एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । आफूलाई कालो झण्डा देखाएको प्रशंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर… Continue reading एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

२० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने तयारी गरेका हुन् । रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्ने लगायतका… Continue reading २० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा

काठमाडौं । निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन्। हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन्। नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए। उनी काठमाडौंको द्वारिकाज होटलमा बसेका थिए। उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर… Continue reading पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । धार्मिक… Continue reading आज बकर इद, सार्वजनिक बिदा

आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ… Continue reading आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो। इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५… Continue reading यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र चिह्न बनाएकामा माफी मागेको छ ।बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा। मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असप्रति क्षमा मागेका हुन् । ‘‘हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं’ उनले भनेका छन् ।… Continue reading भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

संवैधानिक इजलासबाट रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट खारेज

काठमाडौं । गत वैशाख १० गते भएको उपचुनावबाट चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सांसद रवि लामिछानेको पद खारेजीवको माग गर्दै परेको रिट निवेदन खारेज भएको छ। बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । उक्त रिटमाथि यसअघि… Continue reading संवैधानिक इजलासबाट रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट खारेज

बजेट पासको घोषणापछि एमालेले माग्यो मत विभाजन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै बजेट पारित भएको घोषणा गरेका थिए । त्यसपछि… Continue reading बजेट पासको घोषणापछि एमालेले माग्यो मत विभाजन

बजेटबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी वर्षको बजेटमा उल्लेखित जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सभामुखको रोहवरमा भएको सत्तापक्ष प्रतिपक्षबीचको सहमति अनुसार अर्थमन्त्रीले थप स्पष्टीकरण दिँदै निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिए लिएका हुन् । जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइ रहने निर्णय फिर्ता गरी… Continue reading बजेटबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो

नेप्सेमा उच्च अंकको करेक्सन

काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २८० कम्पनीको ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज… Continue reading नेप्सेमा उच्च अंकको करेक्सन

‘मिटरब्याजी,सहकारीका ठग र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको छ। वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद… Continue reading ‘मिटरब्याजी,सहकारीका ठग र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो’

आज कस्तो रहनेछ मौसम ?

RSS

काठमाडौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आगामी चौबिस घन्टामा कोशी, बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम… Continue reading आज कस्तो रहनेछ मौसम ?

गृहमन्त्री चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् । श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भइ आजै ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को… Continue reading गृहमन्त्री चीन प्रस्थान

काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ… Continue reading काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । शाह यो प्रकरणमा आज पक्राउ पर्ने सातौं व्यक्ति हुन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो।  शाहले आफ्नी श्रीमतीको नाममा ललिता निवासको जग्गा किनेका थिए। तर, अख्तियारले सुधीरलाई जोगाएर विशेष अदालतमा मुद्दा दायर… Continue reading ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

बिहीबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार १४ गते सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो। ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि… Continue reading बिहीबार सार्वजनिक विदा

विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागतको लागि तीन जनामात्र जान पाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा कडाइ गरिएको छ । विमानस्थलको ट्रमिनल भवन बाहिर आफन्त बिदाइ र स्वागतका लागि जानेहरुको भीड बढेपछि विमानस्थल कार्यालयले अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाउने व्यवस्था गरेको हो । यात्रुको बिदाइ तथा स्वागतका लागि आवश्यकता भन्दा बढी मानिसहरु जाँदा आन्तरिक… Continue reading विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागतको लागि तीन जनामात्र जान पाउने

संसदमा रास्वपाको अवरोध, एमालेले पनि दियो साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ । रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ । एमालेले पनि संसदमा उठेर अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर… Continue reading संसदमा रास्वपाको अवरोध, एमालेले पनि दियो साथ

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनको निवास नक्सालबाट पक्राउ गरेको हो। २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही… Continue reading भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधेका छन् । गम्भीर आरोप लगाउँदै महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् । ९ वटा प्रश्न मार्फत लगाइएको विभिन्न आरोपमा जिम्मेवारी पूरा गर्न असफल रहेको प्राधिकरणलाई हानी नोक्सनी पुर्याएको लगायत रहेका छ । उडान सुरक्षामा चरम लापरवाही हुँदासमेत ध्यान… Continue reading प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण

पशुपतिको जलहरीमा कति भेटियो सुन ?

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो। अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको… Continue reading पशुपतिको जलहरीमा कति भेटियो सुन ?

कस्तो रहनेछ आज देशको मौसम ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। कोशी र… Continue reading कस्तो रहनेछ आज देशको मौसम ?

झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको बि एण्ड… Continue reading झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु

पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ। १३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। तर… Continue reading पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै ९ किलो चरेश बरामद भएको छ।विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । कुक्रेभीले आफूलाई अनलाइनमा विदेशी मुद्राको सटहीको… Continue reading काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद

कांग्रेसको सदस्यता अनलाइनबाटै लिन सकिने

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदन मार्फत प्राप्त गर्न सकिने सदस्यता ‘साधारण सदस्यता’ हो । कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान… Continue reading कांग्रेसको सदस्यता अनलाइनबाटै लिन सकिने

आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

काठमाडौं । नागरिकता माग्दै आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका–४ का निरजकुमार कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट सोमबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। निरजको नाममा जारी भएको ०५–०१–८०–०३९४१ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई प्रदान गरे। नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा भएको आन्दोलनका क्रममा निरजले गत जेठ ३० गते शरीरमा पेट्रोल खन्याएर… Continue reading आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

भोटेबहालमा इनारभित्र दुई युवक मृत फेला

काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्। प्रहरीको अनुसार आज बिहान साढे ८ बजे उनीहरू इनार नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए। दिपेन… Continue reading भोटेबहालमा इनारभित्र दुई युवक मृत फेला