएको छ । आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती… Continue reading मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
चोर समाते १० हजार पुरस्कार पाइने
प्यूठान । प्यूठानमा चोर समाते १० हजार पुरस्कार पाइने भएको छ । गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको हो । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार… Continue reading चोर समाते १० हजार पुरस्कार पाइने
क्रसर उद्योग सर्तसहित खुल्ने
काठमाडौं । सरकारले क्रसर उद्योग सर्तसहित खुलाएको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेका… Continue reading क्रसर उद्योग सर्तसहित खुल्ने
रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको मुद्दाकोमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो। शुक्रबार बहस सकिने छ । बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता… Continue reading रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने
गृहमन्त्रीले दिए आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर सान्त्वना
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सान्त्वना दिएका छन् । अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधवार बिहान निधन भएको थियो ।
आईसीयूमा बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित जाने राज्यमन्त्री कार्कीको कटाक्ष
काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्य आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि राज्यमन्त्री डा तोसिमा कार्की आलोचना सुरु भएको छ। सामाजिक सञ्जालमा ८० प्रतिशत जलेर जीवन मृत्युको दोसाँधमा रहेका बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित लिएर आईसीयू गएको भन्दै आलोचना भएको हो । फेसबुक र ट्वीटरमा उनको कार्यशैलीप्रति असन्तुष्ट पोख्नेको… Continue reading आईसीयूमा बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित जाने राज्यमन्त्री कार्कीको कटाक्ष
किर्तिपुर अस्पतालले प्रेम आचार्यको उपचार शुल्क नलिने
काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च नि:शुल्क हुने भएको छ । किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको हो । उपचारका क्रममा बुधवार बिहान ५ बजे निधन भएको भएको थियो । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय… Continue reading किर्तिपुर अस्पतालले प्रेम आचार्यको उपचार शुल्क नलिने
संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन
काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको अस्पतालले जनाएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । सरकारी सञ्चारमाध्यम गोरखा पत्रका अनुसार आचार्यको बुधबार बिहान ५ बजे निधन भएको हो । डा. किरण नकर्मीले यसको पुष्टी गरेका हुन् । डा. नकर्मीका अनुसार उनको ८०प्रतिशत भाग… Continue reading संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बुधबारबाट अन्तिम सुनुवाइ हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित भएको थियो । उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ। सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा दर्ता भए पनि सर्वोच्चले अन्तरिम… Continue reading गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई
पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
काठमाडौ । पश्चिम नेपालमा आज पनि वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि… Continue reading पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु
काठमाडौं । मंगलबार पश्चिम नेपालमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुरामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गौमुल गाउँपालिका २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको… Continue reading पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु
फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा
काठमाडौं । पोखराबाट स्याङ्जा उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरिएको छ । पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए । तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर… Continue reading फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा