Category: समाचार

  • कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

    कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

    काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

    न्याय परिषदको आज बसेको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो ।

    न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन समेत भएका छन् । त्यस्तै परिषद बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई नेपालगन्ज इज्लासमा सरुवा गरेको छ ।

  • इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए

    इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन् । राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो ।

    “गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसङ्घको इतिहासमा कहिल्यै देखेका छैनौँ । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,” संयुक्त राष्ट्रसङ्घका प्रमुखले एक्स (ट्विटर) पोस्टमा लेखेका छन् । उनले भने, “म गाजामा सर्वसाधारणलाई सहयोग गर्ने हजारौँ सहायताकर्मीप्रति आधार प्रकट गर्दछु ।” अक्टोबर ७ मा इस्लामिक कट्टरपन्थी समूह ९हमास० ले गरेको आक्रमणपछि गाजामा द्वन्द्व चर्किएको थियो ।

    करिब दुई हजार ५०० को सङ्ख्यामा हवाई, जल र स्थल मार्गबाट आक्रमणकारी लडाकु प्रवेश गरी इजरायली क्षेत्रमा आक्रमण गरेका थिए जसका कारण करिब एक हजार १४० जनाको हत्या गरेको थियो भने करिब २५० जनालाई बन्धक बनाएको इजरायली तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् ।

    इजरायलले गाजा आक्रमणलाई हमासको सम्पूर्ण आतङ्ककारी समूहलाई समाप्त गर्नका लागि पूर्वाधारलाई लक्षित गरेको र नागरिक हताहती लाई कम गर्ने प्रयासको रूपमा चित्रण गरेको छ । इजरायलको प्रतिरषा बलले गाजा सहरको शेजैया छिमेकमा पूर्ण ‘अपरेशनल कन्ट्रोल’ स्थापित गरेको बताएको छ । राससएएफपी

  • पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….

    पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….

    काठमाडौं । पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । रवीेले भाषण गरिहरेको समयमा दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भएको हो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समातेका छन् । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरेका थिए ।

    ‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ, मलाई दिएको फूलमध्ये सबैभन्दा बढी मगमगाउने फूल दिएर उहाँलाई घर पु¥याइदिनुहोला’ रविले भने, ‘सुरक्षाकर्मी साथीहरु मैले यतिञ्जेलसम्म विन्ति गरें, देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएका आधारले तपाईंलाई आदेश दिँदैछु कि साथीलाई सकुशल घर पु¥याइदिनुस् । यत्ति अधिकार मलाई दिनुहोला ।’

    रविले आफूलाई लक्षित गरी हानिएको मकैको खोया मगाए । त्यही खोया देखाएर जनताको ढुंगा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएको बताए । अनि पोखरामा भएको सहकारीको समस्याबारे बोले । उनले कुनै पनि अपचलनमा आफू सहभागी नभएको स्पष्टीकरण दिए । किनकी जीबी राई नेतृत्वको समूहले खोलेको सूर्यदर्शन सहकारीले सार्वसाधारणको रकम अपचलन गरेको छ । र, राजनीतिमा आउनु अघि रवि एउटा टीभीमा थिए, जसमा जीबी राई र उनको समूहको लगानी थियो ।

    शनिबार रविमाथि खोया प्रहार गर्ने व्यक्ति सूर्य दर्शनको बचतकर्ता भएको चर्चा भएपनि प्रहरीले इन्कार गरेकोे छ । रविले कास्की प्रहरी प्रमुख एपी मोहन थापालाई फोन गरेको भिडियो समेत सार्वजनिक गरेका छन्, जसमा कास्की प्रहरी प्रमुख थापाले पक्राउ परेका व्यक्तिलाई मिडियाकर्मीसँग भेट्न नदिइएको र उनी सहकारी पीडिट पनि नभएको दाबी गरेका छन् । कास्की प्रहरी प्रमुख थापाका अनुसार रास्वपा सभापति रविमाथि मकैको खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाट हुन् ।

    रानाभाटलाई हिरासतमा राखेर उनको विषयमा अनुसन्धान भइरहेको छ । ‘घरको अवस्था के हो श्र जन्म दर्ता, भोटर्स कार्ड सबैै मगाएका छौं,’ एसपी थापाले भने, ‘उहाँ (रवि लामिछाने)को तर्फबाट छुटिसकेको हो । हाम्रो प्रहरीको अनुसन्धान बाँकी छ, प्रहरीको कर्तव्य बाँकी छ ।’ राइनास नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार खोया प्रहार गर्ने सन्तोष राजनीतिक आस्था राख्ने व्यक्ति होइनन् । उनले पहिले अटोसमेत चलाउने गरेका थिए ।

    २ वर्षअघिदेखि पोखरा बस्न थालेको जानकारी पाएको वडाध्यक्ष कृष्णबहादुरले बताए । जागिर गर्न भनेर भारत हिँडेका उनका बुबा ३५ वर्षदेखि वेपत्ता रहेको, आमा पनि साथमा नरहेको र अहिले श्रीमती तथा बच्चा साथमा नभएको वडाध्यक्ष रानाभाटले बताए । उनले सूर्यदर्शन सहकारीमा रकम जम्मा गरेको हुनसक्ने भएपनि एकिन जानकारी नभएको उनले बताए ।

  • लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै

    लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई मन्त्री नियुक्त गरेका हु्न् । शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो ।

    नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको बताइएको छ । केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास र थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।

    लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गएको वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् । दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय वन तथा वातावरण मुख्यमन्त्री आफैँले राखेका छन् ।

  • मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…

    मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…

    काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई)बाट ३०३ जना भारतीय यात्रुहरूलाई लिएर उडेको एउटा विमानलाई शुक्रवार फ्रान्समा अवतरण गराइएको छ। सो विमान निकारागुआतर्फ गइरहेको थियो। फ्रान्सका सञ्चारमाध्यमहरूले उक्त विमानको प्रयोग मानव तस्करीका लागि भएको हुनसक्ने भन्दै त्यही कारणले त्यसलाई रोकिएको जनाएका छन्। फ्रान्समा एक जना वकिलले उक्त एअरबस ए३४० दुबईबाट निकारागुआको राजधानी मानागुआगा गइरहेको थियो।

    तर गोप्य सूचना पाएपछि त्यसलाई फ्रान्सको राजधानी प्यारिसबाट १५० किलोमिटर पर रहेको भ्याट्खी विमानस्थलमा अवतरण गराइएको जनाएका छन्। सुरक्षा अधिकारीहरूले विमानमा सवार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएका छन्। त्यसपछि विमानस्थललाई बन्द गरिएको छ । उक्त विषयमा अनुसन्धान थालिएको छ र उक्त विमानलाई सो मध्य अमेरिकी देश किन लैजान खोजिएको थियो भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ।

    फ्रान्सस्थित भारतीय राजदूतावासले यस मामिलालाई पुष्टि गर्दै फ्रान्सका अधिकारीहरूले आफूलाई त्यसबारे जानकारी दिएको जनाएका छन्।
    दूतावासले भनेको छ, “दुबईबाट निकारागुआ गइरहेको विमानमा अधिकांश भारतीय मूलका नागरिक थिए। त्यसलाई मार्न क्षेत्रको भ्याट्खी विमानस्थलमा ‘टेकनिक्ल हल्ट’ भन्दै रोकिएको छ। दूतावासको टोली त्यहाँ पुगेको छ र उनीहरूलाई कन्सुलरसँगको पहुँच उपलब्ध गराइएको छ। दूतावासले पनि यस मामिलाको जाँच गरिरहेको छ।”

    उक्त विमान रुमेनियाको चार्टर कम्पनी लिजेन्ड एअरलाइन्सको स्वामित्वमा थियो। कम्पनीका वकिल लिलियाना बाकायोकोले फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीलाई फ्रान्सका अधिकारीहरूलाई अनुसन्धानमा सघाउन तयार रहेको जनाएकी छन्। उनले उक्त विमान केही दिनभित्रै आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्ने अपेक्षा पनि गरेकी छन्। उक्त यात्राको उद्देश्य र सर्तहरूबारे अनुसन्धान थालिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। उनीहरूले कतिपय यात्रुहरू गैरकानुनी आप्रवासी भएको हुनसक्ने जनाएका छन्।


    फ्रान्सको अखबार ‘लु मोन्ड’ का अनुसार देशको सङ्गठित अपराधविरोधी राष्ट्रिय निकाय जुनालले अनुसन्धानमा आफ्नो अग्रसरता लिएको छ। विशेष जाँच दलका अधिकारीहरूले विमानमा सवार सबै यात्रुहरूलाई सोधपुछ गर्ने काम थालेका छन्। दुई जना यात्रुलाई हिरासतमा लिइएको छ। अहिलेसम्म जाँच पूरा भइसकेको छैन।

    फ्रान्सका अधिकारीहरूले विमान अवतरण भएपछि सुरुमा यात्रुहरूलाई विमानमा नै बसिरहन भनिएको जनाएका छन्। तर पछि शुक्रवार रात त्यहाँ बस्ने प्रबन्ध मिलाउन भ्याट्खी विमानस्थलको आगमन कक्षलाई सुत्ने स्थानका रूपमा परिणत गरिएको थियो। प्रहरीले पुरै विमानस्थललाई घेराबन्दी गरेको छ।

    फ्रान्सका अभियोजनकर्ताको कार्यालयले उक्त विमानमा सवार केही व्यक्तिहरू मानव तस्करीको सिकार हुनसक्ने गुप्तचरी जानकारी प्राप्त भएको जनाएको थियो। हालैका महिनाहरूमा युरोप र अमेरिकाले आफ्नो आप्रवासन सम्बन्धी नियमहरूमा कडाइ गरेका छन्। युक्रेनमाथि रुसको आक्रमण, इजरेल र हमासबीचको युद्ध र कैयौँ अफ्रिकी देशहरूमा जारी गृहयुद्धका कारण गैरकानुनी माध्यमबाट अमेरिका र युरोप जाने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ।
    बीबीसी

  • युक्रेनको दावि : तीन रुसी जेट खसाल्यौं

    युक्रेनको दावि : तीन रुसी जेट खसाल्यौं

    काठमाडौं । युक्रेनको सेनाले शुक्रवार देशको दक्षिणमा तीन वटा रुसी लडाकु जेट खसालेको दावि गरेको छ । बमवर्षक सु २५ जेट विमानहरू खेअर्सन क्षेत्रमाथिबाट खसालिएको युक्रेनको एअर फोर्सले घोषणा गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती विमान खसाल्ने सैनिकहरूलाई धन्यवाद दिँदै उक्त घटना युद्धग्रस्त खेअर्सन क्षेत्रमा भएको बताएका छन्।

    यी दाबीहरूबारे मस्कोले कुनै प्रतिक्रिया जनाएको छैन तर प्रभावशाली रुसी ब्लगरहरूले क्षतिबारे उल्लेख गरेका छन्। शुक्रवार आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले विमान खसालिएको घटनाले युक्रेनमा निशाना बनाइरहेका रुसी पाइलटहरूलाई कोही पनि सजाय नपाईकन नजाने भनेर सजग गराएको बताए।

    उनले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेसँग कुरा गरेर भविष्यमा एफ १६ जेट पठाउनेबारे र नयाँ ईयू सहायता प्याकेजबारे छलफल गरेको बताए। मस्कोले जेटहरूको क्षतिका बारेमा प्रतिक्रिया जनाएको छैन तर फाइटरबमर भनेर परिचित युद्धसम्बन्धी एकजना प्रभावशाली रुसी ब्लगरले सङ्ख्या नखुलेका विमानहरूको क्षति भएको जनाउँदै ती सम्भवतः अमेरिकामा बनेका प्याट्रोइट क्षेप्यास्त्रहरूले खसालेको हुनसक्ने भनेका छन्।

    ती ब्लगरले बच्न सफल भएका पाइलट र मृतकहरूको शव फेला पारिएको जनाएका छन्। अर्का ब्लगर भोइनी ओस्भेदोमितेलले ती विमानहरू सम्भवतः रुस नियन्त्रित ड्निप्रो नदितर्फ रहेका युक्रेनी आधारहरूमा बम खसाल्न प्रयोग भएको हुनसक्ने बताएका छन्। सन् २०२२ को फेब्रुअरीयता पूर्ण आकारको अतिक्रमण सुरु गरेको रुसी फौजसँग लडिरहँदा युक्रेनले गोला बारुदको अभाव सामना गरिरहेको छ।
    बीबीसी

  • अंग दानमा सबैलाई प्रोत्साहन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई

    अंग दानमा सबैलाई प्रोत्साहन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अङ्ग दानका लागि सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाएर आ–आफ्नो ठाउँबाट योगदान गर्न उनले् सम्पूर्ण नेपालीलाई अपिल गरे । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाजले काठमाण्डौमा गरेको प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउन सक्ने बताए ।

    उनले अङ्ग फेल भइ मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने कार्यलाई थप प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्दै आउँदा दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

  • नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल सञ्चालक पक्राउ

    नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल सञ्चालक पक्राउ

    काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ुसिटी टुर्स एन्ड ट्राभल्सु का सञ्चालक विनोद कार्की रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।


    भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजातसहित एक हजार पाँच सय १३ थान राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा तीमध्ये दुई सय ४६ वटाका कागजात नक्कली पाइएकोले कार्कीलाई पक्राउ गरेको उनले बताए । ती व्यक्तिहरूको कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएको छ ।

    नक्कली कागजातमा मानिस विदेश पठाउनका लागि एजेन्ट, कन्सल्टेन्सी तथा ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाई विदेश पठाउने गरेको खुल्न आएको एसपी रेग्मीले बताए ।

  • देश संकटमा छ : देउवा

    देश संकटमा छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सङ्कटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले देश एउटा दोधारमा उभिएको बताए । उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको समेत बताए ।

    उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित भएको बताए । उनले भने, ‘अहिले देश एउटा दोधारमा उभिएको छ । देश एउटा सङ्कटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर, खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी छ । हामीले नेपाललाई गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।’ सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए ।

  • काठमाडौं महानगर भित्रका स्कुलमा डीआई राख्न नपाइने

    काठमाडौं महानगर भित्रका स्कुलमा डीआई राख्न नपाइने

    काठमडाौं । काठमाडौँ महानगरपालिकाभित्रका शिक्षालयमा अनुशासन इन्चार्ज (डिआई) राख्न नपाइने भएको छ । महानगरपालिकाको शिक्षा विभागले शुक्रबार निर्णय गरेर कार्यान्वयनका लागि सबै सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । पछिल्लो समय सामुदायिक तथा निजी विद्यालय व्यवस्थापनले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा अनुशासन इन्चार्ज राख्ने गरेका छन् ।

    यस्ता व्यक्तिले विद्यार्थीलाई अनावश्यक यातना दिने, भय सिर्जना गर्ने तथा मानसिक र शारीरिक सजायसमेत दिने गरेका छन् । विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने नाममा दिइने यस्तो यातनाले उल्टै उनीहरूको सिकाइस्तरसमेत घट्ने गरेको अभिभावकको गुनासो छ । महानगरपालिकाले भयरहित वातावरणमा विद्यार्थीमैत्री सिकाइ सुनिश्चित गराउनसमेत सबै विद्यालयलाई अनुरोध गरेको छ ।

    महानगरपालिका शिक्षा अधिकारी सीताराम कोइरालाले शिक्षालयमा डिआईले विद्यार्थीलाई यातना दिएका विषयमा थुप्रै गुनासो आएको जानकारी दिएका छन् । प्रहरीमा पनि धेरै उजुरी परेका छन् । डीआईको काम काम विद्यार्थीले कुनै गल्ती गरेमा सचेत गराउनेदेखि साथीको अगाडि उभ्याएर चरम यातना दिनेसम्मको हुने गरेको छ ।

    शिक्षण संस्थामा पढ्न आएका विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूलाई सोहीअनुसारको परामर्श दिने विज्ञ (काउन्सिलिङ इन्चार्ज) राख्नुपर्नेमा न्यूनतम योग्यतासमेत पूरा नगरेका व्यक्तिलाई डीआईका नाममा बाहुबल भएका चुल्ठेमुन्द्रे व्यक्तिलाई राख्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द

    नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ ।

    काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए । यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।

    पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए ।

    साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।

  • एक वर्षको प्रयासमा अर्थतन्त्रमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

    एक वर्षको प्रयासमा अर्थतन्त्रमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला ९एक्स्पो २०२३० को उद्घाटन समारोहलाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो,’ उनले भने ।

    एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री प्रचण्डले बताए । महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको उनको दाबी छ । उनले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

    उनले भने, ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैंमा महत्वपूर्ण पहल हो ।’ उनले चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको भन्दै रेमिटेन्सको निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान भने नगर्ने स्वीकार गरे ।

    तर, यसले तत्कालको संकट निवारणमा महत्वपूर्ण योगदान रहने उनको भनाई छ । बैंकको ब्याजदर घटाइएको र बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको सन्दर्भ निकाल्दै उनले अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिने समेत बताए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा शुभारम्भ गरिएको विराटनगर–कटहरी–जोगवनी कार्गो रेल सञ्चालनका बारेमा बोल्दै उनले यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

  • डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

    डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् ।

    आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले यसलाई सुनौलो दिनको सङ्ज्ञा दिँदै उक्त दिन चाँडै आउने बताए । उनले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ । घरबस्तीमा बत्ती बाल्नमात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक काम भइरहेका छन् ।’

    प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो विद्युत् भार कटौतीको कहाली लाग्दो समयबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए । उनले देशभित्र उत्पादित विद्युत् देशभित्रै खपत गर्नका लागि सरकारले केही दिनअघि मात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गरेको स्पष्ट पारे । यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गरेको उनले बताए ।

    प्रधानमन्त्रीले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका गाउँसहरमा पुर्याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए । उनले भने, ‘वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी रु १५ अर्बभन्दा बढी आम्दानी भई राज्यकोषमा दाखिला हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिकरुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ ।’

    देशमा विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण गरी भरपर्दो र गुणस्तरयुक्त विद्युत् आपूर्ति गर्न र भारत तथा बङ्गलादेशसँगको विद्युत् व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित देशकै दोस्रो ठूलो इनरुवा सबस्टेसन उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीले बताए ।

    अरुण र तमोर नदी तथा तिनिहरुको सहायक खोलानालाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्वपश्चिम विद्युत् आपूर्ति गर्न, नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि यो सबस्टेसनले मेरुदण्डको काम गर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने यो सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत् प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भएको जानकारी दिँदै प्रधानमन्त्रीले ‘उज्यालो र समृद्ध नेपाल कार्यक्रम’ सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए ।

    देशमा केही नभएको भन्दै निरासाको मात्र चर्चा बढी हुने गरेका अवस्थामा यस्ता ठूला भौतिक पूर्वाधार निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराएको बताउँदै प्रधानमन्त्रीले यस सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्ति गरिनेछ । यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास उनले व्यक्त गरे।

    प्रधानमन्त्रीले भने, ‘अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइसकेको छ । यो सुनौलो दिन अब छिट्टै आउँदैछ ।’

    अहिले पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ठूला क्षमताका प्रसारण लाइन निर्माण भइरहेको स्पष्ट पार्दै उनले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्तिका लागि वितरण प्रणाली विस्तार तथा सुदृढीकरण कार्य देशभर अभियानकै रुपमा चलाइएको र त्यसमा अर्बौं लगानी गरिएको जानकारी दिए ।

    आफ्नो चीन भ्रमणका क्रममा चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी गरिएको तथा नेपालको हरित स्वच्छ विद्युत् बङ्गलादेशसँग निर्यात गर्नका लागि नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय सम्झौता छिट्टै हुने र त्यसले नेपालको जलविद्युत् विकासका लागि सुखद हुने बताए ।

    हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलनमा नेपालका तर्फबाट प्रभावकारीरुपमा राखेका एजेण्डा र वस्तुनिष्ठ प्रस्तुतिका कारण अन्तर्राष्ट्रिय समुदायमा ध्यान आकर्षित गरेको उनको कथन छ ।

    ‘नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिकरुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ,’ प्रधानमन्त्रीले भने ।

    प्रसारण लाइन निर्माणमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिकरणका समस्या समाधानमा चाँडै निर्णय गर्ने प्रधानमन्त्री दाहालले जानकारी दिए ।

  • विद्यालयलाई काठमाडौँ महानगरको पत्र-‘चाडका नाममा विद्यार्थीलाई अन्य पोसाक किन्न लगाए कारबाही’

    विद्यालयलाई काठमाडौँ महानगरको पत्र-‘चाडका नाममा विद्यार्थीलाई अन्य पोसाक किन्न लगाए कारबाही’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ।

    महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ ।

    केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ ।

  • ‘चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा भोज-भतेर गर्न सक्ने भए, महल कसरी ठडियो ‘

    ‘चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा भोज-भतेर गर्न सक्ने भए, महल कसरी ठडियो ‘

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।

    स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भएको बताए ।

    जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणम उनले भने । चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको साता पुस्ताले हार्नुभयो ।

    उनले भने, ‘तीनको वषौँदेखि कति तलब थाप्छन् मैले अहिले ८/९ महिनामा थाप्दा थाहा पाइसकेको छु । त्यति तलबले त केही हुँदैन तीनको महल कसरी ठडियो म आश्चर्यचकित परेको छु । मैले तीनिहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु ।’

  • राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् । १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् ।

    सभापति लामिछानेको सचिवालय संयोजकसमेत रहेकी रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पुस ९ देखि पैदल यात्रा सुरु हुनेछ । यात्रामा रास्वपाका सांसद र नेताहरू सहभागी हुने भएका छन् । नारायणगढ(बुटवल सडकखण्डको स्तरोन्नति निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले बेहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउनका लागि यो पैदल यात्रा गर्न लागिएको हो । यस क्रममा सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ, पैदलयात्राबारे रावलले भनिन् ।

    निर्धारित समयमा काम नसकिने भएपछि २०८० साउनमा सरकारले उक्त सडकको पश्चिम खण्डका लागि ३५० र पूर्वी खण्डका लागि ३३० दिन म्याद थपेको थियो । दोस्रो पटक थप गरिएको पाँच महिना बित्दा पनि ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । अहिलेकै गति जारी रहेमा थप गरिएको समयमा पनि सडक निर्माण सम्पन्न नहुने सडक विभागका अधिकारीहरूको निष्कर्ष छ ।

  • चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

    चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

    काठमाडौं । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा गोली काण्ड भएको छ । एक व्यक्तिले गोली प्रहार गरी १४ जनाको ज्यान लिएको समाचा एजेन्सीहरुले जनाएका छन् । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन् ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोली चलेपछि मानिसहरुको भागदौड मच्चिएको थियो । कतिपय छतबाट पनि हामफालेका थिए ।

    चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । यो युरोपकै पुराना संस्थाहरुमध्ये एक हो । विश्वविद्यालय रहेको क्षेत्र विख्यात पर्यटकीय क्षेत्र पनि हो । यहाँ हरेक वर्ष नयाँ वर्ष मनाउन मानिसहरुको ठूलो भिड जम्मा हुन्छ ।

    राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । यो घटना कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित नभएको चेक प्रहरीले जनाएको छ ।

    चेक रिपब्लिकमा बन्दुकधारीको आक्रमणबाट मानिस मारिनु सामान्यजस्तै भइसकेको छ । यद्यपि चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१५ मा एक रेष्टुरेन्टमा गोली चल्दा आठ जनाको ज्यान गएको थियो ।

  • पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

    पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार चालकसहित चार जना सवार रहेको टिपर सडकबाट करिब १५० मिटर तल खसेको छ । टिपरका चालक भने सकुशल रहेको हुँदा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।

  • प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

    प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

    काठमाडौं । जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।

    प्रधानमन्त्री ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए । उनले ४ असोजमा महासभालाई सम्बोधन गरेका थिए । उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए । सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनले चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए । मुलुकमा आर्थिक संकट परेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै उनको आलोचना भएको थियो ।

  • मन्त्री किरातीको स्पष्टीकरण-‘धर्मनिरपेक्ष राष्ट्रमा अर्को धर्मलाई नस्वीकार्ने देशद्रोही नै हुन्’

    मन्त्री किरातीको स्पष्टीकरण-‘धर्मनिरपेक्ष राष्ट्रमा अर्को धर्मलाई नस्वीकार्ने देशद्रोही नै हुन्’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नपर्ने अवस्था नरहेको बता​एका छन् ।​ बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री किरातीले बुधबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ । बिहीबारको समितिको बैठकमा सांसदहरूले पनि मन्त्री किरातीसँग जिज्ञासा राखेपछि उनले यस्तो बताएका हुन् ।

    धर्मनिरपेक्षता राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिकहरू एकै फूलबारीमा फुलेको फूल भएको र फूलबारीका कुनै पनि फूल अस्वीकार गर्नेहरू संविधान विरोधी भएको टिप्पणी गरे । उनले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्वीकार्नेहरू संविधान विरोधी भएको र संविधान नमान्नेहरू देशद्रोही भएको बताए ।

    उनले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु नहुने बताएको जानकारी गराए । उनले लोकतन्त्रमा सडकमा लठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताए । संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदहरूले संविधानसम्मत् प्रश्न गर्नुपर्ने उनको भनाइ थियो ।

    मन्त्री किरातीले संविधान मानिसकेपछि संविधानको लयमा बस्नुपर्ने बताए ।

  • संस्कृति मन्त्रीलाई किराँतीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

    संस्कृति मन्त्रीलाई किराँतीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा परेका छन्। क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले किराँती विवादमा मुछिएका हुन् ।

    उनको अभिव्यक्तिको विरुद्धमा प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

    उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए ।

    ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने।

    मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे । सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो अभिव्यक्तिको चर्को विरोध भइरहेको छ।

  • ओरालो लाग्यो शेयर बजार, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    ओरालो लाग्यो शेयर बजार, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । गत मंगलबारदेखि लगातार उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३२.७७ अंकले बढेर २१०९.१० विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ बाहेक अरु सबै समूहको परिसूचक घटेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै सोनापुर सिमेन्टको २५ करोड बढीको कारोबार भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा आज १० कम्पनीको शेयर मूल्य बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंकदर र सेयर धितो कर्जाको जोखिम भार घटाएको थियो ।

    राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो । त्यस्तै, ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको थियो ।

  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ११ हुने निर्वाचनका लागि सात प्रदेशमा १-१ वटा मतदान स्थल र २-२ वटा मतदान केन्द्र तोकेको हो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’ प्राविधिक भवनलाई मतदान स्थल तोकिएको छ।

    , हेटौडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ।

    तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन्। तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

    मतदान केन्द्रको विवरण वेबसाइटमा समेत प्रकाशन गरिएको आयोगले जनाएको छ।

  • विवादमा मन्त्री किराती , तत्काल बर्खास्त गरी कारबाही गर्न राप्रपाको माग

    विवादमा मन्त्री किराती , तत्काल बर्खास्त गरी कारबाही गर्न राप्रपाको माग

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका छन्। क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले किराँती विवादमा मुछिएका हुन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए ।

    ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने।

    मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो अभिव्यक्तिको चर्को विरोध भइरहेको छ। संसदीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको छ।

    नेपाल वायु सेवा निगमका विषयमा छलफलका लागि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहिबार राखेको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

    उनले मन्त्री किरातीमाथि देशमा द्वन्द्व निम्त्याउने अभिव्यक्ति दिएको आरोप लगाउँदै सार्वजनिकरुपमा माफी माग्न आग्रह गरे।

    राप्रपाले सामाजिक सदभाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीमाथि कानुन बमोजिम कार्बाही गर्न समेत माग गरेको छ।

  • रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

    रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

    काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक छन्। ‘बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ,’ मन्त्रालयले भनेको छ।

  • काठमाडौंका आज यस वर्षकै चिसो

    काठमाडौंका आज यस वर्षकै चिसो

    काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गतरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको हकमा यो यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।

    काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको बताइएको छ । देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ । मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ । मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ । काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भिजिबिलिटी चार किलोमिटरसम्म छ ।

  • रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

    रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।

    दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबिसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबिसकोट– ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।

    घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक आठबिसकोट–९ का २१ वर्षीय गोपाल विक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • फागुनबाट आन्दोलन थाल्ने राप्रपाको तयारी

    फागुनबाट आन्दोलन थाल्ने राप्रपाको तयारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ र सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहने राप्रपाले जनाएको छ ।

    त्यस्तै पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका महामन्त्री डा। धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरिएको छ ।

    राप्रपाले मुलुकको बिग्रदो अर्थतन्त्र, बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्न लागेको हो ।

    त्यस्तै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि दबाव सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी

    भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्र वरपर निषेधित क्षेत्र कायम राखेको छ । गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

    प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा थप दुई महिना निषेधित क्षेत्र तोकेको छ । राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

    त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई अनशन, धर्ना घेराउ र विरोध प्रदर्शन गरिएकााले त्यस्ता काम गर्न रोक लगाएको उल्लेख गरेका छन् । ती क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

  • सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर

    सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर

    काठमाडौं । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । तर, अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनले इम्बोस्ड नम्बर जडान नगरेका कारण अल्टिमेटम तोक्नु परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले २८ मंसिरमा सो मिति तोकेर अन्य मन्त्रालयहरुलाई कार्यान्वयनका लागि पत्र काटेको हो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा दर्ता कायम रहेका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी २२ कात्तिक २०७८ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो ।