काठमाडौं । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार बानेश्वरस्थित संसद भवन पुगेर समानुपातिक सांसद् न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्। कांग्रेस सांसद न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय… Continue reading कांग्रेसबाट सभामुखमा ईश्वरीको उम्मेदवारी, समर्थकमा प्रकाश ज्वाला
Category: समाचार
ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक, प्रवक्ताबाट हटायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ। राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। केन्द्रीय कमिटी बैठकले शाहीलाई प्रवक्ताबाट हटाएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ। ‘ज्ञानबहादुर शाहीलाई पार्टी प्रवक्ता बाट पदमुक्त गरी प्रवक्ता तथा प्रचार प्रसार विभाग मोहन श्रेष्ठलाई लाई जिम्मेवारी दिइएको छ,’ विज्ञप्तिमा… Continue reading ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक, प्रवक्ताबाट हटायो
सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् । सत्ता गठबन्धनका दलहरूबीच… Continue reading सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे
जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने
काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण हुने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरिने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । स्व… Continue reading जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने
मौसम अझै केही दिन चिसो बढ्ने अनुमान
काठमाडौं । बुधबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी… Continue reading मौसम अझै केही दिन चिसो बढ्ने अनुमान
सभामुख निर्वाचन प्रक्रिया आजबाट सुरु
काठमाडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज मनोनयन दर्ताको समय तोकिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको… Continue reading सभामुख निर्वाचन प्रक्रिया आजबाट सुरु
पोखरा विमान दुर्घटनास्थलबाट थप एक जनाको शव फेला,अझै एक जनाको स्थिति अज्ञात
काठमाडौं । पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जनाको स्थिति अज्ञात छ… Continue reading पोखरा विमान दुर्घटनास्थलबाट थप एक जनाको शव फेला,अझै एक जनाको स्थिति अज्ञात
नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्। श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्याउने बताए। उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको… Continue reading नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु
२३ दिनपछि मन्त्रिमण्डल विस्तार ,कसलाई कुन मन्त्रालय ? (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। ११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका… Continue reading २३ दिनपछि मन्त्रिमण्डल विस्तार ,कसलाई कुन मन्त्रालय ? (सूचीसहित)
यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
काठमाडौं । सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको… Continue reading यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
माओवादीबाट रेखालाई सञ्चार र सुदनलाई पर्यटन मन्त्रालय
काठमाडौं । नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डाको सहमति भएसँगै मन्त्रीहरूको नाम टुंगो लगाएको हो । माओवादीले रेखा शर्मालाई रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ । भोजपुरबाट प्रतिनिधिसभा… Continue reading माओवादीबाट रेखालाई सञ्चार र सुदनलाई पर्यटन मन्त्रालय
शिक्षा मन्त्रीमा शिशिर खनाल, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।
मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता
काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेसँगै आज मन्त्रिपरिषद् बिस्तार गरिँदैछ । त्यसअगाडी पार्टीहरुले मन्त्रीको… Continue reading मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता
पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाठौँ ल्याइने भएको छ। दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ । नेपाली सेनाको हेलिकप्टरबाट शवहरु काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याउने तयारी छ । आफन्तबाट पहिचान भएका शव पोखरामा… Continue reading पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने
कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?
काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय बाडफाँडमा समेत सहमति जुटेको छ । जस अनुसार सबैभन्दा धेरै मन्त्रालय एमालेले पाएको छ । उसको भागमा उप्रप्रधानसहित अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । माओवादी केन्द्रको भागमा उपप्रधानसहित भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय… Continue reading कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?
पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था
काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानसम्म स्थगित भएको छ। सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक… Continue reading पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था
यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित… Continue reading यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
कांग्रेसले विश्वासको मत दिएपछि अलमलिएका ‘प्रचण्ड’ को दौडधुप
काठमाडौं । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारमा अलमलिएको छ । कांग्रेससँग गठबन्धन टुटाएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा… Continue reading कांग्रेसले विश्वासको मत दिएपछि अलमलिएका ‘प्रचण्ड’ को दौडधुप
यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो
काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली… Continue reading यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो
दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
काठमाडौं । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन। आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन… Continue reading दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९ एन एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना… Continue reading जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा
यती एयरलाइन्सका आजका सबै उडान रद्द
काठमाडौं । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द भएको छ । पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ । कम्पनीको नाइन एन एएनसी एटीआर ७२–५००… Continue reading यती एयरलाइन्सका आजका सबै उडान रद्द
जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान… Continue reading जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने
विमान दुर्घटना: ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग
काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनकाअनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
आन्तरिक जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
काठमाडौं । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । विमान परीक्षण गरे/नगरेको अनुगमन गर्न नागरिक उड्डयन… Continue reading आन्तरिक जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौं । सरकारले पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान… Continue reading विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन
पोखरा विमान दुर्घटनाको शोकमा सोमवार सार्वजनिक बिदा
काठमाडौं । सरकारले यति एयरको विमान दुर्घटनाको शोकमा सोमवार एक दिन सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन सोमवार सार्वजनिक बिदाको निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । दुर्घटनाको कारण… Continue reading पोखरा विमान दुर्घटनाको शोकमा सोमवार सार्वजनिक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।
पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?
काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जसमध्ये ५३ जना नेपाली रहेका छन् । ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक… Continue reading पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा
काठमाडौं । प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विस्तृत विवरण लिन त्यहाँ पुगेका हुन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको… Continue reading दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा